• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, June 21, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    हामी राजनीतिक संस्कार बदल्न आएका हौँः डा वाग्ले

    हामी राजनीतिक संस्कार बदल्न आएका हौँः डा वाग्ले

    ‘खेलमैदान छन्, व्यवस्थित छैनन्’

    ‘खेलमैदान छन्, व्यवस्थित छैनन्’

    बुद्धसिंह मार्गः करोडौँ बजेट, तर निर्माणमा छैन गति

    स्याफ्रुबेँसी-रसुवागढी खण्डमा स्तरोन्नति गरिँदै

    बुद्धसिंह मार्गः करोडौँ बजेट, तर निर्माणमा छैन गति

    बुद्धसिंह मार्गः करोडौँ बजेट, तर निर्माणमा छैन गति

    सभापति लामिछाने र वरिष्ठ नेता शाहद्वारा महाधिवेशन उद्घाटन

    सभापति लामिछाने र वरिष्ठ नेता शाहद्वारा महाधिवेशन उद्घाटन

    रास्वपा महाधिवेशन सुरु

    रास्वपा महाधिवेशन सुरु

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

प्रदेशको सफलता सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सफलता होः राष्ट्रपति

metakhabar by metakhabar
१८ असार २०८२,
0
प्रदेशको सफलता सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सफलता होः राष्ट्रपति
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ, १८ असारः राष्ट्रपति रामचन्द्र पौडेलले पछिल्ला आन्दोलनहरूको उपलब्धिलाई संस्थागत गर्ने महत्त्वपूर्ण आधार प्रदेश भएको उल्लेख गर्दै प्रदेशको सफलता नै सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सफलता भएको बताउनुभएको छ ।

आज शीतल निवासमा राष्ट्रपति पौडेल र प्रदेश प्रमुखहरूबीच भएको भेटर्वार्तामा उहाँले लोकतन्त्रलाई सफल बनाउन प्रदेश सफल हुनुपर्ने धारणा राख्नुभयो ।

“प्रदेशहरू सुदृढ भए यो व्यवस्था सुदृढ हुन्छ, संविधानको सम्पूर्ण र प्रभावकारी कार्यान्वयनका लागि आवश्यक पर्ने सङ्घीय, प्रादेशिक र स्थानीय तहका कानुनको तर्जुमा र त्यसको निष्कपट कार्यान्वयनबाट संविधानको औचित्य र सार्थकता प्रमाणित हुन्छ भन्ने मेरो विश्वास छ”, राष्ट्रपति पौडेलले भन्नुभयो ।

प्रदेश प्रमुखहरू प्रदेशको प्रमुखका साथै केन्द्रको प्रतिनिधि पनि भएकाले सङ्घ र प्रदेशबीचको समन्वयकर्ताका रूपमा भूमिका निर्वाह गर्नुपर्ने बताउँदै उहाँले प्रदेश प्रमुखहरू सङ्घीयताको सेतुका रूपमा रहेका उल्लेख गर्नुभयो । “सोही कारणले राष्ट्रपति र प्रदेश प्रमुखहरूबीच निरन्तर सम्पर्क, संवाद र समन्वय हुन जरुरी छ”, उहाँले भन्नुभयो ।

राष्ट्रपति पौडेलले प्रादेशिक कानुन निर्माण प्रक्रिया सम्पन्न गरेर शीघ्र कार्यान्वयनमा लैजाने गर िकाम भइरहेको बताउनुभयो । “ प्रादेशिक कानुन जति छिटो लाग्छाँै, त्यसी सहज हुन्छ । परिवर्तनको लाभ जतिसक्दो चाँडो नागरिकको आँगनमा पु¥याउन सक्यो त्यति जनतामा व्यवस्थाप्रतिको भरोसा अभिवृद्धि हुन्छ, यसमा विलम्ब नगरी सरोकार भएका सबैलाई आफ्नोतर्फबाट झक्झकाउने काम गरौँ”, उहाँले भन्नुभयो ।

“प्रदेशको संरचनाले मात्र राजनीतिक महत्त्व स्थापित हँुदैन, यसको चरित्रलाई जनमुखी, समावेशी र सुशासित बनाउन जरुरी छ, चरित्रको परिवर्तन हुनु मुख्य विषय हो । राजनीतिक उपलब्धिलाई नागरिकको जीवनसँग जोडाँै, प्रदेश–प्रदेशबीच स्वस्थ प्रतिस्पर्धा गरौँ, साथसाथै अन्तरप्रदेश सहकार्य र समन्वयमा जोड दिऔँ, एकापसको सहकार्यले सबैलाई लाभ पुग्नेछ भन्ने मलाई लाग्छ”, राष्ट्रपति पौडेलले भन्नुभयो ।

उहाँले प्रदेशको आन्तरिक स्रोतको सक्दो प्रयोग गरेर प्रादेशिक विकासका नयाँनयाँ योजना बनाउन, प्रत्येक प्रदेशले आफ्नो मौलिकता निर्माण गरेर अगाडि बढ्न सम्बन्धित सरकारलाई सुझाव दिनुपर्ने आवश्यकता औँल्याउनुभयो । नागरिकको सम्मान, स्वाभिमान र समृद्धि भएकाले यसमा प्रदेश प्रमुखहरूले सम्पूर्ण प्रदेशलाई केन्द्रित गर्न झक्झकाउने काम गर्नुपर्ने उहाँको भनाइ छ ।

“मेरो जोड सुशासन, जनतामा प्रभावकारी सेवा प्रवाह र लोकतन्त्रको सुदृढीकरणमा केन्द्रित छ, जनस्तरमा लोकतन्त्रप्रति भरोसा जगाउन बौद्धिक वर्ग, नागरिक समाजका अगुवालाई सम्पर्क तथा छलफल गरी सहकार्य र समन्वयबाट मार्ग निकाल्न पहल गर्नुपर्छ”, राष्ट्रपति पौडेलले भन्नुभयो ।

विकास निर्माण, सुशासन, कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, साहित्य, कला, संस्कृतिलगायत क्षेत्रको विकास, विस्तारमा सुझाव दिने र यी क्षेत्रमा सम्पर्क तथा सम्बन्ध विस्तार गर्ने काममा लाग्न उहाँले प्रदेश प्रमुखलाई सुझाव दिनुभयो । राष्ट्रपति पौडेलले हामी सबै मिलेर सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्नेतर्फ लागौँ भन्ने आग्रह गर्नुभयो ।

सो अवसरमा सातै प्रदेशका प्रदेश प्रमुखहरूले आफूले भोग्नुपरेका कठिनाइ, कानुन नियममा रहेका अन्यौललगायत विविध पक्षका बारेमा जानकारी गराउँदै यसको समाधानका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराइदिन हुन राष्ट्रपतिसमक्ष आग्रह गर्नुभएको थियो ।

Previous Post

पति-पत्नीबीचको प्रेम बढ्नेछ, तनाव हट्नेछ ! यी चमत्कारी वास्तु उपायहरू अपनाउनुहोस्

Next Post

फ्याटी लिभर रोग: लक्षण, कारण, निदान र उपचार

metakhabar

metakhabar

सम्बन्धित खबर

हामी राजनीतिक संस्कार बदल्न आएका हौँः डा वाग्ले
आर्थिक

हामी राजनीतिक संस्कार बदल्न आएका हौँः डा वाग्ले

७ असार २०८३,
‘खेलमैदान छन्, व्यवस्थित छैनन्’
आर्थिक

‘खेलमैदान छन्, व्यवस्थित छैनन्’

७ असार २०८३,
बुद्धसिंह मार्गः करोडौँ बजेट, तर निर्माणमा छैन गति
आर्थिक

स्याफ्रुबेँसी-रसुवागढी खण्डमा स्तरोन्नति गरिँदै

७ असार २०८३,
बुद्धसिंह मार्गः करोडौँ बजेट, तर निर्माणमा छैन गति
आर्थिक

बुद्धसिंह मार्गः करोडौँ बजेट, तर निर्माणमा छैन गति

७ असार २०८३,
सभापति लामिछाने र वरिष्ठ नेता शाहद्वारा महाधिवेशन उद्घाटन
आवाज

सभापति लामिछाने र वरिष्ठ नेता शाहद्वारा महाधिवेशन उद्घाटन

७ असार २०८३,
रास्वपा महाधिवेशन सुरु
आवाज

रास्वपा महाधिवेशन सुरु

७ असार २०८३,
Load More
Next Post
फ्याटी लिभर रोग: लक्षण, कारण, निदान र उपचार

फ्याटी लिभर रोग: लक्षण, कारण, निदान र उपचार

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In