• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, May 1, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    निर्वाचन सुरक्षामा विवेकपूर्ण लाग्र्दै मतपेटिका ढुवानीसम्ममा प्रमुख भूमिका खेल्ने सेनाको प्रतिवद्धता

    नेपाली सेनाले माग्यो ४ हजार ५ सय जना कर्मचारी (सूचनासहित)

    वंशीघाट बस्तीमा चल्यो डोजर

    वंशीघाट बस्तीमा चल्यो डोजर

    सुनको भाउ नयाँ कीर्तिमानतर्फ, प्रतितोला २ लाख ६० हजार नाघ्यो

    सुनचाँदीको मूल्य वृद्धि

    ग्रिनल्याण्डका विषयमा असहयोग गर्ने देशहरूमाथि थप भन्सार शुल्क लगाउने ट्रम्पको धम्की

    ट्रम्पको चीन भ्रमणले इरान नीति प्रभावित

    ट्राफिक कारबाहीबाट एकैदिन १९ लाख ९९ हजार राजस्व सङ्कलन

    ट्राफिक कारबाहीबाट एकैदिन १९ लाख ९९ हजार राजस्व सङ्कलन

    टेकु क्षेत्रमा चल्यो डोजर,सुकुम्बासी बस्ती हटाउन दोस्रो चरणको डोजर अभियान तीव्र (फोटो फिचर)

    टेकु क्षेत्रमा चल्यो डोजर,सुकुम्बासी बस्ती हटाउन दोस्रो चरणको डोजर अभियान तीव्र (फोटो फिचर)

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

योगलाई दिनचर्या बनाउने प्रधानमन्त्रीको आग्रह

metakhabar by metakhabar
७ असार २०८२,
0
योगलाई दिनचर्या बनाउने प्रधानमन्त्रीको आग्रह
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पाटन (ललितपुर), ७ असारः प्रधानमन्त्री केपी शर्मा ओलीले योग मानव जीवनको बहुआयामिक पक्ष भएकाले यसलाई दिनचर्या बनाउने आग्रह गर्नुभएको छ ।

‘सिङ्गो पृथ्वी र मानव स्वास्थ्यका लागि योग’ भन्ने नाराका साथ शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयद्वारा आज ललितपुरमा आयोजित ११औँ विश्व योग दिवसमा उहाँले योगको सम्बन्ध मानव जाति र शान्तिसँग रहेको भन्दै योग मानव जातिको कल्याण, विश्वशान्ति, सुखी नेपाली र समृद्ध नेपाल निर्माणका लागि मुलुकले गर्ने कार्य हो भन्नुभयो ।

“योगका आठवटा सूत्रहरुमध्ये अथक योग अनुशासन आवश्यक छ, आज नेपाली समाज अनुशासनबाट टाढा छ, अनुशासन विना ध्यान हुँदैन, असल कुरामा स्थिर हुनु नै योगको निष्कर्ष हो, बुद्धिसहितको योग आवश्यक छ,” प्रधानमन्त्री ओलीले भन्नुभयो ।

प्रधानमन्त्री ओलीले हामीले योगलाई दैनिकचर्यासँग जोडेर हरेकलाई योगी बनाउन खोजेका हौँ भन्दै आरोग्यको कुरा गर्दा खानपान, योग र आरामको सन्तुलनलाई ध्यान दिनुपर्छ भन्नेमा जोड दिनुभयो ।

“पेट भर्नका लागि हैन, स्वास्थ्यका लागि विषादीरहित खानामा ध्यान दिनुपर्छ, हामीलाई डक्टर र अस्पताल पनि चाहिन्छ, तर योग र ध्यान पनि चाहिन्छ, डक्टर चाहिन्छ धेरै डक्टर उत्पादन गर्छौं, तर डक्टरको सङ्ख्या बढाउनेभन्दा बढी रोगीहरुको सङ्ख्या घटाउनेमा ध्यान दिनुपर्छ, त्यसकारण निरोगी नेपाल सफल हुन्छ, म प्रधानमन्त्री हुने बित्तिकै निरोगी नेपालको नारा दिएँ, निरोगी नेपालको अर्थ रोग लाग्नै नदिने भनेको हो,” उहाँले भन्नुभयो ।

उहाँले मानिसको जीवनमा लागू गर्नुपर्ने कुरा अहिंसा, सत्य, अनुशासन र स्वस्थ्यतासहितको खुसी हो भन्नुभयो । “आज विश्वलाई शान्ति चाहिएको छ, हिंसा हैन अहिंसा चाहिएको छ, यही कुरा हतियारधारी र अहङ्कारीहरुले बुझिदिए भने शान्ति हुन्छ, म पवित्र भावले काम गर्छु, मौका पाएका बेला देशको सेवा गर्छु, नपाएको बेला पवित्र भावना राख्छु, योगले स्वास्थसँग, शरीरसँग, मनसँग र समाजसँग सम्बन्ध राख्छ । योग घरमै बसेर गर्न सकिन्छ आफू पवित्र रहनुस्, पवित्र सोच्नुस्, अरूको सम्पत्तिमा लोभ नगर्नुस्,” उहाँले भन्नुभयो ।

प्रधानमन्त्री ओलीले योग र ब्रह्माचार्य भनेको समाजले दिएको जैविक र मानवीय आवश्यकता नै पूरा नगर्ने भन्ने होइन भन्नुभयो । “समाजको मान्यताभित्र रहेर बस्नुपर्छ, कानुनभन्दा पहिला समाजले थिति बसाएको हुन्छ, ती थितिहरुलाई मानेर समाज सुखमय हुन्छ, मुटुलाई स्वस्थ्य राख्न शरीरलाई चलायमान बनाउन आवश्यक छ, त्यसका लागि योग चाहिन्छ, लापरबाह जीवन बिताएर आफू खराब हुने र भगवान्लाई दोष दिएर डक्टरकामा जानेभन्दा योग र ध्यानमा जोड दिएर खुसी जीवन बिताउनेमा ध्यान दिनुपर्छ,” उहाँले भन्नुभयो ।

उहाँले संयुक्त राष्ट्रसङ्घले योग दिवस मानेको यस दिनमा शुभकामना व्यक्त गर्न चाहन्छु भन्नुभयो । “नेपालका पुर्खाहरुबाट योगको सृजना भएको थियो, पुर्खा र प्रकृतिलाई हामी देवतातुल्य मान्छौँ, पानी र हावा पनि देवता हो, हामी गर्वमा हुँदा र जन्मपश्चात् पनि अक्सिजनबाट बाँचेका छौँ, जुन अदृश्य छ, हामी आकाश शान्ति र पृथ्वी शान्तिको कामना गर्छौं, योगमा शक्ति छ, पहिला शिवबाट योग प्रारम्भ भएकाले शिवलाई आदियोगी भनिन्छ, विश्वामित्रले सर्जरीको विकास गर्नुभयो, विश्वामित्रले आफ्ना नाति चरकलाई डक्टर बनाउनुभयो । चरकले आरोग्य विज्ञानको विकास गरे, विश्वामित्रको समयमा योगविज्ञानले चमत्कार ग¥यो,” प्रधानमन्त्री ओलीले भन्नुभयो ।

उहाँले आफू जेलमा हुँदा उपचारको अवसर नभएकाले दुखाइ कम गर्ने औषधि मात्रै दिइन्थ्यो भन्दै त्यही कारणले आफ्नो मिर्गौला फेल भएको प्रसङ्गमा भन्नुभयो, “अप्रेसन गर्नै पर्ने अवस्था चाहिँ ध्यानले मात्रै हुँदैन, योगका नियम र आसनले मात्र हुँदैन, कर्मयोगमा पनि ध्यान दिनुहोला । आरामको जिन्दगी हैन, स्वस्थ्य र खुसी जिन्दगी बाँच्न ध्यान दिनुस्, योगले यही सिकाउँछ, समय र परिवर्तन बलवान् हुन्छ ।”

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले पूर्वीय चिन्तन, योग र ध्यान संसारको साझा जीवन पद्धतिका रुपमा अगाडि बढेको बताउनुभयो । उहाँले योगभित्र लुकेका विभिन्न पक्षलाई सांस्कृतिक सम्पदाका रुपमा अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो । मन्त्री पन्तले नेपालको हिमालय क्षेत्र नै योग र ध्यानको उद्गमस्थल भएको धारणा राख्दै विश्वमा शान्तिको आवश्यकता रहेको वर्तमान अवस्थामा योग, ध्यान र वैद्धिक साहित्यको विकास आवश्यक भएको बताउनुभयो।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले योग हाम्रा लागि आफैँमा महत्वपूर्ण रहेको भन्दै पूर्ण स्वस्थ्यता आर्जन गर्न मद्दत पु¥याउने बताउनुभयो । उहाँले योग नेपालको सांस्कृतिक र मौलिक संस्कृति भएको धारणा राख्नुभयो । योगको मूल तीर्थस्थल नेपाल हो भन्ने कुरालाई विश्वभर चिनाउन तत्परताका साथ काम गर्ने बताउनुभयो ।

जीवन विज्ञानका योगगुरु प्राध्यापक डाक्टर दीपक रेग्मीले विज्ञान सम्मत पद्धतिमा योग विकास हुँदै गएको बताउँदै विज्ञानले समेत योगलाई मान्यता दिइसकेको बताउनुभयो। उहाँले योग र ध्यान मानव जीवनका लागि अत्यन्तै फाइदाजनक भएको बताउनुभयो । उहाँले पैसाले किन्न सकिने भौतिक सुखभन्दा शारीरिक स्वास्थ्य, आत्मशान्ति र खुसी महत्वपूर्ण भएको भन्दै त्यो योग र ध्यानबाट प्राप्त हुने धारणा राख्नुभयो ।

समारोहमा जीवन विज्ञान, पतञ्जली योग, पतञ्जल योग समिति, त्रिभुवन विश्वविद्यालय योगविज्ञानका योगगुरु, योगाचार्य, योगार्थीहरु, योगाभ्यास गरिरहेका बालबालिकाहरु, ब्रह्कुमारी राजयोग समितिका व्यक्तित्वहरु, विश्व शान्ति तथा अध्यात्म विज्ञान समाजका व्यक्तित्वहरु,सरकारका उच्चपदस्थ व्यक्तित्वको सहभागिता थियो ।

हरेक वर्ष जुन २१ मा दिन विश्व योग दिवस र हरेक वर्ष माघ १ गते राष्ट्रिय योग दिवस मनाइन्छ ।

Previous Post

मालवेयर भनेको के हो, यसबाट कसरी सुरक्षित हुने ?

Next Post

डेढ दशकभन्दा अगाडिदेखिका आयोजना अधुरै : गाउँभर खानेपानी समस्या

metakhabar

metakhabar

सम्बन्धित खबर

निर्वाचन सुरक्षामा विवेकपूर्ण लाग्र्दै मतपेटिका ढुवानीसम्ममा प्रमुख भूमिका खेल्ने सेनाको प्रतिवद्धता
फिचर-ब्यानर

नेपाली सेनाले माग्यो ४ हजार ५ सय जना कर्मचारी (सूचनासहित)

१८ बैशाख २०८३,
वंशीघाट बस्तीमा चल्यो डोजर
फिचर-ब्यानर

वंशीघाट बस्तीमा चल्यो डोजर

१८ बैशाख २०८३,
सुनको भाउ नयाँ कीर्तिमानतर्फ, प्रतितोला २ लाख ६० हजार नाघ्यो
आर्थिक

सुनचाँदीको मूल्य वृद्धि

१८ बैशाख २०८३,
ग्रिनल्याण्डका विषयमा असहयोग गर्ने देशहरूमाथि थप भन्सार शुल्क लगाउने ट्रम्पको धम्की
अन्तर्राष्ट्रिय

ट्रम्पको चीन भ्रमणले इरान नीति प्रभावित

१८ बैशाख २०८३,
ट्राफिक कारबाहीबाट एकैदिन १९ लाख ९९ हजार राजस्व सङ्कलन
समाचार

ट्राफिक कारबाहीबाट एकैदिन १९ लाख ९९ हजार राजस्व सङ्कलन

१८ बैशाख २०८३,
टेकु क्षेत्रमा चल्यो डोजर,सुकुम्बासी बस्ती हटाउन दोस्रो चरणको डोजर अभियान तीव्र (फोटो फिचर)
फिचर-ब्यानर

टेकु क्षेत्रमा चल्यो डोजर,सुकुम्बासी बस्ती हटाउन दोस्रो चरणको डोजर अभियान तीव्र (फोटो फिचर)

१८ बैशाख २०८३,
Load More
Next Post
डेढ दशकभन्दा अगाडिदेखिका आयोजना अधुरै : गाउँभर खानेपानी समस्या

डेढ दशकभन्दा अगाडिदेखिका आयोजना अधुरै : गाउँभर खानेपानी समस्या

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In