• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, March 3, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    कर्णाली नदी बगरमा लोभलाग्दो प्याजखेती

    कर्णाली नदी बगरमा लोभलाग्दो प्याजखेती

    चन्दा उठाएर रामजानकी मन्दिर मर्मत

    प्रेस काउन्सिलले आचारसंहिता अनुगमन प्रभावकारी बनाउने

    आचारसंहिताको पूर्ण परिपालना गर्न काउन्सिलको आग्रह

    सुनको मूल्य घट्यो

    सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

    प्रमुख लामा हटाएको विषयमा गुठी संस्थानमाथि निर्वाचन आयोगको छानबिन सुरु

    प्रतिनिधिसभा निर्वाचनः विभिन्न जिल्लामा निर्वाचनको तयारी अन्तिम चरणमा

    पोखरामा आजदेखि दैनिक पाँच घण्टा बिजुली आपूर्ति बन्द हुने

    गण्डकीमा निर्वाचन सुरक्षा चुस्त

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    कर्णाली नदी बगरमा लोभलाग्दो प्याजखेती

    कर्णाली नदी बगरमा लोभलाग्दो प्याजखेती

    चन्दा उठाएर रामजानकी मन्दिर मर्मत

    प्रेस काउन्सिलले आचारसंहिता अनुगमन प्रभावकारी बनाउने

    आचारसंहिताको पूर्ण परिपालना गर्न काउन्सिलको आग्रह

    सुनको मूल्य घट्यो

    सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

    प्रमुख लामा हटाएको विषयमा गुठी संस्थानमाथि निर्वाचन आयोगको छानबिन सुरु

    प्रतिनिधिसभा निर्वाचनः विभिन्न जिल्लामा निर्वाचनको तयारी अन्तिम चरणमा

    पोखरामा आजदेखि दैनिक पाँच घण्टा बिजुली आपूर्ति बन्द हुने

    गण्डकीमा निर्वाचन सुरक्षा चुस्त

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

नेपालको मुस्ताङ जिल्लाको लोमान्थाङ गाउँपालिकास्थित श्री श्री दिव्य दीप माध्यमिक विद्यालयको छात्रावास भवन तथा चमेना गृह निर्माणको शिलान्यास

metakhabar by metakhabar
२५ जेष्ठ २०८२,
0
नेपालको मुस्ताङ जिल्लाको लोमान्थाङ गाउँपालिकास्थित श्री श्री दिव्य दीप माध्यमिक विद्यालयको छात्रावास भवन तथा चमेना गृह निर्माणको शिलान्यास
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

मुस्ताङ जिल्लाको लोमान्थाङ गाउँपालिकास्थित श्री दिव्य दीप माध्यमिक विद्यालयको लागि छात्रावास भवन तथा चमेना गृह निर्माणको शिलान्यास आज काठमाडौँस्थित भारतीय राजदूतावासका नियोग उप-प्रमुख श्री प्रसन्न श्रीवास्तव र मुस्ताङको लोमान्थाङ गाउँपालिकाका अध्यक्ष श्री टसी न्हर्वु गुरुङले संयुक्त रूपमा गर्नुभयो । उक्त कार्यक्रममा राजनीतिक प्रतिनिधिहरू, सरकारी अधिकारीहरू, सामाजिक कार्यकर्ताहरू र विद्यालयका शिक्षकहरू, विद्यार्थीहरू र उनीहरूका अभिभावकहरूको पनि उपस्थित रहेको थियो ।

‘नेपाल-भारत विकास सहयोग’ अन्तर्गत भारत सरकारको आर्थिक सहयोगमा नेरु.३.७६ करोड परियोजना लागतमा श्री दिव्य दीप माध्यमिक विद्यालयको छात्रावास भवन तथा चमेना गृह निर्माण भइरहेको छ ।

‘नेपाल-भारत विकास सहयोग’ अन्तर्गत भारत सरकारको अनुदान शौचालय, बाथरूम, भोजन कक्षसहितको भान्छा गृह, विश्राम कक्ष र अन्य सम्बद्ध सुविधाहरूको निर्माणमा प्रयोग गरिँदैछ । यस परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजना (एचआइसीडीपी) को रूपमा लिइएको छ र मुस्ताङको लोमान्थाङ गाउँपालिका मार्फत कार्यान्वयन गरिँदैछ ।

श्री दिव्य दीप माध्यमिक विद्यालय माथिल्लो मुस्ताङमा रहेको एक मात्र उच्च माध्यमिक विद्यालय हो । यसले लो-घेकर दामोदरकुण्ड गाउँपालिका र लोमान्थाङ गाउँपालिकामा बस्ने बालबालिकाहरूलाई सेवा प्रदान गर्दछ । यस विद्यालयले अनुभवी र प्रेरणादायी शिक्षकहरू मार्फत गुणस्तरीय शिक्षा प्रदान गर्ने लक्ष्य राखेको छ ।

सन् २००३ यता भारत सरकारले नेपालमा शिक्षा, स्वास्थ्य, सडक र पुल, नदी तालिम, खानेपानी, विद्युतीकरण, कृषि, संस्कृति र समाज कल्याण लगायत विभिन्न क्षेत्रहरूमा ५७३ एचआइसीडीपीहरुमा कार्य गरेको छ । यी परियोजनाहरू नेपालका सातै प्रदेशहरूमा फैलिएका छन् । ५७३ परियोजनाहरू मध्ये ५९ वटा परियोजनाहरू गण्डकी प्रदेशमा छन् जसमध्ये मुस्ताङमा १७ वटा परियोजनाहरू छन् । यसका अलावा भारत सरकारले हालसम्म नेपालका विभिन्न अस्पताल, स्वास्थ्य चौकी र शैक्षिक संस्थाहरूलाई १००९ वटा एम्बुलेन्स र ३०० वटा स्कूल बस उपहार स्वरूप प्रदान गरेको छ । यी मध्ये गण्डकी प्रदेशका विभिन्न संस्थाहरूलाई ११९ वटा एम्बुलेन्स र ४० वटा स्कूल बस उपहार स्वरुप प्रदान गरिएको छ जसमा मुस्ताङका लागि ११ वटा एम्बुलेन्स र ५ वटा स्कूल बस प्रदान गरिएको छ । यी सवारी साधनहरूले यस क्षेत्रमा शिक्षा र स्वास्थ्य सेवाहरूमा पहुँच बढाउन मद्दत गरिरहेका छन् ।

यस अवसरमा काठमाडौंस्थित भारतीय दूतावासका नियोग उप-प्रमुख श्री प्रसन्न श्रीवास्तवले वर्षौंदेखि रहिआएको भारत-नेपाल विकास साझेदारीको वृद्धि, विस्तार र विविधीकरणमा खुशी व्यक्त गर्नुभयो । वहाँले नेपाल सरकार र नेपाली जनताको प्राथमिकतामा आधारित रही यस साझेदारीलाई थप प्रगाढ र सुदृढ पार्ने भारत सरकारको प्रतिबद्धता दोहोर्‍याउनुभयो ।

मुस्ताङको लोमान्थाङ गाउँपालिकाका अध्यक्ष, राजनीतिक प्रतिनिधिहरू, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा अन्य सरोकारवालाहरूले नेपाली जनताको लागि भारत सरकारले गरिरहेको विकास सहयोगको प्रशंसा गर्नुभयो । वहाँहरूले निर्माण हुने पूर्वाधारले मुस्ताङको श्री दिव्य दीप माध्यमिक विद्यालयका विद्यार्थीहरूको लागि सिकाइको उपयुक्त वातावरण सिर्जना गर्न मद्दत गर्ने विश्वास व्यक्त गर्नुभयो ।

मुस्ताङमा जारी भ्रमणको क्रममा नियोग उप-प्रमुखले मुस्ताङको लोमान्थाङस्थित लोवो निफुग नामड्रोल नोर्वुलिङ्ग मोनास्टिक स्कूलको समेत भ्रमण गर्नुभयो । यस मोनास्टिक स्कूलको छात्रावास भवन हाल भारत सरकारको आर्थिक सहयोगमा नेरु.४.१४ करोड परियोजना लागतमा उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रुपमा निर्माण भइरहेको छ ।

नजिकको छिमेकी भएको नाताले भारत र नेपालबीच व्यापक र बहुक्षेत्रीय सहकार्य रहेको छ । उच्च प्रभाव सामुदायिक विकास परियोजनाको कार्यान्वयनले नेपाली जनताको उत्थानका लागि र प्राथमिकताका क्षेत्रमा पूर्वाधारको विस्तारका लागि नेपाल सरकारले चालेका प्रयासमा भारत सरकार सदैव हातेमालो गर्न तयार रहेको कुरालाई प्रतिबिम्बित गरेको छ ।

Previous Post

‘खेल पर्यटनका लागि नेपाल उर्वर भूमि हो’

Next Post

अभिनेत्री एडन रोज भन्छिन्- मैले आफुलाई श्रेयस अय्यरको बच्चाहरूको आमा मान्छु

metakhabar

metakhabar

सम्बन्धित खबर

कर्णाली नदी बगरमा लोभलाग्दो प्याजखेती
आर्थिक

कर्णाली नदी बगरमा लोभलाग्दो प्याजखेती

१९ फाल्गुन २०८२,
आवाज

चन्दा उठाएर रामजानकी मन्दिर मर्मत

१९ फाल्गुन २०८२,
प्रेस काउन्सिलले आचारसंहिता अनुगमन प्रभावकारी बनाउने
आवाज

आचारसंहिताको पूर्ण परिपालना गर्न काउन्सिलको आग्रह

१९ फाल्गुन २०८२,
सुनको मूल्य घट्यो
आर्थिक

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

१९ फाल्गुन २०८२,
प्रमुख लामा हटाएको विषयमा गुठी संस्थानमाथि निर्वाचन आयोगको छानबिन सुरु
फिचर-ब्यानर

प्रतिनिधिसभा निर्वाचनः विभिन्न जिल्लामा निर्वाचनको तयारी अन्तिम चरणमा

१९ फाल्गुन २०८२,
पोखरामा आजदेखि दैनिक पाँच घण्टा बिजुली आपूर्ति बन्द हुने
आवाज

गण्डकीमा निर्वाचन सुरक्षा चुस्त

१९ फाल्गुन २०८२,
Load More
Next Post
अभिनेत्री एडन रोज भन्छिन्- मैले आफुलाई श्रेयस अय्यरको बच्चाहरूको आमा मान्छु

अभिनेत्री एडन रोज भन्छिन्- मैले आफुलाई श्रेयस अय्यरको बच्चाहरूको आमा मान्छु

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In