• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, February 12, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    इन्टरपोलको समन्वयमा दश जनालाई विदेशबाट ल्याइयो

    इन्टरपोलको समन्वयमा दश जनालाई विदेशबाट ल्याइयो

    स्वास्थ्य बिमाबापत रु एक लाख बराबरको उपचार सेवा यथावत्

    स्वास्थ्य बिमाबापत रु एक लाख बराबरको उपचार सेवा यथावत्

    प्रदेश आयुर्वेद चिकित्सालयबाट सोह्र हजार बढीले लिए सेवा

    प्रदेश आयुर्वेद चिकित्सालयबाट सोह्र हजार बढीले लिए सेवा

    क्षेत्रीय सहयोग आवश्यक होइन अनिवार्य छः नेपाल

    क्षेत्रीय सहयोग आवश्यक होइन अनिवार्य छः नेपाल

    यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

    युवा मतदाताको रोजाइ सुशासन, विकास र रोजगारी दिने उम्मेदवार

    युवा मतदाताको रोजाइ सुशासन, विकास र रोजगारी दिने उम्मेदवार

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

बर्सातका कारण सुनसान बने ‘होमस्टे’

metakhabar by metakhabar
२८ असार २०८२,
0
बर्सातका कारण सुनसान बने ‘होमस्टे’
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

ढोरपाटन (बागलुङ), २८ असार : बागलुङमा सबैभन्दा बढी चर्चित छ भकुण्डेको अतिथि सत्कार घरबास (होम–स्टे) खासगरी हिमशृङ्खाला अवलोकन गर्न र ग्रामीण जीवनशैलीको अनुभूति गर्न पर्यटक भकुण्डे पुग्ने गर्छन् ।

बागलुङ नगरपालिका–१० मा पर्ने उक्त घरबासमा गत जेठ अन्तिम सातासम्म आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल निकै थियो तर वर्षाका कारण सडक बिग्रिँदा यति बेला ती घरबास सुनसान भएका छन् ।

घरबासमा पाहुना आउन छोडेपछि स्थानीय बारीको काममा व्यस्त छन् । भकुण्डे गाउँका स्थानीयले १५ घरमा घरबास सञ्चालन गरेका छन् । हिउँदको समयमा सडक यात्रा सहज हुँदा पर्यटकको चहलपहल बढ्ने तर बर्खाको करिब चार महिना ठप्प हुने घरबास सञ्चालक यमबहादुर थापाले बताउनुभयो । व्यावसायिक रूपमा सञ्चालन गरेको घरबासमा बाह्रै महिना पाहुना नआउँदा उत्पादन खेर जाने गरेको उहाँको भनाइ छ ।

थापाले भन्नुभयो, “बागलुङ बजारदेखि यहाँ (भकुण्डे गाउँ)मा आउने सडक राम्रो हुन्थ्यो भने बाह्रै महिना एकैनासले पाहुना आउने थिए, अलि ठूलो वर्षा हुँदा बित्तिकै सडकमा गाडी गुड्न छोड्छन्, अहिले मान्छेहरू पैदलयात्रा गर्न खासै रुचाउँदैनन्, राज्यले यति सडकलाई व्यवस्थित गरिदिए घरबास सञ्चालनसहित सिङ्गो गाउँलेलाई सामान ढुवानी र यात्रा गर्न सहज हुने थियो ।”

अब असोज कात्तिकतिर मात्रै पाहुनाको चहलपहल हुने थापाले बताउनुभयो । यतिबेला घरबास सञ्चालक कोदो रोप्ने, आलु खन्ने काममा लागेको उहाँको भनाइ छ । जिल्ला सदरमुकाम बागलुङ बजारदेखि नजिकै रहेको भकुण्डेमा गाडीमा एक घण्टा र पैदलयात्रा गर्दा करिब साढे एक घण्टामा पुग्न सकिन्छ ।

काठेखोला गाउँपालिका–३ धम्जास्थित बेलढुङ्गा सामुदायिक घरबास पनि सुनसान बनेको छ । असार पहिलो सातादेखि पाउना आउन छोडेको सञ्चालक गोपाल श्रीसले बताउनुभयो । अधिकांश पर्यटक सहरी क्षेत्रबाट आउने भन्दै बागलुङ बजारदेखि गाउँसम्म पुग्ने सडक अव्यवस्थित हुँदा पाहुन आउन नसकेको उहाँको भनाइ छ । कात्तिकदेखि जेठसम्म पाहुनाको चाप भई राखे पनि बर्खाको करिब चार महिना बन्द हुने श्रीसले सुनाउनुभयो ।

“अहिले पनि धेरै पाहुनाहरू हाम्रो सम्पर्कमा हुनुहुन्छ, आउँछौँ भन्नुहुन्छ तर सडकको दूरावस्थाका कारण ल्याउन सकेका छैनौँ, गाउँको सडक अप्ठ्यारो छ, यति बेला अर्गानिक तरकारी फल्ने हो, न घरबासमा पाउन आउँछन् र खुवाउन पाइन्छ न बजारमा पठाउन सकिन्छ”, श्रीसले भन्नुभयो, “व्यावसायिक रुपमा घरबास सञ्चालन गर्नेहरूलाई बर्खाको तीन/चार महिना घर परिवार चलाउन समस्या हुन्छ ।”

काठेखोला गाउँपालिकाका अध्यक्ष राजु थापाले ग्रामीण क्षेत्रसँग जोडिएका सडकलाई व्यवस्थित गरी बाह्रै महिना सहज रुपमा सञ्चालन गर्ने गरी काम गरिरहेको बताउनुभयो । गाउँपालिकाले घरबासलाई प्रवर्द्धन गरी पर्यटन क्षेत्रका विकास गर्ने उहाँको भनाइ छ । पालिकाभित्रका अझै कतिपय सडक अप्ठ्यारा रहेको हुँदा क्रमैसँग सुधार गर्दै जाने अध्यक्ष थापाले बताउनुभयो ।

Previous Post

आयु वृद्धि एवं स्वास्थ्य रक्षाका लागि अमला

Next Post

धमाधम निर्माण हुँदै गरेको सुनकोशी-मरिन डाइभर्सन आयोजनाको खुर्कोट खण्ड

metakhabar

metakhabar

सम्बन्धित खबर

इन्टरपोलको समन्वयमा दश जनालाई विदेशबाट ल्याइयो
समाचार

इन्टरपोलको समन्वयमा दश जनालाई विदेशबाट ल्याइयो

२९ माघ २०८२,
स्वास्थ्य बिमाबापत रु एक लाख बराबरको उपचार सेवा यथावत्
समाचार

स्वास्थ्य बिमाबापत रु एक लाख बराबरको उपचार सेवा यथावत्

२९ माघ २०८२,
प्रदेश आयुर्वेद चिकित्सालयबाट सोह्र हजार बढीले लिए सेवा
समाचार

प्रदेश आयुर्वेद चिकित्सालयबाट सोह्र हजार बढीले लिए सेवा

२९ माघ २०८२,
क्षेत्रीय सहयोग आवश्यक होइन अनिवार्य छः नेपाल
समाचार

क्षेत्रीय सहयोग आवश्यक होइन अनिवार्य छः नेपाल

२९ माघ २०८२,
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
आर्थिक

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

२९ माघ २०८२,
युवा मतदाताको रोजाइ सुशासन, विकास र रोजगारी दिने उम्मेदवार
समाचार

युवा मतदाताको रोजाइ सुशासन, विकास र रोजगारी दिने उम्मेदवार

२९ माघ २०८२,
Load More
Next Post
धमाधम निर्माण हुँदै गरेको सुनकोशी-मरिन डाइभर्सन आयोजनाको खुर्कोट खण्ड

धमाधम निर्माण हुँदै गरेको सुनकोशी-मरिन डाइभर्सन आयोजनाको खुर्कोट खण्ड

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In