• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, March 19, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै ‘सुन गुफा’

    पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै ‘सुन गुफा’

    तरकारीखेतीले चिनिँदै बाह्रदशीको राधानगर गाउँ

    तरकारीखेतीले चिनिँदै बाह्रदशीको राधानगर गाउँ

    सेलुलाइटिसको उपचारमा रवि लामिछाने, स्वास्थ्य अवस्था सामान्य

    देश र जनताप्रति जिम्मेवार भएर प्रस्तुत हुन सभापति लामिछानेद्वारा निर्देशन

    पहिरोबाट भुम्रे–हातेमालोचोक सडक अवरुद्ध

    नारायणगढ-मुग्लिन सडकका ४३ ठाउँ पहिरोको जोखिममा

    निर्वाचन सफल पार्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेकामा प्रधानमन्त्रीद्वारा नेकपालाई धन्यवाद

    निर्वाचन सफल पार्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेकामा प्रधानमन्त्रीद्वारा नेकपालाई धन्यवाद

    प्रधानमन्त्री कार्की र राष्ट्रियसभाका अध्यक्ष दाहालबीच शिष्टाचार भेट

    प्रधानमन्त्री कार्की र राष्ट्रियसभाका अध्यक्ष दाहालबीच शिष्टाचार भेट

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

जोखिमयुक्त यात्रा गर्न बाध्य छन् धरान हरियालीका स्थानीय

metakhabar by metakhabar
१६ असार २०८२,
0
जोखिमयुक्त यात्रा गर्न बाध्य छन् धरान हरियालीका स्थानीय
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

धरान (सुनसरी), १६ असार : धरान उपमहानगरपालिका–८ मा अवस्थित हरियाली तीनढ्वाङ्गे खहरे पुल भत्किएको एक वर्ष भइसक्दा पनि पुनःनिर्माण नहुँदा स्थानीय दैनिक ज्यान जोखिममा राखेर आवतजावत गर्न बाध्य छन् । विक्रम संवत् २०८० चैतमा निर्माण सम्पन्न भएको सो पुल छ महिना नपुग्दै भत्किएको थियो । एक वर्ष बितिसक्दा पनि सम्बन्धित निकायले मर्मत वा पुनः निर्माणमा कुनै पहल नगरेको भन्दै स्थानीयले गुनासो गरेका छन् ।

“वर्षदिन भयो पुल भत्किएको पैदल नै भए पनि यहीँबाट हिँड्नुपर्ने बाध्यता छ,” स्थानीय जीवन तामाङले भन्नुभयो, “साना बच्चा, वृद्ध र बिरामी लिएर हिँड्दा निकै जोखिम हुन्छ, कहिले पुल बन्ला भन्ने आशामा छौँ । अहिले बर्खा लागिसक्यो, खोलामा बाढी आउँछ भन्ने त्रास छ, तर विकल्प छैन ।”

उहाँका अनुसार पुल भत्किएपछि पैदल यात्रुले जोखिम मोलेर आवतजावत गरिरहेका छन्भने सवारीसाधनहरू वैकल्पिक बाटो प्रयोग गर्न बाध्य छन् । “सवारीसाधनले त घुमाउरो बाटो समात्छन्, तर हामीजस्ता बूढापाका, बालबालिका र विद्यार्थीहरू जोखिम मोलेर हिँड्नुपरेको छ,” स्थानीय ७९ वर्षीय अमृत श्रेष्ठले भन्नुभयो, “पुल नहुँदा बिरामी बोकेर अस्पताल लैजान एम्बुलेन्सलाई समस्या भएको छ ।” पहिले यही पुल प्रयोग गर्दा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुग्न छोटो दूरी थियो, अहिले वैकल्पिक घुमाउरो बाटो प्रयोग गर्दा बिरामी ढिलो पुग्ने र त्यसले गम्भीर असर पारिरहेको स्थानीयको भनाइ छ ।

वर्षायाम सुरू भइसकेकाले खहरे खोलामा बाढी थुनिएर बस्तीमा पस्न सक्ने खतरा बढेको छ । धरान बजार क्षेत्रको फोहोर पानी यही खोलामा मिसिने भएकाले करिब २०० घर प्रत्यक्ष बाढीको जोखिममा रहेको वडाध्यक्ष धनबहादुर राईले जानकारी दिनुभयो । उहाँका अनुसार विसं २०१७ मा ब्रिटिस घोपा क्याम्प जान सहज होस् भनेर निर्माण गरिएको सो पुल अहिले पूर्ण रूपमा भत्किएको छ । मदन भण्डारी राजमार्ग निर्माणका क्रममा नयाँ पुल नबनाई पुरानै पुलमाथि कालोपत्र गर्दा पुल भत्किएको उहाँको भनाइ छ ।

धरान उपमहानगरपालिकाका उपप्रमुख आइन्द्रविक्रम बेघाले पुलको स्थलगत निरीक्षण भइसकेको र हाल अस्थायी रूपमा क्याबिन राखी कल्भर्टमार्फत पानी बगाउने योजना बनाइएको बताउनुभयो । उहाँले चाँडै पुल पुनःनिर्माणको प्रक्रिया सुरु गरी स्थानीयको समस्या समाधान गर्ने प्रयास भइरहेको बताउनुभयो ।

मदन भण्डारी राजमार्ग निर्माण आयोजनाका इन्जिनियर घनश्याम खड्काका अनुसार २०८० मा सडक कालोपत्रे गर्दा पुल ठीकठाक देखिएपछि त्यहीँमाथि कालोपत्र गरिएको थियो । तर कल्भर्टमा प्रयोग गरिएको फलाम पुरानो भई खिया लागेकाले भाँचिएको उहाँले बताउनुभयो ।

कल्भर्ट भाँचिएपछि अस्थायी रूपमा बनाइएको बाटो पनि पुनः बाढीले बगाएपछि साना सवारी र टेम्पो सञ्चालन गर्न मिल्नेगरी साइडबाट अस्थायी फलामको पुल बनाइएको उहाँले जानकारी दिनुभयो । स्थायी समाधानका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्ने प्रक्रिया अगाडि बढिरहेको र त्यसपछि नयाँ पुल निर्माण सुरू गरिने उहाँले बताउनुभयो ।

उहाँका अनुसार पुल निकै पुरानो भएकाले त्यसको लागत र विवरण अभिलेखमा छैन । हालैको बाढीले खहरे खोलामा भित्री कटान बढाएपछि स्थानीयमा थप त्रास फैलिएको उहाँको भनाइ छ । खोलाले धेरै कटान गरिसकेको छ । नयाँ पुल निर्माण अत्यावश्यक छ । अध्ययन गरेर निर्माण गर्नुपर्छ र त्यसका लागि केही समय लाग्न सक्ने, इन्जिनियर खड्काको भनाइ छ ।

धरान बजार क्षेत्रका ढल खहरेमा मिसिने भएकाले बर्खामा पानीको बहाव अत्यधिक हुने र खहरेको धार परिवर्तन भई बस्तीमा पस्न सक्ने स्थानीयको चिन्ता छ । स्थानीयले पुलको पुनःनिर्माणमा शीघ्रता अपनाउन सरकार र सरोकारवाला निकायलाई आग्रह गरिरहेका छन् । पुल निर्माणमा ढिलाइ हुँदा जनधनको क्षति हुन सक्ने स्थानीयको भनाइ छ ।

Previous Post

संयुक्त राष्ट्रसङ्घको ‘विकासका लागि वित्तसम्बन्धी चौथो अन्तरराष्ट्रिय सम्मेलन सुरू

Next Post

विपद्जन्य सूचना प्रवाहलाई प्रभावकारी बनाउने विषयमा कार्यवाहक प्रधानमन्त्री सिंह र सञ्चारमन्त्रीबीच छलफल

metakhabar

metakhabar

सम्बन्धित खबर

पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै ‘सुन गुफा’
आवाज

पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै ‘सुन गुफा’

४ चैत्र २०८२,
तरकारीखेतीले चिनिँदै बाह्रदशीको राधानगर गाउँ
आवाज

तरकारीखेतीले चिनिँदै बाह्रदशीको राधानगर गाउँ

४ चैत्र २०८२,
सेलुलाइटिसको उपचारमा रवि लामिछाने, स्वास्थ्य अवस्था सामान्य
आवाज

देश र जनताप्रति जिम्मेवार भएर प्रस्तुत हुन सभापति लामिछानेद्वारा निर्देशन

४ चैत्र २०८२,
पहिरोबाट भुम्रे–हातेमालोचोक सडक अवरुद्ध
आर्थिक

नारायणगढ-मुग्लिन सडकका ४३ ठाउँ पहिरोको जोखिममा

४ चैत्र २०८२,
निर्वाचन सफल पार्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेकामा प्रधानमन्त्रीद्वारा नेकपालाई धन्यवाद
फिचर-ब्यानर

निर्वाचन सफल पार्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेकामा प्रधानमन्त्रीद्वारा नेकपालाई धन्यवाद

४ चैत्र २०८२,
प्रधानमन्त्री कार्की र राष्ट्रियसभाका अध्यक्ष दाहालबीच शिष्टाचार भेट
आवाज

प्रधानमन्त्री कार्की र राष्ट्रियसभाका अध्यक्ष दाहालबीच शिष्टाचार भेट

४ चैत्र २०८२,
Load More
Next Post
विपद्जन्य सूचना प्रवाहलाई प्रभावकारी बनाउने विषयमा कार्यवाहक प्रधानमन्त्री सिंह र सञ्चारमन्त्रीबीच छलफल

विपद्जन्य सूचना प्रवाहलाई प्रभावकारी बनाउने विषयमा कार्यवाहक प्रधानमन्त्री सिंह र सञ्चारमन्त्रीबीच छलफल

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In