एकजना कन्जुस व्यापारीको घरमा आगो लागेछ ।
श्रीमतीः लौन तपाईं के हेरेर बस्नुभएको ? घरमा आगो लागिसक्यो ।
श्रीमानः पख न । भर्खरै त दमकल अफिसमा मिसकल गरेको छु ।
तीनजना झिङ्गाहरु
तीनजना झिङ्गाहरुमा एउटा मोटे रहेछ, अर्काे ठिकैको रहेछ र अर्काे दुब्लो रहेछ । उनीहरु बीचको कुराकानी– ठीकैको र दुब्लोले मोटेलाई सोधेछन्— दाइ तपाईं के खाएर यति धेरै मोटाउनु हुन्छ ? मोटेले जवाफ दिएछ— म साउजीले खाना खाने बेलामा उसको दालको भाँडामा बस्छु अनि उसले दालसँग भाँडै फालिदिन्छ । त्यही दाल खाएर मोटाउँछु ।
फेरि ठिकैकोलाई सोधेछन् तिमी चाहिँ किन यस्तो ? म पनि मोटे दाइले जस्तै दालमा बस्दा एक चम्चासँगै मलाई फालिदिन्छ म त्यही खान्छु अनि । पातलेलाई सोधेछन्— तिमीचाहिँ किन यति दुब्लो त ? म पनि तपाईंहरुले जस्तै दालमा नै बस्छु तर मेरो त साउजीले दालसँगै मलाई पनि चुसेर फालिदिन्छ त्यही भएर नि !
साभारः ‘हँसाउने चुट्किला’ पुस्तकबाट













