• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, July 11, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    आज बृहत् पाशुपतक्षेत्र पदयात्रा गर्ने

    पशुपतिमा साउने सोमबारको तयारी सुरु

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर, कुन देशको कति?

    एक सय ८ धाराले आकर्षक बन्दै रामधुनी मन्दिर

    एक सय ८ धाराले आकर्षक बन्दै रामधुनी मन्दिर

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    आज २०८३ साल असार २७ गते शनिबारको राशिफल

    अन्नपूर्ण प्रथम आरोहण वार्षिकोत्सवः हीरक महोत्सव मनाइने

    वर्षायामसँगै अन्नपूर्ण पदमार्गमा पर्यटक घटे

    भारतीय प्रधानमन्त्री ४० वर्षपछि न्यूजील्यान्डमा

    भारतीय प्रधानमन्त्री ४० वर्षपछि न्यूजील्यान्डमा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    आज बृहत् पाशुपतक्षेत्र पदयात्रा गर्ने

    पशुपतिमा साउने सोमबारको तयारी सुरु

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर, कुन देशको कति?

    एक सय ८ धाराले आकर्षक बन्दै रामधुनी मन्दिर

    एक सय ८ धाराले आकर्षक बन्दै रामधुनी मन्दिर

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    आज २०८३ साल असार २७ गते शनिबारको राशिफल

    अन्नपूर्ण प्रथम आरोहण वार्षिकोत्सवः हीरक महोत्सव मनाइने

    वर्षायामसँगै अन्नपूर्ण पदमार्गमा पर्यटक घटे

    भारतीय प्रधानमन्त्री ४० वर्षपछि न्यूजील्यान्डमा

    भारतीय प्रधानमन्त्री ४० वर्षपछि न्यूजील्यान्डमा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

काँक्रोको बीउबाट मनग्य आम्दानी

metakhabar by metakhabar
१६ जेष्ठ २०८२,
0
काँक्रोको बीउबाट मनग्य आम्दानी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पर्वत । पर्वतका विभिन्न गाउँमा काँक्रोेको बीउका लागि व्यावसायिक रुपमा खेती भइरहेको छ । किसानले काँक्रोको बीउबाट मनग्य आम्दानी लिन थालेका छन् । गत वर्ष फागुनको पहिलो साता लगाएको भक्तपुरे लोकल जातको काँक्रोे पाकेर अहिले फाँटैभरि पहेँलपुर छ । अत्यधिक बढेको गर्मीसँगै कृषकलाई काँक्रोे टिपेर बीउ निकाल्न भ्याइनभ्याइ भएको हो ।

बिहादी गाउँपालिका–१ बाच्छा, फलेवास नगरपालिका–११ पाङराङ, वडा नं १० कुर्घा, वडा नं ७ लिमिठाना, वडा नं ६ देवीस्थान र वडा नं ५ खानीगाउँ तथा जलजला गाउँपालिका–४ खोलाखेत र वडा नं ७ धाइरिङका कृषकले व्यावसायिक रुपमा काँक्रोेको बीउ उत्पादन गर्दै आएका छन् । अनुकूल मौसम र हावापानीका कारण विगतका वर्षहरुमा भन्दा यस वर्ष काँक्रोेको उत्पादन वृद्धि भएको कृषि ज्ञान केन्द्र पर्वतले जनाएको छ ।

फलेवास नगरपालिका–११ पाङराङमा ७२ कृषकले व्यावसायिक रुपमा काँक्रोेखेती गर्दै आएका छन् । यो गाउँमा गत वर्ष बीउ बिक्रीबाट रु ६ करोड भित्रिएको र गत वर्षभन्दा यस वर्ष अझै उत्पादन बढ्ने स्थानीय बाबुराम भुसालले बताए ।

यस्तै बिहादी गाउँपालिका–१ बाच्छामा मात्रै कृषकले २०० रोपनी क्षेत्रफलमा बीउका लागि काँक्रोको खेती गरेका छन् । बाच्छामा बीउ काँक्रोको व्यावसायिक उत्पादनमा लागेको सिर्जनशील कृषक समूहले मात्रै १०० रोपनीमा काँक्रोे लगाएको छ । कृषक समूहका अध्यक्ष शिवकुमार क्षेत्रीका अनुसार २८ कृषक उक्त समूहमा आबद्ध छन् ।

गत वर्ष काँक्रोको बीउ प्रतिकिलो १३ हजारका दरले बिक्री गरिएको थियो । अहिले पनि काठमाडौँ, पोखरा, बुटवललगायतका स्थानबाट काँक्रोको बीउको माग भइहेको छ । मूल्य भने तोकिएको छैन । कृषक क्षेत्रीले १७ रोपनी क्षेत्रफलको जग्गामा काँक्रोेको खेती गरी कम्तीमा पनि १०० किलोभन्दा बढी काँक्रोेको बीउ उत्पादन हुने बताए ।

यसैगरी जलजला गाउँपालिका–७ धाइरिङको सल्यानका कृषकले गत वर्ष काँक्रोेको बीउ बेचेर रु तीन करोड आम्दानी गरेका थिए । यस वर्ष अझै वृद्धि हुने अनुमान गरिएको स्थानीय टुङ्गनाथ आचार्यले बताए ।

कृषि ज्ञान केन्द्र पर्वतका वरिष्ठ कृषि विकास अधिकृत पर्शुराम अधिकारीले काँक्रोेको बीउखेती गरिएको जग्गाको क्षेत्रफल २०० रोपनीले वृद्धि भएको र मौसम पनि अनुकूल भएको हुँदा यस वर्ष जिल्लाभरबाट कम्तीमा पनि रु आठ करोड रकम बराबरको काँक्रोको बीउ उत्पादन हुने अनुमान गरिएको बताए ।

कृषि ज्ञान केन्द्र पर्वतले कृषकलाई तालिम दिनुका साथै बीउ खरिदमा ५० प्रतिशत अनुदान दिएको छ भने मल विषादी र कृषि सामग्री खरिदमा समेत ५० प्रतिशतसम्म अनुदान सहयोग गरेको प्रमुख अधिकारीले बताए ।

अहिले काँक्रो टिप्ने र बीउ निकाल्ने तथा सुकाएर थन्क्याउने काम भइरहेको छ । असार दोस्रो सातापछि व्यापारीलाई बिक्री गरिने कृषकले बताएका छन् । यहाँको बीउ नार्क तथा निमाकोललगायतका संस्थाले लैजाने गरेका छन् ।

Previous Post

राइड सेयरिङको विरोध जनाउँदै गण्डकीमा सार्वजनिक यातायात सेवा ठप्प

Next Post

यी हुन सरकारले देखेको मुलुकको अर्थतन्त्रको चुनौती

metakhabar

metakhabar

सम्बन्धित खबर

आज बृहत् पाशुपतक्षेत्र पदयात्रा गर्ने
आवाज

पशुपतिमा साउने सोमबारको तयारी सुरु

२७ असार २०८३,
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आर्थिक

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर, कुन देशको कति?

२७ असार २०८३,
एक सय ८ धाराले आकर्षक बन्दै रामधुनी मन्दिर
फिचर-ब्यानर

एक सय ८ धाराले आकर्षक बन्दै रामधुनी मन्दिर

२७ असार २०८३,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

आज २०८३ साल असार २७ गते शनिबारको राशिफल

२७ असार २०८३,
अन्नपूर्ण प्रथम आरोहण वार्षिकोत्सवः हीरक महोत्सव मनाइने
आवाज

वर्षायामसँगै अन्नपूर्ण पदमार्गमा पर्यटक घटे

२७ असार २०८३,
भारतीय प्रधानमन्त्री ४० वर्षपछि न्यूजील्यान्डमा
अन्तर्राष्ट्रिय

भारतीय प्रधानमन्त्री ४० वर्षपछि न्यूजील्यान्डमा

२७ असार २०८३,
Load More
Next Post
यी हुन सरकारले देखेको मुलुकको अर्थतन्त्रको चुनौती

यी हुन सरकारले देखेको मुलुकको अर्थतन्त्रको चुनौती

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In