• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, August 22, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    आरोहीको भीडले गुलजार छ सगरमाथा आधारशिविर

    आलेखः पर्वतीय पर्यटनले खोल्दैछ अर्थतन्त्रको नयाँ ढोका

    एघार महिनामा पाकेको गहुँ साइत जुराएर भित्र्याउँछन् चुमभ्यालीका किसान

    एघार महिनामा पाकेको गहुँ साइत जुराएर भित्र्याउँछन् चुमभ्यालीका किसान

    म्याग्दीमा ७३ करोडको आलु र सुन्तला बिक्री

    म्याग्दीमा ७३ करोडको आलु र सुन्तला बिक्री

    डेङ्गी नियन्त्रणका लागि पहल गर्न संसद्मार्फत सरकारको ध्यानाकर्षण

    जापानिज इन्सेफ्लाइटिसबाट झापामा छ जनाको मृत्यु

    राष्ट्रसङ्घीयको प्रथम समिति अध्यक्षमा नेपाल निर्वाचित

    सुरक्षा परिषद् सुधार्न भारतको माग

    स्वास्थ्य बिमामा यस वर्ष बजेट थप गरिएको छः अर्थमन्त्री डा स्वर्णिम वाग्ले

    स्वास्थ्य बिमामा यस वर्ष बजेट थप गरिएको छः अर्थमन्त्री डा स्वर्णिम वाग्ले

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

‘विश्वकै पहिलो’ गहिरो समुद्रबाट खनिज निकाल्ने जापानको योजना

metakhabar by metakhabar
२० असार २०८२,
0
‘विश्वकै पहिलो’ गहिरो समुद्रबाट खनिज निकाल्ने जापानको योजना
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

जापानले जनवरीदेखि समुद्रको फेदबाट दुर्लभ खनिजहरू निकाल्न प्रयास गर्ने सरकारी नवप्रवर्तन कार्यक्रमका निर्देशकले बिहीबार बताएका छन् । उनका अनुसार यो यस्तो प्रकारको सबैभन्दा गहिरो परीक्षण हुनेछ ।

नयाँ प्रविधिहरूका लागि महत्त्वपूर्ण स्रोतहरूमा चीनको प्रभुत्वमा चिन्ता बढ्दै गएकाले यस हप्ताको सुरुमा जापानले महत्त्वपूर्ण खनिजहरूको स्थिर आपूर्ति सुनिश्चित गर्न संयुक्त राज्य अमेरिका, भारत र अस्ट्रेलियासँग काम गर्ने वाचा गरेको थियो ।

दुर्लभ मृत्तिका खनिजहरू –– पृथ्वीको क्रस्टबाट निकाल्न कठिन १७ वटा धातुहरू –– विद्युतीय सवारी साधनदेखि हार्ड ड्राइभ, विन्ड टर्बाइन र मिसाइलसम्म सबै कुरामा प्रयोग हुन्छन् ।

अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी (आइएइए) का अनुसार चीनले दुर्लभ मृत्तिका खनन उत्पादनको लगभग दुई तिहाइ र विश्वव्यापी परिष्कृत उत्पादनको ९२ प्रतिशत हिस्सा ओगटेको छ ।

जापानको क्रस–मिनिस्टेरियल स्ट्रेटेजिक इनोभेसन प्रोमोसन प्रोग्रामका निर्देशक शोइची इशीले चिक्यु नामक जापानी गहिरो समुद्री वैज्ञानिक ड्रिलिङ डुङ्गाले जनवरीदेखि दुर्लभ मृत्तिका तत्वहरू भएको समुद्री सतहको तलछट पुनः प्राप्त गर्न ‘परीक्षण यात्रा’ सञ्चालन गर्ने बताउनुभयो ।

“पानीको पाँच हजार पाँच सय मिटर (तीन दशमलव चार माइल) गहिराइबाट तलछट निकाल्ने परीक्षण संसारमा पहिलो हो”, उहाँले भन्नुभयो, “हाम्रो लक्ष्य… यो यात्राको सबै खनन उपकरणहरूको कार्य परीक्षण गर्नु हो, त्यसैले निकालिएको तलछटको मात्राले कुनै फरक पार्दैन ।”

चिक्युले प्रशान्त महासागरको दुर्गम टापु मिनामी तोरिशिमाको वरिपरि जापानी आर्थिक पानीमा ड्रिल गर्नेछ । मिनामी तोरिशिमा जापानको सबैभन्दा पूर्वी विन्दु जसलाई सैन्य आधारको रूपमा पनि प्रयोग गरिन्छ ।

जापानको निक्केई बिजनेस डेलीका अनुसार मिसनले करिब तीन हप्तामा समुद्री सतहबाट ३५ टन माटो निकाल्ने लक्ष्य राखेको छ ।

प्रत्येक टनमा लगभग दुई किलोग्राम (चार दशमलव चार पाउन्ड) दुर्लभ मृत्तिका खनिजहरू हुने अपेक्षा गरिएको छ । यी खनिज प्रायः आधुनिक इलेक्ट्रोनिक्समा आवश्यक चुम्बक बनाउन प्रयोग गरिन्छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्तर्राष्ट्रिय जलक्षेत्रमा यस अभ्यासलाई छिटो ट्र्याक गर्न दबाब दिएपछि चिन्ता बढ्दै जाँदा गहिरो समुद्री खनन एक भूराजनीतिक द्वन्द्वको केन्द्र बनेको छ ।

बेइजिङले अप्रिलदेखि चीनबाट दुर्लभ मृत्तिका निर्यात गर्न इजाजतपत्र आवश्यक पारेको छ । यो कदमलाई चिनियाँ सामानको आयातमा अमेरिकी प्रतिबन्धको प्रतिशोधका रूपमा हेरिएको छ ।

वातावरणीय अभियानकर्ताहरूले गहिरो समुद्री खननले समुद्री इकोसिस्टमलाई खतरामा पार्ने र समुद्री सतहमा बाधा पुर्‍याउने चेतावनी दिएका छन् ।

राष्ट्रिय जल बाहिरको समुद्री सतहमाथि अधिकार क्षेत्र भएको अन्तर्राष्ट्रिय समुद्री सतह प्राधिकरण यस महिनाको अन्त्यमा समुद्रको गहिराइमा खननलाई नियन्त्रण गर्न विश्वव्यापी संहिता छलफल गर्न भेला हुँदैछ ।

Previous Post

प्रधानसेनापतिद्वारा खत्रीलाई उपरथीको दज्र्यानी चिन्ह प्रदान

Next Post

एक हप्तामा ३५ जनामा कोरोना सङ्क्रमण

metakhabar

metakhabar

सम्बन्धित खबर

आरोहीको भीडले गुलजार छ सगरमाथा आधारशिविर
आवाज

आलेखः पर्वतीय पर्यटनले खोल्दैछ अर्थतन्त्रको नयाँ ढोका

५ भदौ २०८३,
एघार महिनामा पाकेको गहुँ साइत जुराएर भित्र्याउँछन् चुमभ्यालीका किसान
आर्थिक

एघार महिनामा पाकेको गहुँ साइत जुराएर भित्र्याउँछन् चुमभ्यालीका किसान

५ भदौ २०८३,
म्याग्दीमा ७३ करोडको आलु र सुन्तला बिक्री
आर्थिक

म्याग्दीमा ७३ करोडको आलु र सुन्तला बिक्री

५ भदौ २०८३,
डेङ्गी नियन्त्रणका लागि पहल गर्न संसद्मार्फत सरकारको ध्यानाकर्षण
जीवन शैली

जापानिज इन्सेफ्लाइटिसबाट झापामा छ जनाको मृत्यु

५ भदौ २०८३,
राष्ट्रसङ्घीयको प्रथम समिति अध्यक्षमा नेपाल निर्वाचित
अन्तर्राष्ट्रिय

सुरक्षा परिषद् सुधार्न भारतको माग

५ भदौ २०८३,
स्वास्थ्य बिमामा यस वर्ष बजेट थप गरिएको छः अर्थमन्त्री डा स्वर्णिम वाग्ले
आर्थिक

स्वास्थ्य बिमामा यस वर्ष बजेट थप गरिएको छः अर्थमन्त्री डा स्वर्णिम वाग्ले

५ भदौ २०८३,
Load More
Next Post
भारतमा कोरोनाका सक्रिय केस ५ हजार नाघे

एक हप्तामा ३५ जनामा कोरोना सङ्क्रमण

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In