• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, September 23, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सुदूरपश्चिममा सहज छैन मिर्गाैला रोगीलाई ‘डायलासिस’ सेवा

    सुदूरपश्चिममा सहज छैन मिर्गाैला रोगीलाई ‘डायलासिस’ सेवा

    भाषा, साहित्य, कला र संस्कृतिको संरक्षणमा पत्रकारिताको भूमिका महत्त्वपूर्णः मन्त्री डा तिमिल्सिना

    भाषा, साहित्य, कला र संस्कृतिको संरक्षणमा पत्रकारिताको भूमिका महत्त्वपूर्णः मन्त्री डा तिमिल्सिना

    २०औँ एसियाली खेलकुदः बक्सिङका चन्द्रबाहदुर प्रतियोगिताबाट बाहिरिए

    २०औँ एसियाली खेलकुदः बक्सिङका चन्द्रबाहदुर प्रतियोगिताबाट बाहिरिए

    दसैँ नजिकिँदै गर्दा मूर्तिकारलाई चटारोः परम्परा जोगाउँदै जीविकोपार्जन

    दसैँ नजिकिँदै गर्दा मूर्तिकारलाई चटारोः परम्परा जोगाउँदै जीविकोपार्जन

    मार्फामा स्याउ टिप्ने र खाने उत्सवमा पर्यटकको घुइँचो

    मार्फामा स्याउ टिप्ने र खाने उत्सवमा पर्यटकको घुइँचो

    जापानमा ‘ताइफुन दुजुआन’ को कहर, ४६ हजारभन्दा बढी घरमा विद्युत् अवरुद्ध

    जापानमा ‘ताइफुन दुजुआन’ को कहर, ४६ हजारभन्दा बढी घरमा विद्युत् अवरुद्ध

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

सिद्धबाबा सुरुङमार्गः भौतिक प्रगति ५७ प्रतिशत

metakhabar by metakhabar
३१ असार २०८२,
0
सिद्धबाबा सुरुङमार्गः भौतिक प्रगति ५७ प्रतिशत
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

तानसेन (पाल्पा), ३१ असारः राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको सिद्धबाबा सुरुङमार्गको काम अहिले तीव्र गतिमा भइरहेको छ । सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका–३ दोभान सिद्धबाबा क्षेत्रमा निर्माणाधीन सुरुङमार्गको ‘ब्रेक थ्रु’ भएपछि कामले गति लिएको हो ।

हालसम्म सुरुङमार्गको भौतिक प्रगति ५७ दशमलव ५१ प्रतिशत सकिएको छ भने वित्तीय प्रगति ५१ दशमलव एक प्रतिशत रहेको सिद्धबाबा सुरुङमार्ग आयोजना कार्यालयकी इञ्जिनियर सविता ज्ञवालीले जानकारी दिनुभयो ।

उहाँका अनुसार अहिले मुख्य टनेल भुइँ भागको एक हजार ८९ मिटर ढलान (इन्भर्ट) निर्माण सकिएको छ । दायाँबायाँ लेपन (लाइनिङ)को ८३४ मिटर काम सकिएको इन्जिनीयर ज्ञवालीले बताउनुभयो । उहाँका अनुसार अहिले सुरुङमार्ग भित्र २९२ मिटरमा लाइनिङको काम भइरहेको छ ।

“सुरुङमार्गको तीन वटा बाइपासमध्ये पहिलो १५१ मिटर, दोस्रो १६१ मिटर र तेस्रो बाइपास १३० मिटर छ  । पहिलो बाइपासमा इन्भर्टको काम १४५ मिटर र १२४ मिटर लाइनिङको काम सकिएको छ । सुरुङमार्गको तेस्रो बाइपासमा इन्भर्टको काम १२५ मिटर र लाइनिङको काम ३० मिटर भइसकेको छ”, उहाँले भन्नुभयो ।

दुई लेनको मुख्य सुरुङमार्ग एक हजार ८९ मिटर लम्बाइको हुनेछ भने चौडाइ साढे १० मिटर र उचाइ करिब सात मिटर रहने छ । इन्भर्ट र लाइनिङको काम सकेपछि एक दुई महिनापछि लाइटिङ सञ्चार तथा सुरक्षा उपकरण जडानको काम सुरु गरिने आयोजना प्रमुख कृष्णराज अधिकारीले बताउनुभयो ।

उहाँका अनुसार सुरुङमार्गको मुख्य टनेलमा अत्यावश्यक कामका सवारीसाधन ओहोरदोहोर गर्न मिल्ने अवस्था बनेको छ । सुरुङमार्ग कार्य प्रगतिका बारेमा जनप्रतिनिधि, सुरक्षा निकाय तथा विभिन्न सरोकार भएका पक्षबाट नियमित अनुगमन हुँदै आएको छ ।

सुरुङमार्गको कामलाई निर्धारित समयमा सम्पन्न गर्न÷गराउन, जनप्रतिनिधिले गर्नुपर्ने आवश्यक सहयोगका अनुगमनमा आएको प्रतिनिधिसभाका सांसद ठाकुरप्रसाद गैरेले बताउनुभयो ।

सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–तानसेन सडकखण्डको माथिल्लो सिद्धबाबा मन्दिरबाट एक हजार १२६ मिटर सुरुङमार्ग २०७९ सालदेखि निर्माण सुरु भएको हो । यो आयोजनअन्तर्गत मुख्य सुरुङको ‘ब्रेक थ्रु’ भइसकेको छ । सुरूङमार्ग पाँच वर्षमा सक्नेगरी चाइना स्टेट कन्स्ट्रक्सन इञ्जिनियरिङ कर्पोरेसनले सात अर्ब ३४ करोड २१ लाख ४० हजारको लागतमा सुरु गरेको काम २०८३ सालमा सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजना कार्यालयले जनाएको छ ।

सिद्धार्थ राजमार्गको तल्लो सिद्धबाबा मन्दिरबाट पाल्पाको दोभानसम्म अत्यधिक पहिरो झर्ने क्षेत्रअन्तर्गत पर्छ  । सुक्खायाममा पनि धुले पहिरो खस्ने गरेकाले राजमार्गको यस खण्डलाई सुरक्षित बनाउन सुरुङमार्ग निर्माण गरिएको इन्जिनीयर ज्ञवालीले बताउनुभयो । उहाँका अनुसार यस सडक खण्ड प्रयोग गरी गुल्मी, पाल्पा, अर्घाखाँची, स्याङ्जा, पोखरा, बागलुङ तथा म्याग्दीसम्म यातायातका साधन चल्ने गर्छन् ।

Previous Post

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा दुर्लभ सुनौलो तोपचराको सङ्ख्या घट्यो

Next Post

घरमै बनाउन सकिने ५ सर्वोत्तम पेय पदार्थ

metakhabar

metakhabar

सम्बन्धित खबर

सुदूरपश्चिममा सहज छैन मिर्गाैला रोगीलाई ‘डायलासिस’ सेवा
समाचार

सुदूरपश्चिममा सहज छैन मिर्गाैला रोगीलाई ‘डायलासिस’ सेवा

६ अशोज २०८३,
भाषा, साहित्य, कला र संस्कृतिको संरक्षणमा पत्रकारिताको भूमिका महत्त्वपूर्णः मन्त्री डा तिमिल्सिना
समाचार

भाषा, साहित्य, कला र संस्कृतिको संरक्षणमा पत्रकारिताको भूमिका महत्त्वपूर्णः मन्त्री डा तिमिल्सिना

६ अशोज २०८३,
२०औँ एसियाली खेलकुदः बक्सिङका चन्द्रबाहदुर प्रतियोगिताबाट बाहिरिए
खेलमैदान

२०औँ एसियाली खेलकुदः बक्सिङका चन्द्रबाहदुर प्रतियोगिताबाट बाहिरिए

६ अशोज २०८३,
दसैँ नजिकिँदै गर्दा मूर्तिकारलाई चटारोः परम्परा जोगाउँदै जीविकोपार्जन
समाचार

दसैँ नजिकिँदै गर्दा मूर्तिकारलाई चटारोः परम्परा जोगाउँदै जीविकोपार्जन

६ अशोज २०८३,
मार्फामा स्याउ टिप्ने र खाने उत्सवमा पर्यटकको घुइँचो
समाचार

मार्फामा स्याउ टिप्ने र खाने उत्सवमा पर्यटकको घुइँचो

६ अशोज २०८३,
जापानमा ‘ताइफुन दुजुआन’ को कहर, ४६ हजारभन्दा बढी घरमा विद्युत् अवरुद्ध
फिचर-ब्यानर

जापानमा ‘ताइफुन दुजुआन’ को कहर, ४६ हजारभन्दा बढी घरमा विद्युत् अवरुद्ध

६ अशोज २०८३,
Load More
Next Post
घरमै बनाउन सकिने ५ सर्वोत्तम पेय पदार्थ

घरमै बनाउन सकिने ५ सर्वोत्तम पेय पदार्थ

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In