• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, June 25, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    उपराष्ट्रपति यादव स्वागत समारोहमा सहभागी

    उपराष्ट्रपति यादव स्वागत समारोहमा सहभागी

    भेनेजुएलामा शक्तिशाली भूकम्प

    भेनेजुएला भूकम्प अपडेट : ३२ जनाको मृत्यु

    ज्येष्ठ शुक्ल एकादशीः घरका मठमा तुलसीको दल राखिँदै

    ज्येष्ठ शुक्ल एकादशीः घरघरका मठमा तुलसीको दल राखिँदै

    यात्रुका मागका आधारमा टरिगाउँ विमानस्थलबाट उडान

    टरिगाउँ विमानस्थलका लागि २५ करोड

    मौद्रिक नीति लगानी र उत्पादनमैत्री बनाउन चेम्बरको आग्रह

    मौद्रिक नीति लगानी र उत्पादनमैत्री बनाउन चेम्बरको आग्रह

    वीरगञ्जलाई विरुप बनाउने तार हटाइँदै

    गर्मी बढेपछि वीरगञ्जका सबै विद्यालय चार दिन बिदा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    उपराष्ट्रपति यादव स्वागत समारोहमा सहभागी

    उपराष्ट्रपति यादव स्वागत समारोहमा सहभागी

    भेनेजुएलामा शक्तिशाली भूकम्प

    भेनेजुएला भूकम्प अपडेट : ३२ जनाको मृत्यु

    ज्येष्ठ शुक्ल एकादशीः घरका मठमा तुलसीको दल राखिँदै

    ज्येष्ठ शुक्ल एकादशीः घरघरका मठमा तुलसीको दल राखिँदै

    यात्रुका मागका आधारमा टरिगाउँ विमानस्थलबाट उडान

    टरिगाउँ विमानस्थलका लागि २५ करोड

    मौद्रिक नीति लगानी र उत्पादनमैत्री बनाउन चेम्बरको आग्रह

    मौद्रिक नीति लगानी र उत्पादनमैत्री बनाउन चेम्बरको आग्रह

    वीरगञ्जलाई विरुप बनाउने तार हटाइँदै

    गर्मी बढेपछि वीरगञ्जका सबै विद्यालय चार दिन बिदा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

ओझेलमा अनौठो कुवा

metakhabar by metakhabar
६ जेष्ठ २०८२,
0
ओझेलमा अनौठो कुवा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

तानसेन (पाल्पा), ६ जेठ: यहाँको तानसेन नगरपालिका–११ बन्दीपोखरास्थित अनौठो जोगीपानी कुवा ओझेलमा परेको छ । बोल्न नसक्ने बच्चालाई यस कुवाको पानी खुवाएमा बोल्न सक्छन् भन्ने जनविश्वास रहिआएको उक्त कुवा प्रचारप्रसारको अभावमा ओझेलमा परेको हो ।

यहाँको पानी पिएपछि बोली नफुटेका वा बोल्न नसक्ने बच्चाको बोली फुट्छ भन्ने जनविश्वास रहिआएको छ । यस कुवाको पानीमा अनौठो शक्ति भएको स्थानीयले विश्वास गर्दै आएका छन् ।

“परापूर्वकालमा एक जना जोगीले तीर्थमा जाँदा रात परेको र सामाकोटमा बास बस्दा अत्यधिक प्यास लागेपछि पानीको मुहान, वरपर घर कुने नदेखेपछि हातमा लिएको चिम्टाले जमिनमा गाडेर पानी निकालेका थिए । तिनै जोगीले आफूले पानीले प्यास मेटेको र अबदेखि यहाँको पानी पिएमा बोली नखुलेका बच्चा बोल्न सकुन् भनी आर्शिवाद दिएर त्यहाँबाट आफ्नो गन्तव्यतर्फ लागेका भन्ने जनविश्वास छ”, स्थानीय भुनकुमारी गहतराजले भन्नुभयो ।

सोही समयदेखि स्थानीयले पानी निकालेको स्थानमा कुवा निर्माण गरेपछि यस ठाउँको नाम पनि जोगीपानी राखेका ज्येष्ठ नागरिकले बताउने गरेका गहतराजले उल्लेख गर्नुभयो । उहाँका अनुसार यहाँको पानी पिउनाले बोली नफुटेका बच्चाको बोली आउँछ भन्ने विश्वास सयौँ वर्षदेखि रहेको भन्दै कतिपय मानिस आशा बोकेर यहाँ पानी लिन आउने गर्दछन् ।

आधुनिक प्रविधि र विज्ञानको युगमा बोल्न नसक्नेका लागि विभिन्न उपचार पद्दतिमार्फत चिकित्सकले बोली फर्काउने भए पनि खर्चिलो हुने र सहज नहुने भएकाले आर्थिक अवस्था कमजोर भएकाहरूले यहाँको पानी उपयोग गर्ने गर्दछन् ।

यसको वैज्ञानिक तथ्य भने अहिलेसम्म फेला पर्न नसकेको त्रिभुवन बहुमुखी क्याम्पस पाल्पाका सहायक क्याम्पस प्रमुख एवं जीव विज्ञानका प्राध्यापक चन्द्रबहादुर थापाले बताउनुभयो । धार्मिक आस्थाका कारण यहाँको पानी बोली नफुटेका बच्चालाई खुवाउने गरिए पनि अहिलेसम्म त्यस्तो वैज्ञानिक आधारहरू भने फेला नपरेको उहाँले जानकारी दिनुभयो ।

प्राध्यापक थापाले भन्नुभयो, “शारीरिक विकास ढिलोचाँडो हुन्छ तर पानीकै कारण बोली फुट्छ भन्ने कुराको वैज्ञानिक आधार भने अहिलेसम्म पाइएको छैन ।” यसको विस्तृत रूपमा अनुसन्धान गरेर मात्र वास्तविकता भन्न सकिने उहाँको भनाइ छ ।

यस कुवाको प्रचारप्रसार हुन नसक्दा धेरैलाई यसबारेमा थाहा नभएको स्थानीय गहतराजले बताउनुभयो । उहाँका अनुसार थाहा पाएकाहरू नेपालका विभिन्न जिल्लाका साथै भारतबाटसमेत मानिस आउने गरेका छन् । उहाँले भन्नुभयो, “केही मानिस कुवाको पानी पिएपछि बच्चाको बोली फुटेपछि यहाँ आएर पूजासमेत गर्ने गर्दछन् ।”

कुवा बाटोको छेवमा अवस्थित छ । लामो समय कुना सडक छेउमा भए पनि सडक विस्तार गर्ने क्रममा मासिने अवस्थामा पुगेपछि अहिले कुवा भएको ठाउँमा ट्याङ्की निर्माण गरिएको स्थानीय दिलकुमारी गहतराजले बताउनुभयो ।

“अहिले पानी सडकबाट तल लगेर अर्को ट्याङ्की निर्माण गरी प्रयोगमा ल्याइएको छ । धेरैलाई यहाँको पानी खाएमा बोली नफुटेका बच्चाको बोली फुट्छ भन्ने थाहा नभएकाले यसको प्रचारप्रसार भएमा वास्तविकता अनुसन्धान पनि हुने थियो कि?”, उहाँले प्रश्न गर्नुभयो । कतिपय यहाँबाट बोतलमा पानी लिएर पनि जाने गरेका उहाँको भनाइ छ ।

आफ्नो छोरी आठ÷दश वर्षको उमेर हुँदा पनि बोली नफुटेपछि यहाँको पानी खुवाएर अहिले स्पष्ट बोल्नसक्ने भएकी स्थानीय कमला गहतराजले उल्लेख गर्नुभयो । पानी लिन आउँदा मानिसहरूले केही भेटी चढाउनेसमेत गरेको उहाँले जानकारी दिनुभयो ।

यहाँको पानी सञ्जिवनी बुटीसरह भए पनि प्रचारप्रसार नहुँदा ओझेलमा परेको स्थानीयको गुनासो छ । यहाँ कुवा नजिकै सूचना (बोर्ड) राखिए पनि त्यसको पर्याप्त प्रचार हुन सकेको छैन् ।

स्थानीय सरकारले यहाँको पानीलाई थप व्यवस्थित गरी तानसेन आउने आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्नसके आम्दानीको स्रोत बन्नसक्ने पत्रकार प्रकाश नेपालले बताउनुभयो । उहाँले यस कुवाको महत्त्वलाई उजागर गरी अनुसन्धान गर्ने वातावरण स्थानीय सरकारले मिलाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।

तानसेन नगरपालिका–११ का वडाध्यक्ष यादवसिंह कार्कीले यसको संरक्षण र महत्त्वलाई स्थानीय सरकारले प्राथमिकतामा राखेर काम गरेको बताउनुभयो । उहाँले परापूर्वकालदेखि जोगीकुवाको महत्त्व रहँदै आएकाले स्थानीयको जनविश्वासलाई संरक्षण र प्रवर्द्धन गरिने उल्लेख गर्नुभयो । आगामी दिनमा धार्मिक र वैज्ञानिक आधारसँग जोडर कुवाको वास्तविकता अुनसन्धानमार्फत पत्ता लगाउने योजना रहेको उहाँले जानकारी दिनुभयो ।
—

Previous Post

मध्यपहाडी लोकमार्ग : हरिचोक–याम्दी खण्ड ‘अस्फाल्ट’ प्रविधिबाट ‘पिच’

Next Post

नारायणगढ–बुटवल सडक : दाउन्ने क्षेत्रमा काम केन्द्रित

metakhabar

metakhabar

सम्बन्धित खबर

उपराष्ट्रपति यादव स्वागत समारोहमा सहभागी
आवाज

उपराष्ट्रपति यादव स्वागत समारोहमा सहभागी

११ असार २०८३,
भेनेजुएलामा शक्तिशाली भूकम्प
अन्तर्राष्ट्रिय

भेनेजुएला भूकम्प अपडेट : ३२ जनाको मृत्यु

११ असार २०८३,
ज्येष्ठ शुक्ल एकादशीः घरका मठमा तुलसीको दल राखिँदै
आवाज

ज्येष्ठ शुक्ल एकादशीः घरघरका मठमा तुलसीको दल राखिँदै

११ असार २०८३,
यात्रुका मागका आधारमा टरिगाउँ विमानस्थलबाट उडान
आर्थिक

टरिगाउँ विमानस्थलका लागि २५ करोड

११ असार २०८३,
मौद्रिक नीति लगानी र उत्पादनमैत्री बनाउन चेम्बरको आग्रह
आर्थिक

मौद्रिक नीति लगानी र उत्पादनमैत्री बनाउन चेम्बरको आग्रह

११ असार २०८३,
वीरगञ्जलाई विरुप बनाउने तार हटाइँदै
आवाज

गर्मी बढेपछि वीरगञ्जका सबै विद्यालय चार दिन बिदा

११ असार २०८३,
Load More
Next Post
नारायणगढ–बुटवल सडकः दाउन्नेमा रातिको सवारी आवागमन वैशाख ३१ सम्म रोकिने

नारायणगढ–बुटवल सडक : दाउन्ने क्षेत्रमा काम केन्द्रित

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In