• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, February 12, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    म राजनीतिमा आउँदिनः अभिनेता उप्रेती

    म राजनीतिमा आउँदिनः अभिनेता उप्रेती

    राजनैतिक संक्रमणबीच नेपालको आर्थिक वृद्धि सुस्त हुनेः विश्व बैंक

    अफगानिस्तानमा विश्व बैङ्कद्वारा वित्त पोषित पानी आपूर्ति नेटवर्कको निर्माण सुरु

    अन्तर्राष्ट्रिय पुल सञ्चालनबारे अमेरिका र क्यानाडाबीच समन्वयको आवश्यकता

    अन्तर्राष्ट्रिय पुल सञ्चालनबारे अमेरिका र क्यानाडाबीच समन्वयको आवश्यकता

    नेकपाको चुनावी रोडम्यापः रेलमार्गदेखि जल यातायातसम्म ठूला पूर्वाधारमा जोड

    नेकपाको चुनावी रोडम्यापः रेलमार्गदेखि जल यातायातसम्म ठूला पूर्वाधारमा जोड

    रौतहट ४ मा बढ्दै तिमल्सिनाको पक्षमा जनलहर,कांग्रेसमा प्रवेश गर्ने बढे

    रौतहट ४ मा बढ्दै तिमल्सिनाको पक्षमा जनलहर,कांग्रेसमा प्रवेश गर्ने बढे

    मुस्ताङको समर मतदानस्थलमा जम्मा ३६ मतदाता

    मुस्ताङको समर मतदानस्थलमा जम्मा ३६ मतदाता

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

भारत र पाकिस्ताबीचको तनावप्रति नेपाल सचेत रहनुपर्नेमा जोड

metakhabar by metakhabar
२४ बैशाख २०८२,
0
युद्ध अन्तिम उपाय होइन — भारत र पाकिस्तानबीच वार्ता अपरिहार्य छ

Indian security personnel stand guard in Wuyan near Srinagar on May 7, 2025, following border tensions. India and Pakistan exchanged heavy artillery along their contested frontier on May 7, after New Delhi launched missile strikes on its arch-rival in a major escalation between the nuclear-armed neighbours. New Delhi announced it had carried out "precision strikes at terrorist camps" at nine sites in Pakistan-administered Kashmir, days after it blamed Islamabad for a deadly attack on the Indian-run side of the disputed region. (Photo by Tauseef MUSTAFA / AFP)

0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ, २४ वैशाखः प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले भारत र पाकिस्तानबीच विकसित पछिल्लो तनाव र नेपाललाई पार्नसक्ने प्रभावबारे सचेत रहनुपर्नेमा जोड दिनुभएको छ ।

नेपाली कांग्रेसका सांसद सञ्जयकुमार गौतमले भूराजनीतिक संवेदनशीलता र खुला सिमानाका कारण भारत र पाकिस्तानबीच युद्ध सुरु भएको भन्दै यसले नेपाललाई पार्ने अल्पकालीन र दीर्घकालीन प्रभावहरूका बारेमा नेपाल सरकारले समयमै सचेत भएर छलफल अघि बढाउन अनुरोध गर्नुभयो ।

उहाँले दक्षिणपूर्वी एसियाली मुलुकमा द्वन्द्व चर्किएको र यतिबेला राष्ट्रिय राजनीतिक दलको एकता जरुरी भएको औँल्याउनुभयो । संविधान संशोधन, सङ्घीयताको सवलीकरण, संस्कृतिको संरक्षण र प्रवर्द्धनलगायत विषयमा सबै दलहरूबीच न्यूनतम सहमति गरी आमजनतालाई आशा जगाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।

सांसद गौतमले राष्ट्रिय निकुञ्ज क्षेत्रमा जङ्गली जनावारको त्रास बढिरहेको, पछिल्लो तीन महिनामा बर्दियामा चितुवाको आतङ्कबाट दुई जनाको मृत्यु हुनुका साथै ११ जना घाइते भएका भन्दै जङ्गली जनावरबाट नागरिकलाई सुरक्षित गर्नेगरी वातावरण बनाउन सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउनुभयो ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सांसद अच्युतप्रसाद मैनालीले सरकारले दृढ सङ्कल्पसहित नयाँ योजना र कार्यक्रमका साथ नीति तथा कार्यक्रम ल्याएको भन्दै यसलाई पारित गराउनेतर्फ सकारात्मक पहल हुनुपर्ने धारणा राख्नुभयो । सरकारले हिम्मत र साहसका साथ परम्परागत नीति तथा कार्यक्रमकलाई क्रमभङ्ग गर्दै ल्याएको उहाँको भनाइ छ ।

सांसद मैनालीले प्रतिपक्षी दलका सांसदले तथ्यपरक र सत्यपरक भनाइ राख्दै नीति तथा कार्यक्रममाथि सकारात्मक टिप्पणी गर्नुपर्नेमा धारणा राख्नुभयो । उहाँले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास र मुलुकको आर्थिक विकासका लागि राजनीतिक दलहरूबीच साझा धारणा र दृष्टिकोणका साथ अगाडि बढ्न आवश्यक रहेको औँल्याउनुभयो ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सांसद रुपा सोशी (चौधरी)ले ठूलाठूला भ्रष्टाचार र अनियमितता नियन्त्रण गर्न सरकार सक्रिय हुनुपर्नेमा जोड दिनुभयो । समाजवादोन्मुख अर्थव्यवस्थामा लैजान निजीकरणभन्दा सार्वजनिक निजी साझेदारी ढाँचालाई प्राथमिकता दिनुपर्नेमा उहाँले जोड दिनुभयो । नेपाल विद्युत् प्राधिकरण घाटामा गएको विषय बाहिर आएको भन्दै प्राधिकरणलाई सबल र प्रभावकारी बनाउन सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउनुभयो ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद चन्दा कार्की (भण्डारी) ले नेपाल राष्ट्र बैंकको गभर्नर पद झण्डै एक महिनादेखि रिक्त रहेको भन्दै चाँडो गभर्नर नियुक्ति गरेर मुलुकको आर्थिक अवस्था र वित्तीय प्रणालीलाई सुधार गर्न सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले देशमा आर्थिक समस्या बढिरहेको, सुशासन प्रवर्द्धन हुन नसकेको तथा उत्पादनशील र सेवा क्षेत्र उत्साहित नभएको अवस्थामा गभर्नरजस्तो संवेदनशील विषयमा सरकार र राजनीतिक दलहरू गम्भीर हुनुपर्नेमा जोड दिनुभयो ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद विक्रम पाण्डेले बर्सातको समय सुरु हुन लागेको र यस वर्ष विगतको वर्षभन्दा बढी गर्मी हुने र अत्यधिक वर्षा सम्भावना रहेको मौसमविद्हरूले पूर्वानुमान गरिरहेका भन्दै समयमा सम्भावित जोखिम व्यवस्थापनको तयारी थाल्न सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले आकस्मिक राहत सामग्रीको ढुवानी र उद्धार कार्यलाई चुस्त दुरुस्त बनाउन विपद् व्यवस्थापनलाई सबल र प्रभावकारी बनाउनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सांसद शेरबहादुर कुँवरले वरिष्ठ वामपन्थी नेताको दुःखद् निदनप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदन प्रकट गर्नुभयो । उहाँले सुशासन प्रवर्द्धन र विकासलाई तीव्रता दिन सरकारले ढिलो गर्न नहुने धारणा राख्नुभयो । नागरिकको कष्टकर जीवनलाई ध्यान दिँदै बुटवल–नारायणगढ खण्ड यथाशीघ्र निर्माण सम्पन्न गर्न सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउनुभयो ।

Previous Post

भारत पाकिस्तानको द्वन्द्व : चपेटामा नागरिक, तस्वीरहरू

Next Post

युद्ध अन्तिम उपाय होइन — भारत र पाकिस्तानबीच वार्ता अपरिहार्य छ

metakhabar

metakhabar

सम्बन्धित खबर

म राजनीतिमा आउँदिनः अभिनेता उप्रेती
मनोरञ्जन

म राजनीतिमा आउँदिनः अभिनेता उप्रेती

२८ माघ २०८२,
राजनैतिक संक्रमणबीच नेपालको आर्थिक वृद्धि सुस्त हुनेः विश्व बैंक
फिचर-ब्यानर

अफगानिस्तानमा विश्व बैङ्कद्वारा वित्त पोषित पानी आपूर्ति नेटवर्कको निर्माण सुरु

२८ माघ २०८२,
अन्तर्राष्ट्रिय पुल सञ्चालनबारे अमेरिका र क्यानाडाबीच समन्वयको आवश्यकता
अन्तर्राष्ट्रिय

अन्तर्राष्ट्रिय पुल सञ्चालनबारे अमेरिका र क्यानाडाबीच समन्वयको आवश्यकता

२८ माघ २०८२,
नेकपाको चुनावी रोडम्यापः रेलमार्गदेखि जल यातायातसम्म ठूला पूर्वाधारमा जोड
फिचर-ब्यानर

नेकपाको चुनावी रोडम्यापः रेलमार्गदेखि जल यातायातसम्म ठूला पूर्वाधारमा जोड

२८ माघ २०८२,
रौतहट ४ मा बढ्दै तिमल्सिनाको पक्षमा जनलहर,कांग्रेसमा प्रवेश गर्ने बढे
फिचर-ब्यानर

रौतहट ४ मा बढ्दै तिमल्सिनाको पक्षमा जनलहर,कांग्रेसमा प्रवेश गर्ने बढे

२८ माघ २०८२,
मुस्ताङको समर मतदानस्थलमा जम्मा ३६ मतदाता
फिचर-ब्यानर

मुस्ताङको समर मतदानस्थलमा जम्मा ३६ मतदाता

२८ माघ २०८२,
Load More
Next Post
पहलगाम आक्रमणपछि भारत र पाकिस्तानबीच युद्ध सुरु, दुवै देशको सैन्य शक्ति यस्तो छ

युद्ध अन्तिम उपाय होइन — भारत र पाकिस्तानबीच वार्ता अपरिहार्य छ

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In