• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, October 19, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    नवरात्रको आठौँ दिनः शक्तिपीठमा भक्तजनको घुइँचो

    नवरात्रको आठौँ दिनः शक्तिपीठमा भक्तजनको घुइँचो

    दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउन ट्रम्पको निर्देशन

    रुसमाथिका प्रतिबन्धमा ट्रम्पको रोक

    दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको संस्कृति

    दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको संस्कृति

    कांग्रेसले टुंग्यायो राष्ट्रिय सभाका ९ उम्मेदवार

    नेकाको चियापान कार्यक्रम नहुने

    उग्रतारा भगवती मन्दिरमा दर्शनार्थीको घुइँचो

    उग्रतारा भगवती मन्दिरमा दर्शनार्थीको घुइँचो

    ढुङ्गे–त्रिशूली जोड्ने झोलुङ्गे पुल सञ्चालनमा

    ढुङ्गे–त्रिशूली जोड्ने झोलुङ्गे पुल सञ्चालनमा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

विद्यालय शिक्षा विधेयकमा सहमति अन्तिम चरणमा, चालु अधिवेशनबाटै जारी गर्ने सरकारको तयारी

metakhabar by metakhabar
२१ बैशाख २०८२,
0
विद्यालय शिक्षा विधेयकमा सहमति अन्तिम चरणमा, चालु अधिवेशनबाटै जारी गर्ने सरकारको तयारी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ। संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विचाराधीन विद्यालय शिक्षासम्बन्धी विधेयकको छलफल अन्तिम चरणमा पुगेको छ। समितिको छलफलपछि विवादित विषयमा अध्ययन गरी प्रतिवेदन बुझाउन गठित उपसमितिले दैनिक छलफल गरिरहेको छ।

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सचिव दशरथ धमलाका अनुसार ११ सदस्यीय उपसमितिले १६३ दफा रहेको विधेयकका अधिकांश बुँदामा सहमति जुटाइसकेको छ। उपसमितिलाई प्रतिवेदन बुझाउन ३५ दिनको समय दिइएको भए पनि छलफल चैत १८ गतेदेखि सुरु भएकाले सोही मितिबाट समयावधि गणना हुने उपसमितिले जनाएको छ।

सरकारले पनि चालु अधिवेशनबाटै विद्यालय शिक्षा ऐन जारी गर्ने प्रतिबद्धता जनाएको छ। शिक्षा ऐन जारी गर्न माग गर्दै आन्दोलनमा उत्रेका शिक्षकहरूलाई पनि सरकारले असार १५ गतेभित्र ऐन जारी गर्ने आश्वासन दिएर विद्यालय फर्काएको थियो।

शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले संसद्मा प्रस्तुत गरेको वार्षिक नीति तथा कार्यक्रममा समेत विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गरी बन्ने विधेयकलाई यसै अधिवेशनबाट पारित गरिने उल्लेख छ।

विद्यालय शिक्षासम्बन्धी विधेयक, २०८१ तत्कालीन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राईले २०८० भदौ २७ गते प्रतिनिधि सभामा पेस गरेका थिए। विधेयकमाथि सांसदहरूबाट १ हजार ७५८ वटा संशोधन परेका थिए। धेरै संशोधन प्रस्ताव परेकाले प्रतिनिधि सभाले थप छलफलका लागि विधेयकलाई संसदीय समितिमा पठाएको थियो।

नीति तथा कार्यक्रममा २०८४ सालभित्र सबै बालबालिकालाई आधारभूत शिक्षा पाउने व्यवस्था गरिने तथा विद्यालय शिक्षाको शासकीय सुधार र पुनर्संरचना गरिने उल्लेख छ। राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमलाई परिमार्जन गरी राष्ट्रिय शैक्षिक सुधार कार्यक्रम बनाइने, विकट क्षेत्रमा आवासीय विद्यालय खोल्ने, शिक्षक दरबन्दी पुनरवलोकन गर्ने, सामुदायिक विद्यालयको शिक्षाको गुणस्तर सुधार गर्न निजी तथा संस्थागत विद्यालयसँग सहकार्य गरिने, निजी र सामुदायिक विद्यालयको पाठ्यक्रममा एकरूपता ल्याइने, निजी तथा संस्थागत विद्यालयका लागि राष्ट्रिय मापदण्ड बनाइने विषय पनि नीति तथा कार्यक्रममा समेटिएका छन्।

यसैगरी, स्नातक तह उत्तीर्ण गरेका विद्यार्थीलाई अनुसन्धानमा लगाइने तथा बढीमा हप्तामा २० घण्टा कामको न्यूनतम ज्याला निर्धारण गरी कमाउँदै पढ्दै नीति लागू गरिने, शिक्षकका राष्ट्रिय योग्यता मापदण्ड जारी गरिने, विश्वविद्यालयसँगको सहकार्यमा शिक्षक बैंक स्थापना गरिने तथा उच्च शिक्षालाई अनुसन्धानमा जोड दिने लगायतका विषय पनि नीति तथा कार्यक्रममा समावेश गरिएको छ।

Previous Post

मुस्ताङमा चार महिनामा ५१ हजार विदेशी पर्यटक

Next Post

वर्षाले सूर्यविनायक–साँगा सडकमा एकतर्फी सवारी सञ्चालन, भक्तपुरबाट काभ्रे जाने सवारीलाई डाइभर्सन

metakhabar

metakhabar

सम्बन्धित खबर

नवरात्रको आठौँ दिनः शक्तिपीठमा भक्तजनको घुइँचो
आर्थिक

नवरात्रको आठौँ दिनः शक्तिपीठमा भक्तजनको घुइँचो

२ कार्तिक २०८३,
दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउन ट्रम्पको निर्देशन
अन्तर्राष्ट्रिय

रुसमाथिका प्रतिबन्धमा ट्रम्पको रोक

२ कार्तिक २०८३,
दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको संस्कृति
आवाज

दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको संस्कृति

२ कार्तिक २०८३,
कांग्रेसले टुंग्यायो राष्ट्रिय सभाका ९ उम्मेदवार
आवाज

नेकाको चियापान कार्यक्रम नहुने

२ कार्तिक २०८३,
उग्रतारा भगवती मन्दिरमा दर्शनार्थीको घुइँचो
आवाज

उग्रतारा भगवती मन्दिरमा दर्शनार्थीको घुइँचो

२ कार्तिक २०८३,
ढुङ्गे–त्रिशूली जोड्ने झोलुङ्गे पुल सञ्चालनमा
आर्थिक

ढुङ्गे–त्रिशूली जोड्ने झोलुङ्गे पुल सञ्चालनमा

२ कार्तिक २०८३,
Load More
Next Post
वर्षाले सूर्यविनायक–साँगा सडकमा एकतर्फी सवारी सञ्चालन, भक्तपुरबाट काभ्रे जाने सवारीलाई डाइभर्सन

वर्षाले सूर्यविनायक–साँगा सडकमा एकतर्फी सवारी सञ्चालन, भक्तपुरबाट काभ्रे जाने सवारीलाई डाइभर्सन

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In