• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, June 22, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    मानसिक तनाव झेल्दै सिकलसेलका बिरामी

    मानसिक तनाव झेल्दै सिकलसेलका बिरामी

    विधान संशोधनमार्फत रास्वपालाई थप समावेशी बनाइँदै

    विधान संशोधनमार्फत रास्वपालाई थप समावेशी बनाइँदै

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    आज बागमती प्रदेशमा तेस्रो प्रदेश भाषा दिवस, सार्वजनिक बिदा

    ‘एक निर्वाचन क्षेत्रः एक प्रमुख पर्यटकीय गन्तव्य’ अवधारणा कार्यान्वयन गर्दै बागमती

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

मोबाइल र टर्च चार्ज गरेको १० रुपैयाँ !

metakhabar by metakhabar
२० बैशाख २०८२,
0
मोबाइल र टर्च चार्ज गरेको १० रुपैयाँ !
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

दोधारा चाँदनी (कञ्चनपुर) । तत्कालीन शुक्लाफाँटा वन्यजन्तु आरक्ष (हालको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज)बाट विस्थापित ६०४ परिवारको बसोबास निकुञ्जको ढक्का शिविरमा छ ।

विसं २०६४ देखि छाप्रा बनाएर यहाँ बसोबास गरिरहेका नागरिक आधारभूत आवश्यकताबाट वञ्चित छन् । आरक्ष विस्तारको क्रममा जिल्लाको विभिन्न स्थानबाट विस्थापित भएर यहाँ बस्दै आउनुभएका नागरिकहरू राज्यबाट पाउने आधारभूत सेवा सुविधाबाट वञ्चित भएको बताउँछन् । “हामी अँध्यारोमा बस्न बाध्य छौँ निकुञ्जले यहाँ सोलार समेत लगाउन दिँदैन,” ढक्का शिविरका रामदास चौधरीले भने, “हामी मोबाइल र टर्च चार्ज गर्न अर्को गाउँ जानुपर्छ त्यहाँ मोबाइल र टर्च चार्ज गरेको रु दश/दश तिर्नुपर्छ ।” उनका अनुसार ढक्का शिविरमा बसोबास गर्ने नागरिकहरू मोबाइल र टर्च चार्ज गर्न एक किलोमिटर टाढा रहेको लालझाँडी गाउँपालिकाको चान्देउ पुग्ने गरेका छन् ।

शिविरमा विद्युत् नहुँदा बालबालिकाको पढाइ समेत प्रभावित हुने गरेको छ । “यहाँ हामीले धेरै दुःख खेप्नुपरेको छ, खेतमा लगाएको अन्न जङ्गली जनावरले खाइदिन्छन्, धान र गहुँ थ्रेसिङ गर्न निकुञ्जको अनुमति लिनुपर्छ”, शिविरका मोतिलाल डगौराले भने, “हामीले राज्यबाट पाउनुपर्ने सेवा पाएनौँ, नागरिकता भएर पनि अनागरिकजस्ता भएका छौँ ।”

विसं २०५८ मा संकटकालका बेला सरकारले तत्कालीन शुक्लाफाँटा आरक्षको पूर्वी क्षेत्र विस्तार गर्दा विस्थापित पीडितहरू अझै पनि जङ्गल, खोला नदी छेउछाउमा झुपडी बनाएर बस्दै आएका छन् । निकुञ्जको ‘कोर एरिया’ मा रहेको ढक्कालगायत जिल्लाका विभिन्न स्थानका १७ वटा शिविरमा विस्थापित बसोबास गरिरहेका छन् ।

आरक्ष पीडितहरूलाई पुन:स्थापना गर्नका लागि सरकारले पटकपटक गरी हालसम्म ३२ वटा आयोग गठन गरेको छ तर विस्थापितहरूको समस्या समाधान हुन भने सकेको छैन । निकुञ्ज विस्थापित ढक्का शिविर संघर्ष समितिका अध्यक्ष हीरासिंह भण्डारीले २०५८ सालदेखि राज्यबाट पाउने सेवा सुविधा पाउन नसकेको बताए । “आरक्ष पीडितहरू २३ वर्षदेखि पीडामा छन् यसका नाममा विभिन्न आयोग बने तर अहिलेसम्म हाम्रो पुन:स्थापना हुन सकेन”, भण्डारीले भने, “हाम्रा बालबालिकाहरूले पढ्न पाएका छैनन्, खोप छैन अँध्यारोमा बस्नुपरेको छ । शिक्षा, स्वास्थ्य, खानेपानी बिजुली र शौचालय समेत छैन ।” उनले शिविरमा बस्ने वृद्धवृद्धाले अहिलेसम्म उपचार नपाएको र बालबालिकाले खोप नपाएको बताए। उनले पालिकाबाट सोलार जडान गर्ने आश्वासन मात्रै आउने गरेको बताए ।

लालझाँडी गाउँपालिकाका अध्यक्ष निर्मल रानाले ढक्का शिविरमा थुप्रै समस्या रहे पनि समाधान गर्न नसकिएको बताए। “हामीले शिविरमा उज्यालोका लागि सोलार जडान गर्ने तयारी गरेका थियौँ तर निकुञ्जले अनुमति दिएन”, रानाले भने, “त्यहाँ हामीले चाहेर पनि केही गर्न सक्दैनौँ ।” उक्त शिविर निकुञ्जको कोर एरियामा भएका कारण त्यहाँ निकुञ्ज प्रशासनले विद्युत्, खानेपानीलगायतका सेवा विस्तारमा रोक लगाउने गरेको छ । विसं २०३१ मा सरकारले १५५ वर्ग किलोमिटर क्षेत्रफलमा रहेको तत्कालीन आरक्षको पूर्वी क्षेत्र विस्तार गरेर ३०५ वर्ग किलोमिटर बनाएको थियो ।

Previous Post

अमेरिकाले चीनबाट आउने कम लागतका सामानमा पनि भन्सार कर लगाउने

Next Post

ट्रयाक खुलेको २४ वर्षपछि स्तरोन्नति : तीन पालिकाका बासिन्दा लाभान्वित हुने

metakhabar

metakhabar

सम्बन्धित खबर

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आर्थिक

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

८ असार २०८३,
मानसिक तनाव झेल्दै सिकलसेलका बिरामी
फिचर-ब्यानर

मानसिक तनाव झेल्दै सिकलसेलका बिरामी

८ असार २०८३,
विधान संशोधनमार्फत रास्वपालाई थप समावेशी बनाइँदै
फिचर-ब्यानर

विधान संशोधनमार्फत रास्वपालाई थप समावेशी बनाइँदै

८ असार २०८३,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

८ असार २०८३,
आज बागमती प्रदेशमा तेस्रो प्रदेश भाषा दिवस, सार्वजनिक बिदा
आर्थिक

‘एक निर्वाचन क्षेत्रः एक प्रमुख पर्यटकीय गन्तव्य’ अवधारणा कार्यान्वयन गर्दै बागमती

८ असार २०८३,
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आर्थिक

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

८ असार २०८३,
Load More
Next Post
ट्रयाक खुलेको २४ वर्षपछि स्तरोन्नति : तीन पालिकाका बासिन्दा लाभान्वित हुने

ट्रयाक खुलेको २४ वर्षपछि स्तरोन्नति : तीन पालिकाका बासिन्दा लाभान्वित हुने

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In