• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, September 23, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रकरण: मुख्य निर्णयकर्ता योगेश भट्टराईदेखि युवराज खतिवडा र जनार्दन शर्मासम्मै

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको आजदेखि नियमित उडान

    परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कस्थित नेपाली महावाणिज्य दूतावासको अवलोकन

    परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कस्थित नेपाली महावाणिज्य दूतावासको अवलोकन

    परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशङ्करबीच भेटवार्ता

    परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशङ्करबीच भेटवार्ता

    अन्तरिक्षमा खेतीको प्रयोग तीव्र पार्दै चीन, १४ प्रजातिका वनस्पति उत्पादन

    अन्तरिक्षमा खेतीको प्रयोग तीव्र पार्दै चीन, १४ प्रजातिका वनस्पति उत्पादन

    रसुवा–भोटेकोसी विपद्लाई जलवायु संकटसँग जोड्दै रमेश मल्ल, अन्तर्राष्ट्रिय सहयोग माग

    रसुवा–भोटेकोसी विपद्लाई जलवायु संकटसँग जोड्दै रमेश मल्ल, अन्तर्राष्ट्रिय सहयोग माग

    इन्द्रध्वजोत्थान सम्पन्नः इन्द्रजात्राको औपचारिक कार्यक्रम सुरु

    इन्द्रध्वजोत्थान सम्पन्नः इन्द्रजात्राको औपचारिक कार्यक्रम सुरु

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

गुडन कर्विन्सलाई पछ्याउँदै ढुङ्गे हतियारको खोजी

metakhabar by metakhabar
१३ जेष्ठ २०८२,
0
गुडन कर्विन्सलाई पछ्याउँदै ढुङ्गे हतियारको खोजी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

महोत्तरी, १३ जेठः जर्मन अन्वेषक तथा भूगर्भशास्त्री गुडन कर्विन्सको खोजलाई पछ्याउँदै पुरातत्व विभाग अहिले महोत्तरीको बर्दिबास–३ राइमण्डल क्षेत्रमा पाषाण युगकालीन हतियार खोज्दै छ । विभागका वरिष्ठ पुरातत्वविद् डा मञ्जिल हजारी र भास्कर ज्ञवालीसहितको विज्ञटोली अहिले राइमण्डल र पाटु क्षेत्रका कान्लापाखा कोट्याउँदै हजारौँ वर्ष पहिलेका ढुङ्गे हतियारको खोजमा लागेको हो ।

“हामीले जर्मन अन्वेषक कर्विन्सको खोजलाई पछ्याउँदै काम थालेका छौँ, यहाँ पुराना महत्त्वका ढुङ्गे हतियारका अवशेष भेटेका छौँ”, विज्ञटोलीका पुरातत्वविद् ज्ञवालीले भन्नुभयो, “यो खोजको सफलतासँगै यहाँको पुरानो मानव सभ्यता खोजीका लागि नयाँ अध्याय थपिने छ ।” यसपटक १० दिनसम्म यहीँ रहेर खोज, अनुसन्धान र अन्वेषणका काममा रहिने टोलीले जनाएको छ ।

अहिलेको बिपी राजमार्गको बर्दिबास–३ पाटु पश्चिम र भब्सी नदीपूर्वको राइमण्डल धार्मिक क्षेत्र आसपासमा १२ हजार वर्ष पहिले मानिसले प्रयोग गरेका ढुङ्गे हतियार रहेका तथ्य उजागर भएसँगै विभागले बर्दिबास नगर कार्यपालिकाअन्तर्गत संस्कृति तथा पर्यटन प्रवर्द्धन समितिको समन्वयमा खोजी थालेको हो । गत शनिबारदेखि स्थलगत अध्ययन र अन्वेषण थालेको टोलीले प्रारम्भिक नतिजा पाउन केही दिन लाग्ने जनाएको छ ।

“हामीलाई बर्दिबासको संस्कृति तथा पर्यटन प्रवर्द्धन समितिको साथ छ, पाषाण युगकालीन ढुङ्गे हतियार कारखानाको खोजले यस ठाउँको पुरानो मानव सभ्यताको खोज र अध्ययनको ढोका खोल्नेछ”, विज्ञ टोलीका डा हजारीले भन्नुभयो, “हामी गहिरो अध्ययन अन्वेषणमा जुटेका छौँ ।”

यस ठाउँबारे यसअघि विभिन्न क्षेत्रका अनुसन्धानकर्ताले अनुसन्धान तथा अन्वेषण गरी प्रतिवेदन प्रकाशन गर्दै आएका छन् । विगतमा यहाँ प्राप्त ढुङ्गे हतियार पुरातत्व विभागको प्रदर्शनीमा राखिसकेकाले थप अनुसन्धानका लागि विस्तृत अध्ययन थालिएको डा हजारीले जानकारी दिनुभयो ।

यहाँको ढुङ्गे हतियार कारखानाबारे सबैभन्दा पहिले सन् १९८० को दशकमा जर्मन अन्वेषक गुडन कर्विन्सले मधेसका विभिन्न क्षेत्रमा पुरानो मानव सभ्यताको खोज गर्ने क्रममा अध्ययन प्रतिवेदन प्रकाशन गरेपछि यसबारे चासो बढेको उहाँको भनाइ छ ।

“कर्विन्सले ‘प्रि हिस्टोरिक कल्चर्स इन नेपाल’ नामको पुस्तकमा आफ्नो अध्ययनको निष्कर्ष प्रस्तुत गर्दै पाटु र राइमण्डल क्षेत्रमध्ये पाषाण युगमा हतियार कारखाना रहेको प्रकाश पार्नुभएको छ । कर्विन्सको सो खोज तथा अध्ययन यहाँको नयाँ अन्वेषणको उत्प्रेरणा बनेको हो”, पुरातत्वविद् ज्ञवालीले भन्नुभयो ।

बर्दिबासको ढुङ्गे हतियार कारखानाबारे गुडन कर्विन्सले पुस्तक प्रकाशन गरेपनि प्रचारप्रसार नहुँदा दुई वर्षअघि बर्दिबास उद्योग वाणिज्य सङ्घको नेतृत्वमा १० वटा सामाजिक सङ्घसंस्थाद्वारा पदयात्रा गर्दै पुरातात्विक, धार्मिक र ऐतिहासिकस्थलबारे अध्ययन गर्न नगरपालिकालाई प्रतिवेदन बुझाइएको थियो । त्यसलगत्तै सङ्घीय सरकारले चालु आर्थिक वर्षको बजेटमा रातु राइमण्डल पुरातात्विक अध्ययन अन्वेषण र आवश्यक कार्य गर्न बजेट विनियोजन गरेपछि ढुङ्गे हतियार कारखानाको खोज अनुसन्धान थालिएको हो ।

महोत्तरीको बर्दिबास सेरोफेरोका मैदानी भाग र चुरे पर्वतीय शृङ्खला आसपास हजारौँ वर्ष पहिले मानव चहलपहल र बसोबास रहेका तथ्य खुल्दै गएका छन् । बर्दिबास–१२ को बिजलपुरास्थित भेडियारीटोलमा राजा विजय सिंहको दरबारका अवशेष भेटिएका छन् । राजा सिंहले सिमरौनगढका राजाका प्रतिनिधिका रूपमा यहाँको राजकाज चलाउने गरेका सो बस्तीका ८० वर्षीय प्रमोदकुमार सिंहले बताउनुभयो । उहाँका अनुसार यस ठाउँमा राजा नुहाउने छ बिघा क्षेत्रफलमा फैलिएको पोखरी अहिले पनि छ ।

यसैगरी चुरे काखको राइमण्डलधाम अघि सत्ययुगमा दानवले दुःख दिएपछि इन्द्रले महादेवको तपस्या गरेर रिझाएको ठाउँका रूपमा प्रख्यात छ । यहाँ इन्द्रले स्थापित गरेका इन्द्रेश्वर महादेव मन्दिर छ । यसैगरी बर्दिबास–५ को माण्डवीगङ्गा (अब मडहा भनिन्छ) नदी किनारको थुम्कोमा महाभारतकालमा अर्जुनले महादेवको तपस्या गरेर पाशुपतास्त्र प्राप्त गरेका कथा यहाँका ज्येष्ठ नागरिक बताउँछन् । केही महिनाअघि भारतको आन्ध्र प्रदेशबाट आएका योगीले रामायणकालीन विदेह राजदरबारका महाज्ञानी अष्टावक्रको जन्म र शिक्षा बर्दिबास–३ को रातु नदी तटको हालको रजबासमा भएको आफ्नो अध्ययन मधेस प्रदेश सरकारलाई बुझाएका छन् ।

आफ्नो ठाउँबारे पुरानो मानव सभ्यताको कुरा जोडिएर यसबारे अध्ययन हुन थालेपछि बर्दिबासबासी उत्साहित भएका छन् । “हाम्रो ठाउँ रातु सभ्यताको पुरानो इतिहाससँग जोडिएको छ, यहाँ एकपछि अर्को अध्ययन अन्वेषणका विषय खोतलिदैछन् । पछिल्लो कालमा पाषाण युगकालीन ढुङ्गे हतियार कारखानाबारे समाचार लेख्दै आउनुभएका सञ्चारकर्मी विशाल बस्नेतले भन्नुभयो, “यहाँको पुरानो मानव सभ्यताको खोजले यस ठाउँबारे नयाँ प्रचारप्रसार गरिरहेको छ ।”

ढुङ्गे हतियार कारखानाबारे अध्ययन सकेसँगै १४औँ शताब्दीको मानिने बर्दिबास–१२ बिजलपुराको राजा विजय सिंहको दरबारबारे पनि अध्ययन अनुसन्धान बढाउन नगरको संस्कृति तथा पर्यटन प्रवर्द्धन समितिलाई बस्नेतले अनुरोध गर्नुभयो ।

अहिले हतियार कारखानाबारे विज्ञहरूबाट थालिएको अध्ययन, अनुसन्धानले आशा जगाएको नगर संस्कृति तथा पर्यटन प्रवर्द्धन समितिका अध्यक्ष हिरा गौतमले जनाउनुभयो । “यो ठाउँको अनुसन्धन गर्ने विषय प्रदेश र सङ्घीय सरकारले प्राथमिकतामा राखेकाले क्रमशः यहाँका कामले निरन्तरता पाउने आशा जागेको छ”, उहाँले भन्नुभयो ।

Previous Post

विद्यार्थीलाई पढाइसँगै सीप सिकाउँदै बेनीका विद्यालय

Next Post

अब नेपालमै रक्त क्यान्सरको ‘प्रकार’ पत्ता लगाउने ‘फ्लोसाइटोमेट्री’ परीक्षण

metakhabar

metakhabar

सम्बन्धित खबर

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रकरण: मुख्य निर्णयकर्ता योगेश भट्टराईदेखि युवराज खतिवडा र जनार्दन शर्मासम्मै
आर्थिक

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको आजदेखि नियमित उडान

७ अशोज २०८३,
परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कस्थित नेपाली महावाणिज्य दूतावासको अवलोकन
आवाज

परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कस्थित नेपाली महावाणिज्य दूतावासको अवलोकन

७ अशोज २०८३,
परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशङ्करबीच भेटवार्ता
अन्तर्राष्ट्रिय

परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशङ्करबीच भेटवार्ता

७ अशोज २०८३,
अन्तरिक्षमा खेतीको प्रयोग तीव्र पार्दै चीन, १४ प्रजातिका वनस्पति उत्पादन
अन्तर्राष्ट्रिय

अन्तरिक्षमा खेतीको प्रयोग तीव्र पार्दै चीन, १४ प्रजातिका वनस्पति उत्पादन

७ अशोज २०८३,
रसुवा–भोटेकोसी विपद्लाई जलवायु संकटसँग जोड्दै रमेश मल्ल, अन्तर्राष्ट्रिय सहयोग माग
समाचार

रसुवा–भोटेकोसी विपद्लाई जलवायु संकटसँग जोड्दै रमेश मल्ल, अन्तर्राष्ट्रिय सहयोग माग

७ अशोज २०८३,
इन्द्रध्वजोत्थान सम्पन्नः इन्द्रजात्राको औपचारिक कार्यक्रम सुरु
आवाज

इन्द्रध्वजोत्थान सम्पन्नः इन्द्रजात्राको औपचारिक कार्यक्रम सुरु

७ अशोज २०८३,
Load More
Next Post
अब नेपालमै रक्त क्यान्सरको ‘प्रकार’ पत्ता लगाउने ‘फ्लोसाइटोमेट्री’ परीक्षण

अब नेपालमै रक्त क्यान्सरको ‘प्रकार’ पत्ता लगाउने ‘फ्लोसाइटोमेट्री’ परीक्षण

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In