काठमाडौं– तीन दशकभन्दा पनि लामो पत्रकारिता गरेका दिलभूषण पाठकविरुद्ध प्रहरीको साईबर ब्यूरोबाट पक्राउ पूर्जी जारी भएको छ।
उजुरीकर्ता नखुलाइए पनि पक्राउ पूर्जी जारी भएको प्रहरी सुत्रले क्यानडानेपाललाई बतायो।
साईबर व्यूरोले पक्रा पूर्जी जारी गरे या नगरेको विषयमा प्रवक्ता प्रहरी उपरिक्षक ९एसपी० दीपकराज अवस्थीसँग क्यानडानेपालले सम्पर्क गर्दा मोबाइल उठेन।
पाठकविरुद्ध प्रहरीको केन्द्रीय साइबर ब्यूरोमा उजुरी परेपछि ब्यूरोले पक्राउ पुर्जीका लागि काठमाडौं जिल्ला अदालतसँग अनुमति मागेको थियो। त्यसपछि अदालतले पाठकविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो।
आफ्नो युट्युब च्यानलमा हिल्टन होटलको शेयर खरिदबिक्रीसँग सम्बन्धित सामग्री पोष्ट गरेका थिए। सो क्रममा हालका गृहमन्त्री रमेश लेखकको पार्टीका सभापति शेरबहादुर देउवाका छोरा जयवीरको नाम जोडिएको प्रसङ्ग उठाएका थिए।
उनले रिपोर्टमा दुबई, अष्ट्रेलिया हुँदै क्यानडासम्म रियलस्टेट बिजनेस फैलाएको र शंकर ग्रुपको मुख्य लगानी रहेको नक्शालस्थित पाँचतारे होटल हिल्टनमा जयबीरको नाम जोडिएको बताएका थिए।













