• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, March 10, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    राहुघाट–पिप्ले बगैँचा जोड्ने पदमार्ग निर्माण

    राहुघाट–पिप्ले बगैँचा जोड्ने पदमार्ग निर्माण

    निर्वाचन १० दिन बाँकीः जनप्रतिनिधिलाई निर्वाचन प्रचार प्रसारमा सहभागी नहुन आग्रह

    समानुपातिकमा एक करोड चार लाख मतगणना

    प्रतिनिधि सभा प्रत्यक्ष मतगणना सकियो, रास्वपाले १२५ सिट जित्यो

    प्रतिनिधिसभा सदस्य निर्वाचन : चितवन ३ मा कांग्रेस र एमालेका उम्मेदवारले जोगाएनन् जमानत

    सुनको मूल्य घट्यो

    सुनचाँदीकोे मूल्य बढ्यो

    नवनिर्वाचित सांसद महावीर पुन किताब बेच्न पोखरामा

    नवनिर्वाचित सांसद महावीर पुन किताब बेच्न पोखरामा

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

सिङ्गा तातोपानीमा नदी कटान रोक्न ‘कम्पोजिट’ पर्खाल निर्माण

metakhabar by metakhabar
४ जेष्ठ २०८२,
0
सिङ्गा तातोपानीमा नदी कटान रोक्न ‘कम्पोजिट’ पर्खाल निर्माण
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

म्याग्दी। म्याग्दीको बेनी नगरपालिका–४ सिङ्गा तातोपानीमा नदी कटान र बाढी नियन्त्रण गर्न ‘कम्पोजिट’ प्रविधिको पर्खाल निर्माण भएको छ। चालु आर्थिक वर्ष २०८१/८२ मा सङ्घीय र प्रदेश सरकारले विनियोजन गरेको बजेटबाट म्याग्दी नदी किनारका विभिन्न ठाउँमा सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना पोखरा र जलस्रोत, सिँचाइ तथा खानेपानी डिभिजन कार्यालयले पक्की पर्खाल निर्माण गरेका हुन्।

गत फागुनदेखि सुरु भएका दुवै योजना बर्खा सुरु हुनुअघि नै सम्पन्न भएको तातोपानीका बासिन्दा दिनेश केसीले बताए। १ करोड ५५ लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको साहाना–बिआरटी जेभी पर्वतले सरस्वती माविमुनि कम्पोजिट प्रविधिको पर्खाल निर्माण गरेको छ। यो योजनाका लागि २ करोड ७० लाख रुपैयाँ लागत अनुमान गरिएको थियो।

सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजनाका इञ्जिनियर नरजङ गुरुङका अनुसार म्याग्दी नदीको किनारमा कटान नियन्त्रणका लागि ६६ मिटर लामो, चार मिटर चौडाइ भएको तीनतीन मिटर अग्लो कङ्क्रिट र त्यसमाथि ग्याविन पर्खाल निर्माण भएको छ।

जलस्रोत, सिँचाइ तथा खानेपानी डिभिजन कार्यालयले विनियोजन गरेको ५० लाख रुपैयाँ बजेटबाट ठेक्का पाएको कम्पनी शान्ति निर्माण सेवाले उपल्लो तातोपानी बजारको पछाडि पक्की पर्खाल निर्माण गरेको छ। कार्यालयका प्रमुख डिभिजनल इञ्जिनियर झलकमोहन ओझाका अनुसार यो ठेक्कामार्फत ४० मिटर लामो पलम, सेयर र ग्यावियन पर्खाल निर्माण भएको छ।

विसं २०७८ मा म्याग्दी नदीमा आएको बाढीले तातोपानीस्थित फापरखेत र मसारमा कटान गरेको थियो। मसारमा दुईवटा घर भत्किएका थिए। फापरखेतमा रहेको सरस्वती मावि, ज्वालामाई भगवती आमा समूहको भवन र मसारको १७ घर नदी कटानको जोखिममा छन्। करिब एक सय घरपरिवारको बसोबास रहेको उपल्लो तातोपानी बजार पनि म्याग्दी नदीको कटानको जोखिममा छ।

यसअघि ग्यावियन पर्खाल निर्माण गरेर नदी नियन्त्रण गरिँदै आएकामा यसपालिदेखि पक्की पर्खाल निर्माण गर्न थालिएको वडाध्यक्ष अणबहादुर खड्काले बताए। प्राकृतिक उपचारस्थलका रूपमा परिचित सिङ्गा तातोपानी र बेनी बजारमा म्याग्दी नदीको कटान नियन्त्रणका लागि चालु आवमा बहुवर्षीय स्रोत सुनिश्चित भएको १० करोड रुपैयाँ बजेटको योजना कार्यान्वयनका लागि पनि ठेक्का प्रक्रियामा छ।

सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजनाका इञ्जिनियर गुरुङका अनुसार तातोपानीमा एक सय दुई मिटर र बेनीको दरवाङ बजार पछाडि एक सय ६५ मिटर कम्पोजिट पर्खाल निर्माण गर्न लागिएको हो।

Previous Post

दश लाख प्यालेस्टाइनीलाई गद्दाफीकाे लिबियामा सार्ने ट्रम्पको योजना

Next Post

हुथीको हातमा कुन त्यस्तो हतियार छ, जसवाट तर्सियाे अमेरिकी वायुसेना

metakhabar

metakhabar

सम्बन्धित खबर

राहुघाट–पिप्ले बगैँचा जोड्ने पदमार्ग निर्माण
आर्थिक

राहुघाट–पिप्ले बगैँचा जोड्ने पदमार्ग निर्माण

२६ फाल्गुन २०८२,
निर्वाचन १० दिन बाँकीः जनप्रतिनिधिलाई निर्वाचन प्रचार प्रसारमा सहभागी नहुन आग्रह
आवाज

समानुपातिकमा एक करोड चार लाख मतगणना

२६ फाल्गुन २०८२,
प्रतिनिधि सभा प्रत्यक्ष मतगणना सकियो, रास्वपाले १२५ सिट जित्यो
फिचर-ब्यानर

प्रतिनिधिसभा सदस्य निर्वाचन : चितवन ३ मा कांग्रेस र एमालेका उम्मेदवारले जोगाएनन् जमानत

२६ फाल्गुन २०८२,
सुनको मूल्य घट्यो
आर्थिक

सुनचाँदीकोे मूल्य बढ्यो

२६ फाल्गुन २०८२,
नवनिर्वाचित सांसद महावीर पुन किताब बेच्न पोखरामा
समाचार

नवनिर्वाचित सांसद महावीर पुन किताब बेच्न पोखरामा

२६ फाल्गुन २०८२,
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आर्थिक

यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

२६ फाल्गुन २०८२,
Load More
Next Post
हुथीको हातमा कुन त्यस्तो हतियार छ, जसवाट तर्सियाे अमेरिकी वायुसेना

हुथीको हातमा कुन त्यस्तो हतियार छ, जसवाट तर्सियाे अमेरिकी वायुसेना

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In