• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, March 19, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै ‘सुन गुफा’

    पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै ‘सुन गुफा’

    तरकारीखेतीले चिनिँदै बाह्रदशीको राधानगर गाउँ

    तरकारीखेतीले चिनिँदै बाह्रदशीको राधानगर गाउँ

    सेलुलाइटिसको उपचारमा रवि लामिछाने, स्वास्थ्य अवस्था सामान्य

    देश र जनताप्रति जिम्मेवार भएर प्रस्तुत हुन सभापति लामिछानेद्वारा निर्देशन

    पहिरोबाट भुम्रे–हातेमालोचोक सडक अवरुद्ध

    नारायणगढ-मुग्लिन सडकका ४३ ठाउँ पहिरोको जोखिममा

    निर्वाचन सफल पार्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेकामा प्रधानमन्त्रीद्वारा नेकपालाई धन्यवाद

    निर्वाचन सफल पार्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेकामा प्रधानमन्त्रीद्वारा नेकपालाई धन्यवाद

    प्रधानमन्त्री कार्की र राष्ट्रियसभाका अध्यक्ष दाहालबीच शिष्टाचार भेट

    प्रधानमन्त्री कार्की र राष्ट्रियसभाका अध्यक्ष दाहालबीच शिष्टाचार भेट

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

पाहुना बोलाउन लाज मान्ने बस्तीमा पक्की सडकले ल्याएको खुसी

metakhabar by metakhabar
२४ असार २०८२,
0
पाहुना बोलाउन लाज मान्ने बस्तीमा पक्की सडकले ल्याएको खुसी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

सिरहा, २४ असार : सिरहा नगरपालिका–६ स्थित भुस्कुलिया टोलका दशकौँदेखि हिलो र धुलोसँग सङ्घर्ष गर्दै आएका बासिन्दाको दैनिकी अब फेरिएको छ । हालसालै निर्माण गरिएको आरसिसी ढलानको पक्की सडकले कच्ची बस्तीको स्वरुप नै बदलिदिएको छ । बस्तीका अधिकांश घर बाँसको टाटी र माटाले बनेका छन् ।

झण्डै डेढ सय घरपरिवार रहेका यो बस्तीमा टाढैबाट चम्किने पक्की सडक बनेको छ, जसले समुदायमा आशा र उल्लासको नयाँ सन्देश दिएको छ । वर्षौँको प्रतीक्षा र सङ्घर्षपछि स्थानीय बासिन्दालाई ‘हिलो मुक्त गाउँ’ को सपना पूरा भएको अनुभूति भएको छ ।

मधेस प्रदेश सरकारअन्तर्गत भौतिक पूर्वाधार विकास मन्त्रालयको रु २५ लाखको बजेटमा करिब पाँच सय मिटर लामो सडक निर्माण भएको हो । वडाध्यक्ष इन्द्रजित यादवले सडक बनाउन समन्वय गर्नुभएको थियो । यो परियोजनाले बस्तीमा नयाँ आशा र खुसी ल्याएको छ ।

उहाँ भन्नुहुन्छ, “हामीले चुनावअघि वाचा गरेका थियौँ कि यो बस्तीलाई हिलोमुक्त बनाउनेछौँ । आज त्यो सपना साकार भएको छ । यसमा यस क्षेत्रका प्रदेशसभा सदस्य प्रमोद यादवको पनि उत्तिकै साथ रहेको छ ।” उहाँका अनुसार सडक बन्नुअघि सानो पानी पर्यो भने बस्ती हिलोमै डुब्थ्यो, धुलोका कारण बच्चाबच्चीदेखि वृद्धवृद्धासम्मको स्वास्थ्यमा असर पथ्र्यो । अहिले भने टाढैबाट टल्किने पक्की सडकले बस्तीको मुहारै फेरिएको छ ।

स्थानीय सोनु यादव भन्नुहुन्छ, “पहिले हाम्रो बस्ती हेर्ने मान्छेहरू नाक खुम्च्याउँथे, ज्यान जोगाउँदै हिँड्थे । हामी आफैँ लाज मान्थ्यौँ पाहुना बोलाउन पनि । अहिले त यसको स्वरुप नै परिवर्तन भएको छ । अब त हाम्रो टोलमा बच्चा पनि खुसी छन्, स्कुल जाँदा लुगा फोहर हुने डर छैन, बुढाबुढी पनि सजिलै हिँडडुल गर्न सक्छन् ।”

वडाध्यक्ष यादवका अनुसार भुस्कुलिया टोलमा प्रायः निम्नवर्गीय परिवारको बसोबास छ । झण्डै डेढ सय घरमध्ये पाँचवटा मात्र पक्की छन् भने बाँकी अधिकांश घर कच्ची संरचनामा बनेका छन् । “यो बस्तीमा आर्थिक अवस्था कमजोर भएकाले धेरै वर्षसम्म सडक, नाला, खानेपानीजस्ता आधारभूत सुविधा पर्खिरहनुपर्यो”, उहाँले भन्नुभयो, “हामीले बस्तीको अवस्थालाई बुझेर प्राथमिकताअनुसार सडक निर्माण अघि बढाएका हौँ । अहिले सडक बनेपछि यहाँको जीवनशैलीमै सकारात्मक परिवर्तन आएको छ ।”

पूर्वाधार विकास कार्यालय सिरहाका प्राविधिक राजु यादवका अनुसार, ग्रामीण क्षेत्रमा निर्माण गरिने शाखा सडकका लागि कालोपत्र सडकको सट्टा आरसिसी ढलान प्रविधि अधिक उपयुक्त हुने देखिएको छ । उहाँले भन्नुभयो, “गाउँघरका शाखा सडकमा आरसिसी ढलान उपयुक्त हुन्छ । यसले सडकको दिगोपना ल्याउँछ र लामो समयसम्म टिकाउ रहन्छ ।”

उहाँका अनुसार ग्रामीण क्षेत्रका सडकमा दैनिक सवारीसाधनको चाप कम भएता पनि स्थानीयले गाईवस्तु सडमै बाँध्ने तथा त्यसको दिसापिसाब, पानीको बहाव, हिलो, धुलो र उचित नाली व्यवस्थाको अभावका कारण कालोपत्र सडक चाँडै बिग्रने गरेका छन् । यस्ता सडक हरेक वर्ष मर्मत गर्नुपर्ने अवस्था आउँछ, जसले समय, श्रम र लागत दुवै बढाउँछ । यस्तो संरचना विशेषगरी पानीको सतह नहट्ने, हिलाम्मे वा उबडखाबड भूभागमा बढी प्रभावकारी हुन्छ ।

अबको आशाः घर पनि पक्की बनाउने सपना

भुस्कुलियाका घर अझै पनि कच्ची छन्, तर सडकले विकासको ढोका खोलेको छ । अब यहाँका बासिन्दाको नयाँ सपना भनेको पक्की सडकसँगै पक्की घर निर्माण गर्नु हो । वडाध्यक्ष यादव भन्नुहुन्छ, “अब हाम्रो ध्यान बस्तीको समग्र विकासमा छ । शिक्षा, स्वास्थ्य र आवास सुधारमा पनि योजना बनाइरहेका छौँ ।”

वर्षौँसम्म धुलो र हिलोसँग जुध्दै आएको यो कच्ची बस्तीले बाँसको टाटी, माटो र जस्ताले बनाइएका घरको विकल्प खोजिरहेको छ । वर्षायाममा हुने डुबानले हैरान छन् स्थानीय । बहत्तरु वर्षीय वृद्ध लक्ष्मी साह भन्नुहुन्छ, “पानी पर्यो भने घरभित्रै बाल्टिन राखेर हिलो बटुल्नुपथ्र्यो । अहिले त कम्तीमा बाहिर हिँड्न सजिलो छ । अबचाहिँ सरकारले केही सहायता गरोस्, हामी पनि घर बलियो बनाउन सकेको प्रयास गर्छौैँ ।”

आवास कार्यक्रमअन्तर्गत सहयोगको पहल गरिरहेको वडाध्यक्ष यादवको भनाइ छ । उहाँका अनुसार बस्तीमा सामुदायिक भवन, पिउने पानीको पहुँच र साना व्यावसायिक सीप विकासका योजना पनि क्रमशः अगाडि ल्याइँदै छन् । वास्तवमा, भुस्कुलियाको सडक केवल ढलानमात्र होइन, त्यो सपना, सम्भावना र सम्मानको बाटो हो । आज सडक पक्की भएको छ, भोलि घर पक्की हुने विश्वासमा बस्तीका मान्छे जीउन थालेका छन् ।

Previous Post

मुक्तिनाथ मन्दिरमा दर्शनार्थीमैत्री परिसर स्तरोन्नति

Next Post

त्रिशूली नदीको छुट्टाछुट्टै ठाउँमा दुई शव भेटिए

metakhabar

metakhabar

सम्बन्धित खबर

पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै ‘सुन गुफा’
आवाज

पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै ‘सुन गुफा’

४ चैत्र २०८२,
तरकारीखेतीले चिनिँदै बाह्रदशीको राधानगर गाउँ
आवाज

तरकारीखेतीले चिनिँदै बाह्रदशीको राधानगर गाउँ

४ चैत्र २०८२,
सेलुलाइटिसको उपचारमा रवि लामिछाने, स्वास्थ्य अवस्था सामान्य
आवाज

देश र जनताप्रति जिम्मेवार भएर प्रस्तुत हुन सभापति लामिछानेद्वारा निर्देशन

४ चैत्र २०८२,
पहिरोबाट भुम्रे–हातेमालोचोक सडक अवरुद्ध
आर्थिक

नारायणगढ-मुग्लिन सडकका ४३ ठाउँ पहिरोको जोखिममा

४ चैत्र २०८२,
निर्वाचन सफल पार्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेकामा प्रधानमन्त्रीद्वारा नेकपालाई धन्यवाद
फिचर-ब्यानर

निर्वाचन सफल पार्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेकामा प्रधानमन्त्रीद्वारा नेकपालाई धन्यवाद

४ चैत्र २०८२,
प्रधानमन्त्री कार्की र राष्ट्रियसभाका अध्यक्ष दाहालबीच शिष्टाचार भेट
आवाज

प्रधानमन्त्री कार्की र राष्ट्रियसभाका अध्यक्ष दाहालबीच शिष्टाचार भेट

४ चैत्र २०८२,
Load More
Next Post
त्रिशूली नदीको छुट्टाछुट्टै ठाउँमा दुई शव भेटिए

त्रिशूली नदीको छुट्टाछुट्टै ठाउँमा दुई शव भेटिए

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In