• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, October 18, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    नागरिकका प्रश्न र विचारका लागि ‘खुलामञ्च’ आवश्यक छः सभापति थापा

    नागरिकले विश्वास गर्ने राजनीति पार्टी बनाउँछु : सभापति थापा

    सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ

    सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ

    आश्विन शुक्ल चतुर्थी ः कुष्माण्डा देवीको पूजाआराधना गरिँदै

    नवरात्रको सातौँ दिनः शक्तिपीठ एवं देवी मन्दिरमा भक्तजनको लामो लाम

    आणविक सम्झौता नभए इरानविरूद्ध आक्रमणको नेतृत्व गर्ने ट्रम्पको चेतावनी

    रुसी ऊर्जामाथिको अमेरिकी प्रतिबन्धमा ट्रम्पको छुट

    सुस्ताएको अर्थतन्त्रलाई चलायमान बनाउने बजेट ल्याउन व्यवसायीको माग

    दसैँ–तिहारको रौनकबीच हराउँदै पारिवारिक आत्मीयता, बदलिँदो नेपाली समाजप्रति चिन्ता

    जाँचबुझ आयोगले मेयर बालेनलाई पठायो पत्र

    बडादसैँको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री भन्नुहुन्छः विदेशिनुपर्ने बाध्यता अन्त्य गर्न सरकार प्रतिबद्ध छ

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

स्रोतलाई प्रभावकारी ढङ्गले उपयोग गर्नेगरी बजेट आएको छ : उपप्रधानमन्त्री पौडेल

metakhabar by metakhabar
२१ जेष्ठ २०८२,
0
आगामी आर्थिक वर्षको बजेटको आकार १९ खर्ब ६४ अर्ब ११ करोड हुने
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पाटन (ललितपुर), २१ जेठः उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले स्रोतलाई प्रभावकारी ढङ्गले उपयोग गर्नेगरी आर्थिक वर्ष २०८२ / ८३ को बजेट आएको बताउनुभएको छ ।

नेपाल पूर्वाधार पत्रकार समाजले आज ललितपुरमा आयोजना गरेको बजेटमा पूर्वाधार क्षेत्र र कार्यान्वयन विषयम पूर्वाधार छलफलमा उहाँले पूर्वाधार निर्माणमा देशको आवश्यकता र उपलब्ध स्रोतको बीचमा रहेर स्रोतको दुरुपयोग हुन नदिने गरी बजेट निर्माण भएको जानकारी दिनुभयो ।

“पूर्वाधार निर्माणमा सबैले भोग्दै आएको समस्या समाधानका लागि केही सुधारका प्रयास गरेका छौँ, यी सुधार आगामी दिनमा परिणाममुखी बन्न सकोस्, बजेट एउटा अङ्कको दस्ताबेज मात्रै हो, यसको विश्वसनीयतामाथि प्रश्न नउठ्ने गरी यथार्थमा आधारित रहेर बजेट आएको छ, आलोचना सुन्नुपरेको छैन”, उहाँले भन्नुभयो ।

उपप्रधानमन्त्री पौडेलले बजेट अनुशासनका दृष्टिकोणले स्रोतको सही व्यवस्था गर्नेगरी पुँजीगत खर्चको लागि बजेट व्यवस्थापन गरिएको छ भन्नुभयो । “हामीले विगतमा साधारण खर्चलाई वृद्धि गर्दै आएका थियौँ, त्यसलाई निश्चित सीमामा बाँध्न कठिन प्रयास गरिएको छ, सार्वजनिक खरिद ऐनको विषयमा लामो समयदेखि चर्चा चल्ने गरेको छ, केही समय अगाडि भएको १४औँ संशोधनले केही कुराहरु समाधान गरेको छ, सबैका सुझाव सङ्कलन गरेर नेपालको निर्माण क्षेत्र सार्थक रुपमा अगाडि बढ्न सकोस् भन्ने गरी संशोधन गर्न तत्पर छौँ”, उहाँले भन्नुभयो ।

उहाँले निर्माण सामग्रीको अभावमा निर्माणका कामहरु प्रभावित बन्नुहुँदैन भन्दै वातावरणीय अध्ययन गरेर उपयुक्त स्थानबाट मात्रै खानीजन्य र नदीजन्य सामग्रीहरु उत्खनन गर्छौं भन्नुभयो । उहाँले विकासका ठूला आयोजनाका लागि बजेटले वैकल्पिक विकास वित्तको प्रयोग गर्नेगरी व्यवस्थापन गरेकाले सोहीअनुसारका कानुन संसद्बाट पारित हुने विश्वास व्यक्त गर्नुभयो ।

नेपाल निर्माण व्यवसायी महासङ्घका अध्यक्ष रवि सिंहले विगतको तुलनामा यस आर्थिक वर्षको बजेटमा पुँजीगत खर्च वृद्धि भए पनि आशातीत रुपमा वृद्धि हुन् नसकेको बताउनुभयो । “सरकारले यस वर्षको बजेटमा चालु खर्च नियन्त्रण गर्न नसकेको देखिन्छ, पुँजीगत खर्च वृद्धि नगरी राजस्वको लक्ष्य र आर्थिक वृद्धिदरको प्रक्षेपणअनुसारको उपलब्धि प्राप्त हुन सक्दैन, अत्यन्तै न्युनतम मूल्यमा ठेक्का हत्याउने र कार्टेलिङ गरेर ठेक्कामा कब्जा गर्ने पद्धति मुलुककै लागि दुर्भाग्य भएको छ, यस्ता प्रवृत्तिलाई अन्त्य गरिनुपर्छ, ऐन, नियम र कानुनका भएका कमीकमजोरी सुधार गर्नुपर्ने, जिम्मेवारीमा रहेर पनि पदीय दायित्व पूरा नगर्ने कर्मचारीमाथि कारबाही गरिनुपर्ने, आयोजना सम्पन्न भएपछि सहजै बैक ग्यारेन्टी प्राप्त गर्नसक्ने व्यवस्था गरिनु आवश्यक छ ।” उहाँले भन्नुभयो ।

नेपाल सरकारका पूर्वसचिव अर्जुनजङ्ग थापाले पूर्वाधार निर्माण गर्दा आयोजनाको तयारी गरेर मात्रै लगानी गर्नुपर्नेमा ध्यानाकर्षण गराउनुभयो । “देशको कूल गाहस्थ्र्य उत्पादन वृद्धि हुँदै गए पनि यथार्थता पुँजीगत खर्च कम हुँदै गएको छ, स्रोतको यकिन नहुँदा बजेटमा समस्या छ, गत वर्ष ५ दशमलव २९ प्रतिशत बजेट पूर्वाधार क्षेत्रमा लगानी भएको थियोे, यस वर्ष पनि पूर्वाधार क्षेत्रमा पर्याप्त बजेट विनियोजन हुन सकेन, सरकारको कार्यसम्पादन क्षमता, राजस्व सङ्कलन क्षमता र निकासा गर्ने पद्धति कमजोर रहेको छ, भत्किएका राजमार्ग पुनर्निर्माणमा यथेष्ट बजेट विनियोजन नभएको अवस्था छ ।” उहाँले भन्नुभयो ।

उहाँले सङ्घीयताको मर्मविपरीत केन्द्रीय तहबाट वडास्तरीय सडकको निर्माणमा ध्यान दिने हैन भन्दै खरिद प्रक्रियालाई नियन्त्रणमुखीभन्दा पनि परिणाममुखी बनाइनुपर्छ भन्नेमा जोड दिनुभयो । नेपाल पूर्वाधार पत्रकार समाजका अध्यक्ष सुनिता कार्कीले भौतिक पूर्वाधार क्षेत्रसँग जोडिएका समस्या, सम्बन्धित मन्त्रालय, योजना आयोग र राष्ट्र बैंकको भूमिकाको विषयमा छलफल गरेर समाधान निकाल्नका लागि यो छलफल आयोजना गरिएको बताउनुभयो ।

Previous Post

अन्तरिक्ष यात्रा : ब्रह्माण्ड बुझ्ने दिशामा नयाँ पाइला

Next Post

प्रधानमन्त्रीसमक्ष निर्यात व्यवसायी महासङ्घको सुुझाव प्रस्तुत

metakhabar

metakhabar

सम्बन्धित खबर

नागरिकका प्रश्न र विचारका लागि ‘खुलामञ्च’ आवश्यक छः सभापति थापा
जीवन शैली

नागरिकले विश्वास गर्ने राजनीति पार्टी बनाउँछु : सभापति थापा

१ कार्तिक २०८३,
सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ
जीवन शैली

सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ

१ कार्तिक २०८३,
आश्विन शुक्ल चतुर्थी ः कुष्माण्डा देवीको पूजाआराधना गरिँदै
आवाज

नवरात्रको सातौँ दिनः शक्तिपीठ एवं देवी मन्दिरमा भक्तजनको लामो लाम

१ कार्तिक २०८३,
आणविक सम्झौता नभए इरानविरूद्ध आक्रमणको नेतृत्व गर्ने ट्रम्पको चेतावनी
अन्तर्राष्ट्रिय

रुसी ऊर्जामाथिको अमेरिकी प्रतिबन्धमा ट्रम्पको छुट

१ कार्तिक २०८३,
सुस्ताएको अर्थतन्त्रलाई चलायमान बनाउने बजेट ल्याउन व्यवसायीको माग
आर्थिक

दसैँ–तिहारको रौनकबीच हराउँदै पारिवारिक आत्मीयता, बदलिँदो नेपाली समाजप्रति चिन्ता

१ कार्तिक २०८३,
जाँचबुझ आयोगले मेयर बालेनलाई पठायो पत्र
आवाज

बडादसैँको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री भन्नुहुन्छः विदेशिनुपर्ने बाध्यता अन्त्य गर्न सरकार प्रतिबद्ध छ

१ कार्तिक २०८३,
Load More
Next Post
प्रधानमन्त्रीसमक्ष निर्यात व्यवसायी महासङ्घको सुुझाव प्रस्तुत

प्रधानमन्त्रीसमक्ष निर्यात व्यवसायी महासङ्घको सुुझाव प्रस्तुत

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In