• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, March 26, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    वीरगञ्ज नाका : एक खर्ब ७४ अर्ब बराबरको पेट्रोलियम पदार्थ आयात

    वीरगञ्ज भन्सारद्वारा एक खर्ब ५४ करोड राजस्व सङ्कलन

    चुलोचौकोदेखि क्याम्पससम्मः बदलिँदै शिशुवारीका छोरी–बुहारीको जीवन

    चुलोचौकोदेखि क्याम्पससम्मः बदलिँदै शिशुवारीका छोरी–बुहारीको जीवन

    सुनसरीमा चैते धान रोपाइँ

    सुनसरीमा चैते धान रोपाइँ

    तनहुँको मह विश्वबजारमा, किसान उत्साहित

    तनहुँको मह विश्वबजारमा, किसान उत्साहित

    रेश्मिका परियार हत्याको छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्न माग

    रेश्मिका परियार हत्याको छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्न माग

    देशभर चैते दशैँ मनाइँदै, शक्तिपीठमा विशेष पूजा

    देशभर चैते दशैँ मनाइँदै, शक्तिपीठमा विशेष पूजा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

बैतडीमा रेबिजविरुद्ध खोपको चरम अभाव

metakhabar by metakhabar
४ जेष्ठ २०८२,
0
बैतडीमा रेबिजविरुद्ध खोपको चरम अभाव
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

बैतडी। जिल्लामा रेबिजविरुद्ध दिइने खोपको अभाव हुँदा सेवाग्राहीहरू ठूलो समस्यामा परेका छन्। खोप लगाउनका लागि उनीहरू जिल्लाबाहिर जान बाध्य भएका छन्। जिल्ला अस्पतालका सूचना अधिकारी हरिश पन्तका अनुसार गत तीन हप्तादेखि अस्पतालमा रेबिजविरुद्धको खोप उपलब्ध छैन। यस विषयमा प्रदेश आपूर्ति केन्द्रलाई जानकारी गराउँदासमेत हालसम्म खोप आइपुगेको छैन। उनले भने, “गत तीन हप्तादेखि यहाँ रेबिजविरुद्धको खोपको अभाव रहेको छ। खोप अभावबारे प्रदेश आपूर्ति केन्द्रलाई जानकारी गराइसकेका छौँ।”

जिल्लाका तीन स्थानमा रेबिजविरुद्धको खोप दिइने व्यवस्था छ। सदरमुकामस्थित जिल्ला अस्पताल, पाटन प्राथमिक स्वास्थ्य केन्द्र र केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रबाट यो खोप प्रदान गरिन्छ। तर पछिल्लो समय जिल्ला अस्पताल र स्वास्थ्य केन्द्रहरूमा खोपको अभाव भएकाले जनावरले टोकेर आउने बिरामीहरू जिल्ला बाहिर जान बाध्य भएका हुन्।

कुनै पनि जनावरले टोकेमा एक जना व्यक्तिले तीन मात्रा रेबिजविरुद्धको खोप लगाउनुपर्ने हुन्छ। तर खोपको अभावमा त्यस्ता व्यक्तिहरूलाई रित्तो हात फर्काउनुपरेको छ। कुकुर, बिरालोलगायत घरपालुवा जनावर र स्याल, ब्वाँसोजस्ता जङ्गली जनावरले टोकेमा रेबिजविरुद्धको खोप अनिवार्य लगाउनुपर्छ।

रेबिज भाइरसबाट लाग्ने एक खतरनाक रोग हो। यो मुख्यतया जनावरमा लाग्ने रोग भए पनि सङ्क्रमित जनावरबाट मानिसमा पनि सर्छ। यो भाइरस सङ्क्रमित जनावरको र्यालमा रहन्छ र जब जनावरले मानिसलाई टोक्छ, तब भाइरस मानिसको शरीरमा प्रवेश गर्छ। सङ्क्रमित र्यालले कसैको आँखा, मुख वा खुला घाउबाट पनि सङ्क्रमण हुन सक्ने सम्भावना हुन्छ।

रेबिज लागेमा ज्वरो आउने, झमझमाउने, टोकेको ठाउँमा अत्यधिक दुख्ने जस्ता लक्षणहरू देखिन्छन्। त्यस्तै, पानी र हावादेखि डराउने, चिटचिटाहट हुने, रिसाउने जस्ता समस्याहरू पनि देखा पर्छन्। रेबिजका कारण आँखा, नाक, मुख र शरीरमा घाउहरू पनि देखिन सक्छन् र यो रोग अन्य मानिसमा पनि सर्न सक्छ। रेबिजका बिरामीले पानी पिउँदा घाँटीमा असह्य दुख्ने गर्छ। रेबिजले स्नायु प्रणालीसँगै श्वासप्रश्वासमा पनि बाधा उत्पन्न गर्न थाल्छ। रेबिजका कारण हृदयाघात र अन्ततः मृत्यु पनि हुन सक्छ।

Previous Post

एक दशकपछि रामबहादुरको मुहारमा फिरेको खुसी

Next Post

प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ कार्यसूची

metakhabar

metakhabar

सम्बन्धित खबर

वीरगञ्ज नाका : एक खर्ब ७४ अर्ब बराबरको पेट्रोलियम पदार्थ आयात
आर्थिक

वीरगञ्ज भन्सारद्वारा एक खर्ब ५४ करोड राजस्व सङ्कलन

१२ चैत्र २०८२,
चुलोचौकोदेखि क्याम्पससम्मः बदलिँदै शिशुवारीका छोरी–बुहारीको जीवन
आवाज

चुलोचौकोदेखि क्याम्पससम्मः बदलिँदै शिशुवारीका छोरी–बुहारीको जीवन

१२ चैत्र २०८२,
सुनसरीमा चैते धान रोपाइँ
कृषि

सुनसरीमा चैते धान रोपाइँ

१२ चैत्र २०८२,
तनहुँको मह विश्वबजारमा, किसान उत्साहित
समाचार

तनहुँको मह विश्वबजारमा, किसान उत्साहित

१२ चैत्र २०८२,
रेश्मिका परियार हत्याको छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्न माग
समाचार

रेश्मिका परियार हत्याको छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्न माग

१२ चैत्र २०८२,
देशभर चैते दशैँ मनाइँदै, शक्तिपीठमा विशेष पूजा
फिचर-ब्यानर

देशभर चैते दशैँ मनाइँदै, शक्तिपीठमा विशेष पूजा

१२ चैत्र २०८२,
Load More
Next Post
प्रधानमन्त्री र मन्त्रीहरुले आफ्नो सम्पत्ति सार्वजनिक गर्नुपर्छ : सांसद पुन

प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ कार्यसूची

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In