• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, June 16, 2025
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सूचना प्रविधि क्षेत्रको विकासका लागि तीन तहका सरकारबीच सहकार्य जरुरीः मन्त्री गुरुङ

    सूचना प्रविधि क्षेत्रको विकासका लागि तीन तहका सरकारबीच सहकार्य जरुरीः मन्त्री गुरुङ

    एघार महिनामा बयालिस हजार पर्यटकले गरे रसुवाको भ्रमण

    मनसुनजन्य विपद् नियन्त्रणको पूर्वतयारी

    खेलबाट स्वस्थ्य जीवन, स्वच्छ समाजको प्रवर्द्धन हुन्छ : मन्त्री पौडेल

    समयमा पहिचान, समयमै उपचारः क्यान्सर रोगको निदान

    समयमा पहिचान, समयमै उपचारः क्यान्सर रोगको निदान

    १० तस्बिरमा मौनी राय

    १० तस्बिरमा मौनी राय

    गुणात्मक पूर्वाधार निर्माणमा संसदीय निगरानी बढाउनुपर्नेमा जोड

    उत्पादकत्व वृद्धि गरेर मुलुकको अर्थतन्त्रमा योगदान दिन सक्नुपर्छः मन्त्री भण्डारी

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

सचेतना प्रभावः घट्दै दुर्घटना र मानवीय क्षति

metakhabar by metakhabar
२४ जेष्ठ २०८२,
0
सचेतना प्रभावः घट्दै दुर्घटना र मानवीय क्षति
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

महोत्तरी, २४ जेठः निरन्तरको ट्राफिक सचेतना कार्यक्रमको महोत्तरीमा सकारात्मक प्रभाव देखिएको छ । सडक दुर्घटना न्यूनीकरण गर्न योजनाबद्ध सञ्चालन गरिएका सचेतना कार्यक्रमको सकारात्मक प्रभाव बढेको हो ।

पछिल्ला तीन वर्षको तुलना गर्दा क्रमशः सडक दुर्घटना र मानवीय क्षति कम हुँदै गएको जिल्ला ट्राफिक प्रहरी कार्यालयको घटना अभिलेखले देखाएको छ ।

“सडक सचेतनाका कार्यक्रमको सकारात्मक प्रभाव देखिएको छ, आर्थिक वर्ष २०७८÷७९ यताका चालु आवसहित पछिल्ला दुई वर्षमा दुर्घटना र मानवीय क्षति घटेका छन्”, कार्यालय प्रमुख तथा प्रहरी निरीक्षक लक्ष्मीराज जोशी भन्नुहुन्छ, “आव २०७९÷८० मा भएका ७४१ सडक दुर्घटनाको सङ्ख्या आव २०८०÷८१ मा ५०४ मा झरेको छ ।”

यसैगरी आव २०७९÷८० मा दुर्घटनामा घाइते हुनेको सङ्ख्या एक हजार १०७ रहेको र पछिल्लो आव २०८०÷८१ मा यो सङ्ख्या घटेर ७७२ मा झरेको अभिलेखले देखाएको छ । मृतकको सङ्ख्या भने यी दुवै वर्षमा बराबरी ६८ देखिएको छ ।

यसैगरी जारी आर्थिक वर्ष २०८१÷८२ का बितेका १० महिनामा सडक दुर्घटनाका सङ्ख्या केही बढेको देखिए पनि १०० को हाराहारीका सामान्य प्रकृतिका छन् । जारी आवको वैशाखसम्म सानाठूला गरी ५३४ घटना दर्ता रहेमध्ये १०० घटना कुनै क्षति नभएका सामान्य प्रकृतिका रहेका प्रनि जोशीले स्पष्ट पार्नुभयो । यस अवधिमा सडक दुर्घटनामा परी ३१ जनाको मृत्यु भएको छ भने ५६५ जना सामान्य घाइते भएका छन् ।

दिनदिनै सवारी साधन बढ्दै गएका बेला यसअघि बितेका वर्षहरुको तुलनामा यसअवधिको यो कम क्षति हो । ट्राफिक प्रहरीले पछिल्ला दुई वर्षयता सडक सुरक्षा सचेतनाका कार्यक्रमलाई बढाउँदै लगेको छ । यातायात व्यवसायी, चालक, यातायात मजदुर, सडकमा हिँड्ने सर्वसाधारण र विद्यालयका विद्यार्थीबीच चरणचरणमा सचेतना कार्यक्रम गरिएका कार्यालयले जनाएको छ । ट्राफिक प्रहरीले पछिल्लो पटक अहिले सचेतनाअन्र्तगत ‘सडक सुरक्षा सप्ताह’ कार्यक्रम मनाइरहेको छ ।

गत बिहीबार सुरु भएको यो कार्यक्रम विभिन्न रचनात्मक क्रियाकलाप गर्दै आउने बुधबार समापन गर्ने तालिका छ । पछिल्लो ‘सडक सुरक्षा सप्ताह’ का कार्यक्रम जिल्लाका बर्दिवास, जलेश्वर, गौशाला, रामगोपालपुर र सम्सीसहितका ठाउँमा एकपछि अर्को गरेर सम्पन्न गरिँदै छन् । कार्यक्रममा सबै तर्फबाट प्राप्त चासो र सहयोगले सचेतना कार्यक्रम बढाउन हौसला मिलेको प्रनि जोशीको भनाइ छ ।

Previous Post

प्रेमिका गौरी बारे आमिर खान भन्छन्- उनले मेरो जीवनमा शान्ति र सन्तुलन ल्याईन्

Next Post

मिस नेपाल २०२५ को आवेदन खुल्यो

metakhabar

metakhabar

सम्बन्धित खबर

सूचना प्रविधि क्षेत्रको विकासका लागि तीन तहका सरकारबीच सहकार्य जरुरीः मन्त्री गुरुङ
आर्थिक

सूचना प्रविधि क्षेत्रको विकासका लागि तीन तहका सरकारबीच सहकार्य जरुरीः मन्त्री गुरुङ

२ असार २०८२,
आर्थिक

एघार महिनामा बयालिस हजार पर्यटकले गरे रसुवाको भ्रमण

२ असार २०८२,
मनसुनजन्य विपद् नियन्त्रणको पूर्वतयारी
आवाज

खेलबाट स्वस्थ्य जीवन, स्वच्छ समाजको प्रवर्द्धन हुन्छ : मन्त्री पौडेल

२ असार २०८२,
समयमा पहिचान, समयमै उपचारः क्यान्सर रोगको निदान
आवाज

समयमा पहिचान, समयमै उपचारः क्यान्सर रोगको निदान

२ असार २०८२,
१० तस्बिरमा मौनी राय
मनोरञ्जन

१० तस्बिरमा मौनी राय

२ असार २०८२,
गुणात्मक पूर्वाधार निर्माणमा संसदीय निगरानी बढाउनुपर्नेमा जोड
आवाज

उत्पादकत्व वृद्धि गरेर मुलुकको अर्थतन्त्रमा योगदान दिन सक्नुपर्छः मन्त्री भण्डारी

२ असार २०८२,
Load More
Next Post
मिस नेपाल २०२५ को आवेदन खुल्यो

मिस नेपाल २०२५ को आवेदन खुल्यो

Leave Comment

सिफारिस

  • गर्भावस्थामा महिलामा हुने परिवर्तन र श्रीमानको भूमिका

    ठगीको नयाँ धन्दाः गर्भवती बनाउनेलाई पाँच लाख रुपैयाँ

    0 shares
    Share 0 Tweet 0
  • चुट्किलाः कोठीको सिँढी चढ्दै

    0 shares
    Share 0 Tweet 0
  • चुट्किलाः एकैछिनमा निको भैहाल्छ

    0 shares
    Share 0 Tweet 0
  • गर्भनिरोधक औषधि प्रयोग गर्नेमा अविवाहित र कम उमेरका युवती बढी

    0 shares
    Share 0 Tweet 0
  • तेजिलो दिमाग बनाउन चाहनेले कहिल्यै छुटाउन नहुने खानेकुरा

    0 shares
    Share 0 Tweet 0
Facebook Twitter Youtube

Aanjan Media Private Limited

Kathmandu, Nepal

सूचना विभाग दर्ता नं.
3634-2079/80

सम्पर्क

ठेगाना: काठमाडौं नेपाल
इमेल: metakhabar7@gmail.com
सम्पर्क: 01-4521648 / 9851322768

अध्यक्ष तथा प्रबन्ध निर्देशक:

धिरज पौडेल

© 2023 Meta Khabar

No Result
View All Result
  • आवाज
  • खेलमैदान
  • जीवन शैली
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • समाचार
  • विविध
  • English

© 2023 Meta Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In