• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, April 17, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    बागलुङमा स्वास्थ्य चौकीको शिलान्यास

    बागलुङमा स्वास्थ्य चौकीको शिलान्यास

    विदेशी शिक्षण संस्थाको सम्बन्धन लिएका शैक्षिक संस्थालाई मन्त्रालयको १० बुँदे निर्देशन

    शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब

    भारतमा महिला आरक्षण विधेयक बहसमा

    भारतमा महिला आरक्षण विधेयक बहसमा

    चीनले एसियामा सैन्य बल प्रयोग गर्ने ‘तयारी’ गरिरहेको पेन्टागन प्रमुखको दाबी

    पूर्वानुमानभन्दा माथि चीनको वृद्धि

    काठमाडौँ महानगर र नेपाल प्रहरीबीच सहकार्य बारे छलफल

    काठमाडौँ महानगर र नेपाल प्रहरीबीच सहकार्य बारे छलफल

    पाकिस्तानमा ‘तीन करोड गरिबीमा धकेलिए’ः आर्थिक पतन र बढ्दो आप्रवासनका लागि सरकारलाई दोष

    अमेरिका–इरान वार्तामा पाकिस्तानको सक्रियता

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    बागलुङमा स्वास्थ्य चौकीको शिलान्यास

    बागलुङमा स्वास्थ्य चौकीको शिलान्यास

    विदेशी शिक्षण संस्थाको सम्बन्धन लिएका शैक्षिक संस्थालाई मन्त्रालयको १० बुँदे निर्देशन

    शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब

    भारतमा महिला आरक्षण विधेयक बहसमा

    भारतमा महिला आरक्षण विधेयक बहसमा

    चीनले एसियामा सैन्य बल प्रयोग गर्ने ‘तयारी’ गरिरहेको पेन्टागन प्रमुखको दाबी

    पूर्वानुमानभन्दा माथि चीनको वृद्धि

    काठमाडौँ महानगर र नेपाल प्रहरीबीच सहकार्य बारे छलफल

    काठमाडौँ महानगर र नेपाल प्रहरीबीच सहकार्य बारे छलफल

    पाकिस्तानमा ‘तीन करोड गरिबीमा धकेलिए’ः आर्थिक पतन र बढ्दो आप्रवासनका लागि सरकारलाई दोष

    अमेरिका–इरान वार्तामा पाकिस्तानको सक्रियता

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

महको गुणस्तर वृद्धिमा जोड

metakhabar by metakhabar
२५ जेष्ठ २०८२,
0
महको गुणस्तर वृद्धिमा जोड
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ : मुलुकभित्र महको गुणस्तर र उत्पादन वृद्धि गर्दै जानुपर्नेमा सरोकार भएकाहरूले जोड दिएका छन् ।

काठमाडौँको भृकुटीमण्डपमा भएको छैटौँ राष्ट्रिय मह मेलाका अवसरमा आज आयोजित ‘नेपालमा महको गुणस्तरको अवस्था, राष्ट्रिय तथा अन्तरराष्ट्रिय बजारीकरणको सम्भावना, चुनौती र अवसर’ विषयका परिसंवादमा सहभागी सरकारी अधिकारी, मौरी विज्ञ, मह व्यवसायी र मह उत्पादक किसानले महको गुणस्तर र उत्पादन वृद्धि गर्नुपर्नेमा जोड दिएका हुन् ।

नेपाल मौरीपालक महासङ्घका अध्यक्ष एवं मह मेलाका संयोजक सुवासचन्द्र घिमिरेले दीर्घकालीन सोचका साथ महको गुणस्तर वृद्धि गरी बजारीकरणका लागि सरोकार भएका निकाय, स्थानीय सरकार र किसानबीच सहकार्य र समन्वय आवश्यक पर्ने बताउनुभयो ।

केही वर्षअघि बजार खस्कन थालेपछि गुणस्तरीय मह उत्पादनका लागि किसानलाई तालिम दिइएको बताउँदै उहाँले मौरीमा प्रयोग हुने ‘सल्फर’लाई प्रतिबन्ध लगाइएको जानकारी दिनुभयो । उहाँले सुरुमा मह राख्न प्लास्टिकका जार प्रयोग हुने गरेकामा उन्नत भाँडा र स्टिलका चक्कु र जाली प्रयोग गर्न थालिएको बताउनुभयो ।

बजारमा जानका लागि गुणस्तर आवश्यक पर्ने भएकाले सरोकार भएका सङ्घसंस्थाको पहलमा असल मौरीपालन अभ्यास कार्यान्वयन निर्देशिका निर्माण गरिएको जनाउँदै महासङ्घका अध्यक्ष घिमिरेले उक्त निर्देशिका यथाशीघ्र कार्यान्वयनको चरणमा जाने बताउनुभयो ।

उहाँले भन्नुभयो, “किसान पनि अहिले प्राविधिक ज्ञानसहित मौरी पालनमा सचेत भएका छन् । गुणस्तरीय मह बनाइएन भने बिक्री हुँदैन भनेर सोही अनुसार उत्पादनमा केन्द्रित छन् । मह काड्ने बेला भयो÷भएन भनेर छलफल गरिएको छ, त्यसैले गुणस्तर वृद्धिमा जोड दिइएको छ ।”

मौरीविज्ञ जगदिशभक्त श्रेष्ठ मानिसले जथाभाबी चलायो वा हात लगायो भने मह बिग्रने तर प्राकृतिक रूपमा बनेको खण्डमा नबिग्रिने बताउनुभयो । उहाँले भन्नुभयो, “मौरीले मह उत्पादन गर्ने प्रक्रियाको सुरुदेखि उपभोक्ताको घरमा पुग्दासम्म हामीले कस्ता क्रियाकलाप गरिरहेका छौँ भन्ने कुराले मह कति गुणस्तरीय छ भनेर निर्धारण हुन्छ ।”

नेपाल मौरीपालन केन्द्रीय सहकारी सङ्घ लिमिटेडका पूर्वअध्यक्ष अर्जुन पोखरेलले मौरीको मापदण्ड असल अभ्यास निर्देशिकामा रहेको जानकारी गराउँदै गुणस्तरीय मह उत्पादनमा बढी जोड दिन किसानलाई आग्रह गर्नुभयो ।

“अन्तरराष्ट्रिय तहमा महको बजारीकरणका लागि अब नेपाली किसान पनि तयार हुनुपर्छ, त्यसतर्फ सबैले ध्यान दिऔँ । त्यसमा सरकारले पनि महत्त्वपूर्ण र अभिभावकत्वको भूमिका निर्वाह गर्नुपर्छ”, उहाँले भन्नुभयो । मह व्यवसायी गणेश घिमिरेले नेपालमा फूलको विविधता भएकाले पनि त्यही अनुसारको मह उत्पादन हुने गरेको र विदेशमा माग रहेको बताउनुभयो ।

सर्लाहीका मौरीपालक किसान हेमराज देवकोटा नेपालका मौरीमा सुलसुले फैलिएको र यसले मौरी नष्ट पार्नसक्नेतर्फ भन्दै सरोकार भएकालाई ध्यानाकर्षण गराउनुभयो । उहाँले गुणस्तरीय मह उत्पादन गरेपछि बजार सुनिश्चित हुनुपर्नेमा जोड दिँदै आगामी दिन उत्पादन वृद्धि गर्न सकिने धारणा राख्नुभयो ।

नेपाल मौरीपालन केन्द्रीय सहकारी सङ्घ लिमिटेडका उपाध्यक्ष कृष्णहरी जम्मकट्टेलले नेपाली उत्पादनको लागत कति भनेर अहिलेसम्म भन्न नसक्नु विडम्बना भएको बताउनुभयो । राज्यले मूल्यसमेत निर्धारण गर्न नसक्दा समस्या भइरहेको उहाँको भनाइ छ ।

नेपाल मौरीपालक महासङ्घका निवर्तमान अध्यक्ष शिवप्रसाद शर्मा पौडेलले पछिल्लो समयमा मापदण्ड लागू गरेर महको गुणस्तरीय उत्पादनमा जोड दिनुपर्ने बताउनुभयो । “किसानलाई बरु अनुदान नदिए हुन्छ । अन्य सुविधा दिने र महको बजारीकरण गरेमा किसानले उतपादन वृद्धि गर्नेछन्”, उहाँले भन्नुभयो ।

व्यावसायिक किट विकास केन्द्रकी प्रमुख डा सावित्री बरालले महको मूल्य तोक्ने प्रयास गरिएको भन्दै किसानबाट तथ्यमा आधारित लागत प्रतिवेदन तथा विवरण नआउँदा समस्या परिरहेको बताउनुभयो ।

उहाँले बाहिरबाट भन्सार प्रक्रिया पूरा नभई मह आयात भइरहेको भन्ने विषयमा तथ्य र प्रमाणसहित जानकारी दिन अनुरोध गर्नुभयो । मिसावट गरेर मह बिक्री भइरहेकोतर्फ उहाँले किसानहरूको ध्यानाकर्षणसमेत गराउनुभयो ।

तीन दिनसम्म सञ्चालन गरिएको छैटौँ राष्ट्रिय मह मेला आज समापन भएको हो ।

Previous Post

घोराही कारागारमा बायोग्यास

Next Post

आजका लागि विदेशी मुद्राको विनिमयदर

metakhabar

metakhabar

सम्बन्धित खबर

बागलुङमा स्वास्थ्य चौकीको शिलान्यास
आर्थिक

बागलुङमा स्वास्थ्य चौकीको शिलान्यास

३ बैशाख २०८३,
विदेशी शिक्षण संस्थाको सम्बन्धन लिएका शैक्षिक संस्थालाई मन्त्रालयको १० बुँदे निर्देशन
आवाज

शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब

३ बैशाख २०८३,
भारतमा महिला आरक्षण विधेयक बहसमा
अन्तर्राष्ट्रिय

भारतमा महिला आरक्षण विधेयक बहसमा

३ बैशाख २०८३,
चीनले एसियामा सैन्य बल प्रयोग गर्ने ‘तयारी’ गरिरहेको पेन्टागन प्रमुखको दाबी
अन्तर्राष्ट्रिय

पूर्वानुमानभन्दा माथि चीनको वृद्धि

३ बैशाख २०८३,
काठमाडौँ महानगर र नेपाल प्रहरीबीच सहकार्य बारे छलफल
आर्थिक

काठमाडौँ महानगर र नेपाल प्रहरीबीच सहकार्य बारे छलफल

३ बैशाख २०८३,
पाकिस्तानमा ‘तीन करोड गरिबीमा धकेलिए’ः आर्थिक पतन र बढ्दो आप्रवासनका लागि सरकारलाई दोष
अन्तर्राष्ट्रिय

अमेरिका–इरान वार्तामा पाकिस्तानको सक्रियता

३ बैशाख २०८३,
Load More
Next Post
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

आजका लागि विदेशी मुद्राको विनिमयदर

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In