• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, March 15, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    साभुङ–देउराली–केलादीघाट : मार्गको ठेक्का सम्झौता अन्त्य

    साभुङ–देउराली–केलादीघाट : मार्गको ठेक्का सम्झौता अन्त्य

    फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन

    फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन

    किसानलाई सिँचाइको समस्या

    किसानलाई सिँचाइको समस्या

    रणनीतिक सडक निर्माणले गति लिन नसक्दा स्थानीय मारमा

    रणनीतिक सडक निर्माणले गति लिन नसक्दा स्थानीय मारमा

    अपर ठूलोखोला जलविद्युत आयोजनाद्वारा उत्पादित विद्युत केन्द्रीय ‘लाइन’मा जोडियो

    अपर ठूलोखोला जलविद्युत आयोजनाद्वारा उत्पादित विद्युत केन्द्रीय ‘लाइन’मा जोडियो

    तुइन खोलाको पहिरोमा ‘फ्लड लाइट’ जडान

    तुइन खोलाको पहिरोमा ‘फ्लड लाइट’ जडान

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

सुई नपाउँदा छटपटिन्छन्, ‘हेमोफिलिया’का बिरामी

metakhabar by metakhabar
२९ असार २०८२,
0
सुई नपाउँदा छटपटिन्छन्, ‘हेमोफिलिया’का बिरामी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

तुलसीपुर उपमहानगरपालिका–७ स्थित रामबहादुर दहित लामो समयदेखि हेमोफिलियाका बिरामी हुन् । उनीसँगै उनका तीन दाजुभाइ यो रोगबाट ग्रसित छन् । तर, समयमा औषधि नपाउँदा वंशाणुगत यो रोगबाट उनीहरू छटिपटिनुपर्ने अवस्था छ । यो रोगको उपचारका लागि बुटवल वा काठमाडौँ जानुपर्ने अवस्था छ । ‘हामीले नजिकमा औषधि पाउँदैनौँ’,उनले भने, ‘यसका लागि काठमाडौँ वा बुटवल जानुपर्छ ।’

हप्तामा एकपटक बुटवल गएर ‘फ्याक्टर’ नामक औषधि सुईमार्फत दिनुपर्छ । कुनै कारणले शरीरबाट रगत बगेमा त्यो रोकिँदैन । त्यो रोक्न सुई नै लगाउनु पर्छ । तर, त्यो जिल्लामा नहुँदा बुटवल वा काठमाडौँ जानुपर्ने अवस्था छ । त्यसरी टाढा जाँदा बिरामी बाटोमै मृत्यु हुनसक्ने उनको भनाइ छ ।

फ्याक्टर पनि सहजै पाउन सक्ने अवस्था नभएको हेमोफिलिया पीडित शेरबहादुर चौधरीले गुनासो गरे । “फ्याक्टर ल्याउन बुटवल जानुपर्छ, तर त्यहीँ पनि पाउन मुस्किल हुन्छ”, उनले भने ।

फ्याक्टर नामक सुईको मूल्य महँगो छ । तर, सरकारले अहिले निःशुल्क गरेको छ । लुम्बिनी प्रदेश सरकारले निःशुल्क गरे पनि औषधि आपूर्ति सहज छैन । सरकारले हेमोफिलियाका बिरामीलाई खासै चासो नदिएको उनको गुनासो गरे ।

हाल लुम्बिनी प्रादेशिक अस्पताल बुटवल र भेरी अस्पताल बाँकेमा पाइन्छ । दाङको तुलसीपुरमा मात्र छजना हेमोफिलियाका बिरामी छन् । तुलसीपुर उपमहानगरपालिकाले हेमोफिलियाका बिरामीलाई सुई लगाउन बुटवल जाँदा सहज होस् भनी बर्सेनि आर्थिक सहयोग गर्ने गरेको छ । चालु आर्थिक वर्षमा मात्र पनि प्रतिबिरामी रु १५ हजारका दरले आर्थिक सहयोग गरेको उपमहानगरपालिका प्रमुख टीकाराम खड्काले बताए ।

के हो हेमोफिलिया ? 

हेमोफिलिया रगतसम्बन्धी आनुवंशिक रोग हो । प्रोटिनको कमीबाट हुने  यो रोग लागेपछि शरीरमा चोट लाग्दा या छाला काट्दा रगत नजम्ने समस्या हुन्छ । जसका कारण शरीरबाट रगत धेरै बग्छ । यसैले यो रोगबाट बिरामीको मृत्युसमेत हुनसक्ने तुलसीपुर उपमहानगरपालिका जनस्वास्थ्य प्रवर्द्धन महाशाखा प्रमुख ओमपी न्यौपानेले बताए  । ‘यो रोगको पूर्ण उपचार छैन । कुनै ठुलो चोट या दुर्घटनाका कारण हेमोफिलियाका रोगीको रगत बढी बग्ने सम्भावना भएकाले होसियार रहनुपर्छ’, उनले भने ।

यो रोग लागेका व्यक्तिको पिसाबमा रगत आउनु, गुदद्वारबाट रगत आउनु, सानो चोट लाग्दा पनि गहिरो घाउ हुनु, बिनाकारण शरीरमा घाउ हुनु, चोट लाग्दा धेरै रगत आउनु, बेलाबेलामा नाकबाट पनि रगत आउनु, जोर्नीमा पीडा हुनु, बच्चामा चिडचिडाहट हुनु, कयौँपटक आँखा धमिलो देखिनुजस्ता लक्षण हुन्छन् ।

Previous Post

गाउँ फर्किएर कृषिबाट आत्मनिर्भर

Next Post

पत्रकार पदयात्रा–२ : प्रथम जलवायु सम्मेलन स्थल ‘गुफाडाँडा’ ओझेलमा

metakhabar

metakhabar

सम्बन्धित खबर

साभुङ–देउराली–केलादीघाट : मार्गको ठेक्का सम्झौता अन्त्य
फिचर-ब्यानर

साभुङ–देउराली–केलादीघाट : मार्गको ठेक्का सम्झौता अन्त्य

१ चैत्र २०८२,
फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन
आर्थिक

फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन

१ चैत्र २०८२,
किसानलाई सिँचाइको समस्या
समाचार

किसानलाई सिँचाइको समस्या

१ चैत्र २०८२,
रणनीतिक सडक निर्माणले गति लिन नसक्दा स्थानीय मारमा
समाचार

रणनीतिक सडक निर्माणले गति लिन नसक्दा स्थानीय मारमा

१ चैत्र २०८२,
अपर ठूलोखोला जलविद्युत आयोजनाद्वारा उत्पादित विद्युत केन्द्रीय ‘लाइन’मा जोडियो
समाचार

अपर ठूलोखोला जलविद्युत आयोजनाद्वारा उत्पादित विद्युत केन्द्रीय ‘लाइन’मा जोडियो

१ चैत्र २०८२,
तुइन खोलाको पहिरोमा ‘फ्लड लाइट’ जडान
फिचर-ब्यानर

तुइन खोलाको पहिरोमा ‘फ्लड लाइट’ जडान

१ चैत्र २०८२,
Load More
Next Post
पत्रकार पदयात्रा–२ : प्रथम जलवायु सम्मेलन स्थल ‘गुफाडाँडा’ ओझेलमा

पत्रकार पदयात्रा–२ : प्रथम जलवायु सम्मेलन स्थल ‘गुफाडाँडा’ ओझेलमा

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In