• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, August 17, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    कांग्रेस महामन्त्री गगन भन्छन् : फागुन २१मा निर्वाचन हुन्छ, सफल पनि बनाउँछौँ

    बिपी, गणेशमानजस्ता नेतालाई निजीकरण गरी घरभित्र कैद गर्नुहुँदैनः सभापति थापा

    आज बस्ने भनिएको एमाले सचिवालय बैठक सोमबारका लागि सर्‍यो

    स्वार्थ होइन, परिवर्तनका लागि हिँडेका हौँः अध्यक्ष ओली

    भारतका स्थल सेनाध्यक्ष सेठ काठमाडौँमा

    भारतका स्थल सेनाध्यक्ष सेठ काठमाडौँमा

    भारतिय प्रधानमन्त्रीको सम्बोधनः आतंकबाद बिरुद्धको मन्त्र, आक्रमण बिरुद्ध सबै राष्ट्रिय संयन्त्र

    भारतमा युवालाई लक्षित गर्दै मोदीद्वारा निःशुल्क कोचिङ र एआई तालिमको घोषणा

    उत्पादनमुखी वृक्षरोपणले बदलिँदै कैलालीका सामुदायिक वन

    उत्पादनमुखी वृक्षरोपणले बदलिँदै कैलालीका सामुदायिक वन

    इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा

    ‘स्ट्रेट अफ होर्मुज’ लाई अमेरिकी भू–भाग बनाउने ट्रम्पको दाबी

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

भोजपुरमा व्यावसायकि भेडापालनबाट मनग्य आम्दानी

by
३ माघ २०७९,
0
भोजपुरमा व्यावसायकि भेडापालनबाट मनग्य आम्दानी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

भोजपुर– व्यावसायिक भेडापालनबाट भोजपुरका किसानले राम्रो आम्दानी लिन थालेका छन् । बजारमा भेडाको घ्यू तथा मासुको माग बढेपछि किसानले राम्रो आम्दानी लिएका छन् ।

युवा विदेशबाट फर्केर व्यावसायिक भेडापालन गर्न थालेका छन् । पछिल्लो समय भेडाको मासुुसँगै ध्यू, तथा ऊनबाट बन्ने सामग्रीको माग राम्रो छ । भेडापालक कृषकले भेडाको ऊन, घ्यू, महि, छुर्पीलगायत बिक्रीबाट आम्दानी लिन्छन् । ऊनबाट बन्ने राडी, पाखी, लुकुनीलगायत किसानको आम्दानीको स्रोत बनेको छ । एक कृषकले यो व्यवसायबाट बार्षिक पाँचदेखि नौ लाखसम्म आम्दानी लिने गरेको भेडापालक कृषक गोविन्द बस्नेतले जानकारी दिए ।

‘भेडापालनबाट राम्रो आम्दानी लिन सकिन्छ’’, किसान बस्नेतले भने, ‘‘यहाँ उत्पादन भएको सामग्री देशका विभिन्न ठाउँबाट माग हुन्छ । बजारको माग धान्न समस्या छ ।’’

औषधिको रुपमा प्रयोग हुने तथा खानमा स्वादिष्ट हुने भएकाले घ्यूको माग धेरै रहेको कृषक शेरबहादुर कठेतले बताए । घ्यू डढेको घाउ खत हटाउन राम्रो मानिन्छ । घ्यू प्रतिकिलो रु चार हजारदेखि पाँच हजारसम्ममा बिक्री हुन्छ । ऊन प्रति केजी सात सय र मासु प्रति धार्नी एक हजार पाँच सयदेखि दुई हजारसम्म पर्छ । कठेतले भने, ‘‘घ्यूको माग धेरै छ । माग अनुसारको घ्यू पुर्याउन समस्या छ । धैरै पौष्टिक हुने भएकोले अन्य विभिन्न रोगको लागि पनि उपयोगी मानिन्छ । भेडाको बल्याक्ख्रा (बोका) को पनि माग धेरै छ । यसको मासु निकै स्वादिष्ट मानिन्छ ।’

यहाँ एक कृषकसँग एक सय ५० वटासम्म भेडा रहेको छ । धेरै भेडा हुनेले वर्षमा रु आठदेखि नौ लाखसम्म आम्दानी लिने कठेतको भनाइ छ । कठेतले भने, ‘‘दुःख धेरै छ । तर भेडा राम्ररी फस्टाए भने आम्दानी राम्रो छ । एक सय ५० देखि दुई सयसम्म हुँदा पाल्दा वर्षमा आठदेखी नौ लाखसम्म आम्दानी लिन सकिन्छ ।’

घ्यू, राडी, पाखी, लुकुनीलगायत बस्तु स्थानीय बजारसँगै धरान, विराटनगर, काठमाडौँलगायत ठाउँमा जान्छ । पछिल्लो समय युवा पुस्ता भेडापालनमा आकर्षित भएको कठेतको भनाइ छ । विदेश गएर आएका युवाले व्यावसायिक भेडापालन गरिरहेका छन् । ‘‘युवा पुस्तामा भेडापालनप्रति आकर्षण छ’, कठेतले भने, ‘‘गाउँका कतिपय युवा विदेशमा कमाइ गर्न नसकेर आएर भेडापालन गरेर राम्रो आम्दानी लिँदै आएका छन् ।’

मैयुङ क्षेत्रमा २८ बढी कृषकले व्यावसायिक भेडापालन गरेका छन् । अहिले भेडा तल्लो भेगमा झारिएको छ । यसबाट हिउँद भन्दा तातो मौसममा बढी आम्दानी लिन सकिन्छ । हिउँदमा भेडालाई चरण क्षेत्रको अभाव हुने हुँदा आम्दानी अलि कम हुन्छ । भेडा वर्षातमा माथिल्लो र हिउँद समयमा तल्लो भेगमा झार्ने चलन छ । तल्लो भेगमा झारेपछि हावापानीका कारण भेडा बिरामी हुने, मर्ने समस्या रहेको भेडापालक भक्तकुमार राईले जानकारी दिए । धेरै दुःखको काम भएकाले यस्तो पेशामा लाग्ने कृषकलाई राज्यले प्रोत्साहनमूलक कार्यक्रम ल्याउनु पर्ने राईको भनाइ छ ।

‘‘हामीले उधौली झारेपछि धेरै भेडा बिरामी हुन्छन्’, कृषक राईले भने, ‘‘कतिपय मर्छन् । यस्तो अवस्थामा उपचारको व्यवस्थाको लागि राज्यले सहयोग गरे हुने । धेरै दुःख कष्टका साथ पुर्ख्यौली पेशा धानेका छौँ । तर राज्यको ध्यान हामीमा गएको छैन ।’

भेडा बिरामी हुँदा औषधि लिन टेम्केमेयुङ गाउँपालिका तथा सदरमुकाम नै पुग्नुपर्ने बाध्यता छ । राज्यले किसानको पशु बीमा गरिदिए सहज हुने र किसानलाई थप लाभ पुग्ने उनको भनाइ छ । आम्दानी हुने भए पनि भेडापालन व्यवसायमा दुःख तथा समस्या भने धेरै रहेको नुर्वु शेर्पाले बताए । भेडापालनको मुख्य समस्या चरण क्षेत्र अभाव रहेको उनको भनाइ छ ।

त्यस्तै बाघ,भालु तथा कुकुरले पनि भेडा मारी दिन्छ । भेडामा देखिने धक्ने, छेर्ने, ढाडिने, माटो खानेलगाएतका रोगले धेरै दुःख दिदै आएको छ ।

‘‘भेडापालनमा धेरै समस्या छ’ कृषक शेर्पाले भने, ‘‘पहिलो समस्या चरण क्षेत्रको हो । सामुदायिक वनले महँगो शुल्क लिन्छन् । एउटा वन क्षेत्रमा चराए वापत एक भेडीगोठको रु एक हजारदेखि रु पाँच हजारसम्म तिनुपर्छ । रोग तथा वन्यजन्तुको आक्रमणले पनि क्षति पुग्छ ।’ चरण क्षेत्र भएका मैयुङ, टेम्के डाँडा, चखेवालगायत क्षेत्र भेडापालनलाई उपयुक्त स्थान मानिन्छ । –रासस

Previous Post

ट्रकको ठक्करबाट मोटरसाइकमा सवार एक जनाको मृत्यु

Next Post

‘हे… सब मरिन्छ, त्यही अन्तिम वर्षमा बाँचुञ्जेली बाँचम् न हर्षमा…’

सम्बन्धित खबर

कांग्रेस महामन्त्री गगन भन्छन् : फागुन २१मा निर्वाचन हुन्छ, सफल पनि बनाउँछौँ
फिचर-ब्यानर

बिपी, गणेशमानजस्ता नेतालाई निजीकरण गरी घरभित्र कैद गर्नुहुँदैनः सभापति थापा

३१ साउन २०८३,
आज बस्ने भनिएको एमाले सचिवालय बैठक सोमबारका लागि सर्‍यो
जीवन शैली

स्वार्थ होइन, परिवर्तनका लागि हिँडेका हौँः अध्यक्ष ओली

३१ साउन २०८३,
भारतका स्थल सेनाध्यक्ष सेठ काठमाडौँमा
अन्तर्राष्ट्रिय

भारतका स्थल सेनाध्यक्ष सेठ काठमाडौँमा

३१ साउन २०८३,
भारतिय प्रधानमन्त्रीको सम्बोधनः आतंकबाद बिरुद्धको मन्त्र, आक्रमण बिरुद्ध सबै राष्ट्रिय संयन्त्र
अन्तर्राष्ट्रिय

भारतमा युवालाई लक्षित गर्दै मोदीद्वारा निःशुल्क कोचिङ र एआई तालिमको घोषणा

३१ साउन २०८३,
उत्पादनमुखी वृक्षरोपणले बदलिँदै कैलालीका सामुदायिक वन
आर्थिक

उत्पादनमुखी वृक्षरोपणले बदलिँदै कैलालीका सामुदायिक वन

३१ साउन २०८३,
इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
अन्तर्राष्ट्रिय

‘स्ट्रेट अफ होर्मुज’ लाई अमेरिकी भू–भाग बनाउने ट्रम्पको दाबी

३१ साउन २०८३,
Load More
Next Post
‘हे… सब मरिन्छ, त्यही अन्तिम वर्षमा बाँचुञ्जेली बाँचम् न हर्षमा…’

‘हे... सब मरिन्छ, त्यही अन्तिम वर्षमा बाँचुञ्जेली बाँचम् न हर्षमा...’

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In