• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, October 3, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    आइएसएसमा नयाँ चालक दल

    आइएसएसमा नयाँ चालक दल

    रेखा थापाको ‘३६ को आँकडा’ मंसिर १७ गते रिलिज हुने

    रेखा थापाको ‘३६ को आँकडा’ मंसिर १७ गते रिलिज हुने

    इजिप्टमा छ पत्रकार पक्राउ

    इजिप्टमा छ पत्रकार पक्राउ

    मतदाता सूची विवादमा कक्रोच आन्दोलन

    मतदाता सूची विवादमा कक्रोच आन्दोलन

    कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल

    कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल

    कानुन उल्लङ्घन गर्ने जोसुकै भए पनि समान ढङ्गले जरिवाना गरिनेछः मन्त्री साह

    कानुन उल्लङ्घन गर्ने जोसुकै भए पनि समान ढङ्गले जरिवाना गरिनेछः मन्त्री साह

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    आइएसएसमा नयाँ चालक दल

    आइएसएसमा नयाँ चालक दल

    रेखा थापाको ‘३६ को आँकडा’ मंसिर १७ गते रिलिज हुने

    रेखा थापाको ‘३६ को आँकडा’ मंसिर १७ गते रिलिज हुने

    इजिप्टमा छ पत्रकार पक्राउ

    इजिप्टमा छ पत्रकार पक्राउ

    मतदाता सूची विवादमा कक्रोच आन्दोलन

    मतदाता सूची विवादमा कक्रोच आन्दोलन

    कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल

    कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल

    कानुन उल्लङ्घन गर्ने जोसुकै भए पनि समान ढङ्गले जरिवाना गरिनेछः मन्त्री साह

    कानुन उल्लङ्घन गर्ने जोसुकै भए पनि समान ढङ्गले जरिवाना गरिनेछः मन्त्री साह

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

सुनकोसी गाउँपालिकामा जटिल रोगका बिरामीलाई मासिक पाँच हजार

by
६ माघ २०७९,
0
२० वर्ष पुगेर विवाह गर्ने किशोरीलाई १० हजार
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

सिन्धुपाल्चोक – सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिकाले जटिल रोगका बिरामीलाई मासिक रु पाँच हजार उपलब्ध गराउन थालेको छ। मिर्गौला प्रत्यारोपण गरेका, डायलायसिस गराइरहेका, क्यान्सर र मेरुदण्ड पक्षघात भएकालाई औषधोपचारका लागि सहयोग गर्न थालिएको हो।

नेपाल सरकारले यी चार रोगका बिरामीलाई उपचारमा सहयोग गर्ने उद्देश्यले कार्यविधि बनाएर उपचार खर्च उपलब्ध गराउन देशैभरका स्थानीय तहलाई निर्देशन दिएको थियो। मिर्गौला प्रत्यारोपण गरेका, डायलायसिस गरिरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षघात भएकालाई औषधोपचारवापत खर्च उपलब्ध गराउनेसम्बन्धी कार्यविधि, २०७८ अनुसार सुनकोसीले ३८ बिरामीलाई छ महिनाको रु ३० हजारका दरले सम्बन्धित बिरामीको खातामा रकम जम्मा गरिएको गाउँपालिकाका अध्यक्ष टपिन्द्रप्रसाद तिमल्सिनाले जानकारी दिए।

गाउँपालिकाले उक्त कार्यविधिअनुसार सार्वजनिक सूचनामार्फत सबैसँग निवेदन माग गरेको र चिकित्सको रोग प्रमाणित हुने कागजपत्रको आधारमा रकम बैंकमा जम्मा गरिदिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पूर्णप्रसाद दुलालले बताए। गाउँपालिकाले त्रैमासिकरूपमा बिरामीको खातामा पैसा जम्मा गर्न थालेको छ। अहिले साउनदेखिकै रकम प्रदान गरिएको र पछि आउने बिरामीलाई उनीहरूको कागजपत्रका आधारमा रकम प्रदान गर्ने दुलालले बताए।

मेरुदण्डको पक्षघातबाट पीडित भएकी सुनकोसी–५ की सरिता थामीले पनि उपचारका लागि मासिकरूपमा रु पाँच हजार स्थानीय सरकारबाट पाउँदा खुसी लागेको बताए। सुनकोसी गाउँपालिकाको चालु आर्थिक वर्ष २०७९(८० को स्वीकृत कार्यविधिअनुसार गाउँपालिका स्थायी ठेगाना भएका र मधुमेह, उच्च रक्तचाप, दम र मानसिक रोगीलाई निःशुल्क औषधि उपलब्ध गराउने भएको छ।

गाउँपालिकाले यही माघ तेस्रो सातादेखि चारै रोगका बिरामीलाई सम्बन्धित वडा, स्वास्थ्यचौकी र महिला स्वास्थ्य स्वयंसेविकामार्फत बिरामीले नियमित सेवन गर्दै आएको औषधि नै गाउँपालिकाले प्रदान गर्न लागेको गाउँपालिकाका अध्यक्ष तिमल्सिनाले जानकारी दिए।

गाउँपालिकाभित्र यी रोगका बिरामीले नियमित सेवन गरेको औषधिको विवरण प्राप्त भइसकेको र औषधि ल्याउने अन्तिम चरणमा रहेकाले माघभित्र नै सबै बिरामीको घर–घरमै औषधि पुर्‍याउनका लागि गाउँपालिकाले कार्यक्रम बनाएको अधिकृत दुलालले सुनाए।

पाँचपोखरीको गुणस्तरीय खाद्यान्न अभियान
पालिकाका बासिन्दालाई गुणस्तरीय खाद्यान्न खुवाउने अभियानमा पाँचपोखरी थाङ्पाल गाउँपालिकाले लागि पाँचपोखरीको नाकामा जाँचचौकी स्थापना गरेको छ। गाउँपालिकाले २०७९ असोज ५ गतेदेखि दुई कर्मचारी तथा बजार निरीक्षक कर्मचारी राखेर गाउँपालिकाको सूचना केन्द्र खाल्डे खोलाबाट दैनिक पाँचपोखरी थाङ्पाल गाउँपालिकाभित्र व्यापारीले निर्यात गरी ल्याएको खाद्य सामग्रीको उत्पादन मिति र प्रयोग गर्न मिल्ने मिति जाँच गरी दैनिक तथ्याङ्क राख्ने काम गरिरहेको कर्मचारी राजन भुजेलले बताए ।

गाउँपालिकाले बजार निरीक्षणसम्बन्धी कार्यविधि, २०७९ गाउँ कार्यपालिकाबाट पास गरी लागू गरिरहेको पालिका अध्यक्ष टासी लामाले बताए। आफ्नो पालिकाभित्र बसोबास गर्ने उपभोक्ताले गुणस्तरीय खाद्यान्नको उपयोग गर्न पाऊन् भन्ने यसको मुख्य उद्देश्य रहेको लामाले बताए। माथिल्लो भेगमा मिति गुज्रेका सामान होलसेल व्यापारीले पठाउने गरेका स्थानीयवासीले गुनासो गरेका थिए। अब भने मिति गुज्रेका सामान प्रयोग गर्न नपर्ने भएकामा स्थानीय राम श्रेष्ठले खुसी व्यक्त गरे।

मिति हेर्न समस्या रहेका साना गाउँका व्यापारी तथा उपभोक्तालाई होलसेल व्यापारीले म्याज सकिन लागेका खाद्य सामान पठाउने गरेको पाइएपछि पालिकाले यो अभियान सुरु गरेको पालिकाले जनाएको छ। अहिलेसम्म सयौँ किलो म्याद नाघेका सामग्री बरामद गरेको अध्यक्ष लामाले बताए।

Previous Post

छिमेकीसँग कार्ड खेल्नु हुँदैनः अध्यक्ष ओली

Next Post

गल्फ फुटबलको फाइनल खेलअघि भागदौड, दुई इराकीको मृत्यु

सम्बन्धित खबर

आइएसएसमा नयाँ चालक दल
अन्तर्राष्ट्रिय

आइएसएसमा नयाँ चालक दल

१६ अशोज २०८३,
रेखा थापाको ‘३६ को आँकडा’ मंसिर १७ गते रिलिज हुने
मनोरञ्जन

रेखा थापाको ‘३६ को आँकडा’ मंसिर १७ गते रिलिज हुने

१६ अशोज २०८३,
इजिप्टमा छ पत्रकार पक्राउ
अन्तर्राष्ट्रिय

इजिप्टमा छ पत्रकार पक्राउ

१६ अशोज २०८३,
मतदाता सूची विवादमा कक्रोच आन्दोलन
अन्तर्राष्ट्रिय

मतदाता सूची विवादमा कक्रोच आन्दोलन

१६ अशोज २०८३,
कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल
समाचार

कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल

१६ अशोज २०८३,
कानुन उल्लङ्घन गर्ने जोसुकै भए पनि समान ढङ्गले जरिवाना गरिनेछः मन्त्री साह
समाचार

कानुन उल्लङ्घन गर्ने जोसुकै भए पनि समान ढङ्गले जरिवाना गरिनेछः मन्त्री साह

१६ अशोज २०८३,
Load More
Next Post
गल्फ फुटबलको फाइनल खेलअघि भागदौड, दुई इराकीको मृत्यु

गल्फ फुटबलको फाइनल खेलअघि भागदौड, दुई इराकीको मृत्यु

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In