बेलायतमा यस वर्षको सबैभन्दा बढी गर्मी भएको छ। जसरकारण इङ्गल्याण्डभर एम्बर गर्मी स्वास्थ्य चेतावनी जारी गरिएको थियो। मौसम कार्यालयको पछिल्लो पूर्वानुमान अनुसार इङ्गल्याण्डको दक्षिणी भागको धेरैजसो भागमा बिहीवार दिउँसोसम्म तापक्रम ३१ सेल्सियस र ३२ सेल्सियसको बीचमा बढेको थियो।
बेलायती स्वास्थ्य सुरक्षा एजेन्सीले आगामी सोमवार बिहानसम्म सम्पूर्ण इङ्गल्याण्डको लागि एम्बर गर्मी स्वास्थ्य चेतावनी जारी गरेको छ। जसले स्वास्थ्य र सामाजिक हेरचाह सेवाहरूमा दबाब बढ्ने सम्भावना रहेको स्पष्ट हुन्छ।
एजेन्सीले पहिले नै स्वास्थ्य अवस्था भएका र ६५ वर्षभन्दा माथिका व्यक्तिहरूमा मृत्युमा वृद्धि हुनसक्ने चेतावनी पनि दिएको छ। क्षेत्रीय अग्नि सेवाहरूले उच्च तापक्रमको बीचमा पानी सुरक्षाको बारेमा चेतावनी पनि जारी गरेका छन्।
मौसम कार्यालयका अनुसार हप्ता बढ्दै जाँदा तापक्रम अझ बढी बढ्नसक्छ।