• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, March 19, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    पौवादुङमा हावाहुरी पीडितलाई प्रतिपरिवार रु २० हजार राहत उपलब्ध गराइने

    पौवादुङमा हावाहुरी पीडितलाई प्रतिपरिवार रु २० हजार राहत उपलब्ध गराइने

    इरानद्वारा कतारको पेट्रोलियम प्लान्टमा मिसाइल आक्रमण

    इरानद्वारा कतारको पेट्रोलियम प्लान्टमा मिसाइल आक्रमण

    बुबाको पेसालाई पछ्याउँदै सफल डेरी उद्यागी बनेका योगेन्द्र

    बुबाको पेसालाई पछ्याउँदै सफल डेरी उद्यागी बनेका योगेन्द्र

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    मेची भन्सारद्वारा ११ अर्ब ५८ करोड राजस्व सङ्कलन

    मेची भन्सारद्वारा ११ अर्ब ५८ करोड राजस्व सङ्कलन

    यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

सडक स्तरोन्नतिले फेरिँदै धनगढीको स्वरुप

metakhabar by metakhabar
२४ असार २०८२,
0
सडक स्तरोन्नतिले फेरिँदै धनगढीको स्वरुप
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

सुदूरपश्चिम– पछिल्ला वर्षमा सडक पूर्वाधार स्तरोन्नति हुँदा धनगढी सहरको स्वरुप फेरिन थालेको छ ।

सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीका  मुख्य र शाखा सडक स्तरोन्नति पूरा हुने चरणमा छ  । व्यवस्थित एवं आकर्षक सहरको रुपमा विकास गर्न क्षेत्रीय सहरी विकास आयोजनाअन्तर्गत विभिन्न सडकखण्डका करिब १० किलोमिटर सडक पक्की नालीसहित स्तरोन्नति गरिएको छ । एसियाली विकास बैंकको ऋण सहयोगमा सञ्चालित यस आयोजना अन्तर्गत सहिद गेटदेखि क्याम्पस, गुल्मदेखि चर्चसम्मको सडक, मालपोत सडक, मुख्यबजार कैलाली पुलदेखि ट्राफिक चौराहाको सडक, डिभोटी होटेलदेखि दाहाल टोलको सडक स्तरोन्नति पूरा भएको छ ।

सडकको दायाँबायाँ फुटपाथसहित सुरक्षाका लागि फलामे बार लगाइएको छ । यसै आयोजनाअन्तर्गत धनगढी उपमहागरपालिका–७ पटेला क्षेत्रमा रु एक अर्ब २५ करोड लागतमा एकीकृत फोहरमैला व्यवस्थापनसम्बन्धी योजना निर्माण अघि बढेको छ ।

धनगढी उपमहानगर क्षेत्रबाहेक कैलालीको अत्तरिया र कञ्चनपुरको झलारीपिपलाडी र महेन्द्रनगर ९भीमदत्तनगर० नगरपालिकामा पनि सडक स्तरोेन्नति, सार्वजनिक भवन निर्माण, ढलनिकास, फोहरमैला व्यवस्थापनलगायतका काम भइरहेका छन् ।

सङ्घीय सहरी विकास तथा भवन कार्यालय धनगढीमार्फत आयोजना कार्यान्वयन भइरहेको छ । पञ्चवर्षीय यो आयोजना कार्यान्वयनका लागि धनगढी उपमहानगरपालिका र सहरी विकास आयोजनाबीच सम्झौता भएको थियो । प्रदेश सरकारको बजेटबाट मुख्य बजार क्षेत्रको कैलाली पुलदेखि क्याम्पस चोकसम्मको सडक  स्तरोन्नति भइरहेको छ ।

सहरी विकास मन्त्रालय, नेपाल विद्युत् प्राधिकरण र धनगढी उपमहानगरपालिकाको संयुक्त पहलमा विभिन्न सडकखण्डमा ‘स्मार्ट स्ट्रिट लाइट’, ‘हाइमास्ट लाइट’, ‘फ्लड लाइट’ र ‘स्ट्रिपलाइट’ जडान गरिएको छ । सडक बत्ती जडानसँगै ‘उज्यालो धनगढी’ बनेको छ ।

फूलका बोटबिरुवासहितको हरियाली, सडक दायाँबायाँ फुटपाथ निर्माण र जडान भएका रङ्गीविरङ्गी बत्तीले राति झिलिमिली हुने गरेको छ । झिलिमिली बत्तीमा साँझपख टिकटक बनाउने र तस्बिर लिनेको समूह भेटिन थालेका छन् ।

‘उज्यालो धनगढी अभियान’ अन्तर्गत उपमहानगरका सबै वडामा बत्ती जडान गरिने उपमहानगरपालिकाका इञ्जिनियर अशोक अवस्थीले बताउनुभयो । सघन सहरी विकास कार्यक्रमअन्तर्गत बेहडी र तारानगरको सडक स्तरोन्नति भइरहेको छभने धनगढी गाउँदेखि बेली गाउँसम्मको सडकका साथै हसनपुरको सडक स्तरोन्नतिका लागि ठेक्का आह्वान भएको छ । पार्क मोडमा ‘सपिङ कम्प्लेक्स’ निर्माण भइरहेको छ ।

त्यसैगरी मोहना पुलदेखि गोदावरी नगरपालिकाको अत्तरिया चोकसम्म १४।२ किलोमिटर लामो सडक स्तरोन्नति पूरा भएको छ । मोहनापुलदेखि गेटा खण्डसम्म ‘छ लेन’, गेटादेखि मनोहरा पुलसम्म ‘चार लेन’ र मनोहरा पुल देखि अत्तरिया चोकसम्म ‘आठ लेन’ सडक निर्माण एवं स्तरोन्नति पूरा भइसकेको सडक डिभिजन कार्यालयले जनाएको छ ।

‘सडक स्तरोन्नति एवं निर्माण लागत रु एक अर्ब ७८ करोड रहेको छ’, कार्यालयका इञ्जिनियर सन्तोष चन्दले भने ‘निर्माणाधीन मनोहरा खोला र मोहना नदीमाथि पुलका लागि बजेट अभाव भएको छ ।’

सडकखण्डको बीच भागमा बनाइएको ‘मिडियन’मा फूलका बोटबिरुवा रोपिएको छ ।  सडकका दायाँबायाँ दुई मिटर चौडा ‘फुटपाथ’ निर्माण गरिएको छ । विसं २०७७ मा निर्माण सम्झौता भएको सडक कूल रु एक अर्ब ७६ करोडको लागतमा निर्माण पूरा भएको हो । अयोजनाअन्तर्गत गेटा खण्डको मनहरा खोला र धनगढीको मोहना नदीमाथिको पुल निर्माणाधीन छ ।

विनायोजना सहरका रुपमा विकास हुँदै गएको धनगढीमा बर्सेनि ठूलो सङ्ख्यामा घर संरचना निर्माण भइरहेसँगै सामान्य वर्षा हुँदा जम्ने पानीको उचित निकासको व्यवस्था नहुँदा नगरवासीले डुबानको समस्या भोग्दै आएका छन् ।

उपमहानगर क्षेत्रमा खुटिया नदी र मोहना नदीको कटानको समस्या छ । उपमहानगरपालिकाले एक वर्षदेखि सहरी क्षेत्रमा दैनिक जम्मा हुने फोहरमैलाको निजी क्षेत्रमार्फत व्यवस्थापन गरिरहेको छ ।  सहरी क्षेत्रमा विकास पूर्वाधार जुटिरहे पनि ग्रामीण क्षेत्रका कतिपय वडाका बासिन्दा अझै उचित सडक, स्वच्छ खानेपानीजस्ता आधारभूत सुविधावाट वञ्चित छन् ।

उपलब्ध साधनस्रोतबाट उपमहानगरपालिका कार्यालयमार्फत हुने गरेका कतिपय विकास निर्माणका काम शक्ति र पहुँचवालाको वडामा मात्रै केन्द्रित गर्ने गरिएकाले विकासको प्रतिफल पाउन नसकिएको गुनासो नगरवासीको छ ।

विसं २०३३ मा स्थापना भएको धनगढी नगरपालिकालाई केही वर्षअघि साविकको बेलादेवीपुर, फूलबारी र उर्मा गाविसका साथै गेटा गाविसका केही वडालाई समेत समेटेर उपमहानगरपालिका बनाइएको थियो । स्थानीयवासी यज्ञराज भट्टले सडक स्तरोन्नतिसँगै बल्ने झिलिमिली बत्तीले धनगढीको स्वरुपनै फेरिएको बताए। धनगढीलाई सुन्दर र हराभरा सहर बनाउन उपमहानगरपालिका कार्यालयले ‘हरियाली धनगढी अभियान’अन्तर्गत सार्वजनिक सडक तथा स्थानमा वृक्षरोपण गर्दै आएको छ ।

Previous Post

गाउँमै उद्यम गर्नेलाई सम्मान

Next Post

कुपोषित बालबालिका खोज्दै टीकापुर नगरपालिका

metakhabar

metakhabar

सम्बन्धित खबर

पौवादुङमा हावाहुरी पीडितलाई प्रतिपरिवार रु २० हजार राहत उपलब्ध गराइने
आर्थिक

पौवादुङमा हावाहुरी पीडितलाई प्रतिपरिवार रु २० हजार राहत उपलब्ध गराइने

५ चैत्र २०८२,
इरानद्वारा कतारको पेट्रोलियम प्लान्टमा मिसाइल आक्रमण
अन्तर्राष्ट्रिय

इरानद्वारा कतारको पेट्रोलियम प्लान्टमा मिसाइल आक्रमण

५ चैत्र २०८२,
बुबाको पेसालाई पछ्याउँदै सफल डेरी उद्यागी बनेका योगेन्द्र
समाचार

बुबाको पेसालाई पछ्याउँदै सफल डेरी उद्यागी बनेका योगेन्द्र

५ चैत्र २०८२,
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आर्थिक

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

५ चैत्र २०८२,
मेची भन्सारद्वारा ११ अर्ब ५८ करोड राजस्व सङ्कलन
आर्थिक

मेची भन्सारद्वारा ११ अर्ब ५८ करोड राजस्व सङ्कलन

५ चैत्र २०८२,
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
आर्थिक

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

५ चैत्र २०८२,
Load More
Next Post
कुपोषित बालबालिका खोज्दै टीकापुर नगरपालिका

कुपोषित बालबालिका खोज्दै टीकापुर नगरपालिका

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In