• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, June 19, 2025
  • Login
Metakhabar
  • गृह
  • समाचार
    छ स्थानमा राजमार्ग अवरुद्ध, चार ठाउँमा एकतर्फी यातायात सञ्चालन

    छ स्थानमा राजमार्ग अवरुद्ध, चार ठाउँमा एकतर्फी यातायात सञ्चालन

    सिंजालाई पोषणमैत्री पालिका घोषणा गरिँदै

    सिंजालाई पोषणमैत्री पालिका घोषणा गरिँदै

    बुटवल–नारायणघाट सडक ढिलाइले सौराहाको पर्यटन प्रभावित

    वर्षाले नारायणघाट बुटवल खण्ड पूर्णरुपमा अवरुद्ध, वैकल्पिक सडक प्रयोग गर्न आग्रह

    झापाका ५२५ जना वन्यजन्तु पीडित राहतका पर्खाइमा

    झापाका ५२५ जना वन्यजन्तु पीडित राहतका पर्खाइमा

    नरभक्षी चितुवा अझै आएन नियन्त्रणमा

    नरभक्षी चितुवा अझै आएन नियन्त्रणमा

    ‘जनतामा आशा जगाउन राष्ट्रिय सहमतिको आवश्यकता’

    सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    छ स्थानमा राजमार्ग अवरुद्ध, चार ठाउँमा एकतर्फी यातायात सञ्चालन

    छ स्थानमा राजमार्ग अवरुद्ध, चार ठाउँमा एकतर्फी यातायात सञ्चालन

    सिंजालाई पोषणमैत्री पालिका घोषणा गरिँदै

    सिंजालाई पोषणमैत्री पालिका घोषणा गरिँदै

    बुटवल–नारायणघाट सडक ढिलाइले सौराहाको पर्यटन प्रभावित

    वर्षाले नारायणघाट बुटवल खण्ड पूर्णरुपमा अवरुद्ध, वैकल्पिक सडक प्रयोग गर्न आग्रह

    झापाका ५२५ जना वन्यजन्तु पीडित राहतका पर्खाइमा

    झापाका ५२५ जना वन्यजन्तु पीडित राहतका पर्खाइमा

    नरभक्षी चितुवा अझै आएन नियन्त्रणमा

    नरभक्षी चितुवा अझै आएन नियन्त्रणमा

    ‘जनतामा आशा जगाउन राष्ट्रिय सहमतिको आवश्यकता’

    सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

नेपालको मुस्ताङ जिल्लाको लोमान्थाङ गाउँपालिकास्थित श्री श्री दिव्य दीप माध्यमिक विद्यालयको छात्रावास भवन तथा चमेना गृह निर्माणको शिलान्यास

metakhabar by metakhabar
२५ जेष्ठ २०८२,
0
नेपालको मुस्ताङ जिल्लाको लोमान्थाङ गाउँपालिकास्थित श्री श्री दिव्य दीप माध्यमिक विद्यालयको छात्रावास भवन तथा चमेना गृह निर्माणको शिलान्यास
0
SHARES
7
VIEWS
Share on FacebookShare on Twitter

मुस्ताङ जिल्लाको लोमान्थाङ गाउँपालिकास्थित श्री दिव्य दीप माध्यमिक विद्यालयको लागि छात्रावास भवन तथा चमेना गृह निर्माणको शिलान्यास आज काठमाडौँस्थित भारतीय राजदूतावासका नियोग उप-प्रमुख श्री प्रसन्न श्रीवास्तव र मुस्ताङको लोमान्थाङ गाउँपालिकाका अध्यक्ष श्री टसी न्हर्वु गुरुङले संयुक्त रूपमा गर्नुभयो । उक्त कार्यक्रममा राजनीतिक प्रतिनिधिहरू, सरकारी अधिकारीहरू, सामाजिक कार्यकर्ताहरू र विद्यालयका शिक्षकहरू, विद्यार्थीहरू र उनीहरूका अभिभावकहरूको पनि उपस्थित रहेको थियो ।

‘नेपाल-भारत विकास सहयोग’ अन्तर्गत भारत सरकारको आर्थिक सहयोगमा नेरु.३.७६ करोड परियोजना लागतमा श्री दिव्य दीप माध्यमिक विद्यालयको छात्रावास भवन तथा चमेना गृह निर्माण भइरहेको छ ।

‘नेपाल-भारत विकास सहयोग’ अन्तर्गत भारत सरकारको अनुदान शौचालय, बाथरूम, भोजन कक्षसहितको भान्छा गृह, विश्राम कक्ष र अन्य सम्बद्ध सुविधाहरूको निर्माणमा प्रयोग गरिँदैछ । यस परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजना (एचआइसीडीपी) को रूपमा लिइएको छ र मुस्ताङको लोमान्थाङ गाउँपालिका मार्फत कार्यान्वयन गरिँदैछ ।

श्री दिव्य दीप माध्यमिक विद्यालय माथिल्लो मुस्ताङमा रहेको एक मात्र उच्च माध्यमिक विद्यालय हो । यसले लो-घेकर दामोदरकुण्ड गाउँपालिका र लोमान्थाङ गाउँपालिकामा बस्ने बालबालिकाहरूलाई सेवा प्रदान गर्दछ । यस विद्यालयले अनुभवी र प्रेरणादायी शिक्षकहरू मार्फत गुणस्तरीय शिक्षा प्रदान गर्ने लक्ष्य राखेको छ ।

सन् २००३ यता भारत सरकारले नेपालमा शिक्षा, स्वास्थ्य, सडक र पुल, नदी तालिम, खानेपानी, विद्युतीकरण, कृषि, संस्कृति र समाज कल्याण लगायत विभिन्न क्षेत्रहरूमा ५७३ एचआइसीडीपीहरुमा कार्य गरेको छ । यी परियोजनाहरू नेपालका सातै प्रदेशहरूमा फैलिएका छन् । ५७३ परियोजनाहरू मध्ये ५९ वटा परियोजनाहरू गण्डकी प्रदेशमा छन् जसमध्ये मुस्ताङमा १७ वटा परियोजनाहरू छन् । यसका अलावा भारत सरकारले हालसम्म नेपालका विभिन्न अस्पताल, स्वास्थ्य चौकी र शैक्षिक संस्थाहरूलाई १००९ वटा एम्बुलेन्स र ३०० वटा स्कूल बस उपहार स्वरूप प्रदान गरेको छ । यी मध्ये गण्डकी प्रदेशका विभिन्न संस्थाहरूलाई ११९ वटा एम्बुलेन्स र ४० वटा स्कूल बस उपहार स्वरुप प्रदान गरिएको छ जसमा मुस्ताङका लागि ११ वटा एम्बुलेन्स र ५ वटा स्कूल बस प्रदान गरिएको छ । यी सवारी साधनहरूले यस क्षेत्रमा शिक्षा र स्वास्थ्य सेवाहरूमा पहुँच बढाउन मद्दत गरिरहेका छन् ।

यस अवसरमा काठमाडौंस्थित भारतीय दूतावासका नियोग उप-प्रमुख श्री प्रसन्न श्रीवास्तवले वर्षौंदेखि रहिआएको भारत-नेपाल विकास साझेदारीको वृद्धि, विस्तार र विविधीकरणमा खुशी व्यक्त गर्नुभयो । वहाँले नेपाल सरकार र नेपाली जनताको प्राथमिकतामा आधारित रही यस साझेदारीलाई थप प्रगाढ र सुदृढ पार्ने भारत सरकारको प्रतिबद्धता दोहोर्‍याउनुभयो ।

मुस्ताङको लोमान्थाङ गाउँपालिकाका अध्यक्ष, राजनीतिक प्रतिनिधिहरू, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा अन्य सरोकारवालाहरूले नेपाली जनताको लागि भारत सरकारले गरिरहेको विकास सहयोगको प्रशंसा गर्नुभयो । वहाँहरूले निर्माण हुने पूर्वाधारले मुस्ताङको श्री दिव्य दीप माध्यमिक विद्यालयका विद्यार्थीहरूको लागि सिकाइको उपयुक्त वातावरण सिर्जना गर्न मद्दत गर्ने विश्वास व्यक्त गर्नुभयो ।

मुस्ताङमा जारी भ्रमणको क्रममा नियोग उप-प्रमुखले मुस्ताङको लोमान्थाङस्थित लोवो निफुग नामड्रोल नोर्वुलिङ्ग मोनास्टिक स्कूलको समेत भ्रमण गर्नुभयो । यस मोनास्टिक स्कूलको छात्रावास भवन हाल भारत सरकारको आर्थिक सहयोगमा नेरु.४.१४ करोड परियोजना लागतमा उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रुपमा निर्माण भइरहेको छ ।

नजिकको छिमेकी भएको नाताले भारत र नेपालबीच व्यापक र बहुक्षेत्रीय सहकार्य रहेको छ । उच्च प्रभाव सामुदायिक विकास परियोजनाको कार्यान्वयनले नेपाली जनताको उत्थानका लागि र प्राथमिकताका क्षेत्रमा पूर्वाधारको विस्तारका लागि नेपाल सरकारले चालेका प्रयासमा भारत सरकार सदैव हातेमालो गर्न तयार रहेको कुरालाई प्रतिबिम्बित गरेको छ ।

Previous Post

‘खेल पर्यटनका लागि नेपाल उर्वर भूमि हो’

Next Post

अभिनेत्री एडन रोज भन्छिन्- मैले आफुलाई श्रेयस अय्यरको बच्चाहरूको आमा मान्छु

metakhabar

metakhabar

सम्बन्धित खबर

छ स्थानमा राजमार्ग अवरुद्ध, चार ठाउँमा एकतर्फी यातायात सञ्चालन
फिचर-ब्यानर

छ स्थानमा राजमार्ग अवरुद्ध, चार ठाउँमा एकतर्फी यातायात सञ्चालन

५ असार २०८२,
सिंजालाई पोषणमैत्री पालिका घोषणा गरिँदै
फिचर-ब्यानर

सिंजालाई पोषणमैत्री पालिका घोषणा गरिँदै

५ असार २०८२,
बुटवल–नारायणघाट सडक ढिलाइले सौराहाको पर्यटन प्रभावित
फिचर-ब्यानर

वर्षाले नारायणघाट बुटवल खण्ड पूर्णरुपमा अवरुद्ध, वैकल्पिक सडक प्रयोग गर्न आग्रह

५ असार २०८२,
झापाका ५२५ जना वन्यजन्तु पीडित राहतका पर्खाइमा
फिचर-ब्यानर

झापाका ५२५ जना वन्यजन्तु पीडित राहतका पर्खाइमा

५ असार २०८२,
नरभक्षी चितुवा अझै आएन नियन्त्रणमा
फिचर-ब्यानर

नरभक्षी चितुवा अझै आएन नियन्त्रणमा

५ असार २०८२,
‘जनतामा आशा जगाउन राष्ट्रिय सहमतिको आवश्यकता’
आवाज

सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै

५ असार २०८२,
Load More
Next Post
अभिनेत्री एडन रोज भन्छिन्- मैले आफुलाई श्रेयस अय्यरको बच्चाहरूको आमा मान्छु

अभिनेत्री एडन रोज भन्छिन्- मैले आफुलाई श्रेयस अय्यरको बच्चाहरूको आमा मान्छु

Leave Comment

सिफारिस

  • गर्भावस्थामा महिलामा हुने परिवर्तन र श्रीमानको भूमिका

    ठगीको नयाँ धन्दाः गर्भवती बनाउनेलाई पाँच लाख रुपैयाँ

    0 shares
    Share 0 Tweet 0
  • चुट्किलाः कोठीको सिँढी चढ्दै

    0 shares
    Share 0 Tweet 0
  • चुट्किलाः एकैछिनमा निको भैहाल्छ

    0 shares
    Share 0 Tweet 0
  • गर्भनिरोधक औषधि प्रयोग गर्नेमा अविवाहित र कम उमेरका युवती बढी

    0 shares
    Share 0 Tweet 0
  • तेजिलो दिमाग बनाउन चाहनेले कहिल्यै छुटाउन नहुने खानेकुरा

    0 shares
    Share 0 Tweet 0
Facebook Twitter Youtube

Aanjan Media Private Limited

Kathmandu, Nepal

सूचना विभाग दर्ता नं.
3634-2079/80

सम्पर्क

ठेगाना: काठमाडौं नेपाल
इमेल: metakhabar7@gmail.com
सम्पर्क: 01-4521648 / 9851322768

अध्यक्ष तथा प्रबन्ध निर्देशक:

धिरज पौडेल

© 2023 Meta Khabar

No Result
View All Result
  • आवाज
  • खेलमैदान
  • जीवन शैली
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • समाचार
  • विविध
  • English

© 2023 Meta Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In