• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, March 3, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार

    आजको मौसम : पहाडी र हिमाली भेगका एकदुई स्थानमा हल्का वर्षाको पूर्वानुमान

    मिथिला माध्यमिकी परिक्रमाः कञ्चनवन पुगेर होली खेलियो

    तराईका जिल्लामा आज होली मनाइँदै

    पेट्रोलियम पदार्थ आयात निरन्तर उकालो

    चुनावमा पनि इन्धन नियमित हुन्छ : आयल निगम

    निर्वाचन १० दिन बाँकीः जनप्रतिनिधिलाई निर्वाचन प्रचार प्रसारमा सहभागी नहुन आग्रह

    निर्वाचन आउन दुई दिन बाँकीः आचारसंहिता अनुगमन अधिकृतलाई आयोगको निर्देशन

    निर्वाचन १३ दिन बाँकी, मतदाता शिक्षासम्बन्धी टिकटक बनाउनुस्, ५० हजार जित्नुस्

    ‘मौन अवधि’ के हो ? मौन अवधि उल्लङ्घन भए के कारबाही हुन्छ ?

    चितवनमा थपिए ३४ मतदान केन्द्र

    आज राति १२ बजेदेखि निर्वाचन प्रचारप्रसार निषेध

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार

    आजको मौसम : पहाडी र हिमाली भेगका एकदुई स्थानमा हल्का वर्षाको पूर्वानुमान

    मिथिला माध्यमिकी परिक्रमाः कञ्चनवन पुगेर होली खेलियो

    तराईका जिल्लामा आज होली मनाइँदै

    पेट्रोलियम पदार्थ आयात निरन्तर उकालो

    चुनावमा पनि इन्धन नियमित हुन्छ : आयल निगम

    निर्वाचन १० दिन बाँकीः जनप्रतिनिधिलाई निर्वाचन प्रचार प्रसारमा सहभागी नहुन आग्रह

    निर्वाचन आउन दुई दिन बाँकीः आचारसंहिता अनुगमन अधिकृतलाई आयोगको निर्देशन

    निर्वाचन १३ दिन बाँकी, मतदाता शिक्षासम्बन्धी टिकटक बनाउनुस्, ५० हजार जित्नुस्

    ‘मौन अवधि’ के हो ? मौन अवधि उल्लङ्घन भए के कारबाही हुन्छ ?

    चितवनमा थपिए ३४ मतदान केन्द्र

    आज राति १२ बजेदेखि निर्वाचन प्रचारप्रसार निषेध

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

कोशी प्रदेश ‘पान उत्कृष्ट नगरपालिका पुरस्कार–२०८२’ हलेसी तुवाचुङलाई

metakhabar by metakhabar
२४ जेष्ठ २०८२,
0
कोशी प्रदेश ‘पान उत्कृष्ट नगरपालिका पुरस्कार–२०८२’ हलेसी तुवाचुङलाई
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

खोटाङ, २४ जेठ : हलेसी तुवाचुङ नगरपालिकाले कोशी प्रदेश ‘पान उत्कृष्ट नगरपालिका पुरस्कार–२०८२’ प्राप्त गरेको छ । नेपालका प्रधानाध्यापकहरूको संस्था प्रिन्सिपल्स एसोसिएसन अफ नेपाल (पान)ले प्रत्येक वर्ष प्रदान गर्ने उत्कृष्ट नगरपालिका पुरस्कार यस वर्ष खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले प्राप्त गरेको हो ।

शिक्षा क्षेत्रमा गरेको नेतृत्व, प्रतिबद्धता र नवीन पहललाई प्रोत्साहन गर्दै हलेसी तुवाचुङ नगरपालिकालाई कोशी प्रदेशको पान उत्कृष्ट पुरस्कार–२०८२ प्रदान गरिएको प्रिन्सिपल्स एसोसिएसन अफ नेपालका अध्यक्ष सुदामप्रसाद गौतमले बताउनुभयो । प्राध्यापक डाक्टर विद्यानाथ कोइरालाको नेतृत्वमा गठित छनोट समितिले २५ ओटा शैक्षिक मापदण्डका आधारमा मूल्याङ्कन गरेर हलेसी तुवाचुङलाई कोशी प्रदेशकै उत्कृष्ट नगरपालिका ठहर गर्दै पुरस्करका लागि सिफारिस गरेको थियो ।

संस्थाको दोस्रो राष्ट्रिय सम्मेलनको अवसरमा हलेसी तुवाचुङ नगरपालिकालाई पुरस्कृत गरिएको हो । ‘नेतृत्वका नयाँ परिभाषा ः विद्यालय उत्कृष्टताका लागि परिवर्तनको अगुवाइ’ भन्ने मुल नारामा आयोजित सम्मेलनमा नेपाल सरकारका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले नगर प्रमुख विमला राईलाई दोसल्ला ओढाएर पुरस्कार प्रदान गर्नुभएको हो ।

देशभरका शिक्षाविद्, शैक्षिक क्षेत्र सुधारका नीति निर्माता, प्राध्यापक, शिक्षक, विद्यार्थी, अभिभावकलगायत एक हजारभन्दा बढीको सहभागिता रहेको सम्मेलनमा गाउँपालिकातर्फ कोशी प्रदेशमा ईलामको रोङ गाउँपालिका पुरस्कृत भएको छ । प्रिन्सिपल्स एसोसिएसन अफ नेपालको छनोटमा उत्कृष्ट नगरपालिका चयन भएर पुरस्कृत ग्रहण गर्न पाउँदा थप हौसला मिलेको नगरप्रमुख राईले बताउनुभयो ।

शैक्षिक क्षेत्रको सुधार अभियानमा लागेको हलेसी तुवाचुङ नगरपालिकामा ९० वटा विद्यालय सञ्चालनमा रहेका छन् । सामुदायिक विद्यालयहरूमा पछिल्लो तीन वर्षमा भौतिक पूर्वाधार विकास, शिक्षक दरबन्दी व्यवस्थापन, प्रसुति सट्टा शिक्षक, प्राविधिक तथा प्रविधियुक्त शैक्षिक कार्यक्रम विस्तार लगायतका काम भएका छन् ।

नगरपालिकाका विभिन्न विद्यालयमा गरी २६ वटा आरसिसी भवन निर्माण भएका छन् भने, २८ वटा सामुदायिक विद्यालयको भवन मर्मत गरिएको जनाइएको छ । कक्षाकोठा व्यवस्थापन, प्रयोगात्मक र व्यवहारिक सिकाइ केन्द्रको स्थापना, पुस्तकालय व्यवस्थापन, बालबालिकामैत्री संरचना निर्माण, खानेपानी र शौचालय व्यवस्थापन, बालमैत्री शिक्षण पद्धति अवलम्बन, शिक्षक तालिम, नियमित विद्यालय अनुगमन जस्ता विषयमा नगरपालिकाले सक्रियतापूर्वक कार्यसम्पादन गरिरहेको छ ।

महिलाले नेतृत्व गरेको हलेसी तुवाचुङ नगरपालिकामा दिवाखाजा, छात्रवृत्तिजस्ता शैक्षिक गुणस्तर सुरधारका कार्यक्रम प्रभावकारीरूपमा अगाडि बढाइएको छ । नगरपालिकाले शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेसँगै शैक्षिक उपलब्धिमा समेत उल्लेख्य सुधार आएको अभिभावकहरूले बताएका छन् ।

सुशासन र शैक्षिक विकासमा हलेसी तुवाचुङ नगरपालिकाले छोटो समयमै जिल्लामा फड्को मारेको छ । महालेखापरीक्षकको ६२ औँ वार्षिक प्रतिवेदनअनुसार हलेसी तुवाचुङ नगरपालिकाको बेरूजु फछ्र्योट शून्य दशमलव १५ प्रतिशत मात्रै देखिएको छ ।

दश स्थानीय तह रहेको जिल्लामा हलेसी तुवाचुङ नगरपालिका बेरूजु फछ्र्योट गर्नेमा जिल्ला प्रथम भएको छ भने, प्रदेशमा तेस्रो तथा देशभरका ७५३ स्थानीय तहमध्ये दशौँ स्थानमा आएको छ । दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा ऐसेलुखर्क गाउँपालिका दोस्रो तथा रावाबेँसी गाउँपालिका तेस्रो भएका छन्
—

Previous Post

मस्कसँग सम्बन्ध बिग्रिएपछि टेस्ला कार बेच्दै ट्रम्प !

Next Post

भारतमा कोरोनाका सक्रिय केस ५ हजार नाघे

metakhabar

metakhabar

सम्बन्धित खबर

जीवन शैली

आजको मौसम : पहाडी र हिमाली भेगका एकदुई स्थानमा हल्का वर्षाको पूर्वानुमान

१९ फाल्गुन २०८२,
मिथिला माध्यमिकी परिक्रमाः कञ्चनवन पुगेर होली खेलियो
आवाज

तराईका जिल्लामा आज होली मनाइँदै

१९ फाल्गुन २०८२,
पेट्रोलियम पदार्थ आयात निरन्तर उकालो
आर्थिक

चुनावमा पनि इन्धन नियमित हुन्छ : आयल निगम

१९ फाल्गुन २०८२,
निर्वाचन १० दिन बाँकीः जनप्रतिनिधिलाई निर्वाचन प्रचार प्रसारमा सहभागी नहुन आग्रह
फिचर-ब्यानर

निर्वाचन आउन दुई दिन बाँकीः आचारसंहिता अनुगमन अधिकृतलाई आयोगको निर्देशन

१९ फाल्गुन २०८२,
निर्वाचन १३ दिन बाँकी, मतदाता शिक्षासम्बन्धी टिकटक बनाउनुस्, ५० हजार जित्नुस्
आवाज

‘मौन अवधि’ के हो ? मौन अवधि उल्लङ्घन भए के कारबाही हुन्छ ?

१८ फाल्गुन २०८२,
चितवनमा थपिए ३४ मतदान केन्द्र
आवाज

आज राति १२ बजेदेखि निर्वाचन प्रचारप्रसार निषेध

१८ फाल्गुन २०८२,
Load More
Next Post
भारतमा कोरोनाका सक्रिय केस ५ हजार नाघे

भारतमा कोरोनाका सक्रिय केस ५ हजार नाघे

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In