• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, March 28, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सेलुलाइटिसको उपचारमा रवि लामिछाने, स्वास्थ्य अवस्था सामान्य

    नागरिकसँग गरेका वाचा पूरा गर्छौँ : सभापति लामिछाने

    नवनियुक्त प्रधानमन्त्री शाह बालुवाटारमा

    नवनियुक्त प्रधानमन्त्री शाह बालुवाटारमा

    खडकराज (गनेस) पौडेलः लेखकदेखि पर्यटनमन्त्रीसम्म

    खडकराज (गनेस) पौडेलः लेखकदेखि पर्यटनमन्त्रीसम्म

    नवनियुक्त प्रधानमन्त्री शाहबाट शपथ ग्रहण

    नवनियुक्त प्रधानमन्त्री शाहबाट शपथ ग्रहण

    बालेनको व्यंग्य- बत्ती काटेर सरकारले पावर महसुस गरायो !

    नवनियुक्त प्रधानमन्त्री शाहको जीवनी

    चैत्र शुक्ल नवमी : विधिपूर्वक मनाइँदै रामनवमी पर्व

    चैत्र शुक्ल नवमी : विधिपूर्वक मनाइँदै रामनवमी पर्व

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

विहादीका तीन सय परिवार खानेपानीबाट वञ्चित

metakhabar by metakhabar
१ असार २०८२,
0
लिफ्टिङमार्फत काभ्रे गाउँमा ‘एक घर, एक धारा’
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पर्वत। बजेट अभावका कारण दक्षिण पर्वतको विहादी गाउँपालिका–२ बर्राचौरमा निर्माणाधीन सोती लिफ्टिङ खानेपानी योजना अधुरै रहेको छ । विकट गाउँका जनतालाई पिउने पानीको सुविधा पुर्याउने उद्देश्यले निर्माण थालिको योजना बजेट अभावका कारण चार वर्षदेखि अलपत्र छ ।

गण्डकी प्रदेश सरकारको रु चार करोड लागतमा बहुवर्षीय खानेपानी योजना निर्माण सुरु भएको थियो । तीन सय घरपरिवारलाई खानेपानी उपलब्ध गराउने लक्ष्यसहित आर्थिक वर्ष २०७७÷७८ देखि निर्माण सुरु भए पनि पर्याप्त बजेट विनियोजन नहुँदा अलपत्र बनेको र बनेका संरचनासमेत जीर्ण बन्दै गएको विहादी गाउँपालिका–२ का अध्यक्ष गणेश शर्मा पौडेलले बताउनुभयो । दुई वर्षमा सम्पन्न हुने भनिएको खानेपानीको योजना वर्षौँ लाग्दा पनि सम्बन्धित निकायले बजेट विनियोजनमा बेवास्ता गरेको उहाँको भनाइ छ ।

योजना सम्पन्न नहुँदा पिउने पानीका लागि गाउँलेहरू टाढाटाढाका कुवा र खोलाको पानीमा भर पर्नुपरेको छ । चैतदेखि यता भएका पानीका स्रोत पनि सुकेपछि पिउने पानी लिन दुई घण्टा धाएर कालीगण्डकी किनारमा जानुपर्ने बाध्यता रहेको अध्यक्ष शर्मा पौडेलको भनाइ छ । खानेपानी योजना पूरा नहुँदा वडा नं २ का गैरे, सातविसे, शेरा, ठौवा, बासकोट, कर्मीथर, आरनटोल, उपल्लो बर्राचौर, तल्लो बर्राचौरलगायत क्षेत्रमा पानीको हाहाकार छ ।

शेरा टोलकी लीलाकुमारी नेपालीले खानेपानीको हाहाकारले सकस भएको बताउनुभयो । उहाँले भन्नुभयो, “एक गाग्री पिउने पानीका लागि एक घण्टा लगाएर भूपेखोला धाउनुपरेको छ ।” घरमा पालेका बाख्रा, भैँसी, बङ्गुर र राँगोलाई पानी खुवाउन पनि समस्या भएको उहाँले बताउनुभयो । खानेपानी योजनाअन्तर्गत निर्माण गरिएका एक रिजर्भ ट्याङ्की र छवटा शाखा ट्याङ्की लामो समयदेखि प्रयोगविहीन अवस्थामा छन् । बिछ्याइएका पाइप लाइन कच्ची सडक खन्ने क्रममा क्षतविक्षत भएका छन् । ‘एक घर, एक धारा’ कार्यक्रमअन्तर्गत केही परिवारका धारा निर्माण गरिए पनि पानी आएको छैन ।

बस्तीभन्दा तल कालीगण्डकी किनार नजिकै खानेपानी स्रोतबाट एक सय घनमिटरको ट्याङ्की निर्माण गरिएको छ भने ५० घनमिटर बराबरका पाँच ट्याङ्की निर्माण गरी छोडिएका छन् । खानेपानी योजनाको प्रमुख पाइप लाइन र शाखा पाइप लाइन विस्तारको काम पनि पूरा गरिएको छैन । निर्माणको ठेक्का सम्झौता लिएका निर्माण व्यावसायी गिरिजाप्रसाद तिवारीले खानेपानी योजनाको काम ५० प्रतिशत पूरा गरेको बताउनुभयो । बजेट विनियोजन नभएका कारण योजना पूरा गर्न नसकिएको उहाँको भनाइ छ ।

अहिलेसम्म रु दुई करोड बढी रकम खर्च गरिसकेको खानेपानी योजनालाई अर्थाभावका कारण पूरा गर्न नसकिएको गुनासो खानेपानी उपभोक्ता समितिका अध्यक्ष मोति कुँवरको छ । प्रदेशको खानेपानी मन्त्रालयले बर्सेनि पर्याप्त बजेट विनियोजन नगर्दा समस्या भएको हो ।

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय बागलुङका प्रमुख किरण पौडेलले योजनाको लागत धेरै, विनियोजित बजेट कम हुँदा समयमै पूरा हुन नसकेको बताउनुभयो । उहाँका अनुसार चालु आव २०८१/८२ मा रु २० लाख विनियोजन भएको थियो । आगामी आव पूरा गर्नेगरी बजेट विनियोजन गर्न माग गरिएको छ ।

Previous Post

‘कन्ट्रोवर्सी’ को कारण चर्चामा आएकी रिया चक्रवर्ती (फोटोफिचर)

Next Post

मोटरसाइकल दुर्घटनामा सहायक प्रहरी हबल्दार चौधरीको मृत्यु

metakhabar

metakhabar

सम्बन्धित खबर

सेलुलाइटिसको उपचारमा रवि लामिछाने, स्वास्थ्य अवस्था सामान्य
फिचर-ब्यानर

नागरिकसँग गरेका वाचा पूरा गर्छौँ : सभापति लामिछाने

१३ चैत्र २०८२,
नवनियुक्त प्रधानमन्त्री शाह बालुवाटारमा
आवाज

नवनियुक्त प्रधानमन्त्री शाह बालुवाटारमा

१३ चैत्र २०८२,
खडकराज (गनेस) पौडेलः लेखकदेखि पर्यटनमन्त्रीसम्म
आवाज

खडकराज (गनेस) पौडेलः लेखकदेखि पर्यटनमन्त्रीसम्म

१३ चैत्र २०८२,
नवनियुक्त प्रधानमन्त्री शाहबाट शपथ ग्रहण
फिचर-ब्यानर

नवनियुक्त प्रधानमन्त्री शाहबाट शपथ ग्रहण

१३ चैत्र २०८२,
बालेनको व्यंग्य- बत्ती काटेर सरकारले पावर महसुस गरायो !
आवाज

नवनियुक्त प्रधानमन्त्री शाहको जीवनी

१३ चैत्र २०८२,
चैत्र शुक्ल नवमी : विधिपूर्वक मनाइँदै रामनवमी पर्व
फिचर-ब्यानर

चैत्र शुक्ल नवमी : विधिपूर्वक मनाइँदै रामनवमी पर्व

१३ चैत्र २०८२,
Load More
Next Post
सवारी दुर्घटनामा एक जनाको मृत्यु

मोटरसाइकल दुर्घटनामा सहायक प्रहरी हबल्दार चौधरीको मृत्यु

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In