• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, March 19, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    बुबाको पेसालाई पछ्याउँदै सफल डेरी उद्यागी बनेका योगेन्द्र

    बुबाको पेसालाई पछ्याउँदै सफल डेरी उद्यागी बनेका योगेन्द्र

    टीकाको दोस्रो दिन आज पनि मान्यजन र आफन्तबाट टीका र आर्शिवाद थाप्ने क्रम जारी

    चैत्र शुक्ल पक्षः आज चैते दसँैको घटस्थापना

    सुनको मूल्य घट्यो

    सुनचाँदीकोे मूल्य आज पनि घट्यो

    बाख्रापालनमा निर्भर धारापानीका बासिन्दा

    बाख्रापालनमा निर्भर धारापानीका बासिन्दा

    पौवादुङमा हावाहुरी पीडितलाई प्रतिपरिवार रु २० हजार राहत उपलब्ध गराइने

    पौवादुङमा हावाहुरी पीडितलाई प्रतिपरिवार रु २० हजार राहत उपलब्ध गराइने

    इरानद्वारा कतारको पेट्रोलियम प्लान्टमा मिसाइल आक्रमण

    इरानद्वारा कतारको पेट्रोलियम प्लान्टमा मिसाइल आक्रमण

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

मन चोर्ने पुम्दीकोट

metakhabar by metakhabar
२ जेष्ठ २०८२,
0
मन चोर्ने पुम्दीकोट
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

गण्डकी, २ जेठः अघिल्लो दिनको झरीपछि बिहीबार बिहान पोखराको मौसम खुलेको थियो । कलिलो घाममा पोखरा छेउछाउका हिमाल र डाँडाकाँडा मनमोहक देखिन्थे । घुमफिरको याम भएकाले यतिबेला पर्यटकीय राजधानी पोखरामा पर्यटकको आवतजावत बाक्लो छ । पोखरा भित्रने पर्यटकमध्ये अधिकांश पदयात्राका लागि टाढाका गन्तव्यमा निस्कन्छन् । कोही अन्नपूर्ण क्षेत्र पुग्छन् । नजिकका पर्यटकीय गाउँ पुगेर रमाउने पनि उत्तिकै हुन्छन् ।

यो याममा पोखरा आउने विदेशी पर्यटकमध्ये ठूलो हिस्सा भारतीयको हुने गर्छ । उनीहरु कोही गर्मी छल्न पोखरा आइपुग्छन् । कोही मुक्तिनाथलगायत धार्मिकस्थलको भ्रमणका लागि पोखरा भएर यात्रा गर्छन् । पोखरा आसपासमा पर्यटक भुलाउने कैयौँ गन्तव्यस्थल छन् । जसमध्ये एक हो पुम्दीकोट । धर्म र प्रकृतिप्रेमी पर्यटकलाई लोभ्याइरहेको पोखरा महानगरपालिका–२२ स्थित पुम्दीकोट पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्न थालेको छ ।

छोटो अवधिमा पुम्दीकोट यस क्षेत्रकै चर्चित धार्मिक पर्यटकीयस्थलका रुपमा स्थापित भएको हो । “पुम्दीकोटलाई धार्मिक गन्तव्यका रुपमा विकास गर्ने १० वर्षअघिको सपना पूरा भएको छ”, पुम्दीकोट विकास समितिका अध्यक्ष चन्द्रकान्त बरालले भन्नुभयो, “पुम्दीकोट आजको अवस्थामा ल्याउन स्थानीयवासीको ठूलो योगदान छ ।” ठूला व्यवसायी घरानादेखि सर्वसाधारणसम्मले पुम्दीकोट निर्माणमा हातेमालो गरेका छन् । राज्यको पनि लगानी पुम्दीकोटमा जोडिएको छ ।

चार वर्षअघि ५१ फिट अग्लो भूमेश्वर महादेवको मूर्ति राखिएपछि पुम्दीकोटको चर्चा चुलिएको थियो । उक्त स्थानमा प्राचीन भूमेश्वर महादेवको मन्दिरलगायत महत्वपूर्ण धार्मिक संरचना रहेका छन् । ३१ फिट अग्लो विशाल डमरु, कुण्ड (गङ्गा पोखरी), १०८ धारा, २१६ शिवलिङ्ग, १०८ स्वर्गद्वारी सिँढी, शिव ताण्डव नृत्य तथा अन्तरराष्ट्रिय ध्यान केन्द्र आदि निर्माण गरिएको छ । पाँच फिट अग्लो पित्तलको शिवलिङ्ग, कुमार र पार्वतीको मूर्ति, समेरु पर्वत, हरियाली उद्यानलगायत संरचना निर्माणका क्रममा छन् । बृहत्तर पुम्दीकोटको गुरुयोजनाअन्तर्गत पूर्वाधार निर्माणका योजनालाई अगाडि बढाइएको समितिका अध्यक्ष बरालले बताउनुभयो ।

उहाँका अनुसार पुम्दीकोटमा धार्मिक तथा पर्यटकीय पूर्वाधार निर्माणमा हालसम्म रु २९ करोड बढी लगानी भइरहेको छ । जसमध्ये सङ्घ, प्रदेश र स्थानीय सरकारको रु सात करोड लगानी परेको छ । अन्य लगानी दाता र स्थानीयवासीबाट जुटेको अध्यक्ष बरालले जानकारी दिनुभयो । सोही उद्देश्यका लागि विसं २०७३ र विसं २०७८ मा महाशिवपुराण लगाइएको थियो । “परापूर्वकालदेखि नै भूमे देउताका रुपमा यहाँ पूजाआजा हुँदै आएको थियो, पौराणिक र धार्मिक महत्वको यस स्थललाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न हामी लागिपरेका छौँ”, उहाँले भन्नुभयो, “छोटो समयमै पुम्दीकोट पर्यटकको रोजाइमा पर्न सफल भएको छ ।”

पुम्दीकोट विकास समितिका कर्मचारी (अर्थ सङ्कलक) कृष्ण देवकोटाले चाडपर्व र सार्वजनिक बिदा पर्दा दैनिक छ हजारसम्म पर्यटक पुम्दीकोट आउने गरेको बताउनुभयो । “अरुबेला दिनमा कम्तीमा पनि नौ सयदेखि तीन हजारसम्म पर्यटक भित्रने गरेको हाम्रो अनुमान छ”, उहाँले भन्नुभयो, “शिवरात्रि, साउनको सोमबार, नयाँ वर्ष आदिका बेला यहाँ खुट्टा टेक्ने ठाउँ पनि हुँदैन, पर्यटकको सङ्ख्या अनुमान लगाउनै सकिन्न ।”

नेपालीपछि हिन्दू धर्म मान्ने भारतीय पर्यटक उल्लेखमात्रामा आउने गरेको उहाँले सुनाउनुभयो । धार्मिक आस्थाप्रेमीका लागि मात्र नभएर प्रकृतिमा रमाउने पर्यटकका लागि पनि पुम्दीकोट उपयुक्त गन्तव्य हो । सहरको कोलाहल र व्यस्तता छलेर छिनभरमै प्रकृतिको काख पुम्दीकोटमा पुग्न सकिन्छ । पुम्दीकोटबाट उत्तरपट्टि लहरै देखिने हिमशृङ्खला, फेवाताल र पोखरा सहरको रमणीय दृश्यले जोकोहीको मन चोर्ने गर्छ । पोखरा–१७ छोरेपाटनबाट सात किमी गाडीको यात्रा पुम्दीकोट पुग्न सकिन्छ । पोखरा–२२ तिलाहारबाट पनि त्यहाँको यात्रा तय गर्न सकिन्छ । तिलाहारदेखि पुम्दीकोटको दूरी १३ किमी छ ।

कालोपत्र सडक भएकाले सहजै यात्रा गर्न सकिन्छ । पदयात्रा रुचाउनेका लागि फेवातालदेखि शान्ति स्तूपा हुँदै पुम्दीकोट उक्लने पदमार्ग पनि छ । पदयात्रा गर्दा डेढ घण्टाको समय लाग्छ । बाटैमा पर्ने भएकाले पुम्दीकोट जाँदा शान्ति स्तूपा पनि घुम्न सकिन्छ । पुम्दीकोटका व्यवसायी लक्ष्मी बरालले पर्यटक आगमन बढेसँगै स्थानीय व्यवसायीहरु पनि उत्साहित भएको बताउनुभयो । उहाँका अनुसार होटल, रेष्टुराँ, चिया पसलदेखि दर्जनौँ व्यवसाय सञ्चालनमा छन् ।

“पहिले पुम्दीकोट खुला डाँडो थियो, भूमे थान भनेर मानिसहरु शिवजीको पूजाआजा गर्न आउँथे, हामीले हेर्दाहेर्दै पुम्दीकोट अर्कै भयो”, उहाँले भन्नुभयो, “पर्यटकको चहलपहल बढेको छ, व्यापार राम्रो छ, नयाँनयाँ व्यवसाय गर्नेहरु थपिएका छन् ।”

Previous Post

अब रोटीमा यो चीज मिसाएर पकाउनुनु होस्, कब्जियत चट

Next Post

माधुरी दीक्षित धेरै विलासी जीवन बिताउँछिन्, उनी फिल्म बाहेक कहाँबाट पैसा कमाउँछिन् ?

metakhabar

metakhabar

सम्बन्धित खबर

बुबाको पेसालाई पछ्याउँदै सफल डेरी उद्यागी बनेका योगेन्द्र
आर्थिक

बुबाको पेसालाई पछ्याउँदै सफल डेरी उद्यागी बनेका योगेन्द्र

५ चैत्र २०८२,
टीकाको दोस्रो दिन आज पनि मान्यजन र आफन्तबाट टीका र आर्शिवाद थाप्ने क्रम जारी
आर्थिक

चैत्र शुक्ल पक्षः आज चैते दसँैको घटस्थापना

५ चैत्र २०८२,
सुनको मूल्य घट्यो
आर्थिक

सुनचाँदीकोे मूल्य आज पनि घट्यो

५ चैत्र २०८२,
बाख्रापालनमा निर्भर धारापानीका बासिन्दा
आवाज

बाख्रापालनमा निर्भर धारापानीका बासिन्दा

५ चैत्र २०८२,
पौवादुङमा हावाहुरी पीडितलाई प्रतिपरिवार रु २० हजार राहत उपलब्ध गराइने
आर्थिक

पौवादुङमा हावाहुरी पीडितलाई प्रतिपरिवार रु २० हजार राहत उपलब्ध गराइने

५ चैत्र २०८२,
इरानद्वारा कतारको पेट्रोलियम प्लान्टमा मिसाइल आक्रमण
अन्तर्राष्ट्रिय

इरानद्वारा कतारको पेट्रोलियम प्लान्टमा मिसाइल आक्रमण

५ चैत्र २०८२,
Load More
Next Post
माधुरी दीक्षित धेरै विलासी जीवन बिताउँछिन्, उनी फिल्म बाहेक कहाँबाट पैसा कमाउँछिन् ?

माधुरी दीक्षित धेरै विलासी जीवन बिताउँछिन्, उनी फिल्म बाहेक कहाँबाट पैसा कमाउँछिन् ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In