• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, March 3, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार

    चन्दा उठाएर रामजानकी मन्दिर मर्मत

    प्रेस काउन्सिलले आचारसंहिता अनुगमन प्रभावकारी बनाउने

    आचारसंहिताको पूर्ण परिपालना गर्न काउन्सिलको आग्रह

    सुनको मूल्य घट्यो

    सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

    प्रमुख लामा हटाएको विषयमा गुठी संस्थानमाथि निर्वाचन आयोगको छानबिन सुरु

    प्रतिनिधिसभा निर्वाचनः विभिन्न जिल्लामा निर्वाचनको तयारी अन्तिम चरणमा

    पोखरामा आजदेखि दैनिक पाँच घण्टा बिजुली आपूर्ति बन्द हुने

    गण्डकीमा निर्वाचन सुरक्षा चुस्त

    एचपिभी खोप लगाउन स्वास्थ्यकर्मी घरघरमा

    एचपिभी खोप लगाउन स्वास्थ्यकर्मी घरघरमा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार

    चन्दा उठाएर रामजानकी मन्दिर मर्मत

    प्रेस काउन्सिलले आचारसंहिता अनुगमन प्रभावकारी बनाउने

    आचारसंहिताको पूर्ण परिपालना गर्न काउन्सिलको आग्रह

    सुनको मूल्य घट्यो

    सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

    प्रमुख लामा हटाएको विषयमा गुठी संस्थानमाथि निर्वाचन आयोगको छानबिन सुरु

    प्रतिनिधिसभा निर्वाचनः विभिन्न जिल्लामा निर्वाचनको तयारी अन्तिम चरणमा

    पोखरामा आजदेखि दैनिक पाँच घण्टा बिजुली आपूर्ति बन्द हुने

    गण्डकीमा निर्वाचन सुरक्षा चुस्त

    एचपिभी खोप लगाउन स्वास्थ्यकर्मी घरघरमा

    एचपिभी खोप लगाउन स्वास्थ्यकर्मी घरघरमा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

‘विवाह गर्नुपूर्व सिकलसेल छ वा छैन भन्ने जाँच गराउन आवश्यक हुन्छ’

metakhabar by metakhabar
२० जेष्ठ २०८२,
0
‘विवाह गर्नुपूर्व सिकलसेल छ वा छैन भन्ने जाँच गराउन आवश्यक हुन्छ’
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

राँझा (बाँके)। नेपालगञ्जस्थित भेरी अस्पतालमा सिकलसेलका बिरामीका लागि छुट्टै वार्ड सञ्चालनमा आएपछि बिरामीलाई उपचारमा सहजता भएको छ ।

छ महिनाअघि गत पुसदेखि भेरी अस्पतालमा सिकलसेलका बिरामीको लागि १६ शय्याको छुट्टै वार्ड सञ्चालमा आएको छ । सिकलसेल वार्ड सञ्चालन भएपछि बिरामीले शय्याका नपाउने समस्या अन्त्य भएको भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा निराजन सुवेदीले जानकारी दिए ।

“सिकलसेल वार्ड सञ्चालन भएपछि बिरामीलाई शय्याका नपाउने र उपचारका लागि पालो पर्खिनुपर्ने समस्या हटेको छ”, मेडिकल सुपरिटेन्डेन्ट डा सुवेदीले भने, “अहिले सिकलसेलका बिरामीले सहज रूपमा उपचार पाइरहनुभएको छ ।”

भेरी अस्पतालमा सिकलसेल एनिमियाको जाँच निःशुल्क हुनुका साथै सिकलसेल एनिमिया भएको प्रमाणित भएका बिरामीले विभिन्न समयमा गरी एक लाख बराबरको औषधि र जाँच सेवा पाउने व्यवस्था रहेको छ । सङ्घीय सरकार र प्रदेश सरकारले सिकलसेलका बिरामीको उपचारका लागि छुट्टाछुट्टै बजेट विनियोजन गरेका कारण उपचार सेवामा सहजता भएको मेडिकल सुपरिटेन्डेन्ट सुवेदीले बताए ।

सिकलसेल एनिमिया रोग थारू समुदायमा जनस्वास्थ्य समस्याका रूपमा रहेको छ । सिकलसेल रोगबाट पीडित बारबर्दिया नगरपालिका, बर्दियाका दीपक थारूले भेरी अस्पतालमा छुट्टै वार्ड सञ्चालन हुँदा धेरै राहत मिलेको बताए ।

भेरी अस्पतालमा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशअन्तर्गत विभिन्न जिल्लाका एक हजार ११२ सिकलसेलका बिरामीले उपचार सेवा लिइरहेको सिकलसिल परामर्शदाता उषाकुमारी वलीले बताइन् । उनका अनुसार, यो सङ्ख्या २०७२ सालदेखि हालसम्म विभिन्न अस्पतालका प्रयोगशालामा परीक्षण गर्दा सिकलसेल एनिमिया पुष्टि भई उपचारका लागि भेरी अस्पतालमा दर्ता भएका बिरामी हुन् ।

अस्पतालमा उपचारका लागि आउने सिकलसेल एनिमियाका बिरामीलाई तालिमप्राप्त स्वास्थ्यकर्र्मीबाट रोगका बारेमा मनोसामाजिक परामर्श दिनुका साथै उनीहरूले अपनाउनुपर्ने सावधानीका बारेमा जानकारी दिने गरिएको परामर्शदाता वलीले जानकारी दिइन् ।

बाँकेको कोहलपुरमा पनि २०७७ साल चैतदेखि सिकलसेल एनिमिया जाँच हुँदै आएको छ । हालसम्म १३ हजार ५०० जनाको जाँच गर्दा ७० जनामा सिकलसेल एनिमिया पुष्टि भएको कोहलपुर नगर अस्पताल ल्याबका सिकलसेल स्रोत व्यक्ति शिव गौतमले जानकारी दिए।

बाँकेको राप्तीसोनारी गाउँपालिकामा पनि सिकलसेल एनिमिया प्रभावितहरू रहेका छन् । स्वास्थ्य केन्द्रहरूमा स्क्रिनिङ शिविर सञ्चालन गर्दा सात जना सिकलसेल बिरामीको पुष्टि भएको राप्ती सोनारी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख देवेन्द्र केसीले बताए ।

उनले यो वर्ष पनि स्क्रिनिङ शिविर सञ्चालन गर्ने योजना रहे पनि बजेट व्यवस्थापन नहुँदा सञ्चालन हुन नसकेको बताए । राप्ती सोनारीको वडा नं २, ८ र ९ सिकलसेल एनिमिया प्रभावित क्षेत्र रहेको केसीको भनाइ छ ।

सिकलसेल एनिमिया एक प्रकारको रक्तअल्पता भएको सिकलसेल एनिमिया विशेषज्ञ भेरी अस्पतालका डा राजन पाण्डेले बताए । उनले यो वंशाणुगत रूपमा मात्र सर्ने हुँदा थारू समुदायमा जनस्वास्थ्य समस्याका रूपमा देखापरेको उल्लेख गरे ।

उनले सिकलसेल एनिमिया तराईमा औलोको जोखिम हुँदा औलोबाट जोगिएका रैथानेहरूमा मात्र देखापरेको जानकारी दिँदै यो रोगमा जण्डिस हुने, हातखुट्टाको जोर्नी दुख्ने बाथजस्तो हुने भए पनि यो रोग वंशाणुगतबाहेक एक व्यक्तिबाट अर्को व्यक्तिमा नसर्ने बताए ।

“यो रोग वंशाणुगत रूपमा मात्र सर्छ बैलैमा जाँच गर्न सके वा वैवाहिक जीवन सुरु गर्दा नै केही सावधानी अपनाउँदा यो रोगबाट बच्न सकिन्छ”, उनले भने, “सिकलसेलका बिरामी–बिरामीबीच विवाह हुँदा जन्मने बच्चा पनि सिकलसेलकै बिरामी जन्मने हुँदा भरसक विवाह गर्दा सिकलसेल छ वा छैन भन्ने जाँच गराउन आवश्यक हुन्छ ।”

उनले सिकलसेल एनिमिया नेपालमा थारू समुदायमा मात्र जनस्वास्थ्य समस्याका रूपमा रहेको र अन्य जातका मानिसमा पनि फाटफुट देखापरेकाले सबैले भरसक आफूलाई सिकलसेल भए÷नभएको जाँच गर्न आवश्यक रहेको बताए ।

सामान्य व्यक्तिमा रक्तकोषको आकार गोलो पैसाजस्तो हुनुका साथै रक्तकोषको आयु एक सय २० दिन हुने भए पनि सिकलसेल एनिमिया हुनेको रक्तकोषको आकार हसियाजस्तो हुनुका साथै आयु पनि २० दिनमात्र हुने भएकाले बिरामीमा रगतको कमी हुने डा पाण्डेको भनाइ छ ।

Previous Post

पर्वतारोहणलाई सुुरक्षित बनाउन सरकार क्रियाशील छः प्रधानमन्त्री

Next Post

उखुखेतीबाट लाखौँ आम्दानी

metakhabar

metakhabar

सम्बन्धित खबर

आवाज

चन्दा उठाएर रामजानकी मन्दिर मर्मत

१९ फाल्गुन २०८२,
प्रेस काउन्सिलले आचारसंहिता अनुगमन प्रभावकारी बनाउने
आवाज

आचारसंहिताको पूर्ण परिपालना गर्न काउन्सिलको आग्रह

१९ फाल्गुन २०८२,
सुनको मूल्य घट्यो
आर्थिक

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

१९ फाल्गुन २०८२,
प्रमुख लामा हटाएको विषयमा गुठी संस्थानमाथि निर्वाचन आयोगको छानबिन सुरु
फिचर-ब्यानर

प्रतिनिधिसभा निर्वाचनः विभिन्न जिल्लामा निर्वाचनको तयारी अन्तिम चरणमा

१९ फाल्गुन २०८२,
पोखरामा आजदेखि दैनिक पाँच घण्टा बिजुली आपूर्ति बन्द हुने
आवाज

गण्डकीमा निर्वाचन सुरक्षा चुस्त

१९ फाल्गुन २०८२,
एचपिभी खोप लगाउन स्वास्थ्यकर्मी घरघरमा
समाचार

एचपिभी खोप लगाउन स्वास्थ्यकर्मी घरघरमा

१९ फाल्गुन २०८२,
Load More
Next Post
उखुखेतीबाट लाखौँ आम्दानी

उखुखेतीबाट लाखौँ आम्दानी

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In