• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, August 25, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    राप्ती तथा बहादुरगन्जका आँखा अस्पताल : सेवासँगै समुदायमा आँखा स्वास्थ्य शिक्षा

    राप्ती तथा बहादुरगन्जका आँखा अस्पताल : सेवासँगै समुदायमा आँखा स्वास्थ्य शिक्षा

    गत आवमा पाँच सय घरमा खानेपानीको पहुँच

    गत आवमा पाँच सय घरमा खानेपानीको पहुँच

    धार्मिक पर्यटकीय गन्तव्य बन्दै राक्सिराङको सीता अशोक बाटिका

    धार्मिक पर्यटकीय गन्तव्य बन्दै राक्सिराङको सीता अशोक बाटिका

    पूर्ण खोप अभियानले पशु रोगको जोखिम घटायो

    पूर्ण खोप अभियानले पशु रोगको जोखिम घटायो

    भोजपुरमा कोदोखेती घट्दै

    भोजपुरमा कोदोखेती घट्दै

    मेची भन्सारद्वारा ११ अर्ब ५८ करोड राजस्व सङ्कलन

    भन्सार छलीको सामान दाखिला

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

गाजामा खानेकुराको हाहाकार, मच्चियो अराजकता र लुटपाट

metakhabar by metakhabar
१६ जेष्ठ २०८२,
0
गाजामा खानेकुराको हाहाकार, मच्चियो अराजकता र लुटपाट
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाण्डु – इजरायलको आक्रमण सामना गरिरहेको उत्तरी गाजामा खानेकुराको अभाव भएको छ भने भोकमरी बढेको छ । जसकारण मुख्य सहरमा अराजकता र लुटपाट मच्चिएको छ ।

केही हप्तादेखि त्यहाँ अत्यावश्यक सहायता पुग्न सकेको छैन । स्थानीय प्यालेस्टिनीहरू खानाको खोजीमा भौंतारिरहेका छन् ।

संयुक्त राष्ट्रसंघले मध्य सहर देइर अल–बलाहमा भोका मानिसहरूको भिड खाद्यान्न गोदाममा प्रवेश गर्दा कम्तीमा दुई जनाको गोली हानी हत्या गरिएको जनाएको छ । इजरायलको नाकाबन्दीबीच ११ हप्तापछि त्यहाँ राहत सामग्री पुगेको छ ।

बिहीबार राष्ट्रसंघमा गाजाको अवस्था वर्णन गर्दा प्यालेस्टिनी राजदूत रियाद मन्सुर आँसुले भक्कानिएका थिए । उनले संसारलाई गाजामा भोकमरीले ग्रस्त बालबालिका र त्यहाँको भयानक अवस्थाको बारेमा बोल्न लाग्दा भक्कानिएका थिए ।

‘धेरै बालबालिका भोकले मरिरहेका छन् । महिलाहरू आफ्ना निर्जीव बच्चाहरूलाई अँगालो हालिरहेका छन् । यो सबै देख्दा पीडा हुन्छ’ यसो भन्दै गर्दा उनी भक्कानिए ।

मन्सुरले भने, ‘प्यालेस्टिनीहरूको यो अवस्था कुनै पनि सामान्य मानिसले सहन सक्दैन । आगो र भोकले प्यालेस्टिनी बालबालिकालाई निलिरहेको छ ।’

पछिल्लो हप्ता ५०० भन्दा बढीको मृत्यु

इजरायलले गाजा पट्टीमा हमासविरुद्धको सैन्य कारबाहीलाई तीव्र बनाउँदा पछिल्लो एक हप्तामा ५०० भन्दा बढीको मृत्यु भएको छ । ७ अक्टोबर २०२३ मा सुरु भएको इजरायल–हमास युद्धमा हालसम्म ५५ हजारभन्दा बढी प्यालेस्टिनीहरू मारिएका छन् । जसमा हजारौं बालबालिका, महिला र वृद्धवृद्धाहरू छन् ।

गाजामा ७० प्रतिशत भवनहरू ध्वस्त

युद्धका कारण गाजाको ७० प्रतिशतभन्दा बढी सार्वजनिक पूर्वाधार ध्वस्त भएको छ र १९ लाख मानिसहरू (जनसंख्याको ८५ प्रतिशत) आफ्नो घरबाट विस्थापित भएका छन् ।

यसैबीच, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले गाजामा युद्धविरामको प्रस्ताव स्वीकार गरेका छन् ।

यसअघि मे २६ मा लडाकू संगठन हमासले गाजामा युद्धविरामको लागि अमेरिकी प्रस्ताव स्वीकार गरेको थियो । प्रस्तावमा १० इजरायली बन्धकहरूको रिहाइ र ७० दिनको युद्धविराम समावेश थियो ।

इजरायलले मार्चमा युद्धविराम तोडेदेखि अहिलेसम्म २ हजारभन्दा बढी प्यालेस्टिनी बालबालिकाको मृत्यु भएको छ भने लगभग ४ हजार घाइते भएका छन् ।

Previous Post

गृहमन्त्रीले राजीनामा नदिएसम्म सदन चल्न नदिने माओवादीको निर्णय

Next Post

नारायणी नदीको बीचमा फसेका २२ जनाको उद्धार

metakhabar

metakhabar

सम्बन्धित खबर

राप्ती तथा बहादुरगन्जका आँखा अस्पताल : सेवासँगै समुदायमा आँखा स्वास्थ्य शिक्षा
आर्थिक

राप्ती तथा बहादुरगन्जका आँखा अस्पताल : सेवासँगै समुदायमा आँखा स्वास्थ्य शिक्षा

९ भदौ २०८३,
गत आवमा पाँच सय घरमा खानेपानीको पहुँच
आवाज

गत आवमा पाँच सय घरमा खानेपानीको पहुँच

९ भदौ २०८३,
धार्मिक पर्यटकीय गन्तव्य बन्दै राक्सिराङको सीता अशोक बाटिका
आवाज

धार्मिक पर्यटकीय गन्तव्य बन्दै राक्सिराङको सीता अशोक बाटिका

९ भदौ २०८३,
पूर्ण खोप अभियानले पशु रोगको जोखिम घटायो
आर्थिक

पूर्ण खोप अभियानले पशु रोगको जोखिम घटायो

९ भदौ २०८३,
भोजपुरमा कोदोखेती घट्दै
आवाज

भोजपुरमा कोदोखेती घट्दै

९ भदौ २०८३,
मेची भन्सारद्वारा ११ अर्ब ५८ करोड राजस्व सङ्कलन
आर्थिक

भन्सार छलीको सामान दाखिला

९ भदौ २०८३,
Load More
Next Post
नारायणी नदीको बीचमा फसेका २२ जनाको उद्धार

नारायणी नदीको बीचमा फसेका २२ जनाको उद्धार

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In