काठमाडौँ- समस्याले थिचिएको छु,
बेथितिले बेरिएको छु,
गन्जागोल लम्बेतान प्रक्रिया छ,
सरकारी धेरै बाधाहरु,
भन्नुपर्छ पाइलै पिच्छे,
प्लिज सर पिल्ज सिर यति त गर्दिनु,
के अनौठो व्यवसाय गरे,
बाध्यता आफ्नै छायामा तर्सिनु,
प्रष्ट बोल्नुस् यो व्यवसाय चाहिदैन भने चाहिदैन भन्नुस्,
महोदय,
एक मुखले विकासका सारथि भन्ने,
अर्को मुखले दलाल बन्दै नबन्नुस् ।
याे कविता वैदेशिक क्षेत्रहरुमा कविका नामले परिचित बैकुण्ठ प्रसाद पौडेलले लेखेका हुन् । उनले वैदेशिक रोजगार व्यवसायी संघको कार्यसमिति सदस्यमा उम्मेदवारी घोषणा गरेका छन्। उनले यहीँ माग ६ गते हुन गई रहेको चुनावमा राजेन्द्र भण्डारी प्यानलबाट आफ्नो उम्मेदवारी दिएका हुन् ।
व्यवसायिक हकहितका क्षेत्रमा काम गर्ने प्रतिबध्दतासहित पौडेलले आफ्नो उम्मेदवारी सार्वजनिक गरेका छन् । उनले व्यवसायमैत्री कानुन निर्माण गरि, झन्झटिला प्रक्रियाहरुलाई समाप्त गर्दै सम्मानजनक किसिमले वैदेशिक रोजगारलाई अगाडी बढाउनका लागि आफ्नो उम्मेदवारी रहेको बताएका छन् ।













