श्विप्रसिद्ध वैज्ञानिक न्यूटन महान् विद्वान् हुनुको साथै बडो विनम्र र मृदुभाषी थिए । आफ्नो महानताप्रति उनी प्रायः उदासिन रहन्थे ।
एक पटक उनी धेरै बिरामी भएका थिए । अन्तिम समय नजिक आइरहेको थियो । उनको बेचैनी र तडप देखेर उनको एक नजिकैका साथीले सान्त्वना दिँदै भने, तपाईंले त गर्व गर्नुपर्छ, किनकि प्रकृतिको गूढ रहस्यलाई तपाईंले धेरै नजिकबाट र ध्यानले हेर्नुभएको छ ।
साथीको कुरा सुनेर न्यूटनले भने, संसारले मेरो अनुसन्धानको बारेमा जेसुकै भनोस् तर मलाई प्रतित भइरहेको छ कि म समुद्र किनारमा खेल्ने त्यो बच्चा समान छु, जसले कहिलेकाहीँ आफ्नो साथीको अपेक्षामा केही सुन्दर पत्थर, सीपी र शंख भेट्टाउँछ । वास्तविकता त यो हो कि सत्यको अथाह समुद्र मेरो अगाडि अझै पनि खोज गर्नको लागि विद्यमान छ ।
साभारः ‘प्रेरक प्रसङ्हरु’ पुस्तकबाट