प्रेम भावनात्मक कुरा हो । यो प्राकृतिक कुरा हो । तर विवाह भने प्राकृतिक हैन सांस्कृतिक कुरा हो । त्यसैले यसको लागि भावावेश हैन बौद्धिक एवं तार्किक धरातल चाहिन्छ ।
अमेरिकी अनुसन्धानअनुसार प्रायः विवाहको आयु दुई वर्ष मात्र देखिएको छ । यसपछि पुरानो पार्टनरलाई छाडी नयाँ पार्टनर खोजिन्छ र पछिल्लो पार्टनरको मामिलामा झनै छिटो मोह भङ्ग हुन्छ । परिणामस्वरुप एकपछि अर्काे विवाहको सिलसिला चलिरहन्छ । यसको प्रमुख कारण सुरुका दिनमा हुने प्रेम वा रोमान्स जोईपोइले जिन्दगीभर खोज्नु र विवाहपछि यसको अभाव हुँदै जानु हो ।
विवाह एउटा सम्झौता हो । त्यसैले यसमा जति बुद्धि पु¥याउन सकिन्छ त्यति नै यसको आयु लम्बिन्छ । विवाहको अर्थ हो— एक अर्काको कमी कमजोरीलाई पूर्ति गर्ने सम्झौता, एक आपसमा सम्मानसहितको सम्झौता, एक अर्काेलाई उठ्न सघाउने सम्झौता । त्यसैले प्रेम रोमान्समा जस्तो त्याग र बलिदानका कुरा यसमा आउँदैन । अर्काे शब्दमा यो कारोबार हो— दुई व्यक्तिबीचको व्यापार हो । एउटा व्यक्ति घाटामा पर्नासाथ यो सम्बन्ध समाप्त हुन्छ ।
साभारः ‘नव सफलता शास्त्र २’ पुस्तकबाट