• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, June 28, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    बर्डफ्लुका कारण साढे पाँच लाख कुखुरा र अण्डा नष्ट

    काठमाडौँमा बर्डफ्लु बढ्दैः एघार जिल्लाका ८२ स्थानमा सङ्क्रमण पुष्टि

    वातावरणीय अपराध नियन्त्रणका लागि अन्तरदेशीय सहकार्यमा जोड

    वातावरणीय अपराध नियन्त्रणका लागि अन्तरदेशीय सहकार्यमा जोड

    खाडीबाट फर्केर गाईपालनः मासिक दुई लाख आम्दानी

    खाडीबाट फर्केर गाईपालनः मासिक दुई लाख आम्दानी

    चार प्रजातिका दुर्लभ गिद्धको सफल प्रजनन

    चार प्रजातिका दुर्लभ गिद्धको सफल प्रजनन

    पर्यटकलाई आकर्षित गर्ने बुकीपाटनका भेडीगोठ

    बुढापाकाले धानेको घुम्ती गोठ

    भेनेजुएला भूकम्पको दर्दनाक कथा : छोरीलाई बचाएर अन्तिम सास फेरेकी फुटबलर पत्नी

    भेनेजुएला भूकम्पको दर्दनाक कथा : छोरीलाई बचाएर अन्तिम सास फेरेकी फुटबलर पत्नी

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    बर्डफ्लुका कारण साढे पाँच लाख कुखुरा र अण्डा नष्ट

    काठमाडौँमा बर्डफ्लु बढ्दैः एघार जिल्लाका ८२ स्थानमा सङ्क्रमण पुष्टि

    वातावरणीय अपराध नियन्त्रणका लागि अन्तरदेशीय सहकार्यमा जोड

    वातावरणीय अपराध नियन्त्रणका लागि अन्तरदेशीय सहकार्यमा जोड

    खाडीबाट फर्केर गाईपालनः मासिक दुई लाख आम्दानी

    खाडीबाट फर्केर गाईपालनः मासिक दुई लाख आम्दानी

    चार प्रजातिका दुर्लभ गिद्धको सफल प्रजनन

    चार प्रजातिका दुर्लभ गिद्धको सफल प्रजनन

    पर्यटकलाई आकर्षित गर्ने बुकीपाटनका भेडीगोठ

    बुढापाकाले धानेको घुम्ती गोठ

    भेनेजुएला भूकम्पको दर्दनाक कथा : छोरीलाई बचाएर अन्तिम सास फेरेकी फुटबलर पत्नी

    भेनेजुएला भूकम्पको दर्दनाक कथा : छोरीलाई बचाएर अन्तिम सास फेरेकी फुटबलर पत्नी

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

झापामा फस्टाउँदै जडीबुटी खेती

by
३ माघ २०७९,
0
झापामा फस्टाउँदै जडीबुटी खेती
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

झापा । अर्जुनधाराका डम्बर चौधरीले गत वर्ष पाँच बिघा जग्गामा पचौली नामक जडीबुटीको खेती थालनी गरे । रोपेको तीन महिनापछि यसको बुट्यानबाट घाँस काटेर बिक्री गर्न थाले ।

यसको काँचो घाँस प्रतिकेजी रु २० र सुकेको घाँस रु १०० मा बिक्री हुने भएकाले पचौली खेतीको आम्दानीबाट सन्तुष्ट रहेको उनले बताए । मेचीनगर–१४ दुहागढीमा विसं २०७० मा कुलायन नेचुरल हर्बल प्रालि स्थापना भएपछि चौधरीले जस्तै मेचीनगर, अर्जुनधारा, भद्रपुर र बुद्धशान्ति पालिकाका कृषक तथा सामुदायिक वनहरूले पचौली र लेमनग्रासको खेती ठूलो मात्रामा थालेका हुन् ।

कुलायन नेचुरल हर्बल उद्योग आफैँले पनि ५० बिघा जग्गा भाडामा लिएर उद्योग सञ्चालन र जडीबुटी खेती गरिरहेको छ । कालो हर्दी, युकिलिप्टस ९मसला०, तेजपत्ता, नगरमोथे, बोझो, भेटिबर, लेमनग्रास, सिट्रोनेला, पामरोजा, पचौलीलगायतका जडीबुटीजन्य वनस्पतिलाई प्रशोधन गरेर उद्योगले सुगन्धित तेल उत्पादन गर्दै आएको छ ।

उद्योगले उत्पादन गरेको सुगन्धित तेल सिधै युरोप र अमेरिका निर्यात हुन्छ । गत वर्ष सरकारले विदेशी मुद्रा भित्र्याउन योगदान पुर्याएवापत उद्योगलाई सम्मान गरेको थियो । उद्योग आफैँले सुरुमा विद्यालयको खाली जग्गा भाडामा लिएर जडीबुटी खेती थालेको थियो । उद्योगले स्थानीय कृषकहरूलाई समेत आम्दानी लिन हौसला बढाएपछि मेचीनगरको वडा नंं १०, १३, १४ र १५ मा धानखेत मासेर किसानले जडीबुटीका बिरुवा रोप्न थालेका हुन् ।

“थोरै जमिनमा थोरै लगानी गर्दा धेरै आम्दानी गर्न सकिन्छ भन्ने थाहा पाएपछि मैले पनि सुरुमा दुई बिघामा पचौली रोपेँ”, अर्जुनधाराका डम्बर चौधरीले भने, “दुहागढीको हर्बल उद्योगले पचौलीको घाँस किनिदिन्छ । आयस्ता राम्रो हुन थालेकाले खेती विस्तार गरेर पाँच बिघामा लगाएको छु ।”

सामुदायिक वनमा खेती विस्तार

झापाको अर्जुनधाराकै जुकेखाडी सामुदायिक वन र भद्रपुरको कमलधाप सामुदायिक वनले जडीबुटी खेतीमा लगानी गरेका छन् । बीस बिघाबाट सुरु भएको यस्तो खेती अहिले पाँच सय बिघामा विस्तार भइसकेको छ ।

जुकेखाडीले १० बिघा र कमलधापले एक सय बिघा वन क्षेत्रमा लेमनग्रासको खेती गरेको छ । लेमनग्रासको घाँस काटेर उद्योगमा बिक्री गरिँदै आएको छ । जसलाई मेसिनमा पेलेर सुगन्धित तेल उत्पादन गरिन्छ । मेचीनगर–१४ कै बाल सुबोधिनी माध्यमिक विद्यालयको बाँझो रहेको २० बिघा जग्गा वार्षिक रु एक लाख ५० हजार बुझाउने शर्तबन्धमा ४० वर्षका लागि उद्योगले भाडामा लिएर ११ वर्षदेखि खेती गर्दै आएको छ ।

जहाँ मसाला, तेजपत्ता, कालो हर्दी, भेटिबर, नगरमोथे, सिट्रोनेलालगायतका जडीबुटीका रुख र घाँसको जङगल हुर्किसकेको छ । अरु एक सय बिघा जग्गा खेती विस्तारका लागि खोजी गरिरहेको उद्योगका सञ्चालक भरत बस्नेतले बताए ।

“सुरुमा हामीले जग्गा लिजमा लिएर जडीबुटी रोपण गर्यौँ, अहिले किसानहरू आफै म पनि खेती लगाउँछु भन्दै आउन थाल्नुभएको छ”, उद्योगी बस्नेतले भने, “किसानहरूले जति धेरै उत्पादन गरेता पनि किनिदिने ग्यारेन्टी उद्योगका तर्फबाट गरिदिएका छौँ । खेतीका लागि प्राविधिक र बिरुवा सहयोगसमेत गरिरहेका छौँ ।”

नौ वर्षमा झापाका ६० जनाभन्दा बढी स्थानीय किसान र आधा दर्जन सामुदायिक वन जडीबुटी खेती अभियानमा जोडिनुभएको र पाँच सय बिघाभन्दा बढी जग्गामा यसको खेती फस्टाइरहेको उनले जानकारी दिए ।

महँगो अगरउडको खेतीमा लगानी

हर्बल उद्योगले संसारकै महँगो मानिएको अगरउड ९सुगन्धित काठ०को व्यावसायिक उत्पादन गर्ने महत्वाकाङ्क्षी परियोजना सुरु गरेको छ । सञ्चालक बस्नेतका अनुसार हाल उद्योगले दुई हजारवटा सेतोचन्दन ९सुगन्धित काठ०को बिरुवा रोपेर हुर्काइरहेको छ । यसले उत्पादन दिन १५ वर्ष कुर्नुपर्छ ।

“सेतो चन्दन र अगरउडको उत्पादन गर्न सकियो भने महँगोमा अन्तर्राष्ट्रिय बजारमा बेच्न सकिन्छ भनेर हामीले इच्छुक किसानलाई प्रोत्साहित गरिरहेका छौँ”, उद्योगी बस्नेतले भने । उद्योगले किसानलाई बिक्री वितरण गर्नका लागि हाल आफ्नो नर्सरीमा एक लाख अगरउडका बिरुवा हुर्काएको छ । किसानलाई ती बिरुवा दिएर उत्पादन खरिद गर्ने उद्योगले योजना बनाएको छ ।

उनका अनुसार भविष्यमा उद्योग आफँैले अगरउडको तेल निकाल्ने अलग्गै कारखाना स्थापना गर्ने सोच बनाएको छ । अगरउडको तेल अन्तर्राष्ट्रिय बजारमा रु तीन लाख प्रतिलिटरका दरले अहिले बिक्री भइरहेको छ । उद्योगमा हाल विभिन्न जडीबुटी पेलेर तेल उत्पादन हुँदै आएको छ । छवटा भेसल भएको उद्योगले आठ घण्टामा एउटा भेसलमा जडीबुटीजन्य काँचो घाँस पाँच सय केजी र सुक्खा घाँस तीन सय केजी प्रशोधन गर्दछ ।

“सुगन्धित साबुन र अरु केही हर्बल सामान उत्पादकले अलिअलि खरिद गरेर लैजानुहुन्छ”, उद्योगी बस्नेत भन्छन्, “हामीले उत्पादन गरेको अधिकांश तेल युरोप र अमेरिका निर्यात हुन्छ । विदेशी मुद्रा भित्रिने भएकाले मुलुकलाई पनि फाइदा निकै पुगेको छ ।”

उद्योगले वार्षिक तीन हजार लिटर मसालाको तेल, दुई हजार पाँच सय लिटर लेमनग्रासको तेल, दुई हजार पाँच सय लिटर सिट्रोनेलाको तेल, एक हजार दुई सय लिटर पामरोजाको तेल र आठ सय केजी पचौलीको तेल उत्पादन गर्दै आएको उनले जानकारी दिए । कारखाना र नर्सरीमा गरेर उद्योगमा ५० जनाले प्रत्यक्ष रोजगारी पाएका छन् ।

नेपालको आर्थिक समृद्धि हासिल गर्नका लागि जडीबुटी उद्योगको विकास र विस्तार अनिवार्य रहेको धारणा व्यक्त गर्नुहुन्छ ग्लोबल एग्रो एण्ड नर्सरी प्रालिका सञ्चालक दीपक नेपाल । उनले यो उद्योगअन्तर्गत हाल पाँच बिघामा जडीबुटीको नर्सरी व्यवसाय सुरु गरे ।

बिरुवा सहजै किन्न पाइने र उत्पादनले अरु बालीभन्दा तेब्बर आम्दानी दिने भएकाले झापामा जडीबुटीको खेतीतर्फ मध्यम किसान आकर्षित हुँदै गएको उनको भनाइ छ । पाँच बिघाभन्दा धेरै जग्गा भएका किसानले अन्नबाली लगाउन जनशक्ति र लागत धेरै पर्ने भएकाले जडीबुटी खेतीमा धेरै फाइदा देखेको उनी बताउछन् ।

वातावरणलाई हरियाली राख्ने, जीवनस्तरमा सुधार आउने र राष्ट्रिय समृद्धिको लक्ष्य हासिल गर्नका लागि टेवा पुर्याउने क्षेत्र जडीबुटी भएको जनाउँदै उनले यसमा सङ्घ, प्रदेश र स्थानीय तहको सरकारले प्रोत्साहन दिनुपर्ने सुझाव राखे ।

Previous Post

औषधि नपाउँदा बिरामी समस्यामा

Next Post

महालक्ष्मी विकास बैंक लि. का ग्राहकहरुलाई विभिन्न स्वास्थ्य संस्थामा विशेष छुट

सम्बन्धित खबर

बर्डफ्लुका कारण साढे पाँच लाख कुखुरा र अण्डा नष्ट
आवाज

काठमाडौँमा बर्डफ्लु बढ्दैः एघार जिल्लाका ८२ स्थानमा सङ्क्रमण पुष्टि

१३ असार २०८३,
वातावरणीय अपराध नियन्त्रणका लागि अन्तरदेशीय सहकार्यमा जोड
आवाज

वातावरणीय अपराध नियन्त्रणका लागि अन्तरदेशीय सहकार्यमा जोड

१३ असार २०८३,
खाडीबाट फर्केर गाईपालनः मासिक दुई लाख आम्दानी
आर्थिक

खाडीबाट फर्केर गाईपालनः मासिक दुई लाख आम्दानी

१३ असार २०८३,
चार प्रजातिका दुर्लभ गिद्धको सफल प्रजनन
आवाज

चार प्रजातिका दुर्लभ गिद्धको सफल प्रजनन

१३ असार २०८३,
पर्यटकलाई आकर्षित गर्ने बुकीपाटनका भेडीगोठ
आर्थिक

बुढापाकाले धानेको घुम्ती गोठ

१३ असार २०८३,
भेनेजुएला भूकम्पको दर्दनाक कथा : छोरीलाई बचाएर अन्तिम सास फेरेकी फुटबलर पत्नी
फिचर-ब्यानर

भेनेजुएला भूकम्पको दर्दनाक कथा : छोरीलाई बचाएर अन्तिम सास फेरेकी फुटबलर पत्नी

१३ असार २०८३,
Load More
Next Post
महालक्ष्मी विकास बैंक लि. का ग्राहकहरुलाई विभिन्न स्वास्थ्य संस्थामा विशेष छुट

महालक्ष्मी विकास बैंक लि. का ग्राहकहरुलाई विभिन्न स्वास्थ्य संस्थामा विशेष छुट

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In