• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, March 15, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    पर्सामा कार चालकसहित एक सय ६० किलोग्राम गाँजा बरामद

    १०९ किलो गाँजा प्रहरीको नियन्त्रणमा

    पश्चिम क्षेत्रबाट वर्षा सुरु, वर्षा गराउने प्रणाली पूर्वतर्फ सर्दै

    सुनको मूल्य घट्यो

    सुनचाँदीको मूल्य आज पनि घट्यो

    दाङमा तोरीखेतीको क्षेत्रफल र उत्पादन बढ्दै

    चितवनमा तेरीको उत्पादन घट्यो

    डढेलो व्यवस्थापन सप्ताह आजदेखि सुरु

    डढेलो व्यवस्थापन सप्ताह आजदेखि सुरु

    साभुङ–देउराली–केलादीघाट : मार्गको ठेक्का सम्झौता अन्त्य

    साभुङ–देउराली–केलादीघाट : मार्गको ठेक्का सम्झौता अन्त्य

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    पर्सामा कार चालकसहित एक सय ६० किलोग्राम गाँजा बरामद

    १०९ किलो गाँजा प्रहरीको नियन्त्रणमा

    पश्चिम क्षेत्रबाट वर्षा सुरु, वर्षा गराउने प्रणाली पूर्वतर्फ सर्दै

    सुनको मूल्य घट्यो

    सुनचाँदीको मूल्य आज पनि घट्यो

    दाङमा तोरीखेतीको क्षेत्रफल र उत्पादन बढ्दै

    चितवनमा तेरीको उत्पादन घट्यो

    डढेलो व्यवस्थापन सप्ताह आजदेखि सुरु

    डढेलो व्यवस्थापन सप्ताह आजदेखि सुरु

    साभुङ–देउराली–केलादीघाट : मार्गको ठेक्का सम्झौता अन्त्य

    साभुङ–देउराली–केलादीघाट : मार्गको ठेक्का सम्झौता अन्त्य

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

विद्यालय शिक्षा विधेयकमा सहमति अन्तिम चरणमा, चालु अधिवेशनबाटै जारी गर्ने सरकारको तयारी

metakhabar by metakhabar
२१ बैशाख २०८२,
0
विद्यालय शिक्षा विधेयकमा सहमति अन्तिम चरणमा, चालु अधिवेशनबाटै जारी गर्ने सरकारको तयारी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ। संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विचाराधीन विद्यालय शिक्षासम्बन्धी विधेयकको छलफल अन्तिम चरणमा पुगेको छ। समितिको छलफलपछि विवादित विषयमा अध्ययन गरी प्रतिवेदन बुझाउन गठित उपसमितिले दैनिक छलफल गरिरहेको छ।

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सचिव दशरथ धमलाका अनुसार ११ सदस्यीय उपसमितिले १६३ दफा रहेको विधेयकका अधिकांश बुँदामा सहमति जुटाइसकेको छ। उपसमितिलाई प्रतिवेदन बुझाउन ३५ दिनको समय दिइएको भए पनि छलफल चैत १८ गतेदेखि सुरु भएकाले सोही मितिबाट समयावधि गणना हुने उपसमितिले जनाएको छ।

सरकारले पनि चालु अधिवेशनबाटै विद्यालय शिक्षा ऐन जारी गर्ने प्रतिबद्धता जनाएको छ। शिक्षा ऐन जारी गर्न माग गर्दै आन्दोलनमा उत्रेका शिक्षकहरूलाई पनि सरकारले असार १५ गतेभित्र ऐन जारी गर्ने आश्वासन दिएर विद्यालय फर्काएको थियो।

शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले संसद्मा प्रस्तुत गरेको वार्षिक नीति तथा कार्यक्रममा समेत विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गरी बन्ने विधेयकलाई यसै अधिवेशनबाट पारित गरिने उल्लेख छ।

विद्यालय शिक्षासम्बन्धी विधेयक, २०८१ तत्कालीन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राईले २०८० भदौ २७ गते प्रतिनिधि सभामा पेस गरेका थिए। विधेयकमाथि सांसदहरूबाट १ हजार ७५८ वटा संशोधन परेका थिए। धेरै संशोधन प्रस्ताव परेकाले प्रतिनिधि सभाले थप छलफलका लागि विधेयकलाई संसदीय समितिमा पठाएको थियो।

नीति तथा कार्यक्रममा २०८४ सालभित्र सबै बालबालिकालाई आधारभूत शिक्षा पाउने व्यवस्था गरिने तथा विद्यालय शिक्षाको शासकीय सुधार र पुनर्संरचना गरिने उल्लेख छ। राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमलाई परिमार्जन गरी राष्ट्रिय शैक्षिक सुधार कार्यक्रम बनाइने, विकट क्षेत्रमा आवासीय विद्यालय खोल्ने, शिक्षक दरबन्दी पुनरवलोकन गर्ने, सामुदायिक विद्यालयको शिक्षाको गुणस्तर सुधार गर्न निजी तथा संस्थागत विद्यालयसँग सहकार्य गरिने, निजी र सामुदायिक विद्यालयको पाठ्यक्रममा एकरूपता ल्याइने, निजी तथा संस्थागत विद्यालयका लागि राष्ट्रिय मापदण्ड बनाइने विषय पनि नीति तथा कार्यक्रममा समेटिएका छन्।

यसैगरी, स्नातक तह उत्तीर्ण गरेका विद्यार्थीलाई अनुसन्धानमा लगाइने तथा बढीमा हप्तामा २० घण्टा कामको न्यूनतम ज्याला निर्धारण गरी कमाउँदै पढ्दै नीति लागू गरिने, शिक्षकका राष्ट्रिय योग्यता मापदण्ड जारी गरिने, विश्वविद्यालयसँगको सहकार्यमा शिक्षक बैंक स्थापना गरिने तथा उच्च शिक्षालाई अनुसन्धानमा जोड दिने लगायतका विषय पनि नीति तथा कार्यक्रममा समावेश गरिएको छ।

Previous Post

मुस्ताङमा चार महिनामा ५१ हजार विदेशी पर्यटक

Next Post

वर्षाले सूर्यविनायक–साँगा सडकमा एकतर्फी सवारी सञ्चालन, भक्तपुरबाट काभ्रे जाने सवारीलाई डाइभर्सन

metakhabar

metakhabar

सम्बन्धित खबर

पर्सामा कार चालकसहित एक सय ६० किलोग्राम गाँजा बरामद
जीवन शैली

१०९ किलो गाँजा प्रहरीको नियन्त्रणमा

१ चैत्र २०८२,
आवाज

पश्चिम क्षेत्रबाट वर्षा सुरु, वर्षा गराउने प्रणाली पूर्वतर्फ सर्दै

१ चैत्र २०८२,
सुनको मूल्य घट्यो
आर्थिक

सुनचाँदीको मूल्य आज पनि घट्यो

१ चैत्र २०८२,
दाङमा तोरीखेतीको क्षेत्रफल र उत्पादन बढ्दै
आवाज

चितवनमा तेरीको उत्पादन घट्यो

१ चैत्र २०८२,
डढेलो व्यवस्थापन सप्ताह आजदेखि सुरु
आवाज

डढेलो व्यवस्थापन सप्ताह आजदेखि सुरु

१ चैत्र २०८२,
साभुङ–देउराली–केलादीघाट : मार्गको ठेक्का सम्झौता अन्त्य
फिचर-ब्यानर

साभुङ–देउराली–केलादीघाट : मार्गको ठेक्का सम्झौता अन्त्य

१ चैत्र २०८२,
Load More
Next Post
वर्षाले सूर्यविनायक–साँगा सडकमा एकतर्फी सवारी सञ्चालन, भक्तपुरबाट काभ्रे जाने सवारीलाई डाइभर्सन

वर्षाले सूर्यविनायक–साँगा सडकमा एकतर्फी सवारी सञ्चालन, भक्तपुरबाट काभ्रे जाने सवारीलाई डाइभर्सन

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In