काठमाडौं । सरकारले कोशी, गण्डकी लगायतका प्रमुख नेपाली नदीमार्ग हुँदै भारतको कलकत्ता बन्दरगाहसम्म जल यातायात सञ्चालन गर्ने सम्भावनाबारे अध्ययन गर्ने घोषणा गरेको छ।
आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अन्तरदेशीय जल यातायातको विकास, विस्तार र प्रवर्द्धनका लागि अध्ययन प्रारम्भ गरिने जानकारी दिए। “नेपालका प्रमुख नदीमार्गमार्फत जल यातायात विकास गर्न रणनीतिक तयारी अगाडि बढाइनेछ,” अर्थमन्त्रीले भने।
सरकारको यो योजना सफल भएमा नेपाललाई वैकल्पिक ढुवानी मार्ग उपलब्ध हुने र व्यापार लागत घट्ने अपेक्षा गरिएको छ। साथै, यो योजना भू–आवद्ध नेपालको भौगोलिक बाधा तोड्ने प्रयासको थालनीका रूपमा हेरिएको छ।













