• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, July 18, 2025
  • Login
Metakhabar
  • गृह
  • समाचार
    डेङ्गी नियन्त्रणका लागि पहल गर्न संसद्मार्फत सरकारको ध्यानाकर्षण

    काठमाडौँमा बढ्यो डेङ्गीको जोखिम, कामपाद्धारा सचेत रहन आग्रह

    इजरायली अवरोधबीच गाजामा बढ्दो बाल कुपोषणका बारेमा राष्ट्रसङ्घको चेतावनी

    इजरायली अवरोधबीच गाजामा बढ्दो बाल कुपोषणका बारेमा राष्ट्रसङ्घको चेतावनी

    एमालेको कार्यकारी उमेर सीमा र कार्यकाल सीमा हटाउने प्रस्ताव सचिवालयबाट पारित

    एमालेको विधान महाधिवेशन तयारीः आज पोलिटब्युरो बैठक

    मुस्ताङ प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकसित हुँदै

    मुस्ताङ आउने पर्यटक ५५ दशमलव ३ प्रतिशतले बढे

    सरकारको आय-व्ययः बजेट खर्च १५ खर्ब २३ अर्ब, आम्दानी १२ खर्ब १९ अर्ब

    सरकारको आय-व्ययः बजेट खर्च १५ खर्ब २३ अर्ब, आम्दानी १२ खर्ब १९ अर्ब

    कर्णालीमा देउडा खेल्दै लुतो फालेर मनाइयो साउने सङ्क्रान्ति

    कर्णालीमा देउडा खेल्दै लुतो फालेर मनाइयो साउने सङ्क्रान्ति

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

सिर्सिया नदीमा औद्योगिक फोहर मिसाउनेलाई स्थानीय प्रशासनले कारबाहीको दायरामा ल्याउने

metakhabar by metakhabar
१८ असार २०८२,
0
सिर्सिया नदीमा औद्योगिक फोहर मिसाउनेलाई स्थानीय प्रशासनले कारबाहीको दायरामा ल्याउने
0
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

पर्सा । बारा–पर्साको औद्योगिक कलकारखानाबाट निस्कने केमिकलजन्य प्रदूषित फोहरमैला सिर्सिया नदीमा फ्याँक्ने उद्योगलाई कारबाहीको दायरामा ल्याउन स्थानीय प्रशासन तयार भएका छन् । स्थानीय सरकार र प्रशासनले पटकपटक वीरगञ्जको सभ्यताका रूपमा रहेको सिर्सिया नदीमा उद्योगबाट निस्कने फोहरमैला सोझै नफ्याँक्न गरेको अनुरोधलाई उद्योग कलकारखानाले आलटाल गरेपछि उपचारात्मक तथा दण्डात्मक कारबाही गर्नुपर्ने माग उठेको हो ।

प्रमुख जिल्ला अधिकारी गणेश अर्यालका अनुसार बारा–पर्सा औद्योगिक करिडोरका उद्योगले उद्योग स्थापना गर्दाको बखतमा गरेको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिबद्धताविपरीत नदीमा फोहरमैला मिसाउँदै आइरहेका छन् । सिर्सिया नदी प्रदूषण गर्ने उद्योगको २०६७ सालमै पहिचान भइसकेको रहेछ, आर्थिक मन्दीको बाहानाबाजी गरेर वेष्ट ट्रिटमेन्ट प्लान्ट जडान नगर्ने उद्योगलाई अब कानुनी दायरामा ल्याएर छाड्नेछौँ ।

प्रकृति सेवा प्रतिष्ठान नेपालका अध्यक्ष जसपाल सिंहले विगतमा कलकल बग्ने सिर्सिया नदी पछिल्लो समय प्रदुषित भएर कालो लेदो बग्ने अवस्थामा आइपुगेको गुनासो गरे । ‘हामीले बाल्यकालमा सिर्सिया नदीमा धेरैपटक पौडी खेल्यौँ । छठपर्वमा सिर्सिया नदीको पानीले सूर्यलाई अघ्र्य पनि चढाउने गरिन्थ्यो’, उनले भने, ‘अहिले त सिर्सिया नदीको पानी छुनसमेत डराउनुपर्ने अवस्था आइपुगेको छ । पानीमा हुने जलचरको जीवनचक्र नै बिग्रिसकेको छ । त्यसैले उद्योगी–व्यवसायीले नदी आफू र आफ्नो भविष्यको पुस्ताका लागि जोगाउनका पनि आवश्यक कदम चाल्न आवश्यक भइसकेको छ ।’

ग्रिनसिटी सामुदायिक सेवा केन्द्रका अध्यक्ष जयप्रकाश खेतानले सिर्सिया नदी अत्यधिक फोहरमैलाको कारणले नालीमा सीमित भएको गुनासो गरे । वीरगञ्ज महानगरका वातावरण महाशाखाका प्रमुख राकेश साहका अनुसार उद्योगधन्दाबाट निस्कने फोहरमैलालाई सोझे नदीमा फ्याँक्दा सिर्सिया नदी झनै प्रदूषित भएको छ । वीरगञ्ज महानगरका वातावरण निरीक्षक प्रकाशबहादुर ऐरले बारा–पर्सा औद्योगिक करिडोरमा रहेका एक सय २२ उद्योगको सर्वेक्षण गर्दा २१ वटाले मात्र सामान्य खालको ट्रिटमेन्ट प्लान्ट जडान गरेका छन् ।

एक्काइस ट्रिटमेन्ट प्लान्टमध्ये १३ वटा सञ्चालनमा छन्भने बाँकी आठवटा त अझैसम्म पनि सञ्चालनमा आएका छैनन् । महानगरले तीन वर्षमा उद्योगबाट सोझै नदीमा फोहर फ्याँक्ने उद्योगलाई रु १५ लाख जरिवाना पनि तिराएका छौँ । मधेस प्रदेश उद्योग विभागका महानिर्देशक सुशीलकुमार साहले विभागले उद्योग सञ्चालनका लागि अनुमति लिँदा गरेका प्रतिबद्धतालाई कडाइपूर्वक कार्यान्वयन गर्न निर्देशन दिए । वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष हरि गौतमले सिर्सिया नदीमा फोहर फ्याँक्ने उद्योगले ट्रिटमेन्ट प्लान्ट जडान गरेको खण्डमा सिर्सिया नदीको ७५ प्रतिशत फोहर न्युनीकरण हुने बताए ।

वीरगञ्ज महानगरका प्रमुख राजेशमान सिंहले सबै निकायको समन्वय र सहकार्यबाट मात्र सिर्सिया नदी सरसफाइ गर्न सकिने बताए । जीतपुर सिमरा उपमहानगरपालिका प्रमुख राजन पौडेलले जिल्लाका सुरक्षा र स्थानीय प्रशासनसँगको समन्वयमा नदीमा फोहरमैला फ्याँक्ने उद्योगलाई कारबाहीको दायरामा ल्याउने बताए । बाराका प्रजिअ वसन्त अधिकारीले पनि उपचारात्मक र दण्डात्मक सजायले मात्र फोहरमैला मिसाउने उद्योगलाई निरुत्साहित गर्न सकिने बताए । जीतपुरसिमरा उद्योग वाणिज्य संघका अध्यक्ष मोहन शर्माले तीनवटै सरकारले व्यवस्थित खालको वेष्ट ट्रिटमेन्ट प्लान्ट सञ्चालन गर्न बजेट विनियोजन गर्नुपर्ने बताए ।

Previous Post

किसानलाई कृषि औजार वितरण

Next Post

रसुवामा दुई बच्चासहित दुर्लभ चरी बाघ फेला

metakhabar

metakhabar

सम्बन्धित खबर

डेङ्गी नियन्त्रणका लागि पहल गर्न संसद्मार्फत सरकारको ध्यानाकर्षण
फिचर-ब्यानर

काठमाडौँमा बढ्यो डेङ्गीको जोखिम, कामपाद्धारा सचेत रहन आग्रह

२ साउन २०८२,
इजरायली अवरोधबीच गाजामा बढ्दो बाल कुपोषणका बारेमा राष्ट्रसङ्घको चेतावनी
अन्तर्राष्ट्रिय

इजरायली अवरोधबीच गाजामा बढ्दो बाल कुपोषणका बारेमा राष्ट्रसङ्घको चेतावनी

२ साउन २०८२,
एमालेको कार्यकारी उमेर सीमा र कार्यकाल सीमा हटाउने प्रस्ताव सचिवालयबाट पारित
राजनीति

एमालेको विधान महाधिवेशन तयारीः आज पोलिटब्युरो बैठक

२ साउन २०८२,
मुस्ताङ प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकसित हुँदै
आर्थिक

मुस्ताङ आउने पर्यटक ५५ दशमलव ३ प्रतिशतले बढे

२ साउन २०८२,
सरकारको आय-व्ययः बजेट खर्च १५ खर्ब २३ अर्ब, आम्दानी १२ खर्ब १९ अर्ब
फिचर-ब्यानर

सरकारको आय-व्ययः बजेट खर्च १५ खर्ब २३ अर्ब, आम्दानी १२ खर्ब १९ अर्ब

२ साउन २०८२,
कर्णालीमा देउडा खेल्दै लुतो फालेर मनाइयो साउने सङ्क्रान्ति
आर्थिक

कर्णालीमा देउडा खेल्दै लुतो फालेर मनाइयो साउने सङ्क्रान्ति

२ साउन २०८२,
Load More
Next Post
रसुवामा दुई बच्चासहित दुर्लभ चरी बाघ फेला

रसुवामा दुई बच्चासहित दुर्लभ चरी बाघ फेला

Leave Comment

सिफारिस

  • गर्भावस्थामा महिलामा हुने परिवर्तन र श्रीमानको भूमिका

    ठगीको नयाँ धन्दाः गर्भवती बनाउनेलाई पाँच लाख रुपैयाँ

    0 shares
    Share 0 Tweet 0
  • चुट्किलाः कोठीको सिँढी चढ्दै

    0 shares
    Share 0 Tweet 0
  • चुट्किलाः एकैछिनमा निको भैहाल्छ

    0 shares
    Share 0 Tweet 0
  • गर्भनिरोधक औषधि प्रयोग गर्नेमा अविवाहित र कम उमेरका युवती बढी

    0 shares
    Share 0 Tweet 0
  • तेजिलो दिमाग बनाउन चाहनेले कहिल्यै छुटाउन नहुने खानेकुरा

    0 shares
    Share 0 Tweet 0
Facebook Twitter Youtube

Aanjan Media Private Limited

Kathmandu, Nepal

सूचना विभाग दर्ता नं.
3634-2079/80

सम्पर्क

ठेगाना: काठमाडौं नेपाल
इमेल: metakhabar7@gmail.com
सम्पर्क: 01-4521648 / 9851322768

अध्यक्ष तथा प्रबन्ध निर्देशक:

धिरज पौडेल

© 2023 Meta Khabar

No Result
View All Result
  • आवाज
  • खेलमैदान
  • जीवन शैली
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • समाचार
  • विविध
  • English

© 2023 Meta Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In