• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, May 6, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    पोखरा महानगरको कर छुट सुविधा चैत मसान्तसम्म विस्तार

    किसानको माग अनुसार अनुदानमा धानको बीउ उपलब्ध गराउन सकिदै : पोखरा महानगर

    तीन दिनभित्र अतिक्रमित जग्गाको विवरण उपलब्ध गराउनु : जिल्ला प्रशासन

    म्याग्दीको प्राकृतिक तातोपानी कुण्ड ओझेलमा

    क्यासिनोमा दुई लाखभन्दा बढी खर्च गर्नेको विवरण राख्नुपर्ने

    ‘क्यासिनो’मा जुवा खेलिरहेका १९ नेपाली पक्राउ

    अन्तर्वार्ता- निजी क्षेत्रलाई विश्वासमा लिएर लगानीको वातावरण बनाए सरकारको आर्थिक वृद्धिको लक्ष्य सजिलै हासिल हुन्छ: अध्यक्ष ढकाल

    भन्सार कडाइपछि गौरीफन्टा नाकामा नेपाली बजारमा चहलपहल बढ्यो

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

लिफ्टिङमार्फत काभ्रे गाउँमा ‘एक घर, एक धारा’

metakhabar by metakhabar
२० बैशाख २०८२,
0
लिफ्टिङमार्फत काभ्रे गाउँमा ‘एक घर, एक धारा’
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

ढोरपाटन (बागलुङ) । बागलुङ नगरपालिका–१३ काभ्रे डाँडामा ‘एक घर, एक धारा’ निर्माण भएको छ । लामो समयदेखि खानेपानीको समस्या हुँदै आएको यस गाउँमा करिब १०० मिटर तल रहेको फुस्रे खोलाबाट लिफ्टिङमार्फत पानी ल्याई एक घर, एक धारा निर्माण गरिएको हो । घर–घरमा धारा बनेपछि स्थानीयवासी खुसी भएका छन् ।

लिफ्टिङमार्फत पानी तानेर गाउँमा छ हजार र आठ हजार लिटरको दुई वटा धारा ट्यांकी निर्माण गरी गाउँमा पानी वितरण गरिएको छ । बागलुङ नगरपालिकाको रु आठ लाख ८४ हजार ६९०, नेपाल स्वास्थ्यका लागि पानी ९नेवा०को रु ११ लाख ७३ हजार ५० र जन श्रमदान रु चार लाख दुई हजार ९६० गरी कुल रु २४ लाख ६० हजार ७०० लागतमा एक घर एक धार निर्माण भएको हो ।

नेपाल स्वास्थ्यका लागि पानी (नेवा) बागलुङका कार्यक्रम अधिकृत विनोद कोइरालाले यस गाउँमा लामो समयदेखि खानेपानीको चरम अभाव हुँदा बागलुङ नगरपालिकासँगको सहकार्यमा एक घर, एक धारा निर्माण गरेको बताए । गत साउन १५ गतेदेखि सुरु भएको योजना यही वैशाख १५ गते सकिएको सम्पन्न भएको उनको भनाइ छ । २१ घरमा धारा जडान गरेपछि अहिले पानी आउन थालेको कोइराला बताउछन् ।

उनले भने, “यो गाउँमा धेरै पहिलेदेखि नै खाने पानीको समस्या रहेछ, अहिले हरेकको घरमा धारा बनेका छन्, लामो समय खाने पानीको अभाव भोगेका स्थानीय अहिले खुसी भएका छन्, निकै मेहनतका साथ जनश्रमदान पनि गरे, लिफ्टिङमार्फत पानी तानेर गाउँमा पुर्‍याएका छौँ, अब त्यहाँका स्थानीयले पहिलेको जस्तो समस्या भोग्नुपर्ने छैन ।”

काभ्रे डाँडा लिफ्ट खानेपानी आयोजनाकी कोषाध्यक्ष मनरूपा देवी रिजालले गाउँ खानेपानीको हाहाकार हुँदा दैनिकी प्रभावित हुने गरेको बताइन् । करिब एक दशकदेखि गाउँका तीन वटा सार्वजनिक धाराबाट पानी उपभोग गर्दै आएको उनको भनाइ छ । बिहानमा मात्रै धारामा पानी आउँदा दुई दिनका लागि भरेर राख्नुपर्ने समस्या भोगेको भन्दै घर–घरमा धारा बनेपछि दैनिकी नै फेरिन थालेको उनले बताइन् ।

“यो गाउँको सबैभन्दा ठूलो समस्या खानेपानी थियो, यसपाली बल्ल समाधान भयो, जनश्रमदान पनि गर्‍यौँ, नगरपालिका र नेवाले ठूला सहयोग गरे, यसभन्दा अगाडि तीन वटा धाराबाट गाउँभरिका मान्छेले पानी भर्नुपर्थ्यो” उनले भनिन्, “बिहानमा एकछिन मात्रै पानी आउँथ्यो, त्यही पनि नियमित हुँदैनथ्यो, बारीमा तरकारी लगाउन, बस्तुभाउलाई खुवाउन र सरसफाइमा निकै समस्या थियो, अब त पानी घरमै आयो धेरै सजिलो हुने भयो ।

Previous Post

ट्रयाक खुलेको २४ वर्षपछि स्तरोन्नति : तीन पालिकाका बासिन्दा लाभान्वित हुने

Next Post

संघीय लोकतान्त्रिक गणतन्त्र एवं संविधानको कार्यान्वयनमा प्रेसको भूमिका सराहनीय : ‘प्रचण्ड’

metakhabar

metakhabar

सम्बन्धित खबर

पोखरा महानगरको कर छुट सुविधा चैत मसान्तसम्म विस्तार
आर्थिक

किसानको माग अनुसार अनुदानमा धानको बीउ उपलब्ध गराउन सकिदै : पोखरा महानगर

२३ बैशाख २०८३,
तीन दिनभित्र अतिक्रमित जग्गाको विवरण उपलब्ध गराउनु : जिल्ला प्रशासन
आवाज

तीन दिनभित्र अतिक्रमित जग्गाको विवरण उपलब्ध गराउनु : जिल्ला प्रशासन

२३ बैशाख २०८३,
म्याग्दीको प्राकृतिक तातोपानी कुण्ड ओझेलमा
आवाज

म्याग्दीको प्राकृतिक तातोपानी कुण्ड ओझेलमा

२३ बैशाख २०८३,
क्यासिनोमा दुई लाखभन्दा बढी खर्च गर्नेको विवरण राख्नुपर्ने
आर्थिक

‘क्यासिनो’मा जुवा खेलिरहेका १९ नेपाली पक्राउ

२३ बैशाख २०८३,
अन्तर्वार्ता- निजी क्षेत्रलाई विश्वासमा लिएर लगानीको वातावरण बनाए सरकारको आर्थिक वृद्धिको लक्ष्य सजिलै हासिल हुन्छ: अध्यक्ष ढकाल
आर्थिक

अन्तर्वार्ता- निजी क्षेत्रलाई विश्वासमा लिएर लगानीको वातावरण बनाए सरकारको आर्थिक वृद्धिको लक्ष्य सजिलै हासिल हुन्छ: अध्यक्ष ढकाल

२३ बैशाख २०८३,
भन्सार कडाइपछि गौरीफन्टा नाकामा नेपाली बजारमा चहलपहल बढ्यो
समाचार

Load More
Next Post
संघीय लोकतान्त्रिक गणतन्त्र एवं संविधानको कार्यान्वयनमा प्रेसको भूमिका सराहनीय : ‘प्रचण्ड’

संघीय लोकतान्त्रिक गणतन्त्र एवं संविधानको कार्यान्वयनमा प्रेसको भूमिका सराहनीय : ‘प्रचण्ड’

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In