• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, March 26, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    विद्यार्थीलाई उत्प्रेरणाका लागि योग शिविर सञ्चालन

    विद्यार्थीलाई उत्प्रेरणाका लागि योग शिविर सञ्चालन

    नयाँ शैक्षिकसत्रका लागि जनक शिक्षाबाट ९७ प्रतिशत पाठ्यपुस्तक छपाइ पूरा

    नयाँ शैक्षिकसत्रका लागि जनक शिक्षाबाट ९७ प्रतिशत पाठ्यपुस्तक छपाइ पूरा

    यस्तो छ आजको मौसम

    मध्यपूर्व द्वन्द्वको प्रभावमा बालबालिका : युनिसेफ

    मध्यपूर्व द्वन्द्वको प्रभावमा बालबालिका : युनिसेफ

    पेट्रोलियम पदार्थ आयात निरन्तर उकालो

    एक खर्ब २३ अर्ब ६७ करोडको पेट्रोलियम पदार्थ आयात

    तौल घटाउने औषधिमा भारतको चेतावनी

    तौल घटाउने औषधिमा भारतको चेतावनी

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

रङ्गमञ्चमा रेखाको इन्ट्री

metakhabar by metakhabar
१५ जेष्ठ २०८२,
0
रङ्गमञ्चमा रेखाको इन्ट्री
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ। नेपाली सिने उद्योगकी पहिलो महिला सुपरस्टार रेखा थापा करिब साढे दुई दशकपछि आफ्नो अभिनय करियरमा पहिलोपटक रङ्गमञ्चमा डेब्यु गर्दैछिन्। उनी दीपक सिंजाली लिखित तथा सुन्दर धिताल निर्देशित नाटक ‘मीरा’ बाट आज (जेठ १५ गते) कान्तिपुर थिएटर, गैरीधारामा मञ्चित हुँदैछिन्।

सिनेमामा व्यस्तताका कारण यसअघि आएका नाटकका प्रस्ताव अस्वीकार गरेकी थापालाई कान्तिपुर फिल्म एकेडेमी तथा कान्तिपुर थिएटरका सञ्चालक प्रकाश पुरीको पहल र ‘मीरा’ उपन्यासको कथाले यसपटक आकर्षित गरेको हो। “कथा सुनेपछि १५ दिन ‘मीरा’को जीवन एकपटक जिएर हेरौं न भनेर हो। मीरा एउटा सच्चा क्रान्तिकारी हो। ऊ भावुक पनि छ। समाज र परिवारका बन्धनले उसलाई कसरी भित्रभित्र खाइरहेको छ र त्यो कुरालाई ऊ कसरी सामना गर्छे भन्ने कुराले मलाई मञ्चमा ‘मीरा’ हुन मन लाग्यो,” थापाले भनिन्।

थापाका अनुसार ‘मीरा’ नाटकमा प्रेमका विभिन्न प्रकार, जात, समुदाय, आर्थिक वर्ग र पारिवारिक द्वन्द्वको प्रभाव देखाइएको छ। यो नाटकमा दर्शकले सोच्दै आएको प्रेमकथाभन्दा फरक किसिमको कथावस्तु पाउन सक्ने उनको भनाइ छ। उनले आफूलाई विद्रोही अभिनेत्रीका रूपमा हेरिए पनि ‘मीरा’ पात्रजस्तो विद्रोही नभएको स्वीकार गरिन्।

सिनेमा र नाटकको भिन्नता
थापाको एक महिनाको अनुभवले नाटकलाई “बिना एक्सन–कटको फिल्म” को रूपमा परिभाषित गरेको छ। “दुबैमा प्रयोग हुने त अभिनयका नवरस नै हुन्, तर यसमा एक्सन–कट, टेक–रिटेक भन्ने हुन्न। रिहर्सल पढाइ हो भने मञ्चन त्यसको परीक्षा जहाँ उत्कृष्ट हुनु जरुरी छ, जस्ट पास भन्ने नै हुँदैन,” उनले भनिन्। नाटकमा दर्शकसँग प्रत्यक्ष जोडिनु पर्ने, पात्रमा सजीव हुनुपर्ने, सम्पादनको सुविधा नहुने र ठूलो स्वरमा बोल्नुपर्नेलगायतका फरक अनुभव भएको उनले बताइन्।

उनले यो एक महिनाको अवधिले आफूलाई ‘हिरो’ फिल्मबाट डेब्यु हुनुअघिको तयारीका दिनहरू सम्झाएको बताइन्। “जीवनमा म दोस्रोपटक यसरी अभ्यास गरिरहेकी छु। ‘हिरो’ फिल्ममा डेब्यु हुने भएपछि १६ वर्षकी रेखा थापाले नृत्य र अभिनयको प्रशिक्षण लिएको सम्झना मलाई यतिखेर भइरहेको छ,” उनले भनिन्। ‘मीरा’ नाटकमा १७-१८ वर्षकी र ३५-३६ वर्षकी गरी दुई फरक उमेरकी ‘मीरा’ को भूमिका रहेको छ।

भविष्यको योजना
सिनेमाको तुलनामा नाटकमा अझ राम्रोसँग अभिनय गर्न पाइने अनुभव बाँड्दै उनले ‘मीरा’ मा आफ्नो उत्कृष्ट प्रस्तुति रहने विश्वास व्यक्त गरिन्। आगामी दिनमा नाटकमा पुनः मञ्चित हुने-नहुने कुरा आफूलाई आउने प्रस्ताव र समयको उपलब्धतामा भर पर्ने थापाले बताइन्। “मेरा लागि रङ्गमञ्च होस् या सिनेमा, अभिनय उत्तिकै सम्मानित र प्रगाढ भएर बसेको छ। त्यसैले नाटकका लागि भविष्यमा पनि म खुला नै हुनेछु,” उनले भनिन्।

एक महिने नाटकको अनुभवपछि थापाको नजरमा नाटक एउटा साधना र ध्यानजस्तो भएको छ। उनले यो नाटकलाई मञ्चबाट बाहिर लाने सोचमा पनि रहेको र सम्भव भएमा सिनेमा वा सिरिजका रूपमा ल्याउनेबारे निर्देशक सुन्दर धितालसँग कुरा गरिरहेको बताइन्।

कुराकानीका क्रममा निर्देशक सुन्दर धितालले सुरुमा रेखा थापालाई नाटकका लागि प्रस्ताव गर्न हिच्किचाएको भए पनि प्रस्ताव गरिसकेपछि उनलाई पूर्ण रूपमा एक निर्देशकको कलाकारका रूपमा पाएको बताए। नाटक आज जेठ १५ गते (बुधबार) देखि असार ७ गतेसम्म प्रत्येक दिन (बुधबारबाहेक) साँझ ५:३० बजे मञ्चन हुनेछ।

Previous Post

चियालाई राम्ररी नपिउनु शरीरको लागि हानिकारक

Next Post

मिस युनिभर्स नेपाल २०२५ को लागि दर्ता खुला, यो वर्ष रियालिटी शोको स्वरूपमा प्रस्तुत हुने

metakhabar

metakhabar

सम्बन्धित खबर

विद्यार्थीलाई उत्प्रेरणाका लागि योग शिविर सञ्चालन
आवाज

विद्यार्थीलाई उत्प्रेरणाका लागि योग शिविर सञ्चालन

१२ चैत्र २०८२,
नयाँ शैक्षिकसत्रका लागि जनक शिक्षाबाट ९७ प्रतिशत पाठ्यपुस्तक छपाइ पूरा
आवाज

नयाँ शैक्षिकसत्रका लागि जनक शिक्षाबाट ९७ प्रतिशत पाठ्यपुस्तक छपाइ पूरा

१२ चैत्र २०८२,
आवाज

यस्तो छ आजको मौसम

१२ चैत्र २०८२,
मध्यपूर्व द्वन्द्वको प्रभावमा बालबालिका : युनिसेफ
फिचर-ब्यानर

मध्यपूर्व द्वन्द्वको प्रभावमा बालबालिका : युनिसेफ

११ चैत्र २०८२,
पेट्रोलियम पदार्थ आयात निरन्तर उकालो
आर्थिक

एक खर्ब २३ अर्ब ६७ करोडको पेट्रोलियम पदार्थ आयात

११ चैत्र २०८२,
तौल घटाउने औषधिमा भारतको चेतावनी
फिचर-ब्यानर

तौल घटाउने औषधिमा भारतको चेतावनी

११ चैत्र २०८२,
Load More
Next Post
मिस युनिभर्स नेपाल २०२५ को लागि दर्ता खुला, यो वर्ष रियालिटी शोको स्वरूपमा प्रस्तुत हुने

मिस युनिभर्स नेपाल २०२५ को लागि दर्ता खुला, यो वर्ष रियालिटी शोको स्वरूपमा प्रस्तुत हुने

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In