• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, March 15, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    इरान–इजरायल युद्ध फैलिँदै

    इरान–इजरायल युद्ध फैलिँदै

    नासाको अन्तरिक्षयान ‘भान एलेन प्रोब–ए’ पृथ्वीमा प्रवेश

    नासाको अन्तरिक्षयान ‘भान एलेन प्रोब–ए’ पृथ्वीमा प्रवेश

    इरानको आक्रमणपछि तेल मूल्य उच्च, शेयर बजार घट्दै

    इरानको आक्रमणपछि तेल मूल्य उच्च, शेयर बजार घट्दै

    अकबरे खुर्सानी रोप्नमा व्यस्त भोजपुरका किसान

    अकबरे खुर्सानी रोप्नमा व्यस्त भोजपुरका किसान

    अनधिकृत रुपमा भूमि दिलाइदिने भ्रमका पछि नलाग्न आयोगको आग्रह

    अनधिकृत रुपमा भूमि दिलाइदिने भ्रमका पछि नलाग्न आयोगको आग्रह

    काठमाडौं बन्यो विश्वकै तेस्रो प्रदूषित शहर

    नेपालमा वायु प्रदूषणबाट बर्सेनि ४२ हजार मानिसको मृत्यु !

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

राजनीति बुझेकी छु तर राजनीतिमा आउँदिन, सबैमा स्पष्ट होस्: प्रथम महिला शाक्य

metakhabar by metakhabar
६ जेष्ठ २०८२,
0
राजनीति बुझेकी छु तर राजनीतिमा आउँदिन, सबैमा स्पष्ट होस्: प्रथम महिला शाक्य
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ : प्रथम महिला राधिका शाक्यले आफूले राजनीति बुझेको तर राजनीतिमा नआउने स्पष्ट गर्नुभएको छ ।

प्रेस चौतारी नेपालद्वारा आज यहाँ आयोजित ‘करुणा’ पुस्तक ‘लेखिका राधिका शाक्यको सम्पादकसँगको संवाद’ कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली धर्मपत्नी शाक्यले विद्यार्थीकालदेखि नै राजनीतिमा केहीहदसम्म आबद्ध भएको र राजनीतिक व्यक्तित्वसँगको विवाह भएपछि मुलुकको राजनीतिक घटनाक्रमबारे राम्रोसँग बुझ्ने अवसर पाए पनि राजनीति गर्ने पक्षमा आफू नरहेको स्पष्ट पार्नुभयो ।

नेपालमा पछिल्ला दिनमा सकारात्मक सोचका साथ काम गर्नेभन्दा नकारात्मक धारणा बनाइ अनावश्यक कुरा काट्ने पक्ष हावी भएको उल्लेख गर्दै उहाँले भन्नुभयो, “देशलाई माया गर्ने एक सामान्य नेपाली नागरिक भएर बस्न चाहन्छु, अब यो उमेरमा राजनीति गर्न जाने पक्षमा म छैन ।”

प्रथम महिला शाक्यले राजनीतिक अस्थिरताको अफवाह फैलाइ सरकारलाई निर्वाध रूपमा काम गर्न नदिनेहरू हावी हुनु मुलुकको ठूलो समस्या भएको जिकिर गर्नुभयो । उहाँले दिनरात नभनि देश र जनताका पक्षमा काम गर्नेहरूलाई धन्यवादसहित प्रशंसा गर्नुको सट्टा गालिगलौज गरी त्यसैमा रमाउने प्रवृत्ति हावी भइरहे देश कहाँ पुग्ला भनी चिन्ता व्यक्त गर्नुभयो ।

एक प्रश्नको जवाफमा शाक्यले देशको प्रधानमन्त्रीसँग भेट्न, सम्पर्क बढाउन र लाभ लिन खोज्नेहरू हाम्रो समाजमा नहोलान् भन्न नसक्ने धारणा राख्नुभयो । “शक्तिमा भएका हैसियतले मेरो माइतीतर्फका कुनै पनि नातासम्बन्धका कोही–कसैले राजनीतिक लाभ लिएका भए खोजपड्ताल गरी वास्तविकता सार्वजनिक गरिदिनुहुन आमसञ्चरकर्मीसँग अनुरोध गर्दछु”, उहाँले भन्नुभयो ।

आफ्नो प्रेरणाको स्रोत श्रीमान् ओली रहेको र उहाँकै कारण आफूले दुई विषयमा स्नातकोत्तर तहको उपाधि हासिल गर्न सफल भएको उल्लेख गर्दै प्रथम महिला शाक्यले फुर्सद हुनासाथ लेख्न–पढ्न रमाउने र सानैदेखि आफूमा कारुणिक स्वभाव रहेको धारणा राख्नुभयो । श्रीमान् र आफूबीच जीवन र देशलाई हेर्ने दर्शन मिलेकाले पारिवारिक जीवन सहज ढङ्गबाट अघि बढेको उल्लेख गर्दै उहाँले राति अबेरसम्म अध्ययन–लेखनमा रमाउने प्रधानमन्त्री ओलीको आत्मविश्वासहित स्मरण शक्ति अद्भूत रहेको बताउनुभयो ।

शाक्यले ‘मेरो अनुभूति’ नामक कृति यसअघि नै सार्वजनिक भइसकेको जानकारी दिँदै समयले साथ दिए प्राप्त अनुभव र अनुभूतिलगायत आफूसँग भएका सूचना र सन्दर्भ सामग्रीलाई समेटेर पुस्तकका रूपमा तेस्रो कृति ल्याउने बताउनुभयो ।

त्यस अवसरमा डा देवी नेपाल र वरिष्ठ पत्रकार बबिता बस्नेतले भर्खरै सार्वजनिक कृति ‘करुणा’ माथि समीक्षा गर्दै करुणाकी खानी शाक्य र नेकपा ( एमाले) का अध्यक्ष एवं प्रधानमन्त्री ओलीलाई बुझ्न खोज्ने जोकोहीका लागि पुस्तक उपयोगी हुने धारणा राख्नुभयो । उहाँहरुले व्यस्त समयका बाबजुद् प्रथम महिला शाक्यले समयको सदुपयोग गर्दै ‘करुणा’ नामक पठनीय कृति प्रकाशित गरी देश र नेपाली जनतालाई अमूल्य उपहार दिनुभएको बताउनुभयो ।

प्रेस चौतारी नेपालका अध्यक्ष गणेश पाण्डेले सङ्घर्ष, त्याग, समर्पण, सालिनता, सहनशीलता, व्यक्तित्वका हिसाबले ‘प्रथम महिला शाक्य’ उदाहरणीय बन्न सफल हुनुभएको उल्लेख गर्दै नेपाली समाजले उहाँबाट धेरै कुरा सिक्न सक्नुपर्ने धारणा व्यक्त गर्नुभयो । उहाँले प्रथम महिला शाक्यद्वारा लिखित ‘करुणा’ पुस्तक पढी लाभान्वित हुन सबैलाई आग्रह गर्नुभयो ।

प्रेस चौतारीका महासचिव हीरामान लामाले २०४६ सालको सफल जनआन्दोलनपछि संसदमा सत्ता वा प्रतिपक्ष पार्टीका प्रमुख एवं प्रभावशाली नेताका हैसियतले नेपाली राजनीतिमा सदैव शीर्षस्थानमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली र राधिका शाक्यको सङ्घर्ष, संवेदना, सङ्कल्प, अनुभव, संयोग र तथ्यलाई समेटेर कृति आएकाले यसलाई नेपाली समाजले प्रेरणाको स्रोतका रूपमा लिनुपर्ने धारणा व्यक्त गर्नुभयो ।

सम्पादकसँगको सो संवाद कार्यक्रममा राजधानी काठमाडौँस्थित मुलधारका सबैजसो आमसञ्चारमाध्यमका सम्पादक एवं वरिष्ठ सञ्चारकर्मीको उपस्थिति थियो ।

Previous Post

युएईलाई हराउदै नेपाल महिला टी-२० विश्वकपको ग्लोबल क्वालिफायरमा छनौट

Next Post

नेपाल र भारतबीचका सबै समस्या वार्ताबाट समाधान गर्नुपर्नेमा नेता जोलीको जोड

metakhabar

metakhabar

सम्बन्धित खबर

इरान–इजरायल युद्ध फैलिँदै
फिचर-ब्यानर

इरान–इजरायल युद्ध फैलिँदै

३० फाल्गुन २०८२,
नासाको अन्तरिक्षयान ‘भान एलेन प्रोब–ए’ पृथ्वीमा प्रवेश
फिचर-ब्यानर

नासाको अन्तरिक्षयान ‘भान एलेन प्रोब–ए’ पृथ्वीमा प्रवेश

३० फाल्गुन २०८२,
इरानको आक्रमणपछि तेल मूल्य उच्च, शेयर बजार घट्दै
अन्तर्राष्ट्रिय

इरानको आक्रमणपछि तेल मूल्य उच्च, शेयर बजार घट्दै

३० फाल्गुन २०८२,
अकबरे खुर्सानी रोप्नमा व्यस्त भोजपुरका किसान
आर्थिक

अकबरे खुर्सानी रोप्नमा व्यस्त भोजपुरका किसान

३० फाल्गुन २०८२,
अनधिकृत रुपमा भूमि दिलाइदिने भ्रमका पछि नलाग्न आयोगको आग्रह
फिचर-ब्यानर

अनधिकृत रुपमा भूमि दिलाइदिने भ्रमका पछि नलाग्न आयोगको आग्रह

३० फाल्गुन २०८२,
काठमाडौं बन्यो विश्वकै तेस्रो प्रदूषित शहर
फिचर-ब्यानर

नेपालमा वायु प्रदूषणबाट बर्सेनि ४२ हजार मानिसको मृत्यु !

३० फाल्गुन २०८२,
Load More
Next Post
आइएफसी र उद्योग वाणिज्य महासङ्घबीच सहकार्यमा जोड

नेपाल र भारतबीचका सबै समस्या वार्ताबाट समाधान गर्नुपर्नेमा नेता जोलीको जोड

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In