• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, February 11, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    म राजनीतिमा आउँदिनः अभिनेता उप्रेती

    म राजनीतिमा आउँदिनः अभिनेता उप्रेती

    राजनैतिक संक्रमणबीच नेपालको आर्थिक वृद्धि सुस्त हुनेः विश्व बैंक

    अफगानिस्तानमा विश्व बैङ्कद्वारा वित्त पोषित पानी आपूर्ति नेटवर्कको निर्माण सुरु

    अन्तर्राष्ट्रिय पुल सञ्चालनबारे अमेरिका र क्यानाडाबीच समन्वयको आवश्यकता

    अन्तर्राष्ट्रिय पुल सञ्चालनबारे अमेरिका र क्यानाडाबीच समन्वयको आवश्यकता

    नेकपाको चुनावी रोडम्यापः रेलमार्गदेखि जल यातायातसम्म ठूला पूर्वाधारमा जोड

    नेकपाको चुनावी रोडम्यापः रेलमार्गदेखि जल यातायातसम्म ठूला पूर्वाधारमा जोड

    रौतहट ४ मा बढ्दै तिमल्सिनाको पक्षमा जनलहर,कांग्रेसमा प्रवेश गर्ने बढे

    रौतहट ४ मा बढ्दै तिमल्सिनाको पक्षमा जनलहर,कांग्रेसमा प्रवेश गर्ने बढे

    मुस्ताङको समर मतदानस्थलमा जम्मा ३६ मतदाता

    मुस्ताङको समर मतदानस्थलमा जम्मा ३६ मतदाता

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

भारतिय प्रधानमन्त्रीको सम्बोधनः आतंकबाद बिरुद्धको मन्त्र, आक्रमण बिरुद्ध सबै राष्ट्रिय संयन्त्र

metakhabar by metakhabar
३० बैशाख २०८२,
0
भारतिय प्रधानमन्त्रीको सम्बोधनः आतंकबाद बिरुद्धको मन्त्र, आक्रमण बिरुद्ध सबै राष्ट्रिय संयन्त्र
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी २२ अप्रिलमा भएको पहलगाम आक्रमणका समय साउदी अरबको भ्रमणमा थिए । उनले यो खबर सुनेपछि आफ्नो भ्रमण सक्याएर स्वदेश फर्किए । यही समय अमेरिकाका उपराष्ट्रपति सपरिवार भारत भ्रमणमा थिए । यतिमात्र होइन पहलगाम आक्रमण भारतमा गर्मी बिदा र जम्मू कश्मिरको पर्यटन मौसमा ठिक अघि भयो ।

यो आक्रमण नियोजित, प्रायोजित र सयम रोजेर भएको थियो । यसका लागि यी कारण र अवस्थाहरू प्रयाप्त छन् ।

यो आक्रमणपछि केही समय भारतले पाकिस्तानसँग कुटनीतिक तबरले कारबाही थाल्यो । मुख्य निर्णयहरु भए । तर, यतिले पहलगाम आक्रमणले नेपाल र भारतसहित विश्वमा परेको चोट साम्य भएको थिएन् ।

नेपाल किन भने यहाँका युवा सुदिप न्यौपानेपनि निमर्मतापूर्ण तरिकाले पहलगाममा मारिएका थिए । आतंकबाद बिरुद्ध कुटनीतिक कारबाहीले मात्र पुगेन भन्ने जनआवाज बढिरहेका बेला भारतले ६ र ७ मेमा एउटा यस्तो कारबाही गरेर देखायो जसले आतंकबाद बिरुद्ध भएका अन्य कारबाहीलाई बिसर्ने अवस्था सृजना भएको छ ।

भारतले पाकिस्तान अतिक्रमित कश्मिर र पाकिस्तानमै आतंकबादीका ठेगानामा गरेको कारबाहीमा एकसयभन्दा बढी ‘लिस्टेड आतंकबादी’ मारिए। अपरेश सिन्दूर नाम दिइएको सैन्य कारबाही सोमबार प्रधानमन्त्री मोदीले देशका नाममा गरेको सम्बोधन अनुसार अझै जारी नै छ ।

उनले सम्बोधनमा भनेका छन्, ‘अपरेशन सिन्दूर केवल एउटा नाम मात्र होइन, यो देशका करोडौं जनताको भावनाको प्रतिबिम्ब हो । अपरेशन ‘सिन्दूर’ न्यायप्रतिको हाम्रो अखण्ड प्रतिज्ञा हो । मे ६ को अबेर राति र मे ७ को बिहान, सम्पूर्ण विश्वले यो प्रतिज्ञालाई वास्तविकतामा परिणत भएको देख्यो । भारतीय सेनाले पाकिस्तानमा रहेका आतङ्कवादी लुक्ने ठाउँहरु र उनीहरुका तालिम केन्द्रहरुमा बडो सटीकताका साथ आक्रमण गर्‍यो । भारतले यति ठूलो निर्णय लिन सक्छ भनेर आतङ्ककारीहरुले कहिल्यै कल्पना गरेका थिएनन् । तर जब देश एकजुट हुन्छ, राष्ट्र प्रथमको भावनाले ओतप्रोत हुन्छ र राष्ट्रिय हित सर्वोपरि हुन्छ, तब बलिया निर्णयहरु लिइन्छ र परिणामहरु प्राप्त हुन्छन् ।

जब भारतको मिसाइल र ड्रोनले पाकिस्तानमा रहेका आतङ्कवादी अड्डाहरुमा आक्रमण गर्‍यो, आतङ्कवादी संगठनहरुको भवन मात्र नभएर उनीहरुको साहस पनि नराम्रोसँग डगमगाएको थियो । बहावलपुर र मुरीदके जस्ता आतङ्कवादी अड्डाहरु विश्वव्यापी आतङ्कवादका विश्वविद्यालयहरु हुन् । विश्वका ठूला आतङ्कवादी हमलाहरु, चाहे त्यो ९ ११ होस्, लन्डन ट्युब बम विस्फोट होस्, वा पछिल्ला धेरै दशकहरुमा भारतमा भएका ठूला आतङ्कवादी हमलाहरु हुन्, तिनीहरुको सम्बन्ध कुनै न कुनै रुपमा यी आतङ्कवादी लुक्ने ठाउँहरुसँग जोडिएको छ । आतङ्ककारीहरुले हाम्रा दिदीबहिनीहरुको सिन्दूर मेटाएका थिए र भारतले उनीहरुको आतङ्कवादी मुख्यालय ध्वस्त पारेर प्रतिक्रिया दियो । भारतद्वारा गरिएका यी आक्रमणहरुमा १०० भन्दा बढी खतरनाक आतङ्कवादीहरु मारिएका छन् । धेरै आतङ्कवादी नेताहरु विगत साढे दुई–तीन दशकदेखि पाकिस्तानमा स्वतन्त्र रुपमा घुमिरहेका थिए जसले भारत विरुद्ध षड्यन्त्र रच्थे । भारतले एकै प्रहारमा उनीहरुलाई मारिदियो ।’

उनको यो भनाई प्राय राजनीतिमा हुने अविश्विसनिय प्रणहरुभन्दा फरक थियो । उनले कारबाही गरेपछि त्यो भनिरहेका थिए । राजनीतिमा भन्ने तर नगर्ने चलन दक्षिण एशियामा धेरै छ ।

उनले अघि भने, ‘भारतको यो कार्यबाट पाकिस्तान अत्यन्तै निराश र दुःखी भयो । यो अन्यालमा प¥यो र यसै अन्योलबीच उसले अर्को कायरतापूर्ण कार्य गर्‍यो । आतङ्कवाद विरुद्ध भारतको हमलालाई समर्थन गर्नुको सट्टा पाकिस्तानले भारतमाथि नै आक्रमण गर्न थाल्यो । पाकिस्तानले हाम्रा विद्यालय, कलेज, गुरुद्वारा, मन्दिर र सर्वसाधारणहरुको घरलाई निशाना बनायो । पाकिस्तानले हाम्रो सैन्य अड्डालाई निशाना बनायो । तर यस कार्यमा पाकिस्तानको आफ्नै पर्दाफास भयो । विश्वले देख्यो की कसरी पाकिस्तानका ड्रोन र मिसाइलहरु भारतको अगाडि पराल जस्तै खसे । भारतको बलियो वायु रक्षा प्रणालीले तिनीहरुलाई आकाशमै नष्ट पारिदियो ।

पाकिस्तानले सीमामा आक्रमणको तयारी गरेको थियो तर भारतले पाकिस्तानको मुटुमा प्रहार गर्‍यो । भारतका ड्रोन र मिसाइलहरुले सटीकताका साथ आक्रमण गरे । तिनीहरुले पाकिस्तानी वायु सेनाका ती एयरबेसहरुलाई क्षति पुर्‍याए जसमा पाकिस्तानलाई धेरै गर्व थियो । भारतले पहिलो तीन दिनमा नै पाकिस्तानलाई ठूलो क्षति पुर्‍यायो जुन उसले कहिल्यै कल्पना गरेको थिएन । त्यसैले भारतको आक्रामक कारबाही पछि, पाकिस्तानले भाग्ने उपाय खोज्न थाल्यो । तनाव कम गर्न पाकिस्तान विश्वलाई बिन्ती गरिरहेको थियो । र भारी क्षति बेहोरेपछि, पाकिस्तानी सेनाले मे १० को दिउँसो हाम्रो डीजीएमओलाई सम्पर्क गर्‍यो । त्यतिन्जेलसम्म हामीले ठूलो मात्रामा आतङ्कवादको पूर्वाधार नष्ट गरिसकेका थियौं । आतङ्ककारीहरुलाई समाप्त पारिसकेका थियौं । हामीले पाकिस्तानको मुटुमा स्थापित आतङकवादी अड्डाहरु नष्ट गरिसकेका थियौं ।

त्यसकारण, जब पाकिस्तानले अपील गर्‍यो र भन्यो कि यो अब कुनै पनि प्रकारको आतङ्कवादी गतिविधि वा सैन्य दुस्साहसमा संलग्न हुनेछैन, भारतले यसमाथि विचार गर्‍यो । र म फेरी पनि भन्दैछु, हामीले पाकिस्तानको आतङ्क र सैन्य अखडाहरु विरुद्धको हाम्रो जवाफी कारबाही हाललाई स्थगित गरेका छौं । आगामी दिनहरुमा हामी पाकिस्तानको प्रत्येक कदमलाई पाकिस्तानले कस्तो रवैया अपनाउनेछ भन्ने मापदण्डमा मापन गर्नेछौं ।’

उनले पाकिस्तानले सधै दिने आणविक अस्त्रका विषयमा समेत खुलेर चुनौती दिँदै भने, ‘हामी कडा कारबाही गर्नेछौं जहाँबाट आतङ्कवाद मौलाउँछ ।
दोस्रो, भारतले कुनै पनि किसिमको न्युक्लियर ब्ल्याकमेल सहने छैन । न्युक्लियर ब्ल्याकमेलको आडमा विकास गरिएका आतङ्कवादी लुक्ने ठाउँहरुमा भारतले सटीक र निर्णायक रुपमा प्रहार गर्नेछ ।

तेस्रो, हामी आतङकवादलाई सहयोग गर्ने सरकार र आतङ्कवादीका योजनाकारहरुबीच कुनै भिन्नता गर्ने छैनौँ । अपरेशन सिन्दूरका दौरान जब शीर्ष पाकिस्तानी सेनाका अधिकारीहरु मारिएका आतङ्कवादीहरुलाई बिदाइ गर्न आए तब संसारले एकपटक फेरी पाकिस्तानको घीनलाग्दो अनुहार देख्यो । यो राज्यद्वारा सहयोग गरिएको आतङ्कवादको बलियो प्रमाण हो । हामी भारत र आफ्नो नागरिकहरुलाई कुनै पनि खतराबाट जोगाउन निरन्तर निर्णायक कदम चालिरहनेछौँ ।’

प्रधानमन्त्री मोदीको विशेष सम्बोधनका दिन बुद्ध पूर्णिमा थियो। उनले आधुनिक भारतमा यसको नयाँ अर्थ पनि खुलाए । उनले भने , ‘आज बुद्ध पूर्णिमा हो । भगवान बुद्धले हामीलाई शान्तिको मार्ग देखाउनुभएको छ । शान्तिको मार्ग पनि शक्ति हुँदै जान्छ । मानवता शान्ति र समृद्धितर्फ अघि बढ्नुपर्छ । प्रत्येक भारतीयले शान्तिपूर्वक बाँच्न सकुन् र उनीहरुले विकसित भारतको सपना पूरा गर्न सकुन् । यसका लागि भारत शक्तिशाली हुनु अत्यावश्यक छ । र आवश्यक पर्दा यो शक्ति प्रयोग गर्नु पनि जरुरी छ । पछिल्ला केही दिनहरुमा भारतले यही काम गरेको छ ।

म फेरी एकपटक भारतीय सेना र सशस्त्र बलहरुलाई सलाम गर्दछु । प्रत्येक भारतीयको साहस र भारतवासीहरुको एकताको शपथ तथा संकल्पलाई म नमन गर्दछु ।’

Previous Post

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

Next Post

आठ घण्टादेखि बिपी राजमार्ग अवरुद्ध, बेपत्ता महिलाको खोजी गरिँदै

metakhabar

metakhabar

सम्बन्धित खबर

म राजनीतिमा आउँदिनः अभिनेता उप्रेती
मनोरञ्जन

म राजनीतिमा आउँदिनः अभिनेता उप्रेती

२८ माघ २०८२,
राजनैतिक संक्रमणबीच नेपालको आर्थिक वृद्धि सुस्त हुनेः विश्व बैंक
फिचर-ब्यानर

अफगानिस्तानमा विश्व बैङ्कद्वारा वित्त पोषित पानी आपूर्ति नेटवर्कको निर्माण सुरु

२८ माघ २०८२,
अन्तर्राष्ट्रिय पुल सञ्चालनबारे अमेरिका र क्यानाडाबीच समन्वयको आवश्यकता
अन्तर्राष्ट्रिय

अन्तर्राष्ट्रिय पुल सञ्चालनबारे अमेरिका र क्यानाडाबीच समन्वयको आवश्यकता

२८ माघ २०८२,
नेकपाको चुनावी रोडम्यापः रेलमार्गदेखि जल यातायातसम्म ठूला पूर्वाधारमा जोड
फिचर-ब्यानर

नेकपाको चुनावी रोडम्यापः रेलमार्गदेखि जल यातायातसम्म ठूला पूर्वाधारमा जोड

२८ माघ २०८२,
रौतहट ४ मा बढ्दै तिमल्सिनाको पक्षमा जनलहर,कांग्रेसमा प्रवेश गर्ने बढे
फिचर-ब्यानर

रौतहट ४ मा बढ्दै तिमल्सिनाको पक्षमा जनलहर,कांग्रेसमा प्रवेश गर्ने बढे

२८ माघ २०८२,
मुस्ताङको समर मतदानस्थलमा जम्मा ३६ मतदाता
फिचर-ब्यानर

मुस्ताङको समर मतदानस्थलमा जम्मा ३६ मतदाता

२८ माघ २०८२,
Load More
Next Post
आठ घण्टादेखि बिपी राजमार्ग अवरुद्ध, बेपत्ता महिलाको खोजी गरिँदै

आठ घण्टादेखि बिपी राजमार्ग अवरुद्ध, बेपत्ता महिलाको खोजी गरिँदै

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In