• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, October 19, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    नवरात्रको आठौँ दिनः शक्तिपीठमा भक्तजनको घुइँचो

    नवरात्रको आठौँ दिनः शक्तिपीठमा भक्तजनको घुइँचो

    दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउन ट्रम्पको निर्देशन

    रुसमाथिका प्रतिबन्धमा ट्रम्पको रोक

    दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको संस्कृति

    दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको संस्कृति

    कांग्रेसले टुंग्यायो राष्ट्रिय सभाका ९ उम्मेदवार

    नेकाको चियापान कार्यक्रम नहुने

    उग्रतारा भगवती मन्दिरमा दर्शनार्थीको घुइँचो

    उग्रतारा भगवती मन्दिरमा दर्शनार्थीको घुइँचो

    ढुङ्गे–त्रिशूली जोड्ने झोलुङ्गे पुल सञ्चालनमा

    ढुङ्गे–त्रिशूली जोड्ने झोलुङ्गे पुल सञ्चालनमा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

सिर्सिया नदीमा औद्योगिक फोहर मिसाउनेलाई स्थानीय प्रशासनले कारबाहीको दायरामा ल्याउने

metakhabar by metakhabar
१८ असार २०८२,
0
सिर्सिया नदीमा औद्योगिक फोहर मिसाउनेलाई स्थानीय प्रशासनले कारबाहीको दायरामा ल्याउने
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पर्सा । बारा–पर्साको औद्योगिक कलकारखानाबाट निस्कने केमिकलजन्य प्रदूषित फोहरमैला सिर्सिया नदीमा फ्याँक्ने उद्योगलाई कारबाहीको दायरामा ल्याउन स्थानीय प्रशासन तयार भएका छन् । स्थानीय सरकार र प्रशासनले पटकपटक वीरगञ्जको सभ्यताका रूपमा रहेको सिर्सिया नदीमा उद्योगबाट निस्कने फोहरमैला सोझै नफ्याँक्न गरेको अनुरोधलाई उद्योग कलकारखानाले आलटाल गरेपछि उपचारात्मक तथा दण्डात्मक कारबाही गर्नुपर्ने माग उठेको हो ।

प्रमुख जिल्ला अधिकारी गणेश अर्यालका अनुसार बारा–पर्सा औद्योगिक करिडोरका उद्योगले उद्योग स्थापना गर्दाको बखतमा गरेको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिबद्धताविपरीत नदीमा फोहरमैला मिसाउँदै आइरहेका छन् । सिर्सिया नदी प्रदूषण गर्ने उद्योगको २०६७ सालमै पहिचान भइसकेको रहेछ, आर्थिक मन्दीको बाहानाबाजी गरेर वेष्ट ट्रिटमेन्ट प्लान्ट जडान नगर्ने उद्योगलाई अब कानुनी दायरामा ल्याएर छाड्नेछौँ ।

प्रकृति सेवा प्रतिष्ठान नेपालका अध्यक्ष जसपाल सिंहले विगतमा कलकल बग्ने सिर्सिया नदी पछिल्लो समय प्रदुषित भएर कालो लेदो बग्ने अवस्थामा आइपुगेको गुनासो गरे । ‘हामीले बाल्यकालमा सिर्सिया नदीमा धेरैपटक पौडी खेल्यौँ । छठपर्वमा सिर्सिया नदीको पानीले सूर्यलाई अघ्र्य पनि चढाउने गरिन्थ्यो’, उनले भने, ‘अहिले त सिर्सिया नदीको पानी छुनसमेत डराउनुपर्ने अवस्था आइपुगेको छ । पानीमा हुने जलचरको जीवनचक्र नै बिग्रिसकेको छ । त्यसैले उद्योगी–व्यवसायीले नदी आफू र आफ्नो भविष्यको पुस्ताका लागि जोगाउनका पनि आवश्यक कदम चाल्न आवश्यक भइसकेको छ ।’

ग्रिनसिटी सामुदायिक सेवा केन्द्रका अध्यक्ष जयप्रकाश खेतानले सिर्सिया नदी अत्यधिक फोहरमैलाको कारणले नालीमा सीमित भएको गुनासो गरे । वीरगञ्ज महानगरका वातावरण महाशाखाका प्रमुख राकेश साहका अनुसार उद्योगधन्दाबाट निस्कने फोहरमैलालाई सोझे नदीमा फ्याँक्दा सिर्सिया नदी झनै प्रदूषित भएको छ । वीरगञ्ज महानगरका वातावरण निरीक्षक प्रकाशबहादुर ऐरले बारा–पर्सा औद्योगिक करिडोरमा रहेका एक सय २२ उद्योगको सर्वेक्षण गर्दा २१ वटाले मात्र सामान्य खालको ट्रिटमेन्ट प्लान्ट जडान गरेका छन् ।

एक्काइस ट्रिटमेन्ट प्लान्टमध्ये १३ वटा सञ्चालनमा छन्भने बाँकी आठवटा त अझैसम्म पनि सञ्चालनमा आएका छैनन् । महानगरले तीन वर्षमा उद्योगबाट सोझै नदीमा फोहर फ्याँक्ने उद्योगलाई रु १५ लाख जरिवाना पनि तिराएका छौँ । मधेस प्रदेश उद्योग विभागका महानिर्देशक सुशीलकुमार साहले विभागले उद्योग सञ्चालनका लागि अनुमति लिँदा गरेका प्रतिबद्धतालाई कडाइपूर्वक कार्यान्वयन गर्न निर्देशन दिए । वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष हरि गौतमले सिर्सिया नदीमा फोहर फ्याँक्ने उद्योगले ट्रिटमेन्ट प्लान्ट जडान गरेको खण्डमा सिर्सिया नदीको ७५ प्रतिशत फोहर न्युनीकरण हुने बताए ।

वीरगञ्ज महानगरका प्रमुख राजेशमान सिंहले सबै निकायको समन्वय र सहकार्यबाट मात्र सिर्सिया नदी सरसफाइ गर्न सकिने बताए । जीतपुर सिमरा उपमहानगरपालिका प्रमुख राजन पौडेलले जिल्लाका सुरक्षा र स्थानीय प्रशासनसँगको समन्वयमा नदीमा फोहरमैला फ्याँक्ने उद्योगलाई कारबाहीको दायरामा ल्याउने बताए । बाराका प्रजिअ वसन्त अधिकारीले पनि उपचारात्मक र दण्डात्मक सजायले मात्र फोहरमैला मिसाउने उद्योगलाई निरुत्साहित गर्न सकिने बताए । जीतपुरसिमरा उद्योग वाणिज्य संघका अध्यक्ष मोहन शर्माले तीनवटै सरकारले व्यवस्थित खालको वेष्ट ट्रिटमेन्ट प्लान्ट सञ्चालन गर्न बजेट विनियोजन गर्नुपर्ने बताए ।

Previous Post

किसानलाई कृषि औजार वितरण

Next Post

रसुवामा दुई बच्चासहित दुर्लभ चरी बाघ फेला

metakhabar

metakhabar

सम्बन्धित खबर

नवरात्रको आठौँ दिनः शक्तिपीठमा भक्तजनको घुइँचो
आर्थिक

नवरात्रको आठौँ दिनः शक्तिपीठमा भक्तजनको घुइँचो

२ कार्तिक २०८३,
दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउन ट्रम्पको निर्देशन
अन्तर्राष्ट्रिय

रुसमाथिका प्रतिबन्धमा ट्रम्पको रोक

२ कार्तिक २०८३,
दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको संस्कृति
आवाज

दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको संस्कृति

२ कार्तिक २०८३,
कांग्रेसले टुंग्यायो राष्ट्रिय सभाका ९ उम्मेदवार
आवाज

नेकाको चियापान कार्यक्रम नहुने

२ कार्तिक २०८३,
उग्रतारा भगवती मन्दिरमा दर्शनार्थीको घुइँचो
आवाज

उग्रतारा भगवती मन्दिरमा दर्शनार्थीको घुइँचो

२ कार्तिक २०८३,
ढुङ्गे–त्रिशूली जोड्ने झोलुङ्गे पुल सञ्चालनमा
आर्थिक

ढुङ्गे–त्रिशूली जोड्ने झोलुङ्गे पुल सञ्चालनमा

२ कार्तिक २०८३,
Load More
Next Post
रसुवामा दुई बच्चासहित दुर्लभ चरी बाघ फेला

रसुवामा दुई बच्चासहित दुर्लभ चरी बाघ फेला

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In