• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, March 11, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    प्रचारप्रसार नहुँदा ओझेलमा शुक्लाफाँटा

    जनावरबाट जोगिन शुक्लाफाँटामा ‘मेसवायर’

    प्रहरी विधेयक अलपत्र, ऐन पारित अन्योलमा

    वायु प्रदूषणबाट सावधानी अपनाउन प्रहरीको सार्वजनिक अनुरोध

    वायु प्रदूषण घटाउने परियोजनाका लागि सात अर्ब सात करोड बीस लाख वित्तीय सहयोग

    यी छ वटामध्ये एउटा सक्कल परिचयपत्रले मतदान गर्न पाइने

    प्रतिनिधिसभा सदस्य निर्वाचनः सकियो समानुपातिकतर्फको मतगणना

    सुनको मूल्य घट्यो

    सुनकोे मूल्य बढ्यो, चाँदीको स्थिर

    प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा नेपालले स्थिरता र प्रगतिमा अघि बढोसः संयुक्त राष्ट्रसंघ

    राष्ट्रसङ्घद्वारा नेपालको प्रस्ताव पारित, मुलुकका निम्ति महत्वपूर्ण कूटनीतिक उपलब्धि

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    प्रचारप्रसार नहुँदा ओझेलमा शुक्लाफाँटा

    जनावरबाट जोगिन शुक्लाफाँटामा ‘मेसवायर’

    प्रहरी विधेयक अलपत्र, ऐन पारित अन्योलमा

    वायु प्रदूषणबाट सावधानी अपनाउन प्रहरीको सार्वजनिक अनुरोध

    वायु प्रदूषण घटाउने परियोजनाका लागि सात अर्ब सात करोड बीस लाख वित्तीय सहयोग

    यी छ वटामध्ये एउटा सक्कल परिचयपत्रले मतदान गर्न पाइने

    प्रतिनिधिसभा सदस्य निर्वाचनः सकियो समानुपातिकतर्फको मतगणना

    सुनको मूल्य घट्यो

    सुनकोे मूल्य बढ्यो, चाँदीको स्थिर

    प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा नेपालले स्थिरता र प्रगतिमा अघि बढोसः संयुक्त राष्ट्रसंघ

    राष्ट्रसङ्घद्वारा नेपालको प्रस्ताव पारित, मुलुकका निम्ति महत्वपूर्ण कूटनीतिक उपलब्धि

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

छ महिनापछि घर फर्किए तिङ्करवासी

metakhabar by metakhabar
१८ जेष्ठ २०८२,
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

दार्चुला, १८ जेठः दार्चुलाको उत्तरी सिमानामा अवस्थित तिङ्कर गाउँमा स्थानीयहरु छ महिनापछि गाउँ फर्किएका छन् । गत मङ्सिरमा चिसो छल्न गाउँ छोडेर खलङ्गा झरेका ७० परिवार पुनःगाउँ फर्किएका हुन् ।

गएको मङ्सिरमा कठोर जाडो छल्न गाउँ छाडेका यहाँका स्थानीयवासीहरू वैशाख अन्तिम सातामात्रै पुनःफर्किएका छन् । “छ महिनापछि फर्कंदा आफ्नो घरको ढोका देवीदेवता भरोसामा जस्ताकोतस्तै रहेछ”, स्थानीय जसपाल तिङकरीले भन्नुभयो, “छोडिएका घरका ताला खुलेका छन् ।” गाउँलेहरु घर फर्किएपछि अहिले गाउँमा चहलपहल बढेको छ ।

तिङ्कर पुग्न नेपालकै भूमि भएर जान सकिने गोरेटो बाटो छैन । स्थानीयहरू भारतको बाटो हुँदै कठिन यात्रा गरी गाउँ पुगेका छन्, वडा नं १ का सदस्य एवं तिङ्करका स्थानीय हितेश बुढाथोकीले भन्नुभयो, “आफ्नै भूमि भएर गाउँ फर्किन नपाउँदा नरमाइलो लाग्छ ।” आफ्नो गाउँ जान भारतीय अनुमति लिनुपर्दा अपमानित महसुस हुने गरे पनि समयमै पूर्वाधार निर्माणमा ढिलाइ गर्दा यहाँका नागरिकले सास्ती खेप्नुपरेको छ ।

केही वर्षअघि तिङ्कर पुग्न नेपाली गोरेटो बाटो प्रयोग हुन्थ्यो । गोरेटो बाटो मर्मतमा ध्यान नजाँदा स्थानीयले केही वर्षदेखि आफ्नै गाउँ फर्किन भारतीय भूमि र भारतीय अनुमतिको भरपर्नु परेको छ । व्यास गाउँपालिका अध्यक्ष मङ्गलसिह धामी भन्नुहुन्छ, “व्यास गाउँपालिका–१ को छाङ्गरु तिङ्कर जोड्ने गरी पटकपटक बजेट नगएको भने होइन् । तर नियमन निकायको अभाव भयो । बजेटको सही प्रयोग हुन नसक्दा यो बाटो कहिल्यै बनेन ।” तत्कालीन जिल्ला विकास समिति, गाउँविकास समितिमार्फत बजेट गयो । २०७४ मा स्थानीय सरकार बनेपछि गाउँपालिकाले लगानी ग¥यो । गत वर्ष पनि बाटो मर्मतसम्भारमा करोड खर्च भयो । तर बाटोको अवस्था उस्ताको उस्तै छ ।

विगतमा केही ठाउँमा भारतीय सडक निर्माणका क्रममा नेपालतिरको बाटो अवरुद्ध भएको स्थानीयबासी बताउँछन् । ठाउँठाउँमा भारतले महाकाली नदी किनारैकिनार सडक बनाउँदा बाँध बाँधिदिँदा नेपालतर्फको बाटो क्षति हुन पुगेको छ । केही ठाउँमा पहिरो गएपछि बाटो अवरुद्ध भयो । तम्बाकुलगायत क्षेत्रमा नेपालतिर नदीले पूरै कटान गरेपछि पूर्ण रुपमा बाटो बन्द भएको वडाअध्यक्ष योगेश बोहरा बताउनुहुन्छ ।

नेपालतिर बाटो नबनेकै कारण व्यासका नागरिक मात्र होइन्, व्यासमा कार्यरत सशस्त्र प्रहरी बल नेपाल नम्बर ५० गुल्म, इलाका प्रहरी कार्यालय छाङ्गरु, बिओपी तिङ्कर तथा सीमा चौकी तिङ्करी प्रहरी लगायतले भारतकै बाटोको भर पर्नुपरेको छ । सरकारले विशेष अनुदानअन्तर्गत चालू आर्थिक वर्षमा रु पाँच करोड ५० लाख बजेट पठाएको भए पनि बोलपत्रमा ढिलाइ हुँदा बाटो बन्न सकेन । निर्माण कम्पनी छनोटमा भएको ढिलाइले गाउँपालिकाले केही दिन अघिमात्रै निर्माण कम्पनी छनोट गरेको छ ।

विसं २०७७ जेठ ७ गते सरकारले चुच्चे नक्सा जारी गर्दा स्थानीय निकै खुसी थिए । “भूगोल नआए पनि नक्सामा हाम्रो भन्ने अधिकार पाएको महसुस ग¥यौँ”, स्थानीय जसमल बुढाथोकीले सुनाउनुभयो, “अब चाँडै आफ्नै देश भएर आवतजावत गर्ने वातावरण बनोस् ।” यहाँका बासिन्दा वर्षको आधा समय खलङ्गामा र बाँकी समय तिङ्करमा बस्ने गर्छन् । उनीहरुको भाषामा यसलाई ‘कुञ्चा’ सर्नु भनिन्छ । कुञ्चा भनेको सौका समुदायको भाषामा बसाइँसराइ हो । समुद्र सतहबाट तीन हजार ३०० मिटर उचाइमा अवस्थित यस गाउँमा हिउँदको समयमा छ फिटभन्दा बढी हिउँपर्ने हुँदा बस्न सकिँदैन तिङ्करी भन्नुहुन्छ । चिसो छल्न उनीहरू परिवार, पशुचौपाया, खाद्यान्नसहित खलङ्गातिर सर्छन् ।

चिसो मौसम भएका कारण छ महिना गाउँ सुनसान हुन्छ । घरका ढोकामा चाबी लगाइएको हुन्छ । तिङ्करीले थप्नुभयो, “अहिलेसम्म गाउँमा चोरी भएको घटना छैन ।” यहाँका बासिन्दाको मुख्य जीविकोपार्जन कृषि, व्यापार र जडीबुटी सङ्कलन हो । यहाँ फापर, उवा, काकनु, आलु गहुँजस्ता अन्नबाली उत्पादन हुन्छ । उनीहरू गाई, चौँरी, खच्चड, घोडा, बाख्रा पाल्छन् । अहिले गाउँ पुगेपछि स्थानीय आलु फापर, गहुँ, छर्ने तयारीमा छन् ।

यहाँ स्वास्थ्यचौकी नहुँदा वर्षको करिब छ महिना पनि उनीहरूलाई सामान्य रोग लाग्दा भारतमा पुग्नुपर्ने बाध्यता छ । धेरैले सिटामोल, दमलगायतका औषधि खलङ्गाबाटै आफूसँगै बोकेर लिने गर्छन् । व्यास–१ को छाङ्गरुमा स्वास्थ्यचौकी छ । तर तिङ्कर गाउँबाट छाङ्गरु आउनजाउन गर्न पाँच घण्टा बढी समय लाग्छ । गाउँमा युवा नहुँदा कोही बिरामी परेमा बोक्ने मानिस पाउन पनि मुस्किल पर्छ । “पहिले त कोही विरामी हुँदा पनि चार÷पाँच दिनपछि खबर पाउने अवस्था थियो”, बुढाथोकीले भन्नुभयो, “गत वर्षबाट ल्याण्डलाइन र नेपाल टेलिकमको टु जी फोन सञ्चालन भएपछि केही सहज भएको छ ।”

यहाँको मौसम निकै चिसो हुने भएकाले चिसोका कारण बिरामी पर्ने जोखिम उच्च छ । वडा सचिव विनोदसिंह बुढाथोकीका अनुसार तिङ्करमा तीन–चार वर्षअघि निर्माण थालिएको स्वास्थ्य भवन अझै पूरा हुन सकेको छैन । “समयमै बजेट नआउँदा स्वास्थ्य संस्था सञ्चालनमा आउन सकेको छैन् ।”

चीनसँगको व्यापार खुला हुँदा तिब्बतसँग किनमेल गर्थे । पछिल्लो समय भने चीनबाट खाद्यान्न आउन रोकिएको छ । नेपालमा मात्रै बसोबास गर्ने व्यासी सौका समुदायको मात्रै यहाँ बसोबास हुन्छ ।

परम्परागत घरहरुले सुन्दरता दिएको छ । तिङ्कर प्राकृतिक रुपमा अत्यन्त सुन्दर छ । फुलेका मनमोहक फूल, घर नजिकै देखिने नाउर जस्ता वन्यजन्तु, अपि हिमाललगायतका हिम ऋङ्खलाहरु, सुदूर हिमाली जीवनशैलीले यहाँलाई विशेष बनाउँछ । सौका समुदायले आफ्नै भाषा ‘रङ’ बोल्छन् ।

तिङ्करमा प्रहरीको बसाइँ पनि छ महिनामात्रै

दार्चुलाको तिङ्कर क्षेत्रमा प्रहरी र सशस्त्र प्रहरीको बसाइ पनि अधिकतम छ महिनासम्म मात्र हुने गरेको छ । चिसो मौसमका कारण सुरक्षाकर्मीहरू स्थानीय जस्तै बसाइँ सर्नुपर्ने अवस्था आइपरेको हो ।

स्थानीयको कुञ्चा गाउँ पुग्नेबेला सशस्त्र प्रहरी तिङ्कर उक्लिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ५० गुल्मका गुल्मपति लिलीबहादुर चन्दले बताउनुभयो । अहिले सशस्त्र प्रहरी बल नेपाल ४४ गण हेडक्वाटर दार्चुलाबाट प्रहरीको टोली तिङ्करमा खटिएको छ । उनीहरू भारतीय बाटो हुँदै तिङ्करको छायालेक बिओपी पुगेका हुन् ।

दुई वर्षदेखि तिङ्करको छायालेकमा सशस्त्र प्रहरी बस्न थालेको हो । व्यासकै छाङ्गरुमा गुल्म रहेको छ । चुच्चे नक्सा जारी भएसँगै यहाँ सुरक्षाकर्मी राखिएको हो । छाङ्गरुमा सशस्त्र प्रहरी र नेपाल प्रहरी वर्षभरि नै बस्ने गर्छन् । नेपाल प्रहरी पनि केही दिनअघि मात्रै तिङ्कर पुगिसकेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक छत्र रावतले बताउनुभयो ।

Previous Post

सुनकोशी मरिन डाइभर्सन परियोजना समयमा सम्पन्न नभए ठेक्का तोडिनेछः प्रधानमन्त्री ओली

Next Post

बच्चा कोरल्दै आगन्तुक चरा

metakhabar

metakhabar

सम्बन्धित खबर

प्रचारप्रसार नहुँदा ओझेलमा शुक्लाफाँटा
आवाज

जनावरबाट जोगिन शुक्लाफाँटामा ‘मेसवायर’

२७ फाल्गुन २०८२,
प्रहरी विधेयक अलपत्र, ऐन पारित अन्योलमा
आर्थिक

वायु प्रदूषणबाट सावधानी अपनाउन प्रहरीको सार्वजनिक अनुरोध

२७ फाल्गुन २०८२,
आर्थिक

वायु प्रदूषण घटाउने परियोजनाका लागि सात अर्ब सात करोड बीस लाख वित्तीय सहयोग

२७ फाल्गुन २०८२,
यी छ वटामध्ये एउटा सक्कल परिचयपत्रले मतदान गर्न पाइने
आवाज

प्रतिनिधिसभा सदस्य निर्वाचनः सकियो समानुपातिकतर्फको मतगणना

२७ फाल्गुन २०८२,
सुनको मूल्य घट्यो
आर्थिक

सुनकोे मूल्य बढ्यो, चाँदीको स्थिर

२७ फाल्गुन २०८२,
प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा नेपालले स्थिरता र प्रगतिमा अघि बढोसः संयुक्त राष्ट्रसंघ
अन्तर्राष्ट्रिय

राष्ट्रसङ्घद्वारा नेपालको प्रस्ताव पारित, मुलुकका निम्ति महत्वपूर्ण कूटनीतिक उपलब्धि

२७ फाल्गुन २०८२,
Load More
Next Post
बच्चा कोरल्दै आगन्तुक चरा

बच्चा कोरल्दै आगन्तुक चरा

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In