• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, July 6, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    जेलमा रहेका कैदीलाई श्रममा लगाउने तयारीमा बालेन सरकार

    जेलमा रहेका कैदीलाई श्रममा लगाउने तयारीमा बालेन सरकार

    १४ वर्षपछि फेरि उही पीडा : ध्रुवे हात्ती’को आक्रमणमा एउटै परिवारका चार सदस्यको ज्यान

    १४ वर्षपछि फेरि उही पीडा : ध्रुवे हात्ती’को आक्रमणमा एउटै परिवारका चार सदस्यको ज्यान

    गुल्मीमा ८७ प्रतिशत क्षेत्रफलमा रोपाइँ

    देशभर २४.९ प्रतिशत धान रोपाइँ, पर्याप्त वर्षा नहुँदा समस्या

    एल निनो तीव्र बन्दै, चरम मौसमको जोखिम बढ्ने

    एल निनो तीव्र बन्दै, चरम मौसमको जोखिम बढ्ने

    विश्वकप फुटबल अन्तिम १६ मा रोमाञ्चक प्रतिस्पर्धा, यी छन् नेपाली समयअनुसार बाँकी खेलहरूको तालिका

    विश्वकप फुटबल अन्तिम १६ मा रोमाञ्चक प्रतिस्पर्धा, यी छन् नेपाली समयअनुसार बाँकी खेलहरूको तालिका

    निर्वासन पछि स्वदेश पर्केका अफगानहरू पहिचानको अभावमा बहिष्कारको जोखिममा

    निर्वासन पछि स्वदेश पर्केका अफगानहरू पहिचानको अभावमा बहिष्कारको जोखिममा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

शुभकार्यमा प्रदर्शन गरिने छलियानाचको माग उच्च

metakhabar by metakhabar
११ जेष्ठ २०८२,
0
शुभकार्यमा प्रदर्शन गरिने छलियानाचको माग उच्च
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

दोधारा चाँदनी (कञ्चनपुर), ११ जेठ :  विशेषगरी विवाह तथा शुभकार्यमा नाचिने सुदूरपश्चिमको प्रसिद्ध छलिया नाच व्यावसायिक हुन थालेको छ ।

पछिल्लो समय छलिया नाच विवाहमा मात्रै नभई यहाँका विभिन्न समारोह, महोत्सव वा महत्वपूर्ण कार्यक्रममा समेत छलिया नाच प्रदर्शन हुने गरेको छ । विभिन्न ठाउँमा नाच देखाएवापत छलिया नाच्नेहरुको राम्रै आम्दानी हुने गरेको छ । महेन्द्रनगरका सुरज औजीलाई आजभोलि भ्याइनभ्याइ छ ।

उहाँ छलिया नृत्यका लागि सुदूरको तराइदेखि पहाडसम्म छलिया समूह लगेर पुग्ने गरेका छन् । विशेष गरी विवाह र महोत्सवका लागि छलिया नृत्यको माग आउने गरेकोे उहाँको भनाइ छ । पछिल्लो समय विभिन्न समारोह तथा उच्चपदस्थको स्वागतमा छलिया नृत्य प्रदर्शन हुन थालेको छ । “हरेक दिन छलिया नृत्यका लागि तीन÷चार  फोन आउँछ एक महिनाअघि नै बुकिङ हुने गरेको छ ।” उहाँका अनुसार विवाह, महोत्सव तथा शुभकार्यमा छलिया नाचको माग बढेको छ ।

छलिया नृत्यमा १५ वर्षको उमेरदेखि नै लागेका सुरजले अहिले छलिया नाच नाचेरै लाखौँ आम्दानी गर्न थालेका छन् ।  “छलिया नृत्य सुदूरपश्चिमको मौलिक पहिचान हो यसको संरक्षण गर्छु भनेर लागेको हु”, उहाँले भन्नुभयो, “अहिले छलिया नृत्य व्यावसायिक रुपमा अघि बढेको छ आम्दानीको मुख्य स्रोत नै छलिया नाच हो ।” उहाँले विवाह तथा महोत्सवमा छलिया नृत्यको रु ३० हजारदेखि ५० हजारसम्म शुल्क लिने गरेको बताउनुभयो । “हाम्रो आम्दानीको मुख्य स्रोत भनेकै यही हो विवाहको याममा एक दिन खाली बस्दैनौँ ।” उहाँले आफ्नो १२ जनाको टिमको आम्दानीको मुख्य स्रोत छलिया नृत्य रहेको बताउनुभयो । “दुई छोरी र एक छोराको पढाई खर्च र घरायसी जोहो छलियाबाटै हुने गरेको छ”, उहाँले भन्नुभयो, “विभिन्न ठाउँमा छलिया नाच देखाएबापत राम्रै आम्दानी हुने गरेको छ ।” उहाँले विवाह र महोत्सवमा छलिया नाच देखाउनका लागि कञ्चनपुर कैलाली र पहाडको बैतडीसम्म पुग्ने गरेको बताउनुभयो । तर पछिल्लो समय दामाहा बनाउन भने निकै खर्चिलो हुने गरेको उहाँको भनाइ छ । “एउटै दामाहा बनाउनका लागि २० हजारसम्म खर्च हुने गरेको छ ।” औजीले भन्नुभयो, “खर्चिलो भए पनि पुरानो संस्कृतिका हिसाबले छलियाको माग धेरै छ ।”  सुदूरपश्चिमको प्रसिद्ध छलिया पछिल्लो समय व्यावसायिक बन्न थालेको छ । यहाँका विभिन्न समारोह, महोत्सव वा महत्वपूर्ण कार्यक्रमका लागि छलिया नाचको माग हुने गरेको छ ।

अहिले सुदूरपश्चिम प्रदेशका विभिन्न ठाउँमा विवाह तथा महोत्सवहरुमा छलिया नृत्यको माग हुने गरेको ७० वर्षीया मोहनराम औजीले बताउनुभयो । “पहिला पहिला विवाह र शुभकार्यमा आफ्नो छाक टार्न छलिया हुड्केली नाच नाचिन्थ्यो”, उहाँले भन्नुभयो, “अहिले छलिया हुड्केली नाच व्यावसायिक भएको छ अग्रीम बुकिङ गर्नुपर्छ ।” उहाँले आफूले १२ वर्षको उमेरदेखि छलिया हुड्केली नाच नाच्न थालेको बताउनुभयो । “म ७० वर्षको भए अहिले मेरो छोरालाई संयोजक बनाएको छु उसले दैनिक नौ वटा छलिया नृत्यको टिमको ठेक्का लिने गरेको छ यति धेरै माग छ”, उहाँले भन्नुभयो, “छलिया नाचेको रु ३० हजारदेखि ५० हजारसम्म लिने गरेका छौँ”, उहाँले छलिया नाच देखाउँदा ढाल, तरबार र छलियाको परिहन निकै महँगो हुने गरेको बताउनुभयो ।

अहिले विभिन्न ठाउँमा छलिया नाच्नेले समूह नै बनाएर नाच्ने र गाउने गरेका छन् ।  “छलिया नाचमा मनोरञ्जन गरिन्छ हुड्केली नाचमा पुराना राजा रजौटा, वीर वीरञ्गना र देविदेवताहरुका जीवन गाथा गाउने गरिन्छ”, उहाँले भन्नुभयो, “छलिया नाच भनेको बाजाको तालमा हतियार नचाएर खेल्ने नाँच हो यो सुदूरपश्चिमको पहिचान हो ।”

छलिया नाचमा सुदूरपश्चिमको विशेष पहिचान र मौलिकता रहेको लोक साहित्यका जानकारहरु बताउँछन् । सुदूरपश्चिममा नृत्य गर्नुलाई छलो खेल्नु पनि भन्ने गरेको र नृत्य गर्ने तथा छलो खेल्ने व्यक्तिलाई छलिया भनिने लोक साहित्यका जानकार कविराज भट्टले जानकारी दिनुभयो । उहाँले छलिया नृत्य सुदूरपश्चिमको मौलिक नृत्य रहेकाले पछिल्लो समय व्यावसायिक रुपमा अघि बढेको बताउनुभयो ।

“विशेषगरी खुसीका अवसरमा गरिने छलिया नृत्यको आफ्नो छुट्टै महत्व र मौलिकता छ, छलिया नृत्य विशेषगरी विभिन्न माङ्गलिक अवसर विवाह, व्रतबन्ध, जात्रालगायतमा प्रस्तुत हुने गर्छ, छलिया नृत्य स्थानीयस्तरमै बनेका लोकबाजा प्रयोग हुन्छन्”, उहाँले भन्नुभयो, “छलिया नृत्यमा दमाहा, झ्याली, विगुल, मसक, हुड्कोलगायत बाँजागाजाको प्रयोग गरिन्छ ।” उहाँका अनुसार छलिया नाचमा नाच्ने व्यक्तिको विशेष नृत्य पहिरन हुन्छ । टाउँकामा विशेष किसिमले मखमलको पगडि लगाइन्छ । छलियाको कम्बरमा विशेष किसिमको कपडाको पेटी पनि हुन्छ ।

“एक हातमा ढाल र एक हातमा तलबार लिइ छलिया नृत्यको प्रदर्शन हुने गर्दछ”, उहाँले भन्नुभयो, “छलिया नाचमा एक जनाले सुरुमा लोक डेउडाको छेउटो प्रस्तुत गर्ने र गीतहरुमा आन्दित तुल्याउने हाँसोठट्टालगायत र शृङ्गारिक भावका छेउटा प्रस्तुत गरिन्छन् छेउटो पछि कुनै एक नाच्न योग्य लोकलयको गीत गाउँदै छलियाबाँजो बजाइन्छ र धेरै बेरसम्म त्यही बाँजोमा छलियाहरु नाच्दछन् बाजा रोकिएपछि पुनः अर्को छेउटो प्रस्तुत गरिन्छ ।”

छलिया नाचमा विभिन्न किसिमका जादुगरी र कलाको पनि प्रदर्शन गरिने साहित्यकार रमेश पन्त बताउनुहुन्छ । “उल्टो पल्टेर मुख वा आँखाले पैसा टिप्ने कलालाई छलिया नृत्यमा प्रमुखताका साथ स्थान दिइन्छ”, उहाँले भन्नुभयो, “दाइन दमाहा बजाउने कला, एउटा छलियाले अर्कोको काँधमा चढेर दाइन बजाउने कला पनि छलिया नृत्यको विशेषता हो ।” उहाँले पछिल्लो समय छलिया बाजाको माग धेरै बढेकाले छलिया नृत्य व्यावसायिक बनेको बताउनुभयो ।

Previous Post

चौबीस वर्षदेखि न्यायको पखाईमा शुक्लाफाँटा आरक्ष विस्थापित

Next Post

गोसाइँकुण्डमा स्नान गर्न भक्तजनको आगमन सुरु

metakhabar

metakhabar

सम्बन्धित खबर

जेलमा रहेका कैदीलाई श्रममा लगाउने तयारीमा बालेन सरकार
फिचर-ब्यानर

जेलमा रहेका कैदीलाई श्रममा लगाउने तयारीमा बालेन सरकार

२१ असार २०८३,
१४ वर्षपछि फेरि उही पीडा : ध्रुवे हात्ती’को आक्रमणमा एउटै परिवारका चार सदस्यको ज्यान
फिचर-ब्यानर

१४ वर्षपछि फेरि उही पीडा : ध्रुवे हात्ती’को आक्रमणमा एउटै परिवारका चार सदस्यको ज्यान

२१ असार २०८३,
गुल्मीमा ८७ प्रतिशत क्षेत्रफलमा रोपाइँ
फिचर-ब्यानर

देशभर २४.९ प्रतिशत धान रोपाइँ, पर्याप्त वर्षा नहुँदा समस्या

२१ असार २०८३,
एल निनो तीव्र बन्दै, चरम मौसमको जोखिम बढ्ने
फिचर-ब्यानर

एल निनो तीव्र बन्दै, चरम मौसमको जोखिम बढ्ने

२१ असार २०८३,
विश्वकप फुटबल अन्तिम १६ मा रोमाञ्चक प्रतिस्पर्धा, यी छन् नेपाली समयअनुसार बाँकी खेलहरूको तालिका
अन्तर्राष्ट्रिय

विश्वकप फुटबल अन्तिम १६ मा रोमाञ्चक प्रतिस्पर्धा, यी छन् नेपाली समयअनुसार बाँकी खेलहरूको तालिका

२१ असार २०८३,
निर्वासन पछि स्वदेश पर्केका अफगानहरू पहिचानको अभावमा बहिष्कारको जोखिममा
अन्तर्राष्ट्रिय

निर्वासन पछि स्वदेश पर्केका अफगानहरू पहिचानको अभावमा बहिष्कारको जोखिममा

२१ असार २०८३,
Load More
Next Post
गोसाइँकुण्डमा स्नान गर्न भक्तजनको आगमन सुरु

गोसाइँकुण्डमा स्नान गर्न भक्तजनको आगमन सुरु

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In