• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, July 7, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    जुम्ली किसानलाई मार्सीधान काट्न चटारो

    जुम्लामा सिँचाइका लागि कुलो निर्माण भएपछि किसानलाई सहज

    शुक्लाफाँटा आसपासका हात्ती प्रभावित बस्तीमा स्वचालित बत्ती जडान

    शुक्लाफाँटा आसपासका हात्ती प्रभावित बस्तीमा स्वचालित बत्ती जडान

    बढ्यो विदेशी मुद्राको सञ्चिति, २८ खर्ब छ अर्ब पुग्यो

    राष्ट्र बैंकद्वारा २५ अर्बको ऋणपत्र जारी

    दिक्तेलमा आदिकवि भानुभक्तको सालिक पुनर्निर्माण

    तीन दिनसम्म विविध कार्यक्रम गरी भानु जयन्ती मनाइने

    ‘ताल्चा लागेका घर, एक्लिएका बूढापाका’

    ‘ताल्चा लागेका घर, एक्लिएका बूढापाका’

    मार्ग खुलेको ५४ वर्षसम्म सडक स्तरोन्नति हुन नसक्दा यात्रु कष्टपूर्ण यात्रा गर्न बाध्य

    मार्ग खुलेको ५४ वर्षसम्म सडक स्तरोन्नति हुन नसक्दा यात्रु कष्टपूर्ण यात्रा गर्न बाध्य

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

ऐतिहासिक महत्त्व बोकेको मनमैजु जात्रा सुरु

metakhabar by metakhabar
२० चैत्र २०८२,
0
ऐतिहासिक महत्त्व बोकेको मनमैजु जात्रा सुरु
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ, २० चैत : धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्त्व बोकेको मनमैजुमा जात्रा सुरु भएको छ । प्रत्येक वर्षको चैत शुक्ल पूर्णिमाको दिनको अघिल्लो दिनदेखि सुरु हुने पाँचदिने मनमैजु (अजिमा) जात्रा सुरु भएको हो । बालाजुमा लाग्ने जामाचो मेलासँगै मनमैजु जात्रा लाग्ने धार्मिक विश्वास रहेको छ । चैत शुल्क पूर्णिमाको दिन लिच्छविकालिन राजा गुणकाम देवले प्रचलन ल्याएको शक्तिदेवी मनमैजु माईको जात्रा प्रत्येक वर्ष मनाउँदै आइएको छ ।

प्रत्येक वर्ष साइतअनुसार चैत र वैशाख शुक्ल पूर्णिमाको अवसरमा हुने उक्त जात्रा आयोजना हुने गरेको छ । यसवर्ष भने चैत शुक्ल पूर्णिमादेखि सुरु भएको हो । जात्रा सुरु हुनुभन्दा चार दिन अगाडि ठमेलका प्रधानले देवी देवतालाई निम्तो पठाई (नेटं) पुजा गरेपछि मनमैजुको औपचारिक जात्रा सुरु हुन्छ ।

चैत शुक्ल पूर्णिमाको अघिल्लो दिन मनमैजु मन्दिरको अगाडि प्रागङ्गणमा लिङ्गो ठड्याउने काम सुरु हुन्छ । लिङ्गो ठड्याएपछि नुवाईधुवाई गर्न नहुने, कुटो कोदालो चलाउन नहुने प्रचलन रहेको छ । सोही दिन श्री इन्द्रायणी माईलाई देवता घरबाट बाजागाजासहित मन्दिरको सिंहासनमा बसाल्ने गरिन्छ ।

सोही दिन राति यहाँका बासिन्दालाई रोगब्याधी नलागोस् भनेर देवता घरबाट (मरजा) भात र देवीका गरगहनालाई जात्रा गरेर मनमैजु मन्दिरमा ल्याउने चलन रहेको मजमैजुका स्थानीय समाजसेवी इन्द्रमान महर्जनले जानकारी दिनुभयो । जात्राको दोस्रो दिन यहाँका पास्नी नगरेका बालबालिका र गुफा नबसेका बालिकालाई रोगब्याधी नलागोस् भनेर देवीको जुठोको रूपमा मरजा (भात) खुवाउने प्रचलन छ ।

जात्राको तेस्रो दिन इन्द्रायणी माई (मनमैजु अजिमा) लाई बाजागाजा र सिन्दूरसहित जात्रा गरेर ऐतिहासिक बस्ती परिक्रमा गरी देवता घरमा लगेर बिसाइने गरिन्छ । यस्तै, जात्राको चौँथो दिन साविक मनमैजु क्षेत्रका बासिन्दाले आफन्तलाई बोलाएर भोज खुवाई दुःखसुख बाड्ने प्रचलन रहेको छ ।

जात्राको अन्तिम अर्थात् पाँचौँ दिन देवता घरबाट इन्द्रायणी माईको सिन्दूरसहितको जात्रा गरी ऐतिहासिक मनमैजु वस्तीको परिक्रमा गरी देवता घरमा लगेर बिसाइन्छ । सोही दिन लिङ्गो ढाल्ने प्रचलन चल्दै आएको छ ।

मनमैजु जात्राको अवसरमा मनमैजु युवा समूहले सांस्कृतिक कार्यक्रमसमेत आयोजना गर्ने भएको छ । समूहका अध्यक्ष हिरा महर्जनले तारकेश्वर नगरपालिका–९ को मनमैजुमा जात्राको चौँथो दिन भोलि (शनिबार) बृहत सांस्कृतिक कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभयो ।

उक्त समूहले शनिबार तेह्रौँ सांस्कृतिक कार्यक्रम आयोजना गर्न लागेको अध्यक्ष महर्जनले बताउनुभयो । अजिमा माईको पवित्र जात्राको अवसर पारेर भोलि १३ औँ वृहत मनमैजु सांस्कृतिक तथा कन्सर्ट कार्यक्रम आयोजना गरिएको उहाँका भनाइ छ ।

कार्यक्रममा नेवारी बाजागाजा, नेवारी तथा अन्य सांस्कृतिक नृत्य, गायन, धिमे नाच लगायतका आकर्षक प्रस्तुती रहने अध्यक्ष महर्जनले बताउनुभयो । यस्तै, विभिन्न सङ्घसंस्थाका विशेष प्रस्तुती तथा ब्याण्डको सांगीतिक कार्यक्रमले कार्यक्रमलाई अझ मनोरञ्जनात्मक बनाउने अपेक्षा आयोजकले गरेको छ ।

“मनमैजुको मौलिक कला र संस्कृतिलाई जगेर्ना गर्दै नयाँ पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यका साथ सांस्कृतिक कार्यक्रम आयोजना गर्न लागेका हौँ, सांस्कृतिक कार्यक्रम केवल मनोरञ्जन मात्र नभई पहिचान र एकताको प्रतीक समेत हो,” उहाँले भन्नुभयो । बुधबारदेखि सुरु भएको मनमैजु जात्रा आइतबार सकिनेछ । जात्राका लागि तारकेश्वर नगरपालिकाले आर्थिक सहयोग समेत गरेको छ ।

Previous Post

सन्दकपुरमा ‘रेडपाण्डा महोत्सव’ सुरु

Next Post

निःशुल्क स्वास्थ्य शिविरमा १६८ जना दर्शनार्थी पर्यटक लाभान्वित

metakhabar

metakhabar

सम्बन्धित खबर

जुम्ली किसानलाई मार्सीधान काट्न चटारो
आवाज

जुम्लामा सिँचाइका लागि कुलो निर्माण भएपछि किसानलाई सहज

२३ असार २०८३,
शुक्लाफाँटा आसपासका हात्ती प्रभावित बस्तीमा स्वचालित बत्ती जडान
आवाज

शुक्लाफाँटा आसपासका हात्ती प्रभावित बस्तीमा स्वचालित बत्ती जडान

२३ असार २०८३,
बढ्यो विदेशी मुद्राको सञ्चिति, २८ खर्ब छ अर्ब पुग्यो
आवाज

राष्ट्र बैंकद्वारा २५ अर्बको ऋणपत्र जारी

२३ असार २०८३,
दिक्तेलमा आदिकवि भानुभक्तको सालिक पुनर्निर्माण
आवाज

तीन दिनसम्म विविध कार्यक्रम गरी भानु जयन्ती मनाइने

२३ असार २०८३,
‘ताल्चा लागेका घर, एक्लिएका बूढापाका’
आवाज

‘ताल्चा लागेका घर, एक्लिएका बूढापाका’

२३ असार २०८३,
मार्ग खुलेको ५४ वर्षसम्म सडक स्तरोन्नति हुन नसक्दा यात्रु कष्टपूर्ण यात्रा गर्न बाध्य
समाचार

मार्ग खुलेको ५४ वर्षसम्म सडक स्तरोन्नति हुन नसक्दा यात्रु कष्टपूर्ण यात्रा गर्न बाध्य

२३ असार २०८३,
Load More
Next Post
निःशुल्क स्वास्थ्य शिविरमा १६८ जना दर्शनार्थी पर्यटक लाभान्वित

निःशुल्क स्वास्थ्य शिविरमा १६८ जना दर्शनार्थी पर्यटक लाभान्वित

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In