• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, July 30, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    केमिकल अभावले बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशालाको सेवा एक महिनादेखि ठप्प

    केमिकल अभावले बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशालाको सेवा एक महिनादेखि ठप्प

    बीपी क्यान्सर अस्पतालमा ‘किमो’ सेवामा चाप, बिरामीले पाँच दिनसम्म पालो कुर्नुपर्ने अवस्था

    बीपी क्यान्सर अस्पतालमा ‘किमो’ सेवामा चाप, बिरामीले पाँच दिनसम्म पालो कुर्नुपर्ने अवस्था

    पाइपलाइन, व्यापार र सुरक्षाबारे वार्ताका लागि इराकी प्रधानमन्त्री टर्कीमा

    पाइपलाइन, व्यापार र सुरक्षाबारे वार्ताका लागि इराकी प्रधानमन्त्री टर्कीमा

    विश्व बाघ दिवसः नेपालमा बाघको सङ्ख्या ‘धान्ने क्षमता’ चार सय

    विश्व बाघ दिवसः पछिल्लो बाघ गणना सार्वजनिक गरिँदै, सङ्ख्या बढ्ने सङ्केत

    पाकिस्तानमा वर्षाले १०९ जनाको ज्यान लियो

    पाकिस्तानमा वर्षाले १०९ जनाको ज्यान लियो

    सेती नदीको बाढीले सुपरसेती आयोजनास्थलमा रहेको सेनाको ब्यारेक बगायो

    सेती नदीको बाढीले सुपरसेती आयोजनास्थलमा रहेको सेनाको ब्यारेक बगायो

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

मूर्तिमा जीवन भर्ने प्रेमको सङ्घर्ष

metakhabar by metakhabar
९ साउन २०८२,
0
मूर्तिमा जीवन भर्ने प्रेमको सङ्घर्ष
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर, ८ साउन : बेदकोट नगरपालिका–३ दैजीका ५७ वर्षीय प्रेम टमटा मूर्तिकारका रूपमा सुदूरपश्चिममै चिनिन्छन् । दुई दशकभन्दा बढी समयदेखि उहाँले तामा, पित्तल, काठ, सिमेन्ट र ढुङ्गा प्रयोग गरी सैकडौँ मूर्ति बनाइसक्नुभएको छ ।

उहाँलाई अधिकांशले प्रेम मूर्तिकार भनेर चिन्ने गर्छन् । सीप, परिश्रम र प्रतिबद्धताले उहाँको जीवन हिजोको गरिबीबाट आजको सम्मानसम्म ल्याएको छ ।
तर सुविधाको कमीले उहाँको सृजनात्मक उचाइ अझै थुनिएको छ । बिहानै मोटरसाइकल चढेर मूर्ति बनाउन जाने र साँझ अबेर फर्कने उहाँको दिनचर्या रहेको छ । श्रीमतीसहित दुवै जना मिलेर एकसाथ यो कार्यमा संलग्न हुनुहुन्छ ।

उहाँले बनाएका मूर्तिमा शिव, पार्वती, नन्दी, हनुमान, कालिका, हात्ती, बाह्रसिङ्गा, सहिदका सालिकलगायत छन् । एक मूर्ति बनाउनका लागि १० देखि २५ दिनसम्म लाग्ने गरेको उहाँ बताउनुहुन्छ ।

प्रेमले भन्नुभयो, “मूर्तिअनुसार पारिश्रमिक लिन्छु, सामान्य मूर्तिका लागि कम र श्रम बढी लागेको मूर्ति बनाउँदा बढी रकम लिन्छु, तर काम निरन्तर नपाइँदा थोरै कमाइ भएका बेला परिवारको खर्च धान्न मुस्किल हुन्छ ।”

उहाँको वार्षिक आम्दानी करिब रु पाँच लाख जति छ । यो आम्दानीबाट उहाँले दैजीमा दुई कठ्ठा जमिन किनेर पक्की घर बनाइसकेका छन् । परिवारमा दुई छोरा, एक छोरी, श्रीमती र दुई नाति गरी सात जना छन् । छोराछोरीको विवाह पनि त्यही आम्दानीबाट गर्नुभएको हो ।

तर सबै कुरा सहज छैन । उहाँले हालसम्म आर्थिक अभावले पित्तल र अन्य धातु पगाल्ने मेसिन, रङरोगन गर्ने उपकरण खरिद गर्न सक्नुभएको छैन । मूर्ति बनाउँदा पाएको पारिश्रमिक घर खर्चमै सकिने भएकाले उहाँले मेसिन खरिद गर्न नपाउनु भएको हो । उहाँ अहिले पनि सबै मूर्ति हातैले बनाउनुहुन्छ । पित्तल पगाल्ने, रङरोगन गर्ने विद्युत् मेसिन नहुँदा समय र श्रम बढी लाग्ने उहाँ बताउनुहुन्छ ।

हातैले मूर्ति बनाउन धेरै समय र मेहनत लाग्छ । मेसिनले काम सजिलो र गुणस्तरीय बनाउन सहयोग पुर्याउने प्रेम बताउनुहुन्छ । नगरपालिकालाई मेसिन अनुदानमा उपलब्ध गराउन आग्रह गरिरहँदा पनि अहिलेसम्म सहयोग नपाएको उहाँको गुनासो छ ।

उहाँको इच्छा छ, मेसिन पाएमा इच्छुक युवाहरूलाई निःशुल्क मूर्ति बनाउने कला सिकाउने । “हातैले काम गर्न युवाहरू इच्छुक छैनन्”, उहाँले भन्नुभयो, “यदि मेसिन भए काम सिकाउन सजिलो हुन्थ्यो र युवा स्वरोजगारमा लाग्ने थिए ।” उहाँका छोरा पनि मूर्तिकार बन्न चाहन्थे, मेसिन नहुँदा हातैले काम गर्न इच्छुक भएनन्, त्यही भएर हाल भारतमा मजदुरी गर्दैछन् ।

प्रेमले मूर्ति बनाउने कार्यमा वर्षमा २० जना जति श्रमिकलाई काम दिने गर्नुभएको छ । मेसिन पाए त्यो सङ्ख्या झन् बढ्ने उहाँ बताउनुहुन्छ । मूर्ति बनाउने क्रममा स्थानीय युवालाई रोजगारी दिन पाएकामा भने उहाँ खुसी व्यक्त गर्नुहुन्छ । उहाँले नेपालका विभिन्न ठाउँ अछाम, बझाङ, बाजुरा, कैलाली, कञ्चनपुर, डडेल्धुरा, बैतडी र काठमाडौँसम्म गएर मूर्ति बनाउनुभएको छ ।

युवावस्थामा घरमा काम नहुँदा प्रेम डडेल्धुराको डुँगरी गाउँबाट कसैलाई नभनी भारतको राजस्थान पुग्नुभएका टमटा त्यहाँ १६ वर्षसम्म मूर्ति बनाउने कारिगरसँग मजदुरका रूपमा काम गर्दै सीप सिकेर फर्कनुभएको हो । “सुरूमा गाली खाँदै काम गरेँ, ढुङ्गा काँधमा बोकेर कारिगरको पछिपछि हिँडे”, उहाँ सम्झनुहुन्छ, “तर पछि आफैँ मूर्ति बनाउन सक्षम भएँ, यतिबेला भने स्वदेश फर्केर आफ्नै पहिचान बनाउने हुटहुटी लागेपछि घर फिर्ता भएँ ।”

भारतबाट फर्किएपछि उहाँले गाउँमै मूर्तिकला सुरू गर्नुभयो । अहिले उहाँ शिव, पार्वती, हनुमान, नन्दी, कालिका, हात्ती, बाह्रसिङ्गा, सहिद सालिक, काठका धार्मिक स्तम्भजस्ता मूर्तिहरू बनाउनुहुन्छ । कैलालीको धार्मिक क्षेत्र गोदावरीमा रहेको विशाल हनुमानको मूर्ति उहाँकै निर्माण हो । जुन बनाउन पूरा एक वर्ष लागेको थियो ।

प्रेमले बनाउनुभएका मूर्तिले दर्जनौँ मन्दिरको शोभा बढाइरहेका छन् । “सीप छ, मेहनत छ, तर राज्यको सहकार्य र प्रविधिको अभावले हामी अझै अघि बढ्न सकिरहेका छैनौँ”, उहाँ भन्नुहुन्छ । दलित समुदायको व्यक्ति भएकाले आफैँले बनाएका मूर्तिको पूजा गर्न मन्दिर जान नपाउँदा भने उहाँ असन्तुष्टि पोख्नुहुन्छ ।

प्रेमका श्रीमती लक्ष्मीले भन्नुभयो, “हामीले बनाएको मूर्ति मन्दिरमा पूजा हुन्छ, तर हामीलाई त्यहाँ जान दिइँदैन, यो अपमान हो ।” छुवाछूतको यो व्यवहारले सामाजिक सद्भावलाई पनि चोट पुर्याएको उहाँ बताउनुहुन्छ ।

Previous Post

महिलामैत्री छैन सिरहाको कारागार, अधुरो संरचना र भीडले समस्या जटिल

Next Post

भिजिट भिसामा कुवेत जान लागेका ४७ महिला भारतबाट फर्काइए

metakhabar

metakhabar

सम्बन्धित खबर

केमिकल अभावले बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशालाको सेवा एक महिनादेखि ठप्प
फिचर-ब्यानर

केमिकल अभावले बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशालाको सेवा एक महिनादेखि ठप्प

१३ साउन २०८३,
बीपी क्यान्सर अस्पतालमा ‘किमो’ सेवामा चाप, बिरामीले पाँच दिनसम्म पालो कुर्नुपर्ने अवस्था
फिचर-ब्यानर

बीपी क्यान्सर अस्पतालमा ‘किमो’ सेवामा चाप, बिरामीले पाँच दिनसम्म पालो कुर्नुपर्ने अवस्था

१३ साउन २०८३,
पाइपलाइन, व्यापार र सुरक्षाबारे वार्ताका लागि इराकी प्रधानमन्त्री टर्कीमा
अन्तर्राष्ट्रिय

पाइपलाइन, व्यापार र सुरक्षाबारे वार्ताका लागि इराकी प्रधानमन्त्री टर्कीमा

१३ साउन २०८३,
विश्व बाघ दिवसः नेपालमा बाघको सङ्ख्या ‘धान्ने क्षमता’ चार सय
जीवन शैली

विश्व बाघ दिवसः पछिल्लो बाघ गणना सार्वजनिक गरिँदै, सङ्ख्या बढ्ने सङ्केत

१३ साउन २०८३,
पाकिस्तानमा वर्षाले १०९ जनाको ज्यान लियो
फिचर-ब्यानर

पाकिस्तानमा वर्षाले १०९ जनाको ज्यान लियो

१३ साउन २०८३,
सेती नदीको बाढीले सुपरसेती आयोजनास्थलमा रहेको सेनाको ब्यारेक बगायो
फिचर-ब्यानर

सेती नदीको बाढीले सुपरसेती आयोजनास्थलमा रहेको सेनाको ब्यारेक बगायो

१३ साउन २०८३,
Load More
Next Post
भिजिट भिसामा कुवेत जान लागेका ४७ महिला भारतबाट फर्काइए

भिजिट भिसामा कुवेत जान लागेका ४७ महिला भारतबाट फर्काइए

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In