• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, June 19, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    शुक्रबारदेखि प्रदर्शनमा आउँदै ‘आई एम जितबहादुर’

    शुक्रबारदेखि प्रदर्शनमा आउँदै ‘आई एम जितबहादुर’

    अमेरिका–इरानबीच युद्ध अन्त्य गर्ने ऐतिहासिक समझदारी, ६० दिनभित्र ठोस सम्झौतामा पुग्ने लक्ष्य

    अमेरिका–इरानबीच युद्ध अन्त्य गर्ने ऐतिहासिक समझदारी, ६० दिनभित्र ठोस सम्झौतामा पुग्ने लक्ष्य

    अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित

    अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित

    तापक्रम बढेसँगै तराईको जनजीवन प्रभावित

    ठाउँठाउँमा भारी वर्षा, भैरहवाको तापक्रम ४१.५ डिग्री

    डिपसिकको मूल्याङ्कन ५० अर्ब डलर नाघ्यो

    डिपसिकको मूल्याङ्कन ५० अर्ब डलर नाघ्यो

    अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित

    सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित पानी छोड्न थालेपछि…

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

महासागरभित्र किन बढ्दै छ अँध्यारो ?

metakhabar by metakhabar
२९ जेष्ठ २०८२,
0
महासागरभित्र किन बढ्दै छ अँध्यारो ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

एजेन्सी : विश्वका महासागरहरू अँध्यारो हुँदै गइरहेका छन् । एक अध्ययन अनुसार पछिल्ला दुई दशकहरूमा समुद्रभित्र प्रकाशको प्रवेश कठिन बन्दै गएको छ, जसलाई ‘ओसियन डार्कनिङ’  भनिएको छ ।

वैज्ञानिकहरूका अनुसार जब समुद्रको माथिल्लो सतहमा परिवर्तन हुन्छ, त्यसले समुद्रभित्र प्रकाशको प्रवेश कठिन बनाइदिन्छ, तब ‘ओसियन डार्कनिङ’ ( अर्थात् समुद्र अँध्यारो हुनु) हुन्छ। समुद्रको त्यो भाग जहाँ प्रकाश पर्याप्त मात्रामा पुग्छ त्यसलाई ’फोटिक जोन’ भनिन्छ । समुद्री जीवनको ९० प्रतिशत हिस्सा यही फोटिक जोनमा हुन्छ र जैविक– रासायनिक चक्रलाई राम्रोसँग कायम राख्न यो आवश्यक छ ।

ग्लोबल चेन्ज बायोलोजीमा प्रकाशित बेलायतको प्लाइमाउथ विश्वविद्यालयको अध्ययनमा सन् २००३ देखि २०२२ सम्म वैश्विक महासागरको २१ प्रतिशत भाग अन्धकारमय भएको पाइएको बिबिसीले उल्लेख गरेको छ ।

समुद्रमा अँध्यारोको कारण 

अध्ययनका अनुसार मान्छेहरूको संख्या बढ्ने प्रक्रियामा परिवर्तन र समुद्री सतहको तापक्रममा हुने परिवर्तनका कारण समुद्र अँध्यारो (ओसियन डार्कनिङ) भएको मानिन्छ ।

यो प्रायः तटीय क्षेत्रहरूमा देखिन्छ, जहाँ पोषक तत्त्वले भरिपूर्ण पानी सतहमा आउँछ र अत्यधिक वर्षाका कारण कृषिजन्य फोहोर र जमिनबाट निस्कने थेगोलाई पानीमा पुर्‍याउँछ, जसले समुद्री सतहमा बस्ने ‘प्लाङ्क्टन’ अर्थात सूक्ष्म जीवहरूलाई पोषण प्रदान गर्छ ।

जलवायु परिवर्तनका कारण संसार भरका धेरै क्षेत्रमा भारी वर्षाका घटना बढिरहेको छ । ‘महासागरको अँध्यारोपनलाई समुद्रको सतहको तापक्रममा वृद्धिसँग जोड्न सकिन्छ, जसले गर्दा समुद्रको सतहमा प्लाङ्क्टन बढ्न सक्छन् र तिनले प्रकाशलाई समुद्रमा प्रवेश गर्नबाट रोक्छ’ अध्ययन प्रतिवेदनमा भनिएको छ ।

प्रभावित क्षेत्रहरू

महासागरको ९% भन्दा बढी भाग (अफ्रिकाको आकार बराबरको क्षेत्र) मा फोटिक जोनको गहिराइमा १६४ फिट (५०–मिटर) कमी आएको अध्ययनबाट पत्ता लागेको छ । यसैगरी समुद्रको २.६% भागको फोटिक क्षेत्र ३२८ फिट (१०० मिटर) ले घटेको छ ।

यस अध्ययनका अनुसार फोटिक क्षेत्रको गहिराइमा सबैभन्दा महत्वपूर्ण परिवर्तन गल्फ स्ट्रिम,आर्कटिक र अन्टार्कटिक क्षेत्रमा देखिएको थियो, जहाँ जलवायु परिवर्तनको प्रभाव धेरै देखिएको छ ।

समुद्रको अँध्यारोपन तटीय क्षेत्र र बाल्टिक सागरमा अधिक मात्रामा देखिएको छ । यद्यपि, ति तटीय क्षेत्रमा मात्र सीमित नभई यसको प्रभाव तटबाट टाढा समुद्रको विशाल क्षेत्रहरूमा पनि महसुस गरिएको अध्ययनकर्ताले बताएका छन् । तथापि, समुद्रको सबै भागमा अन्धकार व्याप्त छ भन्ने होइन । समुद्रको लगभग १०% भागमा फोटिक जोनको गहिराइ बढेको पनि छ। अध्ययनका लेखकहरूले मिश्रित नतिजाले समुद्रको जटिलता र समुद्रको पानीलाई असर गर्ने धेरै कारक देखाएको बताएका छन् ।

समुद्री जीवन कसरी प्रभावित हुन्छ ? 

समुद्रमा अँध्यारोका कारण के हुन्छ भन्ने कुरा पूर्ण रूपमा स्पष्ट छैन । यद्यपि, वैज्ञानिकहरू यसले समुद्री जीवन र पारिस्थितिकीय प्रणालीलाई असर गर्न सक्ने बताउँछन्।

‘अनुसन्धानबाट विगत २० वर्षमा समुद्रको सतहको रंग कसरी परिवर्तन भएको छ भन्ने पत्ता लागेको छ, समुद्रमा तैरने जीवमा आएको परिवर्तनका कारणले यस्तो भएको हुनसक्छ’‚ प्लाइमाउथ विश्वविद्यालयको समुद्री संरक्षण विभागका सहप्राध्यापक डा. थोमस डेभिस भन्छन्‚ ‘यस्ता परिवर्तनहरूले व्यापक अँध्यारो निम्त्याउन सक्छ, जसले बाँच्न र प्रजननका लागि सूर्य र चन्द्रमामा निर्भर समुद्री जीवहरूलाई असर गर्छ भन्ने हाम्रो खोजको निष्कर्ष छ ।’

महासागरको फोटिक क्षेत्र समुद्री जीवनको आधार हो र यही ठाउँमा फाइटोप्लैंक्टन/सूक्ष्म समुद्री बोटबिरुवाहरू प्रकाश संश्लेषण गर्छन् अर्थात् सूर्यको प्रकाशमा उनीहरू आफ्नो खाना बनाउँछन् । ती सूक्ष्म जीवहरू फुड चेन (खाद्य शृङ्खला) का आधार हुन् र समुद्रको सतह नजिक पाइने तिनीहरूलाई प्रकाश संश्लेषण गर्न प्रकाशकै आवश्यकता पर्छ ।

यसैकारण धेरै समुद्री जीवहरू फोटिक जोन अर्थात् समुद्रमा जहाँसम्म सूर्यको प्रकाश पुग्छ, त्यहाँ शिकार गर्छन् र प्रजनन गर्छन्, किनभने त्यहाँ खाना प्रशस्त हुन्छ । फाइटोप्लैंक्टनले वायुमण्डलको लगभग आधा अक्सिजन पनि उत्पादन गर्छन् । यी कार्बन चक्र र समुद्री जीवनका लागि महत्वपूर्ण रहेको वैज्ञानिकहरू बताउँछन् ।

चिन्ताको कारण

डा. डेभिसका अनुसार, महासागरको अँध्यारोपनले मानिसहरूले सास फेर्ने हावामा असर गर्न सक्छ । यस्तैगरी मानिसहरूले खाने माछालाई असर गर्न सक्छ र यसले जलवायु परिवर्तनसँग लड्ने संसारको क्षमतालाई असर गर्न सक्छ ।

‘यो परिवर्तनको कारणले गर्दा, प्रकाश चाहिने केही समुद्री जनावरहरू सतहको नजिक आउन सक्छन्, जसले गर्दा खाना र अन्य स्रोतहरूको लागि प्रतिस्पर्धा बढाउनेछ’ प्लाइमाउथ विश्वविद्यालयको समुद्री प्रयोगशालामा जैविक रसायन विज्ञानका प्रमुख प्रोफेसर टिम स्मिथ भन्छन्‚ ‘यसले सम्पूर्ण समुद्री पारिस्थितिकीय प्रणालीमा आधारभूत परिवर्तन ल्याउन सक्छ।’

Previous Post

सामाजिक मिडियाले ‘विनाशकारी’ मानसिक स्वास्थ्य संकटको चपेटामा बालबालिका

Next Post

कसरी एउटा सामान्य ‘साग’ नेपालीको पहिचान गुन्द्रुक बन्यो ? यस्तो छ इतिहास

metakhabar

metakhabar

सम्बन्धित खबर

शुक्रबारदेखि प्रदर्शनमा आउँदै ‘आई एम जितबहादुर’
मनोरञ्जन

शुक्रबारदेखि प्रदर्शनमा आउँदै ‘आई एम जितबहादुर’

४ असार २०८३,
अमेरिका–इरानबीच युद्ध अन्त्य गर्ने ऐतिहासिक समझदारी, ६० दिनभित्र ठोस सम्झौतामा पुग्ने लक्ष्य
अन्तर्राष्ट्रिय

अमेरिका–इरानबीच युद्ध अन्त्य गर्ने ऐतिहासिक समझदारी, ६० दिनभित्र ठोस सम्झौतामा पुग्ने लक्ष्य

४ असार २०८३,
अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित
आर्थिक

अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित

४ असार २०८३,
तापक्रम बढेसँगै तराईको जनजीवन प्रभावित
आवाज

ठाउँठाउँमा भारी वर्षा, भैरहवाको तापक्रम ४१.५ डिग्री

४ असार २०८३,
डिपसिकको मूल्याङ्कन ५० अर्ब डलर नाघ्यो
फिचर-ब्यानर

डिपसिकको मूल्याङ्कन ५० अर्ब डलर नाघ्यो

४ असार २०८३,
अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित
आर्थिक

सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित पानी छोड्न थालेपछि…

४ असार २०८३,
Load More
Next Post
कसरी एउटा सामान्य ‘साग’ नेपालीको पहिचान गुन्द्रुक बन्यो ? यस्तो छ इतिहास

कसरी एउटा सामान्य ‘साग’ नेपालीको पहिचान गुन्द्रुक बन्यो ? यस्तो छ इतिहास

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In