• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, February 12, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    म राजनीतिमा आउँदिनः अभिनेता उप्रेती

    म राजनीतिमा आउँदिनः अभिनेता उप्रेती

    राजनैतिक संक्रमणबीच नेपालको आर्थिक वृद्धि सुस्त हुनेः विश्व बैंक

    अफगानिस्तानमा विश्व बैङ्कद्वारा वित्त पोषित पानी आपूर्ति नेटवर्कको निर्माण सुरु

    अन्तर्राष्ट्रिय पुल सञ्चालनबारे अमेरिका र क्यानाडाबीच समन्वयको आवश्यकता

    अन्तर्राष्ट्रिय पुल सञ्चालनबारे अमेरिका र क्यानाडाबीच समन्वयको आवश्यकता

    नेकपाको चुनावी रोडम्यापः रेलमार्गदेखि जल यातायातसम्म ठूला पूर्वाधारमा जोड

    नेकपाको चुनावी रोडम्यापः रेलमार्गदेखि जल यातायातसम्म ठूला पूर्वाधारमा जोड

    रौतहट ४ मा बढ्दै तिमल्सिनाको पक्षमा जनलहर,कांग्रेसमा प्रवेश गर्ने बढे

    रौतहट ४ मा बढ्दै तिमल्सिनाको पक्षमा जनलहर,कांग्रेसमा प्रवेश गर्ने बढे

    मुस्ताङको समर मतदानस्थलमा जम्मा ३६ मतदाता

    मुस्ताङको समर मतदानस्थलमा जम्मा ३६ मतदाता

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

विपद् जोखिम न्यूनीकरणमा काभ्रेका स्थानीय तहको सक्रियता

metakhabar by metakhabar
१८ असार २०८२,
0
विपद् जोखिम न्यूनीकरणमा काभ्रेका स्थानीय तहको सक्रियता
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काभ्रेपलाञ्चोक। मनसुनजन्य विपद् न्यूनीकरणमा यहाँका स्थानीय तहको सक्रियता बढेको छ । विशेषगरी उच्च जोखिममा रहेका स्थानीय तहले सरोकारवालबीच छलफल गरी पूर्वतयारीको व्यवस्थापनमा लागेका हुन् ।

बाढीपहिरोको उच्च जोखिममा रहेको रोशी गाउँपालिकामा गत साल असोज १० देखि १२ गतेसम्मको अविरल वर्षापछिको बाढी र पहिरोमा धेरै जनधनको क्षति बेहोरेपछि यस वर्ष जोखिम कम गर्न जिल्लास्तरीय विपद् व्यवस्थापन समिति तथा स्थानीय विपद् व्यवस्थापन समिति खोज, उद्धार र राहतमा सक्रियता देखाएको सङ्घ र प्रदेश सरकार पुनर्निर्माणमा अल्मलिएको बताइयो ।

“सडक, निजी आवास, सार्वजनिक भवन, अस्पताल, औद्योगिक ग्रामलगायतका संरचना निर्माण गर्न बाँकी छ, अति प्रभावित यस गाउँपालिकामा अझै सतर्क भएर काम गर्नुपर्ने देखिन्छ”, गाउँपालिका अध्यक्ष एवं स्थानीय विपद् व्यवस्थापन समितिका अध्यक्ष दिनेश लामाले भने । उक्त गाउँपालिकामा गत साल असोजको बाढीपहिरोमा परी १३ जनाले ज्यान गुमाएका थिए । हाल उक्त गाउँपालिकामा विपद् व्यवस्थापनार्थ अन्तरपालिका समन्वयका साथै विपद् सहायता कक्षसमेत स्थापना गरिएको छ ।

जिल्ला विपद् व्यवस्थापन समितिका संयोजकसमेत रहेका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले सबैको सुझाव र सहभागितासहित मनसुन पूर्वतयारी कार्ययोजना निर्माण गर्न सबै स्थानीय तहमा छलफल अन्तरक्रिया थालिएको बताए ।

उनले विगतको अनुभव र भौगोलिक अवस्थितीले रोशी, नमोबुद्ध, बेथानचोकलगायतका स्थानीय तहले मनसुनजन्य बाढीपहिरोका विपदमा बढी प्रभावित हुनसक्ने भन्दै आवश्यक खाद्यान्न भण्डारण, उद्धार सामग्री, हेलिप्याड र राजमार्गसहितका पहुँचमार्ग पनि अवरोध हुने अवस्था आउन दिन नहुने बताए । “जिल्लाको केही स्थानमा हवाई उद्धार सम्भव नभएकाले पूर्वाधार तयार गर्नुपर्ने आवश्यकता देखिन्छ”, उनले भने ।

जिल्ला विपद् व्यवस्थापन समितिले मनसुन पूर्वतयारी तथा विपद् प्रतिकार्य योजनाबारे स्थानीय तहसँग अन्तरक्रिया गरिरहेको हो । हालसम्म जिल्लाको नमोबुद्ध नगर तथा रोशी र तेमाल गाउँपालिकामा यस्तो खाले कार्यक्रम गरिएको जनाइएको छ भने बाँकी १० स्थानीय तहमा क्रमशः गर्दै जाने समितिले जनाएको छ ।

अन्तक्र्रियात्मक अभियान टोलीमा जिल्ला समितिका संयोजक एवं प्रजिअ ढकाल, सहायक प्रमुख जिल्ला अधिकारी सुदर्शन श्रेष्ठ, जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक कोमल शाह, सशस्त्र प्रहरी बल नेपाल नं १५ गण हेडक्वार्टरका गणपति, राष्ट्रिय अनसुन्धान जिल्ला कार्यालय प्रमुख, नेपाली सेनाको श्रीमेहर गण धुलिखेलका गणपति तथा जिल्ला प्रशासन कार्यालयका अधिकृतको सहभागिता भइरहेको छ ।

जिल्लास्थित सुरक्षा निकायले भने आफूहरुसँग भएको जनशक्ति परिचालनका लागि स्रोतसाधन व्यवस्थापन गर्न स्थानीय तहलाई सहकार्य गरिदिन अनुरोध गर्दै आएका छन् । गत साल असोज ११ र १२ गतेको अविरल वर्षामा बाढीपहिरोका कारण काभ्रेपलाञ्चोका ७८ जनाको निधन भएको थियो भने छ जना बेपत्ता भएकाको अवस्थामा रहेका छन् ।

उक्त घटनामा ७५ जना घाइते भएका थिए । बाढीपहिरोमा मृत्यु हुनेमा सबैभन्दा बढी पनौती नगरपालिकाका १७ जना रहेका थिए । काभ्रेपलाञ्चोकका १३ स्थानीय तहमध्ये पाँचखाल, खानीखोला र महाभारतमा भने मानवीय क्षति हुन पाएन ।

बाढीपहिरोबाट अन्य जिल्लाभन्दा काभ्रेपलाञ्चोकमा ठूलो सङ्ख्यामा मानवीय क्षति भएको हो । मृतकको सङ्ख्या देशभर मृत्यु भएकामध्ये ३१ दशमलव ५६ प्रतिशत रहेको थियो । जिल्लामा बाढीपहिरोमा परी ३३ महिला, २९ पुरुष, नौ बालक र सात बालिकाको मृत्यु भएको थियो । यसमध्ये २१ विद्यार्थी थिए ।

Previous Post

निजामती सेवा विधेयकमा हेरफेर : कांग्रेस सांसद थानीको आरोप – “सभापतिले मनपरी गरे”

Next Post

६० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक

metakhabar

metakhabar

सम्बन्धित खबर

म राजनीतिमा आउँदिनः अभिनेता उप्रेती
मनोरञ्जन

म राजनीतिमा आउँदिनः अभिनेता उप्रेती

२८ माघ २०८२,
राजनैतिक संक्रमणबीच नेपालको आर्थिक वृद्धि सुस्त हुनेः विश्व बैंक
फिचर-ब्यानर

अफगानिस्तानमा विश्व बैङ्कद्वारा वित्त पोषित पानी आपूर्ति नेटवर्कको निर्माण सुरु

२८ माघ २०८२,
अन्तर्राष्ट्रिय पुल सञ्चालनबारे अमेरिका र क्यानाडाबीच समन्वयको आवश्यकता
अन्तर्राष्ट्रिय

अन्तर्राष्ट्रिय पुल सञ्चालनबारे अमेरिका र क्यानाडाबीच समन्वयको आवश्यकता

२८ माघ २०८२,
नेकपाको चुनावी रोडम्यापः रेलमार्गदेखि जल यातायातसम्म ठूला पूर्वाधारमा जोड
फिचर-ब्यानर

नेकपाको चुनावी रोडम्यापः रेलमार्गदेखि जल यातायातसम्म ठूला पूर्वाधारमा जोड

२८ माघ २०८२,
रौतहट ४ मा बढ्दै तिमल्सिनाको पक्षमा जनलहर,कांग्रेसमा प्रवेश गर्ने बढे
फिचर-ब्यानर

रौतहट ४ मा बढ्दै तिमल्सिनाको पक्षमा जनलहर,कांग्रेसमा प्रवेश गर्ने बढे

२८ माघ २०८२,
मुस्ताङको समर मतदानस्थलमा जम्मा ३६ मतदाता
फिचर-ब्यानर

मुस्ताङको समर मतदानस्थलमा जम्मा ३६ मतदाता

२८ माघ २०८२,
Load More
Next Post
बजारबाट ५० अर्ब खिच्दै राष्ट्र बैंक

६० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In