तरुल एसियाली र अफ्रिकी मुलुकको प्रमुख खाद्यपदार्थ हो । हामीकहाँ विशेष गरी माघे सङ्क्रान्तिजस्ता चाडपर्वमा तरुल खाने चलन छ ।
तरुल २ सय भन्दा बढी प्रजातिका हुन्छन् । यो स्टार्च भरिएको स्वादिष्ट पदार्थ हो । यसलाई काँचो सलादका रुपमा अथवा उसिनेर, पोलेर खाने गरिन्छ । तरुलमा प्रोटिन, चिल्लो पदार्थ, भिटामिन एवम् खनिज तत्व पनि पाइन्छन् । यसमा पाइने स्टार्च हाम्रो शरीरमा विस्तारै पच्ने हुनाले रगतमा चिनीको मात्रा पनि विस्तारै बढ्ने गर्छ । जुन मधुमेहका विरामीलाई लाभदायी मानिन्छ ।
तरुलमा पाइने पोटासियमले रक्तचाप नियन्त्रणमा सहयोग गर्छ । तरुलमा पाइने ‘डायसजेनिन’ स्टेरोइड सापोनिनले महिनावारी बन्द भएका महिलामा हर्माेनको विकल्पमा काम गर्छ । भोक र रोग दुवैका लागि उपयोगी भए पनि तरुल हामीकहाँ महत्व नबुझेर कहिलेकाहीँ विशेष पर्वको परिकार मात्र भएको छ ।
साभारः ‘जीवन जिउने काइदा’ पुस्तकबाट













